categoryone

सरकार परराष्ट्र नीतिमा असफल

February 28, 2017 Posted by Jhilko.com
सरकार परराष्ट्र नीतिमा असफल

नेपालको परराष्ट्र नीति अहिले प्रचण्ड र शेरबहादुर देउवा नियन्त्रित छ । उनीहरुले नेपालको परराष्ट्र मामिलालाई भारततर्फ बढी निकट बनाएको आरोप छ । त्यस्तो आरोपका आवाजहरु बाक्लै रुपमा छरिन थालेकाले उनीहरु परराष्ट्र नीतिमा असफल मात्र होइन, भारततर्फ लम्पसार नै भएको भ्रम उत्पन्न गराइएको छ ।  परराष्ट्र मामिलामा सन्तुलित, व्यावहारिक र राष्ट्रिय स्वार्थ असाध्यै प्रयोग हुने शब्दावलीहरु हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राज्ञिक अध्ययनहरुले यी शब्दाबलीहरुलाई अवधारणा प्रयोग गर्दै सैद्धान्तीकरण पनि...बाँकी

बाबुरामको सानो पार्टीमा ठूलो अप्ठ्यारो

February 28, 2017 Posted by Jhilko.com
बाबुरामको सानो पार्टीमा ठूलो अप्ठ्यारो

काठमाडौं । बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा तीब्र विवाद उत्पन्न भएको छ । पार्टीपङ्क्तिले स्थानीय चुनावमा भाग लिनुपर्छ भनेर आवाज उठाएपछि विवाद भएको हो । बाबुरामले लिएको भारतपरस्त लाइन, जातीय साम्प्रदायिक पार्टीहरुसँगको एकता आदिमा असन्तुष्टि जनाउँदै कार्यकर्ता पङ्क्तिले विरोधमा अभियान थालेपछि बाबुराम अप्ठ्यारोमा परेका छन् । बाबुरामको लाइन विरुद्ध असहमति जनाउँदै पार्टी केन्द्रीय परिषद्का नौजना प्रभावशाली सदस्यले सामूहिक विज्ञप्ति दिएका छन् । देव लिम्बू, निर्मल भट्टराई, हरिराम रिमाल, चन्द्रद...बाँकी

चुनावका लागि राजनीतिक र प्राविधिक समस्या, समयको चटारो

February 28, 2017 Posted by Jhilko.com
चुनावका लागि राजनीतिक र प्राविधिक समस्या, समयको चटारो

काठमाडौं । स्थानीय चुनावको महाभियान सुरु भइसकेको छ, देश चुनावमय भइरहेको छ । तर, दुइटा शक्ति भने चुनावमा होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध केन्द्रित भइरहेका छन् । ती दुई शक्ति हुन्– एमाले र मधेसी मोर्चा । विपरीत ध्रुवमा रहेको झैं देखिने यी दुई शक्तिको एउटै मिसन देखिएको छ– प्रचण्डलाई असफल बनाउने । यो सरकारले चुनाव गराउँदैन भन्ने आरोप एमालेको थियो, सरकारले चुनाव घोषणा ग¥यो । यो सरकारले संविधान संशोधन गराउँदैन भन्ने आरोप मधेसी मोर्चाको थियो । सरकारले विधेयकलाई प...बाँकी

रौतहटमा झडप, माधव नेपाललाई बचाउन प्रहरीलाई हम्मे हम्मे

February 26, 2017 Posted by Jhilko.com
रौतहटमा झडप, माधव नेपाललाई बचाउन प्रहरीलाई हम्मे हम्मे

रौतहट । एमाले नेता माधवकुमार नेपालले सम्बोधन गर्ने आमसभालाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने प्रयास गरेपछि मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सुरक्षाकर्मीसँग भएको झडपमा एक सञ्चारकर्मीसहित दुई जना घाइते भएका छन्। सदरमुकाम गौरको वीपीचोक आइतबार केहीबेर तनावग्रस्त बनेको छ । नेता नेपालले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको थाहा पाएपछि मोर्चाका कार्यकर्ता त्यसको विरुद्धमा विहानैबाट प्रदर्शनमा उत्रेका थिए । नेता नेपालले स्थानीय व्यापारी तथा समाज...बाँकी

आजदेखि सहिद सप्ताह

February 25, 2017 Posted by Jhilko.com
आजदेखि सहिद सप्ताह

काठमाडौं । आज फागुन १४ गते । दश वर्षे जनयुद्धमा रगत पोखिएको पहिलो दिन । यसै दिन गोरखाका नावालक विद्यार्थी दिलबहादुर रम्तेलले सहादत प्राप्त गरेका थिए । २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले देशैभरि सानाठूला प्रतिरोध संघर्षको प्रारम्भ गरे । त्यस दिन गोरखा, सिन्धुली, रोल्पा, रुकुममा सबैभन्दा ठूला प्रतिरोध संघर्ष भए । तत्कालीन राज्यसत्ताले पनि त्यही ठाउँलाई बढी निशाना बनायो । केन्द्रीकृत राज्यसत्ताको प्रस्थानविन्दु भएको ठाउँ भएकाले गोरखालाई त्यतिवेलाको राज्यसत्ताले अझ विशेष ढं...बाँकी

किन छाडे विप्लवले माओवाद ?

