categoryone

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

September 16, 2018 Posted by Jhilko.com
जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

३१ भदौ, जाजरकोट । यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् ।  आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो । उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम सदरमुकामबाटै हुने गरेको छ । गाउँपालिकाका लेखापाल राजबहादुर सिंहको घरमा एक वर्षअघि देखि कार्यालय सञ्चालन हुँदै आएको छ ।  त्यस्तै कुशेगाउँपालिकाको कार्यालय पनि सदरमुकाममै छ ।...बाँकी

प्रकाण्ड उदयपुर सारिए

September 16, 2018 Posted by Jhilko.com
प्रकाण्ड उदयपुर सारिए

३१ भदौ, गाईघाट । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडौंबाट शनिबार उदयपुर ल्याएको छ ।  काठमाडौँबाट प्रकाण्डलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । प्रकाण्डले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताए ।  यसअघि नै आधा दर्जन सो पार्टीका नेतालाई जिल्ल...बाँकी

सङ्घीयमा सचिवको दादागिरी, मन्त्री पण्डित निरीह

September 15, 2018 Posted by Jhilko.com
सङ्घीयमा सचिवको दादागिरी, मन्त्री पण्डित निरीह

काठमाडौं । ‘मन्त्रीका कुरा छोडिदिनुस्, मसँग आउने, भेट गर्ने र आफ्नो काम गरेर जाने । मन्त्री कुन दिन हट्छन् कसलाई के थाहा ? आखिर प्रधानमन्त्रीले काम गर्न नसकेका मन्त्रीको रुपमा चित्रण गर्ने ब्यक्तिसँग काम गर्नुपरेको छ ।’ नगरपालिकाबाट नगरपालिकामा नै सरुवा भएर जान खोजेका एक शाखा अधिकृतसँग सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले दिएको अभिव्यक्ति हो यो । नियमानुसार सबै नगरपालिकामा उपसचिव पठाउनु पर्ने हो । तर सचिव थपलियाले धेरैमा उपसचिव पठाए पनि केहीमा भने अधिकृतल...बाँकी

सन्दर्भः संविधान दिवस- ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

September 15, 2018 Posted by Jhilko.com
सन्दर्भः संविधान दिवस- ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

  वासुदेव पौडेल  पोखरा / नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन यतिखेर चासो र चर्चाको विषय बनेको छ । संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएको भन्दै प्रत्येक वर्षको असोज ३ गतेलाई राष्ट्रिय पर्वकै रुपमा संविधान दिवस मनाउने गरिएको छ ।  नेपालको संवैधानिक इतिहासमा पहिलो संविधान नेपाल सरकार वैधानिक कानून, २००४ घोषणा भएयता वर्तमान संविधानसमेत गरी सातवटा संविधान जारी भइसकेका छन् । राज्यको मूल कान...बाँकी

सरकार सफल हुनुपर्छ : नेता नेपाल

September 13, 2018 Posted by Jhilko.com
सरकार सफल हुनुपर्छ : नेता नेपाल

२८ भदौ, भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको बताएका छन् ।  नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरिरहेको विश्वको कम्युनिस्ट इतिहास र वर्तमानका बारेमा भइरहेको प्रशिक्षणमा उनले कम्युनिस्ट नेतृत्वको सरकार सफल हुनुपर्ने बताए ।  नेता नेपालले भने, “अहिले नेपालमा कम्युनिस्ट व्यवस्थाले नेकपा र देशलाई एउटा मौका दिएको छ य...बाँकी

विकासको नयाँ मोडल खौज्दै खोकना

September 13, 2018 Posted by Jhilko.com
विकासको नयाँ मोडल खौज्दै खोकना

काठमाडौं । ‘विकास पुगेन, बाटो भएन, विद्युत सेवा पुगेन, यो पनि भएन, त्यो पनि भएन ।’ नेपालका अधिकांश गाउँमा यस्तै गुनासा सुनिन्छन् । तर नेपालमै यस्तो पनि ठाउँ छ, जहाँका जनता विकासको नाममा हुने बिनाशले त्रस्त छन् । नेपालकै ऐतिहासिक र साँस्कृतिक स्थान खोकना अहिले विकासको नाममा हुन लागेको ‘जक्सन प्वाइन्ट’ बाट त्रस्त छ । हुन पनि हो, खोकनामा अहिले फास्ट ट्रयाक, बाहिरी चक्रपथ, बागमती करिडोर, १३२ हाइ एक्सटेन्सन लाइन, सुरुङ मार्ग, रेल मार्ग विकास निर्माणको चर्चा छ । राष्ट्रिय गौ...बाँकी

