categoryone

देउवा र निधिको मिलनमा ग्रहण ?

April 13, 2017 Posted by Jhilko.com
देउवा र निधिको मिलनमा ग्रहण ?

काठमाडौं । ‘पार्टी सभापति देउवाले पनि केही भन्नुभएको छैन । माओवादी साइडबाट बुझ्दा उहाँको पनि मौन सहमति छ । म कमल थापाभन्दा पछाडि भएर मन्त्रिपरिषद्मा बस्दिन । तपाईहरुसँग त्यही विषयमा सल्लाह गर्न बोलाएको हुँ ।’ उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले केही दिनअघि मात्र कांग्रेसका सबै मन्त्रीहरुलाई बोलाएर दिएको अभिब्यक्ति हो यो । उपप्रधानमन्त्रीमा कमल थापा नियुक्त भएपछि बरियतासम्बन्धी विवाद देखिएको थियो । कमल थापालाई तीन उपप्रधानमन्त्रीमा पहिलो मर्यादाक्रममा राखेपछि निधि आक्रोसि...बाँकी

राष्ट्रियताको प्रस्थान बिन्दु

April 13, 2017 Posted by Jhilko.com
राष्ट्रियताको प्रस्थान बिन्दु

भवानी बराल राष्ट्र, राष्ट्रियताको मनोगत परिभाषाले यसको अर्थ पूर्ण हुँदैन । राज्य, देश वा राष्ट्र समानअर्थी शब्द होइन । राज्यको निर्माण वा गठन निश्चित संरचना हो । राज्य निर्माण वा गठनको आधार दुई विश्व दृष्टिकोणमा तात्विक भिन्नता छैन भन्दा पनि हुन्छ । साम्यवादी विश्व दृष्टिकोण अनुसार राज्य गठन वा निर्माणको आधार वर्गीय असंगतिको उपज हो भन्ने ठानिन्छ । यसरी नै उदार पुँजीवादी वा चलनचल्तीको भाषामा लोकतन्त्रवादी विश्व दृष्टिकोणले पनि आर्थिक असमानता वा सम्पत्तिलार्ई राज्य निर्माणको कारण ठान्दछ । राज्य...बाँकी

स्थानीय तहको राजनैतिक बयान

April 12, 2017 Posted by Jhilko.com
स्थानीय तहको राजनैतिक बयान

नेपालको राष्ट्रिय राजनीति स्थानीय तहको निर्वाचनमा हेलिएको छ । यो निर्वाचनले राजनैतिक मुद्धालाइ दलीय आधारमा कित्ताबन्दी गर्ने सम्भावना पनि त्यत्तिकै बढेर गएको छ । लामो समयदेखि रिक्त रहेको स्थानीय निकायमा जनप्रतिनिधिविहीन भएको प्राविधिक आधारमा मात्र यो चुनावको महत्व भएको हैन । स्थानीय तहको नयाँ राजनैतिक–प्रशासनिक आधारमा पनि यसको सैद्धान्तिक महङ्खव बढेको छ । यसर्थ निर्वाचनलाई सहजै बहिष्कार गर्ने विषय राजनैतिक कार्यनीति हुन सक्तैन ।  बाह्रबुँदे समझदारीदेखि बिस्तृत शान्ति सम्झौता हुँदै...बाँकी

देउवाको प्रथमिकता निधिभन्दा कमल थापा

April 11, 2017 Posted by Jhilko.com
देउवाको प्रथमिकता निधिभन्दा कमल थापा

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको सभापति शेरवहादुर देउवा र उपप्रधानमन्त्री विमलेन्द्र निधिबीच तत्कालका लागि विवाद थाती राख्ने सहमति भएको छ । आईजीपी बढुवा प्रकरणमा दुई नेताबीच उत्पन्न विवाद चुलिँदै जाँदा उपप्रधानमन्त्रीको वरियतासम्म पुगेको थियो । आईजीपीको विवादमा सभापति देउवाले उपप्रधानमन्त्री निधिसँग राजीनामा माग गरेका थिए । तर, उनले राजीनामा दिनुको सट्टा देउवाले नै इच्छाएका पात्र जयबहादुर चन्दको सिफारिस गर्दै आत्मसमर्पण गरेका थिए । आईजीपी प्रकरणमा देउवा निधिविरुद्ध खनिएका त थिए नै सा...बाँकी

चुनाव सार्ने एमालेको अनौठो प्रस्ताव

April 11, 2017 Posted by Jhilko.com
चुनाव सार्ने एमालेको अनौठो प्रस्ताव

काठमाडौं । स्थानीय चुनाव हुने भएपछि नेपाली राजनीतिमा अनेक तिलस्मी खेल सुरु भएको छ । सबैभन्दा खतरनाक खेल एमालेको तर्फबाट सुरु भएको छ । एमालेले अनेक नयाँनयाँ प्रस्ताव पठाएर अहिलेको राजनीतिक गतिलाई अन्तै मोड्न अनेक कसरत गरिरहेको छ । एकातिर एमालेसहितका पार्टीहरुले चुनाव भाड्न खेल गरिरहेका छन् भने चुनावी तालमेलको नौलोनौलो तौरतरिका पनि देखिन थालेको छ । यसक्रममा एमाले नेता बामदेव गौतमले भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा प्रस्ताव राखेका छन् । माओवादी केन्द्र तथा एमालेका नेताहरुले पुष...बाँकी

