categoryone

एमालेको यस्तो छ रणनीतिक दाउ

November 22, 2016 Posted by Jhilko.com
एमालेको यस्तो छ रणनीतिक दाउ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले अघि सारेको संविधान संशोधन प्रस्ताव अस्वीकार गर्ने निर्णय ग¥यो मंसिर ५ गते । संयोगमात्रै नहुनसक्छ, १० वर्षअघि सरकार र जनयुद्धरत तत्कालीन माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन नै छानेर एमालले आफ्नो मुख्यालय धुम्बाराहीमा स्थायी समिति बैठक राखेको थियो । त्यही बैठकबाट एमालेले आन्दोलनरत क्षेत्र–समुदायको माग विरुद्ध उभिने निर्णय ग¥यो । मंसिर ५ गते बेलुकीपख बसेको स्थायी समिति बैठकबाट एमालेले संविधान संशोधनविरुद्ध उभिने औपचारिक निर्णय गरेको भए पन...बाँकी

एमाले फस्दैछ, छिनोफानो हुँदैछ

November 22, 2016 Posted by Jhilko.com
एमाले फस्दैछ, छिनोफानो हुँदैछ

काठमाडौं । मुलुकको राजनीति यो साताबाट निर्णायक मोडमा पुग्ने भएको छ । यसै साता सरकारले संविधान संशोधन गर्न संसदमा विधेयक दर्ता गर्ने भएको छ । विधेयक दर्ता भएपछि राष्ट्रिय राजनीतिलाई समाधानमा लगेर देशलाई स्थिरता दिने शक्ति को को हुन् र अस्थिरतामा लगेर देश बर्बाद पार्ने शक्ति को को हुन भन्ने छिनोफानो हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका लागि सबै राजनीतिक शक्तिहरुसँग छलफल गरेका छन् । छलफलमा उनले ठाडै सोधेका छन्– देशलाई निकास दिने कि अस्थिरतामा लैजाने ? उनको अर्काे पनि प्रश्न...बाँकी

शान्तिप्रक्रियाको दश वर्ष पूरा

November 20, 2016 Posted by Jhilko.com
शान्तिप्रक्रियाको दश वर्ष पूरा

५ मङ्सिर, काठमाडौँ ।  दश वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौताको भएको आज दश वर्ष पूरा भएको छ ।  यो बीचको सबैभन्दा ठूलो उपलब्धी भनेको मुलुकमा गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको छ । नयाँ संविधानले संघीय संरचनामा मुलुकलाई ढालेको छ ।  शान्ति सम्झौताका एक प्रमुख हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला यतिखेर हामीबाट विदा भइसकेका छन् भने अर्काे प्रमुख हस्ताक्षरकर्ता प्रचण्ड सरकारको नेतृत्वमा छन् । यतिखेर प्रधानमन्त्री...बाँकी

देउवाको भारत भ्रमणपछि नेपाली कांग्रेसमा नयाँ समिकरण

November 16, 2016 Posted by Jhilko.com
देउवाको भारत भ्रमणपछि नेपाली कांग्रेसमा नयाँ समिकरण

काठमाडौं ।  नेपाली कांग्रेसको राजनीतिमा  यतिबेला कृष्णप्रसाद सिटौला पूर्वानुमान गरिएभन्दा बलिया बन्दै गएका छन् । भर्खरै सम्पन्न पार्टीका तीन वटा भ्रातृ संगठनका महाधिबेशनले पनि  सिटौला गुट वलियो बन्दै गएको  प्रष्ट पारेको छ । आठ महिनाअघि सम्पन्न १३ औं महाधिबेशनमा  तेस्रो गुट खडा गरी सभापति पदमा चुनाव लडेर १० प्रतिशत मत हासिल गर्न सफल भएपछि नेपाली कांग्रेसभित्र सिटौला समूह अस्तित्वमा आएको थियो । राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस मिलेर नेपाली कांग्रेस बनेदेखि नै पार्...बाँकी

भारतसँग सम्बन्ध सुधार्दैछ एमाले

November 16, 2016 Posted by Jhilko.com
भारतसँग सम्बन्ध सुधार्दैछ एमाले

मुलुकको राजनीति अब चाहिँ निर्णायक मोडमा पुग्ने भएको छ । संविधान संशोधन गरेर स्थानीय चुनावमा गराइ छाड्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उद्घोष अब कार्यान्वयन हुने भएको छ । प्रधानन्त्री निकट स्रोतहरुका अनुसार प्रचण्डले एक महिनायता मुलुकको राजनीतिलाई नयाँ बाटोमा लैजान भित्रभित्रै तीब्र गतिमा काम गरिरहेका थिए । उनले राजनीतिक गतिरोध फुकाउन अनेक अस्त्र भित्रभित्रै चलाएका थिए । उनले कार्तिक मसान्तभित्रै संविधान संशोधन विधेयक दर्ता गर्ने अन्तिम तयारी गरिसकेका थिए । तर, संघीय समाजव...बाँकी