नेपालको ऊर्जा बंगलादेशको चुनावी नारा

September 12, 2018 Posted by Jhilko.com
नेपालको ऊर्जा बंगलादेशको चुनावी नारा

बंगलादेशमा आमचुनाव आगामी डिसेम्बरमा गर्ने चर्चा चलेकोे छ । यो निर्वाचनलाई आफ्नो प्रभावमा पार्न त्यहाँको सत्तारुढ दल अवामी लीगले अहिले ऊर्जाको मुद्दालाई निकै जोडतोडले उछालिरहेको छ । नेपालबाट ऊर्जा ल्याउने भन्दै आफ्नो चुनावी अभियानमा नेपालका ऊर्जा मन्त्री वर्षमान पुनलाई समेत प्रचार अभियानमा उसले जोडेको छ । जम्बो प्रतिनिधि मण्डल लिएर गत हप्ता बंगलादेश पुगेका मन्त्री पुनले बंगलादेशलाई मागेजति विजुली नेपालले दिने भन्दै आश्वासन दिए ।   नेपालले बंगलादेशलाई विद्युत दिन दुई कारणले सहज नभएको वि...बाँकी

शक्ति केन्द्रको कञ्चनपुरमा रोटी सेक्ने प्रयास

September 12, 2018 Posted by Jhilko.com
शक्ति केन्द्रको कञ्चनपुरमा रोटी सेक्ने प्रयास

कपिल पन्त निर्मला पन्तको बलात्कार र हत्याकाण्ड नभइदिएको भए सायद यो सरकारका विरुद्ध जाने गतिलो मसला नै नहुने जसरी अहिले केही मिडिया र नेपाली कांग्रेस लागेको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘वादल’ लाई असफल पार्नुपर्छ भनेर नेपाल कम्युनिस्ट पार्टीमा लागेकाहरुलाई पनि यो मुद्धा ‘सेटलमेण्ट’ हुन्छ कि भन्ने चिन्ता देखिएको छ । यसैले यो मुद्धा नयाँनयाँ रुपमा बल्झाइ राखिएको छ ।  निर्मला पन्तको बलात्कार र हत्या पाशविक हो । यो घटना धेरै लाज...बाँकी

ठूलो भूमरीबाट सरकार जोगियो

September 11, 2018 Posted by Jhilko.com
 ठूलो भूमरीबाट सरकार जोगियो

नवीन ज्वाला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्द प्रशान्त क्षेत्रमा रणनीतिक रुपले निकै महत्वपूर्ण मानिएका इण्डोनेशिया र सिंगापुरसँग गत जुनमा रक्षा सम्झौता गरेर दक्षिण पूर्वी एशियाली देश र हिन्द महासागरमा चीनको प्रभावलाई लगाम लगाउने प्रयास गरे ।   इण्डोनेशिया, मलेशिया र सिंगापुरको पाँच दिने यात्रा गरेर सामरिक महत्वको काम गरे त्यो । अमेरिकाको प्रभावमा रहेको दक्षिण पूर्वी राष्ट्रको संगठन आसियानले भारतको यस प्रयासलाई सहयोग गर्ने भन्दै खुलेआम समर्थन ग¥यो ।  हिन्द प्रशान...बाँकी

अर्जुन नरसिंहको घरमा अचानक डा. रामशरण

September 11, 2018 Posted by Jhilko.com
अर्जुन नरसिंहको घरमा अचानक डा. रामशरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सिद्धान्त तथा पार्टीले लिएको संस्थागत निर्णय विरुद्ध गतिविधि गर्नेमाथि अनुशासनको कारवाही गर्ने तयारी अघि बढाएका छन् । सभापति देउवाले अर्जुन नरसिंह केसी, बलवहादुर केसी र डा. शेखर कोइरालालाई लक्षित गर्दै यो तयारी गरेका हुन ।   नेपाली कांग्रेस स्रोतका अनुसार सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई मौखिक रुपमा चेतावनी दिइसकेका छन् । तर, केन्द्रीय अनुशा...बाँकी