आज मन्त्रीपरिषद् वैठक बस्दै, मोर्चासँगको वैठक स्थगित

April 10, 2017 Posted by Jhilko.com
आज मन्त्रीपरिषद् वैठक बस्दै, मोर्चासँगको वैठक स्थगित

काठमाडौं । लामो समयदेखि बस्न नसकेको मन्त्रीपरिषद्को वैठक आज बस्दैछ । उपप्रधानमन्त्रीको वरियताक्रमको विवादले तीन सातादेखि वैठक बस्न सकेको थिएन ।मन्त्रीपरिषद्को वैठक आज ३ बजेको लागि डाकिएको छ ।   उपप्रधानमन्त्रीहरुको वरियता विवाद मिलेको जनाइएको छ । वरियतामा निधी तेस्रोमा बस्न लचकता देखाएपछि यो विवाद थामथुप भएको हो । गृहमन्त्री विमलेन्द्र निधीलाई पार्टी अध्यक्ष शेरबहादुर देउवाले अहिले यो विवाद नझिक्न निर्देशन दिएपछि उनी लचिलो हुने संकेत गरेका हुन् । नजिकदै गएको चुनावले गर्दा विवाद गरिरहनुको...बाँकी

आज पनि मन्त्रिपरिषद् वैठक बस्न सकेन

April 09, 2017 Posted by Jhilko.com
आज पनि मन्त्रिपरिषद् वैठक बस्न सकेन

काठमाडौं । उपप्रधानमन्त्रीको वरियताक्रमको विवादले तीन सातापछि बस्न लागेको मन्त्रिपरिषदको बैठक आज पनि बस्न सकेन । वैठक भोलिसम्मका लागि सरेको छ । मन्त्रिपरिषद बैठक चैत ३ गतेपछि बस्न सकको छैन ।  उपप्रधानमन्त्रीहरुको वरियता विवाद र नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणले प्रधानमन्त्री बैठक नै नराखी चीन उडेका थिए । चीनबाट फर्केको हप्ता दिन बितिसक्दा पनि उक्त विवाद कायमै छ । त्यसैको कारण आइतबार तीन बजेका लागि बोलाइएको बैठक पनि स्थगित भएको छ ।  उपप्रधानमन्त्रीमा कमल थापालाई ल्याइए पनि उ...बाँकी

धनुषामा वाईसिएल विवाद छताछुल्ल

April 09, 2017 Posted by Jhilko.com
धनुषामा वाईसिएल विवाद छताछुल्ल

किरण कर्ण जनकपुर । नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) धनुषाको विवाद बाहिर छताछुल्ल भएको छ । एक पक्षले वाईसिएल धनुषाको भेलालाई अस्वीकार गर्दै बहिष्कार गरेपछि विवाद सतहमा आएको हो । भेलाले एकताको भावनालाई सम्मान गर्नुको सट्टा उही पूर्व पार्टीलाई नै बढी च्यापेको, विचारमा भन्दा पनि गुटलाई प्रश्रय दिएको आरोप लगाउँदै भेलाको निर्णय मान्य नहुने जनाउँदै भेला बहिस्कार गर्दै विद्रोह गरेका छन् । उक्त समूहले सरोज यादवको संयोजकत्वमा  १ सय १ सदस्यीय समिति गठन गर...बाँकी

स्तरहीन राजनीतिले देश बिगा¥यो

April 09, 2017 Posted by Jhilko.com
स्तरहीन राजनीतिले देश बिगा¥यो

राज्य संचालनका लागि बाहुन, क्षेत्री, व्यापारका लागि वैश्य र अरू सबै कर्मका लागि शुद्रको प्रयोग हुने वर्ण व्यवस्थाको समाजमा सामन्तहरूको बोलवाला सधैं रहि आएको छ । राजतन्त्रात्मक प्रणाली सामन्तहरूको आश्रय थलो भएकोले यसमा अनेक खाले सामन्तहरू नै जन्मिन्छन् । विना कामको अर्काको श्रमशक्तिमाथि निर्भर भई अर्थलाभ गर्ने स्वाभावको विकास गराउनमा तल्लीन रहेको राजतन्त्रको भूमिका इतिहासको पानामा सुरक्षित छ । राजा भनेको जुनी जुनीको सत्कर्मबाट प्राप्त देवत्व स्थान हो । यो स्थान सहज प्राप्त गर्न सकिन्न । भगवानको प...बाँकी

दुधौली नगरपालिकामा माओवादी अगाडि

April 08, 2017 Posted by Jhilko.com
दुधौली नगरपालिकामा माओवादी अगाडि

झिल्को सम्वाददाता सिन्धुली । स्थानीय निर्वाचन हुन अव ३६ दिन मात्र बाँकी छ । गाउँघर अहिले पूरै चुनावमय भएको छ । कुन पार्टीले कसलाई उम्मेदवार दिन्छ, कसले जित्छ र कसले हार्छ भन्ने अड्कलबाजीहरु घरघर र चोकचोकमा हुने गरेको छ । उम्मेदवारको चयनले नै कसको पक्षमा परिणाम आउँछ भन्ने निर्धारण गर्दछ । खासगरी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेबीचमा नै सिन्धुलीमा प्रतिस्पर्धा हुनेछ । स्थानीय चुनावमा पार्टीगत भन्दा पनि यी तीन प्रमुख पार्टीहरुले उठाउने उम्मेदवारले परिणामलाई तल माथि पार्न सक्छ...बाँकी