categoryone

संयोजकबाट बर्खास्तीपछि विवाद खोज्दै यादव

May 10, 2017 Posted by Jhilko.com
संयोजकबाट बर्खास्तीपछि विवाद खोज्दै यादव

काठमाडौं । नेपालको राजनीतिमा आश्चर्यजनक ढँगले उदाएका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र विवाद एक अर्काका पर्यायबाची जस्तै बनेका छन । विवादबाट र विवादास्पद भूमिकाबाट उदाएका अध्यक्ष यादवले आफै बिबाद सिर्जना गराउने र त्यसको राजनीतिक फाइदा लिने प्रयास गर्ने गरेका छन । ‘विवादपछि राजनीतिक उचाई हांसिल गर्नुभएका हाम्रो अध्यक्षले जति विवाद हुन्छ, त्यति फाइदा हुन्छ भनेर योजना बनाउनु हुन्छ ।’ अध्यक्ष यादवका एक सहयोगीले भने । गौर नरसंहार, अन्तरिम संविधान जलाउने, पार्टी गठन गर्दा अ...बाँकी

मधेस मुद्धा तुहिएकै हो ?

May 09, 2017 Posted by Jhilko.com
मधेस मुद्धा तुहिएकै हो ?

मधेससम्बद्ध पार्टीको लामो सहकार्यसँगै गठित मोर्चाको विघटनसँगै मधेसको माग/मुद्धा के हुने हो वैचारिक विश्लेषणको खाँचो छ । मधेसको माग/मुद्धा मोर्चाको विघटनसँगै यसले दार्शनिक दृष्टिकोणको माग गरेको अनुभूति हुन्छ । संसारलाइ हेर्ने दुई विश्व दृष्टिकोणमध्ये कुन विश्व दृष्टिकोणले मधेसको मुद्धालाइ सम्बोधन गर्ने हो त्यसैको अन्तर्गत मधेस आन्दोलनको भविष्यको खोजी हुनेछ । आजसम्म मधेस आन्दोलन निश्चित राजनैतिक दृष्टिकोण अनुसार निर्देशित नभएकोले नै आन्दोलनको गतिमा बारम्बार प्रभाव परेको तीतो यथार्थ मधेसको हकमा लाग...बाँकी

हुकुम अदालतको (सम्पादकीय)

May 06, 2017 Posted by Jhilko.com
हुकुम अदालतको (सम्पादकीय)

सीता अधिकारी सर्वोच्च अदालतद्वारा व्यवस्थापिकालाई चुनौती दिने काम भएको छ । जनताबाट निर्वाचित सार्वभौम संस्थालाई नियुक्ति वा जागिर खाने प्रक्रियाबाट आएका न्यायधीशले एक ढंगले अश्वीकार गरेका छन । लोकतान्त्रिक प्रक्रियामा अदालतको हुकुमी शासन स्थापित गर्न खोजिएको छ । प्रतिगमनको अभ्यास भएको छ । सत्तारुढ दलका दुई सय ४९ जना सांसद्ले कार्यपालिकाको क्षेत्राधिकारमाथि अनुचित हस्तक्षेप भएको भन्दै प्रधान न्यायधीश सुशीला कार्कीका विरुद्ध संसदमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । यो ठीक वेठीक भनेर फैस...बाँकी

किन हिच्किचाउँदैनन् डा. के.सी. अनसन बस्न ?

December 13, 2016 Posted by Jhilko.com
किन हिच्किचाउँदैनन् डा. के.सी. अनसन बस्न ?

काठमाडौं । २१ दिन अनशन बसिकेका डा. गोविन्द केसीको जीवन खतरामा पर्छ कि भनेर सरकारका तर्फबाट रातारात माग पूरा गरियो, उनले भने वमोजिमको १२ बुँदे ड्राफ्ट तयार गरियो । शुक्रबारको मध्यराति नै डा. गोविन्द केसीले शनिवार अनशन तोड्ने गरी सबै प्रक्रिया पूरा गरियो । आमरण अनशन बस्नेको जीवनको प्रश्न मिनेट, सेकेण्डको हुन्छ भनेर प्रधानमन्त्री, शिक्षामन्त्रीसहित सरकारका प्रतिनिधि डा. केसीको जीवन खतरामा नजाओस् भनेर निकै हतारमा सम्झौताको पत्र तयार गर्न लागे । सबै प्रक्रिया पूरा गरिसके पछि डा. गोविन्द केसीले शनिवार...बाँकी

राष्ट्रिय सङ्कट र समाधानको दिशा

February 03, 2016 Posted by Jhilko.com
राष्ट्रिय सङ्कट र समाधानको दिशा

असहमतिको बीचबाट नयाँ संविधान जारी गरेपछि चर्केको मधेश आन्दोलन र पेट्रोलियम पदार्थको आपूर्ति लगायतमा गरिएको भारतीय अघोषित नाकावन्दीले नेपालको राष्ट्रिय स्वाधिनतामा नै गम्भीर संकट पैदा भएको छ । संकट शुरु भएको पाँच महिना पुग्न लाग्यो तर पनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । सरकार, संसदवादी दलहरु र मधेशवादी दलहरुको बीचमा ५० औं पटक वार्ताहरु भए, तर अहिलेसम्म सहमति वा संझौता भएको छैन् । सरकारले भारत सरकारसँग दिल्लीमा भएको चार बुँदे रोडम्यापअनुसार संविधान संशोधन भएमा सहमति हुन्छ भनेर प्रचार गरेको...बाँकी

