categoryone

निर्वाचन आयोगको नियतमै खोट 

January 09, 2018 Posted by Jhilko.com
निर्वाचन आयोगको नियतमै खोट 

८६. राष्ट्रिय सभाको गठन र पदावधि ः (१) राष्ट्रिय सभा एक स्थायी सदन हुनेछ । राष्ट्रिय सभामा देहाय बमोजिमका उनान्साठी सदस्य रहनेछन् ः (क) प्रदेश सभाका सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा संघीय कानुनबमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख, उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तिमा ३ जना महिला, एक जना दलित र एक जना अपांगता भएका ब्यक्ति वा अल्पसंख्यकसहित आठ जना गरी निर्वाचित छपन्न जन...बाँकी

प्रदेश सदस्यलाई सपथको तयारी

January 08, 2018 Posted by Jhilko.com
प्रदेश सदस्यलाई सपथको तयारी

२४ पौष, काठमाडौं । प्रदेशको राजधानीको मागलाई लिएर विभिन्न शहरमा आन्दोलन जारी रहेकोले सरकार अस्थायी राजधानी तोक्ने विषयबाट पछि हटेको छ । सरकारले सातवटै प्रदेशको पहिलो वैठक काठमाडौंमा बस्ने योजना बनाएपछि त्यसको चौतर्फी विरोध शुरु भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रधानमन्त्रीलाई अस्थायी मुकाम तोकेर अगाडि बढ्न सुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा उच्च अदालत रहेको स्थानमै सातैवटा प्रदेशसभाको बैठक बोलाउने तयारी गर्ने मनस्थितिमा पुगेको देखिन्छ ।  तत्काल उच्च अदालत भएका शहरह...बाँकी

क्रान्तिकारी माओवादीमा नयाँ बहस

January 05, 2018 Posted by Jhilko.com
क्रान्तिकारी माओवादीमा नयाँ बहस

काठमाडौं । मोहन वैद्य ‘किरण’ को नेतृत्वमा रहेको नेकपा ९क्रान्तिकारी माओवादी० को केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले सशस्त्र संघर्षको तयारीमा जुट्न नेताहरुलाई दबाब दिएका छन् । अहिलेको संसदीय राजनीतिबाट नयाँ जनवादी क्रान्ति पूरा गरी समाजवाद र साम्यवादको दिशातर्फ जान नसकिने भएकाले तत्कालै सशस्त्र संघर्षमा होमिनुको विकल्प नभएकोमा केन्द्रीय सदस्यहरुको जोड थियो ।  यही पुस ६ देखि १० गतेसम्म चितवनमा बसेको केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताले निर्वाचन...बाँकी

एकल संक्रमणीय मत प्रणाली र राष्ट्रियसभा

January 05, 2018 Posted by Jhilko.com
एकल संक्रमणीय मत प्रणाली र राष्ट्रियसभा

अधिवक्ता, गोविन्दलराज पोखरेल विश्वमा निर्वाचन–प्रक्रियाका बारेमा विभिन्न तरिका अपनाइन्छ । मूलतः निर्वाचनमा पहिलो हुने पद्दति वा बहुमतीय प्रणाली र समानुपातिक प्रणालीलाई अंगीकार गरिएकोे हुन्छ । लोकतन्त्रमा आवधिक निर्वाचन सुन्दर पक्ष हो । लोकतन्त्रलाई मजबुत गराउन र समाजमा रहेका सबै वर्ग, भाषाभाषी, जातजाति, धर्म, वर्ण, लिङ्ग आदि सबैको नीतिगत तहमा प्रतिनिधित्व बनोस् र राज्यमा सबैले अपनत्व महसुस गरुन् भन्ने उद्देश्यले नै आवधिक निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीलाई व्यवस्था गरिएको हुन्छ ।...बाँकी

नेपालमा बढ्दो अमेरिकी चासो 

January 05, 2018 Posted by Jhilko.com
नेपालमा बढ्दो अमेरिकी चासो 

नेपाल दक्षिण एसिया र एसिया महाद्वीपको मात्र नभएर संसारकै अत्यन्त महङ्खवपूर्ण भूराजनीतिक र अर्थराजनीतिक महङ्खव राख्ने मुलुक हो  । त्यस अतिरिक्त राजनीतिक तथा धार्मिक र सांस्कृतिक हिसाबले समेत नेपालको संसारका मुलुकहरुमाझ एउटा विशिष्ट पहिचान र महङ्खव रहेको छ । दुई प्राचीन मुलुक चीन र भारतका बीच नेपाल अवस्थित रहेकाले यसको भूराजनीतिक महङ्खव ऐतिहासिक कालदेखि रहँदै आएको हो । वर्तमानमा चीन र भारत महाशक्ति बन्ने दिशातिर तीब्र गतिमा अगाडि बढ्दै गर्दा नेपालको भूराजनीतिक महङ्खवलाई विश्वले अझै गहिरो गरी...बाँकी

देउवा र सशांकको साँठगाँठ !

