categoryone

राजपाले नरपालिकामा खाता खोल्यो, धनुषाको हंसपुर नगरपालिकामा मेयर उपमेयर दुवैमा राजपा विजयी

September 20, 2017 Posted by Jhilko.com
राजपाले नरपालिकामा खाता खोल्यो, धनुषाको हंसपुर नगरपालिकामा मेयर उपमेयर दुवैमा राजपा विजयी

४ असोज । धनुषाको हंसपुर नगरपालिकाको मेयरमा राजपाका देवकृष्ण मण्डल निर्वाचित भएका छन् । मण्डलले ३३२० मत ल्याई विजयी भएका हुन् भने उनको निकटतम् प्रतिद्वन्दी कांग्रेसका प्रदिप यादवले ३२२९ मत ल्याएका छन् ।  त्यसैगरि उपमेयरमापनि राजपाकै रेणु झा ३२६७ मत ल्याएर विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्दी कांग्रेसकी रामकुमारी कामतको २०२७ मत ल्याइन् ।     बाँकी

माओवादी केन्द्र मधेसमा कहाँ चुक्यो ?

September 20, 2017 Posted by Jhilko.com
माओवादी केन्द्र मधेसमा कहाँ चुक्यो ?

दुर्गाप्रसाद भण्डारी वीरगञ्ज । मौसमी तापक्रम विस्तारै घट्दै गए पनि तेस्रो चरणको स्थानीय तहको निर्वाचन भएका मधेसका आठ जिल्लामा उकुसमुकुस गर्मी छ । चुनावी सरगर्मीले मान्छेले गर्मी भुलेका छन् । सडक, चौकमा मान्छेको बाक्लो उपस्थिति छ । निर्वाचनको प्रक्रियादेखि मतगणनासम्म यो अवस्था रहिरहनेछ ।    चुनावमा कसले जित्छ चुनावको दिनसम्म पनि कसैले अनुमान गर्न सकेको छैन् । यहाँ आग्रहमा परिणामका बारेमा भनिन्छ । फेरि मतदाता अन्य क्षेत्रका भन्दा अलि बढी नै अस्थिर, भावनामा बढी चल्ने भएकाले पनि अनुम...बाँकी

सिरहामा माओवादीको अग्रता, १८ वडाको नतिजा आउँदा ८ वडामा विजयी

September 20, 2017 Posted by Jhilko.com
सिरहामा माओवादीको अग्रता, १८ वडाको नतिजा आउँदा ८ वडामा विजयी

४ असोज, सिरहा । सिरहामा माओवादी केन्द्रले अग्रता लिएको छ । हालसम्मको नतिजा अनुसार सिरहामा माओवादी केन्द्रले अग्रता लिएको हो हो। १८ वटा वडाको मतगणना सकिँदा नेकपा माओवादी केन्द्रले ८ वडा जितेको छ। नेकपा एमाले, संघीय समाजवादी फोरम नेपालले ३र३ वडामा जित हात पारेका छन्। नेपाली कांग्रेस र राजपाले २र२ वडा आफ्नो पक्षमा पारेका छन्। सिरहाको गोलबजार नगरपालिका–१ मा माओवादी केन्द्रका देवबहादुर मगर प्यानलसहित विजयी भएका छन् भने धनगढीमाई नगरपालिका–३ मा माओवादीकै देवन साह विजयी भएका छन्। अर...बाँकी

को बन्ला एनआरएनए अध्यक्ष ?

September 20, 2017 Posted by Jhilko.com
को बन्ला एनआरएनए अध्यक्ष ?

काठमाडौं । आगामी दिनमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) सम्मेलनमा अध्यक्ष पदमा भवन भट्ट र जमुना घले भिड्ने सम्भावना रहेको छ । यसअघि भवन भट्ट र कुमार पन्तको बीचमा प्रतिस्पर्धा हुने भन्ने चर्चा एकाएक बदलिएको छ ।     अध्यक्ष पदमा भट्ट र कुमार पन्त उठ्ने चर्चा भए पनि त्यो सम्भावना टरेको छ । चर्चामा नआएकी घले उठ्ने सम्भावना बढेपछि पन्तले भट्टलाई समर्थन दिने चर्चा छ ।  जमुना घले आफ्नो उम्मेदवारीको बारेमा मतदाताको मन छाम्दै आज बुधवार दुबई आइपुग्दै छिन । यसअघि उनी क्यान...बाँकी

स्थानीय तहको जिम्मा के के ?

September 20, 2017 Posted by Jhilko.com
स्थानीय तहको जिम्मा के के ?

