categoryone

प्रधानमन्त्री प्रचण्ड र चिनिँया राष्ट्रपति सी जिनपिङबीच भेट हुने निश्चित

March 19, 2017 Posted by Jhilko.com
प्रधानमन्त्री प्रचण्ड र चिनिँया राष्ट्रपति सी जिनपिङबीच भेट हुने निश्चित

६ चैत, काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र चिनिँया राष्ट्रपति सी जिनपिङबीच औपचारिक भेट हुने निश्चित भएको छ ।  बोआओ सम्मेलनमा भाग लिएर प्रधानमन्त्री बेइजिङ पुग्ने र त्यही चैत १३ गते राष्ट्रपति सीसँग उनको भेट हुने सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले बताएका छन् । उक्त भ्रमणमा पुराना सम्झौताहरुलाई निरन्तरता दिने र केही नयाँ सम्झौताहरु गर्ने गरी तयारी शुरु भएको पनि प्रवक्ता कार्की बताएका छन् । “राष्ट्रपतिसँग भेट हुन्छ कि हुँदैन भन्ने एउटा अनिश्चय जस्तो थियो। भेट हुने कुरा चाहिँ अब...बाँकी

देउवा निराश, पौडेल उत्साहित

March 17, 2017 Posted by Jhilko.com
देउवा निराश, पौडेल उत्साहित

काठमाडौं । भारतीय सुरक्षाकर्मीको गोली लागि कञ्चनपुरमा एक नेपालीको निधन भएको घटनामा कस्तो खालको प्रेस विज्ञाप्ति जारी गर्ने भन्ने  विषयमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले आफ्नो किचेन क्याविनेटमा करिव दुई घण्टा छलफल गरे । महत्वपूर्ण निर्णय समेत ५–१० मिनेटमा  सिध्याउने कांग्रेस सभापति देउवाले  विज्ञप्ति जारी गर्ने जस्तो कुरामा दुई घण्टा किन लगाए त ? भन्ने प्रश्न यतिबेला नेपाली कांग्रेसभित्र निकै पेचिलो बनेको छ ।  समाचारस्रोतका अनुसार सामान्य भाषा भएको विज्ञाप्...बाँकी

होला पूरा गच्छेदारको सपना ?

March 17, 2017 Posted by Jhilko.com
होला पूरा गच्छेदारको सपना ?

काठमाडौं । नेपालको राजनीतिमा पद र पैसाको लागि जे पनि गर्नसक्ने पात्रको रुपमा परिचिति बिजयकुमार गच्छेदार अहिले सरकार बाहिर छन । नेपालको इतिहासमा सबैभन्दा बढी पटक उपप्रधानमन्त्री भएको भनेर नाम लेखाउन आतुर गच्छेदार अहिले पुनः सरकारमा जान खोजिरहेका छन । उनी आफू निकट ब्यक्तिहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा बोलाए पनि राम्रो मन्त्रालय नपाएको कारण सरकारमा नगएको भनेर भनिरहेका छन् । पछिल्लो चरणमा मधेसी मोर्चा र सरकारको दुरी बढ्दै गएको बुझेर गच्छेदारले मन्त्रालय बार्गेनिङ गर्न थालेक...बाँकी

क्षेत्रीय विकासमा भारतको अर्घेल्याइँ

March 16, 2017 Posted by Jhilko.com
क्षेत्रीय विकासमा भारतको अर्घेल्याइँ

हामी केही हप्तादेखि नेपाललाई नै केन्द्रमा राखेर नेपाल–चीन–भारत र चीन तथा भारत सम्बन्धबारे छलफल गर्दैछौं । यही सन्दर्भमा चीनको महत्वाकाङ्क्षी परियोजना ‘वान वेल्ट, वान रोड’ बारे पनि छलफल ग¥यौं । दुई हप्ता अगाडि मात्र ‘वान वेल्ट, वान रोड’ परियोजनाबारे वर्तमान सरकारको गलत नीतिका सन्दर्भहरु पनि छलफल ग¥र्यौ । यो अङ्कमा चाहिं बंगलादेश, चीन, भारत र म्यानमार (बीसीआईएम) आर्थिक कोरिडोर र नेपालबारे छलफल गर्नेछौं । यो छलफलबाट चीन र भारत सम्बन्धको बारेमा अर्कै...बाँकी

चुनाव: किन र कसका लागि ?

March 15, 2017 Posted by Jhilko.com
चुनाव: किन र कसका लागि ?

फेरि चुनावको मिति घोषणा भएको छ । चुनावको मिति घोषणापछि नेपाली राजनीतिमा एउटा हल्का बहस शुरु भएको छ । पहिलोः चुनाव अति आवश्यक विषय हो । दोस्रोः यो एउटा सामान्य प्रक्रिया हो । तेस्रोः यो अनावश्यक हो ।  यी तीन किसिमका क्रिया÷प्रतिक्रियाहरु नेपाली राजनीतिक सतहमा देखापरेका छन् । यो बहस विस्तारै दूई विपरीत धु्रवहरुमा विभक्त हुँदै गइरहेको छ । पहिलो पक्षले चुनाव नभए देश वर्वादीमा फस्ने हुुुुँदा यसबाट जोगाउन चुनावको आवश्यकता रहेको तर्क शुरु गरेका छन् भने तेस्रो पक्षले देश योभन्दा वर्वाद हु...बाँकी

