categoryone

जापानस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइँदै

September 29, 2015 Posted by Jhilko.com
जापानस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइँदै

११ असोज, टाकियो । बिभिन्न पेशा र व्यबसाय गर्दै जापानमा रहेका नेपालीहरुले टोकियोस्थित भारतीय राजदूताबासमा ज्ञापन पत्र बुझाउने भएका छन् । नेपालमा संविधान जारी भएसँगै तरार्इ मधेश क्षेत्रमा भएको आन्दोलन र त्यसैलाई कारण देखाउँदै भारतीय पक्षले नेपालतर्फको निकासीमा गरेको अवरोधप्रति गैरआवासीय नेपालीको ध्यानाकर्षण भएकोले राजदूतमार्फत ज्ञापनपत्र बुझाउन लागिएको हो । भारतले निकासी बन्द गर्दा नेपालमा गहिरिंदै गएको पेट्रोलियम संकटप्रति कोही अनभिज्ञ छैनौं । चाँडै नै खाद्यान्न, औषधीलगायतका अत्यावश्यकीय...बाँकी

नाकाबन्दी विरुद्ध अमेरिकास्थित राष्ट्रसंघको हेडक्वाटर अगाडि प्रदर्शन

October 02, 2015 Posted by Jhilko.com
नाकाबन्दी विरुद्ध अमेरिकास्थित राष्ट्रसंघको हेडक्वाटर अगाडि प्रदर्शन

१५ असोज – भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीको बिरोधमा अमेरिकामा रहेको संयुक्त राष्ट्रसंघको हेडक्वाटर अगाडि प्रदर्शन भएको छ । अमेरिकामा बस्दै आएका नेपालीले न्युयोर्कमा रहेको राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । राष्ट्रसंघको महासभामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बोल्दै गर्दा अमेरिकामा बस्दै आएका नेपालीहरुले नेपाललाई सम्मान गर्न भारतलाई सिकाउँदै प्रदर्शनमा उत्रेका थिए । प्रदर्शनकारीहरुले ब्याक अफ इण्डिया लेखिएको प्लेकार्डहरु प्रदर्शन गरेका थिए । भारतले नेपालमा...बाँकी

नाकाबन्दी विरुद्ध अमेरिकास्थित राष्ट्रसंघको हेडक्वाटर अगाडि प्रदर्शन, महासचिवलाई ज्ञापन पत्र

October 02, 2015 Posted by Jhilko.com
नाकाबन्दी विरुद्ध अमेरिकास्थित राष्ट्रसंघको हेडक्वाटर अगाडि प्रदर्शन, महासचिवलाई ज्ञापन पत्र

१५ असोज, काठमाडौं – भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीको बिरोधमा अमेरिकामा रहेको संयुक्त राष्ट्रसंघको हेडक्वाटर अगाडि प्रदर्शन भएको छ । अमेरिकामा बस्दै आएका नेपालीले न्युयोर्कमा रहेको राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । राष्ट्रसंघको महासभामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बोल्दै गर्दा अमेरिकामा बस्दै आएका नेपालीहरुले नेपाललाई सम्मान गर्न भारतलाई सिकाउँदै प्रदर्शनमा उत्रेका थिए । प्रदर्शनकारीहरुले ब्याक अफ इण्डिया लेखिएको प्लेकार्डहरु प्रदर्शन गरेका थिए । भारतल...बाँकी

नेपालमा भारतले लगाएको नाकावन्दी विरुद्ध न्युयोर्कमा प्रर्दशनको तयारी

November 16, 2015 Posted by Jhilko.com
नेपालमा भारतले लगाएको नाकावन्दी विरुद्ध न्युयोर्कमा प्रर्दशनको तयारी

३० कात्तिक, न्युयोर्क स् भारतले गरेको नाकाबन्दीको विरोधमा अमेरिकामा रहेका नेपालीहरुले संयुक्त राष्ट्रसंघको भवन अगाडि विरोध प्रदर्शन गर्ने भएका छन्। गैर आवासीय नेपाली संघ एनआरएन राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा नाकावन्दी र त्यसबाट नेपाली जनतामा परेको असरका बारेमा विश्व समुदायलाई जानकारी गराउन विरोध प्रदर्शन गर्न लागिएको हो। एनआरएन एनसीसी अमेरिकाका महासचिव तिलक श्रेष्ठले नोभेम्बर १७ तारेखमा संयुक्त राष्ट्र संघको भवन अगाडि विरोध प्रर्दशन गर्ने विज्ञप्ती मार्फत जानकारी दिएका छन्।...बाँकी

नाकाबन्दीको विरोधमा न्याुओर्कको राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

November 23, 2015 Posted by Jhilko.com
नाकाबन्दीको विरोधमा न्याुओर्कको राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

२ मंसिर, अमेरिका – भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र सङ्घको मुख्यालय भवनअगाडि विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा अमेरिका बस्दै आएका भारतीयहरु पनि संलग्न छन् । उनीहरुले अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्ने प्लेकार्ड बोकेर नेपालीहरुलाई विरोध प्रदर्शनमा साथ दिएका छन् । विरोध प्रदर्शनपछि राष्ट्रसंघका महासचिव वान कि मुनलाई ज्ञापनपत्र बुझाएको छ । दुई महिनाभन्दा लामो नाकाबन्दीको कारणले नेपालमा औषधी लगायत अत्यावश्यक स...बाँकी

