categoryone

संविधान संशोधन विद्येयक पारित भए नेपालकै हित हुने ःजोशी

January 20, 2017 Posted by Jhilko.com
संविधान संशोधन विद्येयक पारित भए नेपालकै हित हुने ःजोशी

काठमाडौं । भारतीय जनता पार्टीका पूर्व अध्यक्ष एवम् प्रभावशाली राजनीतिज्ञ मुरली मोहन जोशी नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं आएका छन् । दुई दिने काठमाडौंको बसाईमा उनले विभिन्न दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । त्यसका साथै उनले पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम समेत रहेको स्रोतले जनाएको छ ।  बिहीबार रिपोर्टर्स क्लबद्वारा आयोजित एक कार्यक्रममा उनले नेपालको संविधानमासबै पक्षको अपनत्व होस् भन्ने चाहना भारतको रहेको बताए । उनले नेपालको संसदमा पेस भएको संविधान संशोधन विधेयक सब...बाँकी

‘समयमै निर्वाचन हुन्छ’ 

January 19, 2017 Posted by Jhilko.com
‘समयमै निर्वाचन हुन्छ’ 

कोहलपुर/ नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा संञ्चार मन्त्री सुरेन्द्र कार्कीले संबिधान संशोधन प्रस्ताव टेवल भएसंगै देशमा निर्वाचनको माहोल बन्दै गएको बताएका छन ।  प्रेस सेन्टर बाके शाखले मंगलवार राझा बिमानस्थलमा आयोजना गरेको संक्षिप्त पत्रकार भेटमा बोल्दै मन्त्री कार्कीले संशोधन प्रस्ताव पास या फेल जे भए पनि दलहरु सोही एजेण्डा लिएर चुनावमा जाने बताए । उनले एमाले या मधेसवादी दलहरुलाई चुनावमा जान एजेण्डा चाहिएको भन्दै संशोधन प्रस्ताव पास या फेल जे भए पनि सबै दल चुनावमा होमिने व...बाँकी

एमालेलाई सरकारमा ल्याउने तयारी हुँदैछ ः श्रेष्ठ

January 19, 2017 Posted by Jhilko.com
एमालेलाई सरकारमा ल्याउने तयारी हुँदैछ ः श्रेष्ठ

संगिन शर्मा, कोहलपुर एक हप्ताभित्रै निर्वाचनको मिति तोकिने एमालेसहितको राष्ट्रिय सहमतिको सरकार गठनको तयारी भइरहेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताएका छन ।  संविधान संसोधनसगै एमाले लगायतका दलहरुलाई सरकारमा सामेल गराउने प्रयास थालिएको श्रेष्ठले बताएका हुन । बुधवार प्रेस सेन्टर नेपाल, बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता श्रेष्ठले वर्तमान समयमा संविधान संसोधन प्राथमिकताको विषय भए पनि यसले निर्वाचनलाई कुनै असर नगर्ने बताए ।  एक साताभित्र...बाँकी

दलहरु सहमति नजिक पुगेको संचारमन्त्रीको दाबी

January 18, 2017 Posted by Jhilko.com
दलहरु सहमति नजिक पुगेको संचारमन्त्रीको दाबी

५ माघ, दाङ । सुचना तथा संचार मन्त्री शुरेन्द्र कार्कीले अव केही दिनमै मुलुकका प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा आउने दावी गरेका छन् । मन्त्री कार्कीले दलीय सहमती नजिक पुगिसकेको पनि खुलासा गरेका छन् । रिपोटर्श क्लवको दाङ शाखाले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् । ‘अव दलहरु बीचको सहमती प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, मधेशवादी दलहरु पनि अव सहमतीको नजिक आइसकेका छन्, संभवतः एक सातामै सहमतीको ढोका खुल्ने छ’—नेपाल सरकारका...बाँकी

अस्थिरताको खेल, चुनाव रोक्न हुँदैछ झेल

January 18, 2017 Posted by Jhilko.com
अस्थिरताको खेल, चुनाव रोक्न हुँदैछ झेल

काठमाडौं । नेपाललाई सधैं अस्थिरतामा फसाउने, लोकतन्त्र संस्थागत हुन नदिने र संविधान कार्यान्वयन हुन नदिने प्रयास चर्काेसँग अगाडि देखापरेको छ । एकातिरबाट एमालेले र अर्कातिरबाट मधेसवादी दलहरुले संविधान र मुलुकलाई नै अप्ठ्यारो पार्ने र सिध्याउने खेल खेल्न थालेको लक्षण देखिन थालेको छ । नेपाललाई अप्ठ्यारोमा फसाउने देशी विदेशी षडयन्त्र बुझेकाहरुले भन्न थालेका छन्– अब प्रधानमन्त्री प्रचण्डले साहसिक र सुझबुझपूर्ण कदम चाल्नुपर्छ । यो हो अप्ठ्यारो अहिले पनि संविधान कार्यान्वयन भइरहेको छ तर यसको...बाँकी

