categoryone

रोनाल्डो बने युरोपको उत्कृष्ट खेलाडी

August 25, 2017 Posted by Jhilko.com
रोनाल्डो बने युरोपको उत्कृष्ट खेलाडी

मोनाको । लियोनेल मेस्सीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डो सन् २०१६–१७ को युइएफए उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । उत्कृष्ट महिला खेलाडी भने बार्सिलोनाकी लिके मार्टिन्स घोषित भइन् ।  गत सिजन रियललाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका रोनाल्डो च्याम्पियन्स लिगमा १ सयौँ गोल पूरा गर्ने पहिलो खेलाडी पनि बनेका थिए । उनी गत च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता समेत बन्दै नकआउट चरणमा दुई ह्याट्रिकसमेत गरेका थिए । रोनाल्डोले यो उपाधि जितेको लगातार...बाँकी

रुनीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

August 24, 2017 Posted by Jhilko.com
रुनीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

लण्डन । इङल्याण्डका प्रसिद्ध फुटबल खेलाडी वेन रुनीले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट आफूले सन्यास लिएको घोषणा गरेका छन् ।  १४ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल जीवनका बेला ३१–बर्षीय उनले इङल्याण्डका निम्ति कूल ५३ गोल गरी आफ्नो नाममा देशबाट सर्वाधिक गोलकर्ताको किर्तीमान बनाउन सफल भएका छन् ।  रुनीले आफूलाई इङल्याण्डका फुटबल व्यवस्थापक ग्यारेथ साउथगेटले यसै साता फोन गरेर राष्ट्रिय टोलीमा पुनः बोलाएको भए पनि सन्यासको निर्णय लिएको बताए । साउथगेटले माल्टा र स्लोभाकियामा अर्को महिना...बाँकी

तेह्रौँ सागका पाँचभन्दा बढी खेल पोेखरामा हुँदै

August 10, 2017 Posted by Jhilko.com
तेह्रौँ सागका पाँचभन्दा बढी खेल पोेखरामा हुँदै

वासुदेव पौडेल २६ साउन, पोखरा । नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद ९साग० आयोजनाको तयारी भइरहँदा पर्यटकीय नगरी पोखरामा पाँचभन्दा बढी खेल हुने विषयले यतिखेर यहाँ चासो चर्चा बढाएको छ ।  अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्य वन्दै गएको पोखरामा पहिलोपटक हुने क्षेत्रीयस्तरको साग प्रतियोगितालाई विशेष महत्वको कार्यक्रमका रुपमा पनि लिइएको छ ।  युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गत मंगलबार पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेर पूर्वाधार तयार गरिसक्न निर्देशनसमेत दिएका थिए...बाँकी

फुटसल ‘हब’ बन्दै राजधानी

July 28, 2017 Posted by Jhilko.com
फुटसल ‘हब’ बन्दै राजधानी

(कुमार चौलागाई/नवीन पौडेल) १३ साउन, काठमाडौं । फुटबलको सानो रुप ‘फुटसल’ अहिले देशभर लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरूका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । “खुला ठाउँको अभावले केटाकेटीदेखि वृद्धवृद्धासम्मका लागि ‘फुटसल’ खेल अभ्यास उपयुक्त विकल्प भएको छ,” कुमारी फुटसल ठमेलका सञ्चालक राजनलाल महर्जन भन्छन् । शुरुमा काठमाडौंमा केन्द्रित यो खेल अहिले विराटनगर, हेटाँैडा, बनेपा, पो...बाँकी

नेपाल पाँच विकेटले विजयी

July 24, 2017 Posted by Jhilko.com
नेपाल पाँच विकेटले विजयी

९ साउन , काठमाडौँ। आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ ।  सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५।१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्ष्य नेपालले २२।२ ओभरमा पाँच विकेट गुमाएर पुरा ग¥यो ।  नेपालका लागि रोहितकुमार पौडेलले अविजित ३४ रन बनाए । उनले ३७ बलमा छ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले अविजित १९ रन, सन्दीप सुनारले १५ र अनिल साहले १२ रन...बाँकी

नेपालद्वारा सिंगापुर २२ रनले पराजित

July 21, 2017 Posted by Jhilko.com
नेपालद्वारा सिंगापुर २२ रनले पराजित

६ साउन, काठमाडौँ। सिंगापुरमा जारी उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ ।  सिंगापुरको इन्डियन एशोसिएसनको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको सिंगापुर ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो ।  सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्त सिंहले २५, युवराज सिंहले १९ र हन...बाँकी

नेपालद्वारा मलेसिया पाँच विकेटले पराजित

July 18, 2017 Posted by Jhilko.com
नेपालद्वारा मलेसिया पाँच विकेटले पराजित

३ साउन, काठमाडौँ । । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।  सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा आज नेपालले दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको हो ।  सिङ्गापुर क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सन्दिपको कसिलो बलिङका कारण मलेसियाले २५ दशमलव पाँच ओभरमा मात्र ५८ रन बनाउन सक्यो । सन्दिपले पाँच विकेट लिए । उनले आठ दशमलव पाँच ओभर बलिङ गर्...बाँकी

विश्वकप छनोट नेपालले सिङ्गापुरलाई हरायो

July 17, 2017 Posted by Jhilko.com
विश्वकप छनोट नेपालले सिङ्गापुरलाई हरायो

२ साउन, काठमाडौँ । उन्नाइस वर्षमुनि (यु १९) विश्वकप एसियाली छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले आयोजक सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ ।  सिङ्गापुरस्थित सिङ्गापुर क्रिकेट क्लब, पादाङ स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिङ्गापुरले २९ ओभरमा ७३ रन जोड्दै अल आउट भयो ।  चौहत्तर रनको झिनो लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । सुरुवाती ब्याटसम्यान सन्दिप सुनार एक रनमा आउट भए भने...बाँकी

अन्तर एयरलायन्स टेबलटेनिसमा नवीन च्याम्पियन 

June 28, 2017 Posted by Jhilko.com
अन्तर एयरलायन्स टेबलटेनिसमा नवीन च्याम्पियन 

काठमाडौँ । नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा आज भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । निगमका सुरेशविक्रम हमाल तेस्रो भए । निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त प्रतियोगितामा नवीनले सहकर्मी...बाँकी

नदी र वन क्षेत्रबाट बालुवा, रोडा, ढुङ्गा झिक्ने कार्य बढ्यो

May 21, 2017 Posted by Jhilko.com
नदी र वन क्षेत्रबाट बालुवा, रोडा, ढुङ्गा झिक्ने कार्य बढ्यो

गाईघाट –उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा नदी तथा त्रियुगा नदीको मानवबस्ती क्षेत्र र वन जङ्गल क्षेत्रका अतिसंवेदनशील स्थानबाट अहिले केही ट्र्याक्टर व्यवसायी र केही लोडर सञ्चालकहरूले फेरि अवैध तरिकाले बालुवा, गिट्टी, रोडा र ढुङ्गा झिक्ने कार्य गर्न थालेका छन् ।  विगतमा पनि यी संवेदनशील स्थानबाट ट्र्याक्टर व्यवसायीले मनपरी ढुङ्गा, गिट्टी र रोडा अवैध तरिकाले झिक्ने र बिक्री गर्ने गर्दै आएका थिए ।  प्रहरी, प्रशासनको सक्रियतामा यो कार्य नियन्त्रण भए तापनि अहिले स्था...बाँकी