अमेरिकाको ह्वाइट हाउस अगाडि प्रदर्शन, ओबामालाई ज्ञापन पत्र

November 23, 2015 Posted by Jhilko.com
अमेरिकाको ह्वाइट हाउस अगाडि प्रदर्शन, ओबामालाई ज्ञापन पत्र

७ मंसिर, काठमाडौं । भारतले सीमा नाकामा गरिरहेको नाकाबन्दीको विरोधमा नेपालीले अमेरिकाको ह्वाइट हाउस अगाडि प्रदर्शन गरेका छन् । अघिल्लो हप्ता मात्र अमेरिकाका नेपालीहरुले राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन गरी राष्ट्रसंघका महासचिव वान कि मुनलाई ज्ञापन पत्र बुझाईसकेका छन् । ह्वाइट हाउस अगाडिको प्रदर्शनमा अमेरिका भ्रमणमा रहेका नेपाली हास्या व्यंग्य कलाकार मनोज गजुरेल समेत सहभागी थिए । गैरआवासीय नेपाली संघ, अमेरिकाको आह्वानमा भएको प्रदर्शनमा अमेरिका राष्ट्रपति वाराक ओवामालाई ज्ञापन पत्र बुझा...बाँकी

भूमध्यसागरमा हजारौं आप्रवासी संकटमा, साढे ६ हजार वढीको उद्धार

August 31, 2016 Posted by Jhilko.com
भूमध्यसागरमा हजारौं आप्रवासी संकटमा, साढे ६ हजार वढीको उद्धार

भदौं १५, काठमाडौं । इटलीका तटरक्षकले भनेका छन्, अहिलेसम्मकै ठूलो एक अभियानका क्रममा सोमबार लिबिया पारीको भूमध्यसागरबाट करीब साढे ६ हजार आप्रवासीको उद्धार गरिएको छ। लिबियाको सब्रथा नगरबाट करिब २० किलोमिटर टाढा, झन्डै ४० वटा उद्धारका अभियान भएका थिए। युरोपमा आर्थिक अवसर चाहिरहेका दशौं हजार अफ्रिकी र मध्यपूर्व अनि अफगानिस्तानका द्वन्द्वग्रस्त क्षेत्रका शरणार्थीहरु असुरक्षित पानीजहाजमार्फत समुद्र पार गर्छन्। ती मध्ये धेरैले आफ्नो ज्यान गुमाएका छन्। एरिट्रिया र सोमालियाका भनिएका ती आप्रवासी, उ...बाँकी

राखेपद्वारा कर्मचारी र पत्रकार सम्मान

August 31, 2016 Posted by Jhilko.com
राखेपद्वारा कर्मचारी र पत्रकार सम्मान

भदौ १५, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेपले आफ्नो ५३ औं वार्षिकोत्सवका अवसरमा कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ । प्रशासनतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट मोरङ जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कट्वाल, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कर्मचारी प्रशासन शाखाका नायब सुब्बा सुकुमार थापा तथा परिषद् सेवा पुरस्कारबाट आर्थिक प्रशासन शाखाकी लेखा अधिकृत ज्ञानु घिमिरे सम्मानित भए । कट्वालले २५ हजार, थापाले १५ हजार तथा घिमिरेले १० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्राप्त गरे ।...बाँकी

संबिधान दिवस बनाउन मूल समारोह समिति गठन

August 31, 2016 Posted by Jhilko.com
संबिधान दिवस बनाउन मूल समारोह समिति गठन

भदौ १५, काठमाडौँ । संबिधान दिवस बनाउन मूल समारोह समिति गठन भएको छ । मूल समारोह समितिले विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ । असोज ३ गते विहान ८ वजे सैनिक मञ्च टुडिखेलमा राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यतामा मूल समारोहको आयोजना गरिने छ । संविधानसभावाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आगामी असोज २, ३ र ४ गते देशभर विविध कार्यक्रमका साथ संविधान दिवस मनाउन लागिएको हो । संविधान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधान...बाँकी

सेनामा डेढसय अधिकृतको लागि जागिर खुल्यो (विस्तृत विवरण सहित)

August 31, 2016 Posted by Jhilko.com
सेनामा डेढसय अधिकृतको लागि जागिर खुल्यो (विस्तृत विवरण सहित)

भदौ १५, काठमाडौं । नेपाली सेनामा डेढसय अधिकृतको लागि दरखास्त खुलेको छ । समावेशी तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले दरखास्त आह्वान गरेको हो । महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३ जना गरी १५० अधिकृतका लागि दरखास्त आव्हान गरिएको छ । असोज १३ गतेसम्म दरखास्त दिन सकिनेछ । भर्ना केन्द्र भर्ना छनौट निर्देशनालय, जंगी अड्डा, भद्रकाली पूर्वी पृतना हेडक्वाटर ईटहरी ब्यारेक सुनसरी मध्य पृतना...बाँकी