categoryone

एमाले राप्रपा तालमेल: राप्रपाको नीति पछाडि एमाले कि एमालेको नीतिपछाडि राप्रपा ?

May 10, 2017 Posted by Jhilko.com
एमाले राप्रपा तालमेल: राप्रपाको नीति पछाडि एमाले कि एमालेको नीतिपछाडि राप्रपा ?

आसन्न स्थानीय तहको निर्वाचनमा दल र उम्मेद्वारहरु चुनावी प्रचार अभियानमा व्यस्त छन् । यो स्थानीय तहको चुनावले केही साँस्कृतिक मूल्यहरुलाई तोडिदिएको छ । खासगरी दलीय पहिचानलाई यो चुनावी–प्रक्रियाले धरापमा धकेलिदिएको छ । आसन्न चुनावमा कायम गरिएको तालमेलका कारण दलका चुनावी चिन्हहरुबीचको भिन्नता पनि मेटिएको जस्तो भएको छ । यसले गम्भीर राजनैतिक परिस्थितितर्फ संकेत गर्दछ । अहिले पनि राजसंस्था र हिन्दु धर्मको नारामा आफ्नो राजनीतिक अस्तित्व धानिरहेको राप्रपा, नेपाल र आफूलाई कम्युनिष्ट दावी गर्ने ए...बाँकी

संयोजकबाट बर्खास्तीपछि विवाद खोज्दै यादव

May 10, 2017 Posted by Jhilko.com
संयोजकबाट बर्खास्तीपछि विवाद खोज्दै यादव

काठमाडौं । नेपालको राजनीतिमा आश्चर्यजनक ढँगले उदाएका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र विवाद एक अर्काका पर्यायबाची जस्तै बनेका छन । विवादबाट र विवादास्पद भूमिकाबाट उदाएका अध्यक्ष यादवले आफै बिबाद सिर्जना गराउने र त्यसको राजनीतिक फाइदा लिने प्रयास गर्ने गरेका छन । ‘विवादपछि राजनीतिक उचाई हांसिल गर्नुभएका हाम्रो अध्यक्षले जति विवाद हुन्छ, त्यति फाइदा हुन्छ भनेर योजना बनाउनु हुन्छ ।’ अध्यक्ष यादवका एक सहयोगीले भने । गौर नरसंहार, अन्तरिम संविधान जलाउने, पार्टी गठन गर्दा अ...बाँकी

माओवादी केन्द्र– एमाले झडपमा एकको मृत्यु

May 10, 2017 Posted by Jhilko.com
माओवादी केन्द्र– एमाले झडपमा एकको मृत्यु

२७ वैशाख, दोलखा। दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् ।  गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् ।  यसैगरी, झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । घाइत...बाँकी

तार्केश्वरमा अलग्गै मुद्धा बोकेका मेयरका उम्मेदवार

May 10, 2017 Posted by Jhilko.com
तार्केश्वरमा अलग्गै मुद्धा बोकेका मेयरका उम्मेदवार

काठमाडौं । मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले स्थानीय तहको निर्वाचनमा पार्टीको नाममा नउठेर देशभक्त जनगणतान्त्रिक मोर्चाको रुपमा उठेको छ । देशैभरि मोर्चाकै नाममा उठे पनि उम्मेदवार स्वतन्त्र हैसियतमा नै छन । सबै ठाउँमा एउटै निर्वाचन चिन्ह नभएर अलगअलग निर्वाचनमा लडेको अवस्था छ ।  देशका कतिपय ठाउँमा यो पार्टीको हैसियत राम्रै छ । खासगरी ग्रामिण क्षेत्रमा । मोहन वैद्य ‘किरण’ ले निर्वाचनमार्फत् मुद्धा स्थापित गर्...बाँकी

मतदान केन्द्रबाटै पनि मतदाता शिक्षा दिइने

May 09, 2017 Posted by Jhilko.com
मतदान केन्द्रबाटै पनि मतदाता शिक्षा दिइने

२६ वैशाख, काठमाडौँ। स्थानीय तह निर्वाचनका लागि मतदातालाई निर्वाचन चिह्नबारे जानकारी दिन यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ हजार छ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिने भएको छ ।  सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवकलाई अनिवार्य रूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवकलाई आज आदेश दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।  आयोगले वैशाख २८,...बाँकी

महाभियोग लाग्ने सूचना सुशीलाकहाँ पहिले पुग्यो

May 09, 2017 Posted by Jhilko.com
महाभियोग लाग्ने सूचना सुशीलाकहाँ पहिले पुग्यो

काठमाडौं । महाअभियोगको प्रस्ताव दर्ता हुनु अघिल्लो दिन प्रधान न्यायधीश सुशीला कार्की र प्रदीप गिरिबीच तीन पटक टेलिफोन सम्पर्क भएको र त्यस दौरान ३७ मिनेट कुराकानी भएको नेपाली कांग्रेसकी नेतृ आरजु देउवाले पत्ता लगाएको समाचार स्रोतले बतायो ।  महाअभियोगको प्रस्तावलाई अन्तिम रुप दिन  बैशाख १७ गते बिहान  सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा किचेन क्याविनेटको बैठक राखेका थिए । बैठकमा ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्काले महाअभियोगको प्रस्ताव दर्ता गर्न हतार नगर्...बाँकी

मधेस मुद्धा तुहिएकै हो ?