बढ्यो दुई जिल्ला, अब ७५ बाट ७७ जिल्ला ४ असोज, काठमाडौँ । संविधान दिवसको दिन असोज ३ गते बसेको संसद बैडकले पारित गरेको स्थानीय तहसम्बन्धीको विधेयकले हाल केन्द्रीय स्तर तथा जिल्ला स्तरबाट हुने धेरै अधिकार स्थानीय तहमा हस्तान्तरण गरेको छ । पहिलो पटक स्थानीय तहबाटै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको काम हुँदैछ । न्यायिक अधिकारलाई अधिकारसम्पन्न बनाएको छ भने स्थानीय तहका लागि आवश्यक कानुन आफ्नै सभाले तर्जुमा गर्ने पाउने अधिकार प्रदान गरिएको छ ।  प्रादेशिक कानुनको अधीनमा रही स्थानीय कर...बाँकी

ठगी गर्ने सहकारी संचालकलाई कारवाही र जरिवाना वृद्धि

September 20, 2017 Posted by Jhilko.com
ठगी गर्ने सहकारी संचालकलाई कारवाही र जरिवाना वृद्धि

काठमाडौं । नयाँ सहकारी ऐनमा सहकारीमा ठगी गर्ने संचालकहरूलाई हुने कारवाही र जरिवाना वृद्धि गरिएको छ । उक्त व्यवस्थाअनुसार संचालकहरूले ठगी गरेमा बिगोबमोजिम जरिवाना र अधिकतम १० वर्षसम्म जेल सजाए तोकिएको छ ।  व्यवस्थापिका संसद्को बैठकले सहकारी विधेयक—२०७४ पारित गरेको छ । सहकारी तथा गरिवी निवारणमन्त्री अम्बिका बस्नेतले पेश गरेको विधेयक संसदले सर्वसम्मत पारित गरेको हो । उक्त विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि ऐनको रूपमा लागु हुन्छ ।  यसअघि सहकारी ऐन–२०४८ मा भने ठगी गर्नेला...बाँकी

चुनौतिको घेरामा माओवादी

September 20, 2017 Posted by Jhilko.com
चुनौतिको घेरामा माओवादी

काठमाडौं । प्रदेश २ को निर्वाचनको सम्मुखमा हुलका हुल मानिसहरु वल्लो र पल्लो पार्टीमा प्रवेश गरे । सामान्य नागरिकहरुको ओहोरदोहोरलाई सामान्य अर्थमै लिनुपर्ला । तर, यस मेसोमा आफूलाई बडे–बडे ठान्ने नेताहरु नै अघिल्लो पंक्तिमा थिए । आयाराम–गयाराम नेताहरुलाई भित्र्याउन सबै दलका शीर्ष नेताहरु कन्दनीदेखिको बल निकालेर लागिपरेका थिए । निर्वाचनमा टिकट दिन्छु भनेर हुन्छ कि अन्य कुनै लाभको पद दिउँला भनेर घाट–घाटको पानी चाख्दै हिड्ने नेताहरुहरुलाई भित्र्याउन पाउँदा सबै दलका शीर्ष नेताहरु...बाँकी

नेता नेपालको मतदाता शिक्षाको भ्रम र वास्तविकता 

September 19, 2017 Posted by Jhilko.com
नेता नेपालको मतदाता शिक्षाको भ्रम र वास्तविकता 

एन के दाहाल आइतबार दिउसो हामी केही पत्रकार (बिबिसी संवाददाता उमाकान्त खनाल र अन्नपुर्ण संवाददाता फणिदेव महत) गुजरा र कटहरिया नगरपालिकाको बिभिन्न ठाउँमा पुगेका थियौ । हामीबिच छलफल भइरहेको थियो, मतदाता शिक्षा कति पुगेको होला ? के जनता मत हाल्न जान्दछन ? अघिल्लो दिन भोजभतेर र मतदाता किनबेचप्रति केन्द्रित रहेर रिपोर्टिङ गर्नुभएका मित्रहरु मतदाता शिक्षाप्रति अलि बढी उत्साही हुनुहुन्थ्यो । हामीले कसरी मत हाल्ने धेरैलाई सोध्यौं । सबैको जबाफ मतदाता शिक्षा दिने निकाय नपुगे पनि आफै सचेत भएर मत रद्द...बाँकी

धनुषामा माओवादी केन्द्रले खाता खोल्यो 

September 19, 2017 Posted by Jhilko.com
धनुषामा माओवादी केन्द्रले खाता खोल्यो 

असोज ३, काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार सत्यनरायण दनुवार विजयी भएका छन् । उक्त वडामा उनीसहित  माओवादीको प्यानलै विजयी भएको छ। प्रदेश नम्बर २ अन्तर्गत धनुषामा माओवादी केन्द्रले खाता खोलेको हो  । दनवारले १९४ मत ल्याएर विजयी भए भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार छन् ।  यस्तै नगरपालिकाको मेयरमा पनि माओवादीले नै अग्रता लिएको छ ।     बाँकी

प्रारम्भिक नतिजा अनुसार २ नं प्रदेशमा पनि तीन पार्टी बीचकै प्रतिस्पर्धा ! 

September 19, 2017 Posted by Jhilko.com
प्रारम्भिक नतिजा अनुसार २ नं प्रदेशमा पनि तीन पार्टी बीचकै प्रतिस्पर्धा ! 

३ असोज, काठमाडौं । सिरहाको गोलबजार र मिर्चैया नगारपालीकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।  गोलबजार नगरपालिकामा ४ सय ४८ मत गन्दा नेकपा माओवादी केन्द्रका मेयरले १ सय ५२ र उपमेयरले १ सय ४८ मत प्राप्त गरेको छन् ।  नेकपा एमालेका मेयर र उपमेयरले क्रमशः ८९ र ८६ मत प्राप्त गरेका छन् । कांग्रेका मेयरले ८७ र उपमेयरले ९४ मत प्राप्त गरेका छन् । संघिय समाजवादी फोरमले भने ५८ र ५९ मत प्राप्त गरेको छ । गणना गरिएको मध्ये १५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।  मिर्चैय...बाँकी