न्यायधीश नियुक्तिपछि खुमबहादुर आक्रोशित

January 18, 2017 Posted by Jhilko.com
न्यायधीश नियुक्तिपछि खुमबहादुर आक्रोशित

काठमाडौं । उच्च अदालतका न्यायधीश सिफारिस प्रकरणपछि नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा आफ्नै गृटभित्र थप संकटमा परेका छन् । खुमबहादुर खड्काले न्यायधीश नियुक्तिमा विशेष चासो दिँदै आएका थिए । सभापति देउवाले पनि केही कोटा दिने आश्वासन दिएका थिए । देउवाबाट केही कोटा पाउने आश्वासन पाएका खड्काले नेपाल बार एशोसिएसन र कांग्रेस निकट कानुन व्यवसायीहरुको संस्था डीएलएसँग पनि कुरा मिलाएर केही कोटा थप्ने कसरत गरेका थिए । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरवहादुर केसी खुमबहादुरका भान्जा हुन् भने महासचिव ख...बाँकी

आधिकारिक ट्रेड युनियन राज्यलाई थप बोझ

January 18, 2017 Posted by Jhilko.com
आधिकारिक ट्रेड युनियन राज्यलाई थप बोझ

लामो सयमको कसरतपछि गठन भएको आधिकारिक ट्रेड युनियनले उद्देश्यअनुसार काम गर्न नसक्दा/नगर्दा यसको औचित्यमाथि प्रश्न खडा भएको छ । प्रशासनिक नेतृत्व र तल्लो तहका कर्मचारीबीच समन्वय गर्न पनि ट्रेड युनियनको आवश्यकता छ । तथापि यसको नेतृत्व, संरचना र गलत कार्यशैलीका कारण समस्या आएको बिश्लेषण हुन थालेको छ ।  निजामती सेवा ऐन २०४९ र नियमावली ५० ले निजामती कर्मचारीको विभिन्न माग तथा सामूहिक सौदावाजीको अधिकार सुनिश्चित गर्न आधिकारिक ट्रेड युनियन गठन गर्नसक्ने सुविधा दिएको थियो । तर, हरेक दल निकटका कर्...बाँकी

किन शिथिल एमालेको आन्दोलन ?

January 18, 2017 Posted by Jhilko.com
किन शिथिल एमालेको आन्दोलन ?

काठमाडौं । आन्दोलनबाट सरकार गिराउने भन्दै बिभिन्न धम्की दिने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अन्ततः आन्दोलनलाई शिथिल बनाउन बाध्य भएको छ । एमालेको योजना अनुसार आन्दोलन उठ्न नसकेपछि तथा आन्दोलन उठाउने मात्र कुरा गर्दा सरकारमा जाने कुरा झन टाढा पुग्ने निश्कर्ष निकाल्दै एमाले नेतृत्व आन्दोलनलाई शिथिल बनाउन बाध्य भएको हो । एमालेका एक नेताका अनुसार देशभरमा आन्दोलन उठाउने तयारी गरिएकोमा बुटवल बाहेक अन्य क्षेत्रमा आन्दोलन उठ्न नसकेको र आन्दोलनलाई ब्यवस्थित योजना अनुसार अघि बढाउन नसकेका कारण एमालेले अहि...बाँकी

निजामति सेवाको पदावधिमा चलखेल

January 18, 2017 Posted by Jhilko.com
निजामति सेवाको पदावधिमा चलखेल

काठमाडौं । अघिल्लो सरकारकै समयमा निजामती कर्मचारीको उमेर हद बढाउने प्रयास असफल भए पनि सरकार परिवर्तनसँगै पुनः कर्मचारीको पदावधि बढाउन चलखेल बढेर गएको छ । सामान्य प्रशासन सचिव रहिसकेका टंकमणि शर्मा प्रधानमन्त्री कार्यालयमा रहेर यस अभियानको अगुवाइ गरिरहेका छन् । उनी आफ्नो स्वार्थ सफल बनाउन शक्तिको निकट रहन र रंग बदल्न निकै माहिर मानिन्छन् ।   सरकारले निजामती सेवा ऐन २०४९ को पाँचौ संशोधन गरेर ५८ वर्ष उमेर हदलाई दुई वर्र्ष बढाएर ६० वर्ष पु¥याउनमा प्रम कार्यालयका सचिव टंकमणि शर्मा र सामान...बाँकी

हिंसामै उत्रिन थाल्यो एमाले

January 16, 2017 Posted by Jhilko.com
हिंसामै उत्रिन थाल्यो एमाले

भनिन्छ, ‘मुर्खहरुको अर्तिभन्दा ज्ञानीको गाली श्रेयष्कर हुन्छ ।’  नेकपा एमालेको हकमा पनि यही भनाई लागू भइरहेको छ यतिबेला । सत्तारुढ माओवादी केन्द्र, नेपाली कांग्रेस, मधेसमा आन्दोलनरत मधेस केन्द्रित दल, संघीय समाजवादी फोरमलगायत दलहरुले एमालेलाई संविधान संशोधनको हलो नअड्काउन बिन्ती भाउ गरिरहेका छन् । तर, एमाले नामको पार्टी भने ‘मुखमा राम–राम बगलीमा छुरा’ शैलीमा बाहिर–बाहिर निर्वाचन भन्दै भित्र–भित्रै त्यसको माहोल बिगार्न लागिपरेको छ । र, कथित राष्ट्...बाँकी