May 09, 2017 Posted by Jhilko.com
मधेस मुद्धा तुहिएकै हो ?

मधेससम्बद्ध पार्टीको लामो सहकार्यसँगै गठित मोर्चाको विघटनसँगै मधेसको माग/मुद्धा के हुने हो वैचारिक विश्लेषणको खाँचो छ । मधेसको माग/मुद्धा मोर्चाको विघटनसँगै यसले दार्शनिक दृष्टिकोणको माग गरेको अनुभूति हुन्छ । संसारलाइ हेर्ने दुई विश्व दृष्टिकोणमध्ये कुन विश्व दृष्टिकोणले मधेसको मुद्धालाइ सम्बोधन गर्ने हो त्यसैको अन्तर्गत मधेस आन्दोलनको भविष्यको खोजी हुनेछ । आजसम्म मधेस आन्दोलन निश्चित राजनैतिक दृष्टिकोण अनुसार निर्देशित नभएकोले नै आन्दोलनको गतिमा बारम्बार प्रभाव परेको तीतो यथार्थ मधेसको हकमा लाग...बाँकी

घर दैलो अभियानमा निर्वाचन विरोधी गतिविधिहरु: निर्वाचन आयोग मुक दर्शक

May 09, 2017 Posted by Jhilko.com
घर दैलो अभियानमा निर्वाचन विरोधी गतिविधिहरु: निर्वाचन आयोग मुक दर्शक

जुम्ला । स्थानीय तह चुनाव तोकिएको आसन्न वैशाख ३१ गतेको घोषित दिनले पछ्याइरहँदा अहिले दलका उम्मेदवारलाई गाउँगाउँमा भोट माग्न भ्याइनभ्याइ भएको छ । विगतको भन्दा फरक अभ्यासबाट उनीहरूले भोट मागिरहेका छन् । आचारसंहिता उल्लङ्घन हुने खालका गतिविधि विद्यालयस्तरमा भएपनि अन्य सार्वजनिक स्थलमा त्यस्तो केही देखिएको छैन । तर दलहरूले आआफ्ना पार्टीका समर्थक जनताको घरमा भने पार्टीका झन्डा खडा गर्न बाध्य बनाएका छन् । कतिपय जनताले भित्री इच्छा कसैलाई भोट हाल्ने भएपनि झन्डा हालेर कसैको बन्न बाध्य बनाइएको गुनासो...बाँकी

बाबुको प्रतिद्वन्द्वीलाई चुनौती दिँदै छोरा

May 09, 2017 Posted by Jhilko.com
बाबुको प्रतिद्वन्द्वीलाई चुनौती दिँदै छोरा

गोकर्णप्रसाद भण्डारी दोलखा, २६ वैशाख । दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर १ मा चुनावको रोचक पक्ष देख्न सकिन्छ ।  युवा जोस जाँगरका साथ समाजको विकासका लागि आमूल परिवर्तनको पक्षमा टेकेर यतिबेला महेश्वर काफ्ले वडा अध्यक्षको पदमा चुनावी मैदानमा छन् । तिनै काफ्लेको प्रतिद्वन्द्वीका रुपमा छन् पुराना बुबा पुस्ताका नेता ज्ञानेन्द्र केसी ।  ज्ञानेन्द्र केसी भिरकोटका पूर्व गाविस अध्यक्ष हुन् अहिले भिरकोट गाविस तामाकोसी गाउँपालिका–१ मा परिवर्तन भएको छ । काफ्ले र केसीको राजनीतिक ल...बाँकी

निर्वाचन विरोधी गतिविधिमा लागेको भन्दै विप्लब माओवादीका २१ जना पक्राउ

May 09, 2017 Posted by Jhilko.com
निर्वाचन विरोधी गतिविधिमा लागेको भन्दै विप्लब माओवादीका २१ जना पक्राउ

चितवन । निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ जना नेकपाले गठन गरेको सैन्य दस्तामा रहेको प्रहरी उपरीक्षक दीपक थापाले दावी गरेका छन् ।  एक साताअघिदे...बाँकी