February 23, 2017 Posted by Jhilko.com
किन छाडे विप्लवले माओवाद ?

उग्र क्रान्तिकारीको विसौनी दक्षिणपन्थी हुन्छ भन्ने नेपालमा पटकपटक सावित भएको छ । ‘चीनको अध्यक्ष माओ हाम्रो पार्टीको पनि अध्यक्ष’ भन्ने तत्कालीन झापा विद्रोही अहिले एमालेको रुपमा पतन भएको छ । २०२८ को झापा विद्रोहलाई उसले एक दशक नबित्दै छाडिसकेको थियो ।  प्रचण्डको नेतृत्वको पार्टी माओवादीबाट अलग हुँदा विप्लवले फेरि जनयुद्ध लड्ने भनेका थिए । हतियारबद्ध संघर्ष तत्काल नगरी हुँदैन भने उनले । सशस्त्र संघर्ष नगरेको भन्दै उनी किरणको नेतृत्वको पार्टी पनि दुई वर्ष नहुँदै छाडे । किरणको न...बाँकी

विप्लव समूह नयाँ ध्रुवीकरणको दिशामा

February 23, 2017 Posted by Jhilko.com
विप्लव समूह नयाँ ध्रुवीकरणको दिशामा

दुई वर्षअघि नेपाल कम्युनिस्ट पार्टी–माओवादी ९हाल क्रान्तिकारी माओवादी०बाट सम्बन्धविच्छेद गरेर ‘एकीकृत क्रान्ति’ नारा बोकेर हिँडेको विप्लव समूहका नामले पचिरित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) यतिबेर आफ्नो पार्टीको पहिलो महाधिवेशनमा व्यस्त छ । काठमाडौँमा फागुन १ गते उद्घाटन गरिएको महाधिवेशन अहिले रोल्पाको थवाङमा चलिरहेको छ ।  विप्लवले रहस्यमय किसिमले कमरेड किरणको नेतृत्वमा रहेको माओवादी पार्टी किन त्यागे, त्यसको सरोफेरोमा सम्बन्ध र सन्दर्भलाई लिएर के–कस्ता प्र...बाँकी

देउवा किन कमजोर भए ?

February 22, 2017 Posted by Jhilko.com
देउवा किन कमजोर भए ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टी संगठनलाई पूर्णता दिने गृहकार्यलाई अन्तिम अवस्थामा स्थगित गरेका छन् । नेपाली कांग्रेसको १३ औं महाधिबेशन सम्पन्न भएको यही फागुन मसान्तमा एक वर्ष पुग्छ तर केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन । पदाधिकारीहरु मनोनयन गरिएको छैन । विभागहरु गठन गरिएका छैनन् । जबकि पार्टी विधानले महाधिबेशन सम्पन्न भएको दुई महिनाभित्र यी काम सम्पन्न गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । विधानले दुई महिनाभित्र भने पनि एक वर्षभित्र गर्ने तयारीमा सभापति देउवा थ...बाँकी

झुट आरके कि माधव ?

February 21, 2017 Posted by Jhilko.com
झुट आरके कि माधव ?

काठमाडौं । झापा विद्रोहका एक नायक राधाकृष्ण मैनालीको किताव प्रकाशनपछि राजनीतिक बजारमा निकै ठूलो हलचल मच्चिएको छ । यो कितावमा आएका विषयलाई एमाले पार्टीले भ्रामक, तथ्यहीन भनेको छ । खासगरी माधव नेपालको विषयमा आएका कुराहरु । नेपालले यो कितावमा आफ्नाबारे उठाइएको विषयलाई लिएर मैनालीलाई कार्वाही गर्नुपर्ने प्रस्ताव पार्टीमा गरेका थिए ।   भारतको आडमा ०४६ सालमा नेपालमा सशस्त्र सङ्घर्ष गर्ने योजना बनाएको भनी मैनालीको कितावमा आएको कुरालाई नेपालले बढी आपत्ति जनाएका छन् । तर, नेपाल आफैले त्यो विषयलाई...बाँकी

स्थानीय निर्वाचन र राजनीतिक मुद्दा

February 21, 2017 Posted by Jhilko.com
स्थानीय निर्वाचन र राजनीतिक मुद्दा

काठमाडौं । निकै ठूलो आरोहअवरोहका बीच स्थानीय निर्वाचन हुने भएको छ । सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने र मुलुकलाई अग्रदिशा दिने उद्देश्यका साथ निर्वाचनलाई अघि बढाएको छ । अहिले स्थानीय निर्वाचन कसरी गर्ने ? कुन संरचनामा गर्ने ? सँख्या कति हुने ? जस्ता बिषय सहमति नजिक छ । राजनीतिक दलहरुले आूआफ्नै दृष्टिकोण पेश गरिरहे पनि सहमतिमा आउन केही समय मात्र लाग्नेछ । सहमति हुने निश्चित छ । एमालेको राजनीतिक स्वार्थ पूरा गर्ने र सबैलाई समेट्न नचाही मधेसवादी दलको काउण्टरमा आफूलाई उभ्याउने रणनीतिबाट पछि हट्ने...बाँकी