खुइलियो एमालेको राष्ट्रवाद

March 15, 2017 Posted by Jhilko.com
खुइलियो एमालेको राष्ट्रवाद

‘यो सरकार बनेदेखि दिनदिनै गाडी दुर्घटना भइरहेको छ । यो अलच्छिनी सरकार हो ।’ नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २८ गते भैरहवामा दिएको अभिव्यक्तिको अशं हो यो । सामाजिक सद्भाव बढाउने भन्दै फागुन २१ गतेबाट एमालेले मेची–महाकाली अभियान सुरु गरेको थियो । मधेसी जनता र नेता एमाले नामको पार्टीस“ग चरम असन्तुष्ट छन् भन्ने बुझ्दाबुझ्दै मुठभेड निम्त्याउने अभिप्रायले नै एमालेले मधेसमा अभियान सुरु बुझ्न कठिन छैन् । नियत असलै भए पनि गलत बाटो हिडेपछि पुगिने नर्कमा नै हो भन्ने उखान एमाल...बाँकी

सत्तालोलुपताले राप्रपा सङ्कटमा

March 14, 2017 Posted by Jhilko.com
सत्तालोलुपताले राप्रपा सङ्कटमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापकमध्येका एक नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गरेका छन । दुई राप्रपा मिलेर एक भई महाधिवेसन सकिएको एक महिना नबित्दै महाधिवेशनअघि अध्यक्षका उम्मेदवार भनेर प्रचारित डा. लोहनीले ११ बुँदे असहमति राख्दै राप्रपा परित्याग गरेका छन । राप्रपा अध्यक्ष कमल थापालाई अधिनायकवादी बनेकादेखि बिभिन्न आरोपहरु लगाउदै उनले राजीनामा दिएका हुन । डा. लोहनीको राजिनामापछि पूर्व पञ्चहरुको अर्को एउटा राजनीतिक पसल खुल्ने सम्भाबना निश्चित छ । किनकि डा. लोहनी चुप ला...बाँकी

सेनालाई ब्यारेकबाहिर ल्याउने खतरनाक चाल

March 14, 2017 Posted by Jhilko.com
सेनालाई ब्यारेकबाहिर ल्याउने खतरनाक चाल

काठमाडौं । मुलुकलाई अस्थिरता र अराजकतामा लैजान चाहने तत्वहरु फेरि सल्बलाउन थालेका छन् । पहिले चुनाव हुन नदिने भन्दै त्यस्ता तत्व लागिपरेका थिए । चुनाव घोषणा भएपछि चुनावलाई नै हतियार बनाएर मुलुकलाई हिंसामा होम्न चाहनेहरु सक्रिय भएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा मधेसमा विखण्डन र हिंसा चाहने अतिवादी शक्तिहरुको चेपुवामा परेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पुनः अतिवादीहरुको चेपुवामा पर्ने खतरा देखिएको छ । एमालेको अतिवाद र मधेसी मोर्चाको अतिवादले सप्तरीको राजविराजम...बाँकी

अनिश्चितकालीन सप्तरी वन्द फिर्ता

March 11, 2017 Posted by Jhilko.com
अनिश्चितकालीन सप्तरी वन्द फिर्ता

राजविराज, २८ फाल्गुन । सप्तरीको मलेठमा गत सोमवार भएको गोलीकाण्डपछि मधेशी मोर्चा सप्तरीलेै घोषणा गरेको अनिश्चितकालिन सप्तरी वन्द फिर्ता भएको छ ।      मोर्चाका संयोजक दिनेश यादवले शनिवार प्रेस विज्ञप्ति जारी गरी सप्तरी वन्द फिर्ता भएको जानकारी दिएका छन् ।     उक्त घटनाका दोषीलाई कार्वाही र संविधान संशोधन गराउन भइरहेका प्रयास र अन्य आन्दोलनका कार्यक्रम भने जारी नै रहेको विज्ञप्तिमा जनाईएको छ । मोर्चाले यस वर्षको होली पर्व तडकभडकका साथ नमनाउन पनि तराई,मधेशका जन...बाँकी

भारतीय ज्यादतीबिरुद्ध उर्लिए युवाहरु

March 11, 2017 Posted by Jhilko.com
भारतीय ज्यादतीबिरुद्ध उर्लिए युवाहरु

संगिन शर्मा नेपालगञ्ज/ नेपाली भूमिमै आएर भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाएको विरोधमा सत्तारुढ माओवादी केन्द्रका भ्रातृ संगठनहरुले बाँकेको नेपालगन्जमा प्रर्दशन गरेका छन् ।  अखिल क्रान्तिकारी र वाइसीएल बाँकेले संयुक्त रुपमा भारतीय हस्तक्षेपको विरोधमा प्रर्दशन गरेका हुन् । शुक्रबार नेपालगन्जस्थित विपी चोकबाट सुरु भएको विरोध प्रर्दशन धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रर्दशनमा सहभागीले भारतीय ज्यादती र हैकमवादका विरुद्ध नाराबाजी गरेका थिए । कोणसभामा बोल्नेहरुले भारत सर...बाँकी