January 03, 2018 Posted by Jhilko.com
देउवा र सशांकको साँठगाँठ !

काठमाडौं ।  निर्वाचनको असफलतासँगै नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलनमा केही परिवर्तन देखिएको छ । महामन्त्री डा. शशांक कोइरालाको साथ लिएर आफूमाथिको आक्रमण निस्तेज पार्ने अभियानमा सभापति शेरवहादुर देउवा छन् ।  पार्टीभित्रका युवाहरुको समूहले नेतृत्व परिर्वतनको आवाज उठाएपछि सभापति देउवाले महामन्त्री कोइराला समक्ष आकर्षक प्रस्ताव राखेका छन् । विधानद्वारा निर्धारित समयभन्दा एक वर्षअघि नै पार्टीको महाधिबेशन बोलाउने र डा. कोइरालालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव देउवाले अघि...बाँकी

गौतम र श्रेष्ठको मरिहत्ते !

January 02, 2018 Posted by Jhilko.com
गौतम र श्रेष्ठको मरिहत्ते !

१८ पुस, काठमाडौं । ‘प्रतिनिधिसभामा हारे लगत्तै वामदेव गौतम र नारायणकाजी श्रेष्ठले राष्ट्रियसभामा जान मरिहत्ते गरेका छन्, उनीहरुको यो चिन्ता होइन नि यो पार्टीको विषय हो !’ एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ हो यो । ओलीले भनेको भनेर यो कुरा पार्टीका मिटिङहरु र सार्वजनिक रुपमा पनि आइसकेका छन् । तर, यसबारेमा गौतम र नारायणकाजी श्रेष्ठले खण्डन गर्न आवश्यक ठानेका छैनन् । जसले उनीहरुको व्यक्तित्वमा समेत क्षयीकरण गरिरहेको छ ।   गौतम र श्रेष्ठ दुवै जना वाम एकताका निम्ति बोलिरह...बाँकी

बाम एकताका आधार

January 02, 2018 Posted by Jhilko.com
बाम एकताका आधार

१८ पुस, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको जनादेश सार्वजनिक भएको लामै समय बितिसकेको छ । तर, सरकार निर्माण कार्य सुस्त छ । निर्वाचन आयोगले झिकेको अड्कोका कारण नयाँ सरकार बिलम्व बन्दै गएको छ । यही गाँठो फुकाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु एकल र संयुक्त रुपमा निर्वाचन आयोगसँग पहल गरेका छन् ।  ।  निर्वाचन आयोग नया“ जनादेश अनुसार सरकार गठनको बाटो खोलिदिन तयार नभए कानुनी प्रक्रिया त छदैंछ, सडक आन्दोलन गर्नुपर्ने बाध्यता समेत देखिदैंछ । किनभने राष्...बाँकी

बाढी पीडितको पक्षमा मन्त्री साह 

December 31, 2017 Posted by Jhilko.com
बाढी पीडितको पक्षमा मन्त्री साह 

काठमाडौं । सरकारले पुर्ण रुपमा वेवास्ता गरे पनि तराई मधेसका बाढी पीडित जनता अझै पनि राहत पाउने आशामा छन । उनीहरु सरकारले गरेका निर्णयहरु कार्यान्वयन हुनुपर्ने माग राख्दै राहत पाउने आशामा देखिन्छन । गत साउनमा आएको बाढी र डुबानका कारण तराई मधेशका कृषक, उद्योगी, व्यापारी लगायत सबै क्षेत्रमा असर पु¥याएको थियो । भत्कीएका सडक, नहर, बाँध लगायत भौतिक संरचनाहरुको अवस्था दयनीय छ । सुगम क्षेत्र तराइ मधेसमा बाढी र डुबानले भौतिक पुर्वाधारमा पु¥याएको क्षतिले दुर्गमजस्तै बनेको समेत पाइन्छ ।  बाढीक...बाँकी

निर्वाचन खर्च बुझाउन दलहरुलाई आयोगको ताकेता

December 31, 2017 Posted by Jhilko.com
निर्वाचन खर्च बुझाउन दलहरुलाई आयोगको ताकेता

१६ पौष, काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई तत्काल निर्वाचन खर्च विवरण पेश गर्न निर्देशन दिएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम निर्वाचन परिणाम प्राप्त भएको तीन साता भइसके पनि अधिकांश उम्मेदवारले निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन खर्च पेश नभएपछि आयोगले सार्वजनिक सूचना जारी गर्दै खर्च विवरण बुझाउन ताकेता गरेको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७२ को दफा ७२९४० अनुसार निर्वाचनको परिणाम...बाँकी