सरकारका औचित्यपूर्ण सय दिन

November 16, 2016 Posted by Jhilko.com
सरकारका औचित्यपूर्ण सय दिन

भरत पाण्डे पुस्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारको सय दिने कार्यकाल ठूलो चुनौतीसँग सामना गरेर धेरै हदसम्म सफल भएको छ । कार्ययोजना तयार पार्ने र त्यसअनुसारको आफ्नो लक्ष्य हासिल गर्नका लागि प्रचण्ड सरकारले योबीचमा राम्रैसँग आधार निर्माण गरेको छ । ‘मधुमास’ मानिने यो एक सय दिनको अवधिमा प्रतिपक्षले ‘पर्ख र हेर’ को अवस्थामा रहने परम्परालाई तोडेर प्रारम्भदेखि नै सरकारको आक्रामक विरोध ग¥यो । वास्तवमा यो सरकारलाई मधुमासको सुविधा नै दिइएन । सरकारले...बाँकी

‘रअ’ को कमाण्डमा कांग्रेस पार्टी

November 15, 2016 Posted by Jhilko.com
‘रअ’ को कमाण्डमा कांग्रेस पार्टी

काठमाडौं । एमाले, माओवादी केन्द्रभन्दा जेठो र दस्तावेजले बढी प्रजातान्त्रिक मानेको दल नेपाली कांग्रेसको नेतृत्वको शैली र ब्यवहार भने कुनै तानाशाही नेतृत्वभन्दा कम मान्न सकिन्न । २०७२ माघमा महाधिवेशन भएको दुई महिनाभित्र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने वैधानिक ब्यवस्था भएता पनि नौ महिना बित्दा पनि सभापति शेरवहादुर देउवाले कार्यसमितिलाई पूर्णता दिएका छैनन् । देशको सबैभन्दा ठूलो दल त्यसमाथि पनि प्रजातन्त्रमा बढी विश्वास गर्ने भनिएको दलको नेतृत्व आफैंले बनाएको विधान आफैंले लत्याउँदा विधिक...बाँकी

सरकार ! पहुँचवालाहरुको ब्रम्हलूट कहिलेसम्म ?

November 15, 2016 Posted by Jhilko.com
सरकार ! पहुँचवालाहरुको ब्रम्हलूट कहिलेसम्म ?

पञ्चायती तानाशाहीको उत्तराद्र्धमा उल्लेखित गीत गाउ–गाउमा निकै चर्चित थियो । बुझ्न गा¥हो छैन्, तत्कालीन निरंकुशताको केन्द्र राजदरवारमा आमाको कोखबाट जन्मन नपाउ“दैदेखि प्रत्येक सदस्यलाई डाक्टर छुट्याइएको हुन्थ्यो । राजदरबारका डाक्टर भनेपछि उनीहरुको चुरीफुरी नै अर्कै हुन्थ्यो । दरवार निकट रहेकाहरुको पनि तामझाम भिन्नै थियो । तर, निमुखा जनता भने सामान्यभन्दा सामान्य रोग लाग्दा पनि डाक्टर, औषधि र अस्पतालको मुख देख्न नपाई कालको मुखमा पुग्न वाध्य हुन्थे । त्यही विभेद विरुद्ध लक्षित थियो,...बाँकी

देउवा धर्मसंकटमा

November 15, 2016 Posted by Jhilko.com
देउवा धर्मसंकटमा

काठमाडौं । तीन पटक प्रधानमन्त्री भए पनि सात दशक लामो राजनीतिक आन्दोलनमा जोडिएको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसको सभापति भएर सफलतामा रमाइरहेका शेरबहादुर देउवा सम्भवत आफ्नो राजनीतिक जीवनकै अफ्ठ्यारो मोडमा फसेका छन । भारतीय सरकारको अनुदानमा सञ्चालित संस्था इण्डिया फाउण्डेसनको कार्यक्रममा स्वतन्त्र तिब्बती पक्षधरहरुसँगको पनि सहभागिता भएको र स्वतन्त्र तिब्बत अभियानका नेतृत्वसँग सँगै बसेको घट्ना सार्वजनिक भएपछि देउवा संकटमा फसेका हुन । देउवा र उनी वरिपरिको टिमको सक्रियतामात्र होइन, परराष्ट्र मन्...बाँकी

उपसभामुखलाई पदमुक्त गरियोस् !

November 15, 2016 Posted by Jhilko.com
 उपसभामुखलाई पदमुक्त गरियोस् !

म जिल्ला सप्तरी गा.वि.स.१ नं.जोगिनियाँ वडानं.५ बस्ने सिताई सिपलिया को छोरा पुन्द्र नारायण सिपलिया हुँ । मैले जिल्ला सप्तरी गा.वि.स.१ नं.जोगिनिया वार्ड नं.७ वस्ने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट व्यवस्थापिका संसदको समानुपातिक सदस्य तथा व्यवस्थापिका संसदको उपसभामुख गंगाप्रसाद यादवले नैतिक पतन देखिने अपराध गरेको अदालतबाट प्रमाणित भएकाले निजलाई सविधान बमोजिम पदमुक्त गर्न सभामुख समक्ष निवेदन गरेकोमा मेरो निवेदनमा सुनुवाइ नभएपछि सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन गरे पनि सबैधानिक इजला...बाँकी