बाबुरामको नयाँ शक्ति ः मीठो विष

March 01, 2016 Posted by Jhilko.com
बाबुरामको नयाँ शक्ति ः मीठो विष

१. बाबुराम भट्टराईले ‘नयाँ शक्ति’ नामक पार्टीको पूर्व रुप बनाएर नेपाली राजनीतिको ध्यान आफूतिर तान्न निक्कै ठूलो प्रयत्न गरेका छन् । अहिले बजारमा यही शक्तिको चर्चा केही चलेको छ । पक्ष र विपक्षमा बहस आइरहेका छन् । उता बाबुराम भट्टराई बजारमा आएको नयाँ ब्राण्डको विज्ञापन बडो सतर्कतापूर्वक उद्योगीले गरेजस्तो गरी प्रचार अभियानमा लागेका छन् । विस्तारै पर्दाहरु खुल्दै आएका छन् । रहस्यहरु समाप्त हुने क्रम शुरु भएको छ । नयाँ शक्तिको विचार, राजनीति र संगठन सार्वजनिक भएको छ । यसका नेतागणहरु पनि...बाँकी

माओवादी विचारको रक्षासँग जोडिएको जनताको आन्दोलनको भविष्य र सम्भावना

March 09, 2016 Posted by Jhilko.com
माओवादी विचारको रक्षासँग जोडिएको जनताको आन्दोलनको भविष्य र सम्भावना

नेपालमा माओवादी आन्दोलन ठूलो संकटमा परेको छ, सिकिस्त भएर छटपटाइरहेको छ । माओवादी आन्दोलनले विश्व इतिहासमा अंकित हुने स्तरको अत्यन्तै ठूलो र प्रभावकारी संघर्ष ग¥यो, विजय निकट पनि पुग्यो तर बीचमै नाटकीय ढंगले संघर्षलाई शून्यमा झार्ने काम गरिएको छ । अहिलेको अवस्था हेर्दा भन्न सकिन्छ– त्यो उँचाइमा पुगेको माओवादी संघर्ष पराजीत भएको छ । यो पराजयका अनेक वाह्य कारण छन् तर मूलभूत रुपमा यो आफ्नै कारणले यो विजोग अवस्थामा आइपुगेको हो भनेर स्वीकार गर्नैपर्ने हुन्छ । कम्युनिस्ट आन्दोलन समाप्त भयो...बाँकी

१९५० को असमान सन्धिको कसीमा नेपाल–भारत सम्बन्ध

March 24, 2016 Posted by Jhilko.com
१९५० को असमान सन्धिको कसीमा नेपाल–भारत सम्बन्ध

लक्ष्मण पन्त बीसौं शताब्दीको चौथो दशक अत्यन्त उथलपुलथपूर्ण कालखण्डका रुपमा रहेको छ । संसारकै एक चौथाई जनसंख्याको बसोबास गरेको चीन यसै कालखण्डमा लाल चीनमा बदलिएको थियो । विश्वको सबैभन्दा ठूलो भूभाग ओगट्ने रुसमा १९१७ मै कम्युनिष्ट क्रान्ति सम्पन्न भइसकेको थियो । पूर्वी यूरोप लाल बनिसकेको थियो । रसियन र चिनियाँ क्रान्तिको रापले सिंगो भारत, नेपालसहित दक्षिण एसिया तातेको थियो । ल्याटिन अमेरिकी मुलुकहरु तथा दक्षिण पूर्वी एसियाका सबैजसो मुलुकहरुमा क्रान्तिका ज्वालाहरु दन्किरहेका थिए वा दन्किने क्रमम...बाँकी

जनयुद्धकालीन मुद्दा ः माओवादीलाई समर्पण गराउने रणनीति

March 24, 2016 Posted by Jhilko.com
जनयुद्धकालीन मुद्दा ः  माओवादीलाई समर्पण गराउने रणनीति

हालै सर्वोच्च अदालतले ओखलढुंगा जिल्ला अदालतमा रहेको जनयुद्धकालीन मुद्दाबारे दिइएको आदेश र केही समय अगाडि सर्वोच्च अदालतमा नै संवैधानिक इजलास खडा गरी जनयुद्धकालीन राजनीतिक मुद्दाहरु सरकारले फिर्ता लिन नमिल्ने भनी दिइएका आदेशहरु हेर्दा राज्यको एउटा अंगको रुपमा रहेको न्यायालयले राज्य र तात्कालीन विद्रोही पक्षको रुपमा रहेको माओवादी पक्षबीचको वृहत् शान्ति सम्झौतालाई स्वीकार गरिरहेको छैन र केवल क्षणिक रुपमा माओवादी पक्षलाई आत्मसमर्पण गराउने अस्त्रको रुपमा मात्र राज्य पक्षले प्रयोग गरिरहेको छ भन्ने यथा...बाँकी

नवऔपनिवेशिक पुँजीवाद

March 27, 2016 Posted by Jhilko.com
नवऔपनिवेशिक पुँजीवाद

१. परिभाषाको सट्टामा १.१. सामन्तवादी देशहरुमा पुँजीवादीहरुको नेतृत्वमा क्रान्ति सम्पन्न भएर ती देशहरुमा पुँजीवादी राज्यव्यवस्था कायम बन्न पुग्यो । सामन्तवादका विरुद्ध राष्ट्रिय पुँजीपतिहरुले आफ्ना देशका मजदुर, किसान, निम्न पुँजीपति सबैसँग मोर्चा कसी १५ औं शताब्दीबाट १७ औं शताब्दीसम्म यस्ता विद्रोहात्मक क्रान्ति सम्पन्न गरेका छन् । क्रान्तिपश्चात् राज्यसत्तामा पुँजीपति आसिन हुन पुगे र उनीहरुले सामन्तवादभन्दा नौलो शासन प्रणाली शुरुवात गरे जसलाई पुँजीवादी व्यवस्था भनियो । वेलायतसहित सिंगो युरोप,...बाँकी