categoryone

एपिएफ क्वार्टर फाइनलमा प्रवेश

April 20, 2018 Posted by Jhilko.com
एपिएफ क्वार्टर फाइनलमा प्रवेश

इलाम । इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्वार्टरफाइनलमा प्रवेश गरेका छ ।  एपिएफले आज पाहुना टोली बंगलादेशको कावरान प्रगति संघलाई ३–१ ले पराजित गरेको हो । एपिएफले शुरुआतमै पाएको अवसरलाई गोलमा परिणत गर्दै अग्रता लियो । खेल शुरु भएको १०औँ मिनेटमा नै एपिएफका स्ट्राइकर युवराज खड्काले गोल गर्दै खाता खोले । बंगलादेशका रक्षा पन्तीले पेनाल्टी क्षेत्रमा गरेको कमजोरीको फाइदा उठाउँदै खड्काले गोल गरे । पैँतीसौँ मि...बाँकी

प्रदेश नं २ः अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने

April 20, 2018 Posted by Jhilko.com
प्रदेश नं २ः अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने

महेन्द्रनगर, धनुषा। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिने घोषणा गर्नुभएको छ ।  जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि शुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको ब्याटिङ गरेर उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले खेलकुदको अवस्था सुधार्न नयाँ नयाँ योजना ल्याइने जानकारी दिनुभयो । रासस बाँकी

यसरी सकियो ‘नोबेल स्पोर्टस फियस्टा’ 

March 21, 2018 Posted by Jhilko.com
यसरी सकियो ‘नोबेल स्पोर्टस फियस्टा’ 

विराटनगर, ७ चैत । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थीहरुद्धारा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ २०१५ ब्याचमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा भएको फियस्टामा एक दर्जन बढी प्रतियोगिता भएका छन् ।     १० दिनसम्म सञ्चालित चौथो चरणको फियस्टामा फुटवल, क्रिकेट, भलिवल, फुटसल, ब्याडमिन्टन, म्याराथन, गायन, नृत्य, चित्रकला, कविता, निवन्ध लगायत प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । फुटवल प्रतियोगितामा प्रमा...बाँकी

नेपाल ओमनसँग पराजित

November 08, 2017 Posted by Jhilko.com
नेपाल ओमनसँग पराजित

२२ कात्तिक, काठमाडौँ । एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।  कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।  च्याम्पियनसिपमा चार खेल खेलेको नेपालले सबै खेलमा हार बेहो¥यो । चार खेलमा १२ गोल खाएको नेपालले एक गोल पनि फ...बाँकी

नेपाल हङकङसँग पराजित

October 13, 2017 Posted by Jhilko.com
नेपाल हङकङसँग पराजित

२७ असोज, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले हङकङसँग ८३ रनको पराजीत भएको छ । शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने लक्ष्य कायमै राख्न जित्नै पर्ने आजको खेलमा पराजित भएपछि नेपालको सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा धक्का लागेको छ । त्यसमात्र होइन यस पराजयले ए डिभिजनमा रहेको नेपाली क्रिकेट बी डिभिजनमा घटुवा हुन सक्ने छ । विश्व च्याम्पियनसिपमा आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्दैछ । ती सबै खेलमा जित हा...बाँकी

एएफसीका अध्यक्ष खालिफा नेपालमा

October 10, 2017 Posted by Jhilko.com
एएफसीका अध्यक्ष खालिफा नेपालमा

२४ असोज, काठमाडौँ । एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा आज नेपाल आएका छन् । दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल आएका हुन् । उनीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।  अध्यक्ष खालिफाले बुधबार एन्फा हाउसमा अध्यक्ष श्रेष्ठसँग बैठक गर्ने कार्यक्रम रहेको एन्फ...बाँकी

खेलकुदमा चलखेल : किन बर्खास्त भए उपाध्यक्ष टेण्डी शेर्पा ?

September 21, 2017 Posted by Jhilko.com
खेलकुदमा चलखेल : किन बर्खास्त भए उपाध्यक्ष टेण्डी शेर्पा ?

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेण्डी शेर्पा निलम्बनमा परेका छन् । उपाध्यक्ष शेर्पालाई युवा तथा खेलकुद मन्त्रालयले करिव एक महिनाअघि निलम्बन गरेको हो । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले शेर्पालाई निलम्बन र बर्खास्त भन्दा पनि राखेपको उपाध्यक्षको हैसियतमा उनले वहन गर्दै आएको जिम्मेवारीबाट अलग गरिएको बताएको छन् । मन्त्रीले त्यस्तो बताए पनि मन्त्री केसीले राजनीतिक आस्थाका आधारमा पदबाट बर्खास्त गरेको नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका एक पदाधिकारीले बता...बाँकी

नेपाल पाँचौँ पटक बन्यो एसीसी यू–१९ च्याम्पियन, हङकङ ५ विकेटले पराजित 

September 17, 2017 Posted by Jhilko.com
नेपाल पाँचौँ पटक बन्यो एसीसी यू–१९ च्याम्पियन, हङकङ ५ विकेटले पराजित 

काठमाडौँः एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ। हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४।४ ओभरमा पूरा गर्दै हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल पाँचौँ पटक च्याम्पियन बनेको हो। ।  प्रनीत थापा मगरले १४औँ ओभरमा लगातार दुई छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे।  नेपालको इनिङमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रन बनाए। यस्तै, ओपनर सन्दीप सुनारले १९ र अनिलकुमार साहले १६ रनको योगदान दिए।  नेपालले १४औँ ओभरमा दुई विकेट गुमाएको थियो। बलिङतर्फ...बाँकी

सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

September 14, 2017 Posted by Jhilko.com
सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

२९ भदौ, काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई सात विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ ।  टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८।३ ओभरमा सवै विकेट गुमाएर ६७ रन बनायो । विजयी लक्ष्य नेपालले १३।४ ओभरमा तीन विकेट गुमाएर पुरा ग¥यो ।  नेपालका लागि सन्दिप सुनारले २० रन, अनिलकुमार साहले १८ र आशिफ शेखले छ रन बनाए । अमित महर्जन १० र सन्दिप जोरा सात रनमा अविजित रहे ।  बलिङतर्फ सिं...बाँकी

भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

September 13, 2017 Posted by Jhilko.com
भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

२८ भदौ , काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाउँदै ५० रन मात्र बनायो । एकाउन्न रनको विजयी लक्ष्य नेपालले ८।३ ओभरमा प्राप्त ग¥यो । नेपालका लागि आसिफ शेखले अविजित २३ रन, सन्दिप सुनारले २१ तथा अनिल साहले अविजित चार रन बनाए । बलिङतर्फ भुटानका छिरिङ पेन्जोरले एक विकेट लिए ।  भुटानलाई ५०...बाँकी