categoryone

क्रिकेटर लामिछाने स्वदेश फिर्ता

May 22, 2018 Posted by Jhilko.com
क्रिकेटर लामिछाने स्वदेश फिर्ता

  काठमाडौँ  । भारतमा भएको एघाराँै संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन् ।  आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटीलगायतले स्वागत गरे ।  लामिछानेले आइपिएलबाट आफूले धेरै कुरा सिकेको भन्दै त्यो कुरालाई नेपाली क्रिकेटमा लागू गर्ने बताउनुभयो । ...बाँकी

पाँचौ रमपम उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

May 19, 2018 Posted by Jhilko.com
पाँचौ रमपम उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

उदयपुर । मनाङमस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पाँचौ रमपम उदयपुर गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ ।  आज यहाँ सम्पन्न फाइनलमा थ्रीस्टारका मार्टिनले १५ औँ मिनटमा गरेको गोल नै उपाधिको निर्णायक गोल बन्यो । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् ।  उपाधि विजेता थ्रीस्टारले ट्रफीका साथ रु पाँच लाख र उपविजेता मनाङले ट्रफी र रु तीन लाख प्राप्त गर्न सफल भयो । विजेता तथा उपविजेता टोलीलाई प्रदेश नं. १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर...बाँकी

हाजिरी जवाफ प्रतियोगितामा नोबेल प्रथम

May 18, 2018 Posted by Jhilko.com
हाजिरी जवाफ प्रतियोगितामा नोबेल प्रथम

काठमाडौं । काठमाडौंमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रथम भएको छ । कान्तिपुर डेण्टल कलेजको आयोजनामा भएको प्रतियोगितामा नोबेल प्रथम भएको हो ।      बिजयी नोबेलले सिल्ड र प्रमाणपत्र पाएको नोबेलका ओरल मेडिसिन बिभागका लेक्चरर डा. पियुस शिवहरेले जानकारी दिए । नोबेलको तर्फबाट सहभागी बिना श्रेष्ठ, मेलिना मुल्मी, मञ्जुकुमारी शाह र स्लेसा गुरुङलाई कार्यक्रममा भारतीय दन्त चिकित्सक कृति नन्दिनाथले सिल्ड र प्रमाणपत्र प्रदान गरेकी थिइन । ...बाँकी

वर्षका उत्कृष्ट खेलाडी पारस र शोभा

May 17, 2018 Posted by Jhilko.com
वर्षका उत्कृष्ट खेलाडी पारस र शोभा

काठमाडौँ  । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन् ।  नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज यहाँ आयोजित पल्सर स्पोर्टस अवार्डको १५औँ संस्करणको सम्मान वितरण कार्यक्रममा उत्कृष्ट खेलाडी घोषणा गरिएको हो । वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा भने कप्तान खड्कासँगै क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की परेका थिए । ...बाँकी

सेनालाई हराउँदै सभामुख कप पुलिस क्लबको पोल्टामा

May 17, 2018 Posted by Jhilko.com
सेनालाई हराउँदै सभामुख कप पुलिस क्लबको पोल्टामा

रोल्पा । रोल्पामा सञ्चालित प्रथम सभामुख कप भलिबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।  प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब प्रथम भएको छ भने महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लब विजयी भएको हो ।  नेपाल आर्मी क्लबको एक सेटका विरुद्ध नेपाल पुलिस क्लब तीन सेट जितेर विजयी भएको हो । तेस्रो स्थानका लागि मंगलबार भएको एपीएफ क्लब र ४ नम्बर प्रदेशबीच...बाँकी

मैत्रीपूर्ण फुटबलमा पत्रकार विजयी

May 16, 2018 Posted by Jhilko.com
मैत्रीपूर्ण फुटबलमा पत्रकार विजयी

दाङ । यहाँ मंगलबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा युवा संघको टिमलाई हराउँदै पत्रकारको समूह विजयी भएको छ ।  पत्रकार महासंघको टोली युवा संघलाई ७–० गोलको फराकिलो अन्तरले हराई विजयी भएको हो । युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।  मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार, युवा संघ, कानून व्यवसायी र निजामती कर्मचारीको टोलीले प्रतिस्पर्धा गरेका थिए । युवा संघले निजामती कर्मचारी र पत्रकारले कानून व्यवसायीलाई जितेर फाइनल...बाँकी

स्पोर्टर्स अवार्ड ः चार विधाका खेलाडी मनोनयन

May 14, 2018 Posted by Jhilko.com
स्पोर्टर्स अवार्ड ः चार विधाका खेलाडी मनोनयन

  काठमाडौँ । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत चार विधाका खेलाडीको मनोनयन आज सार्वजनिक गरिएको छ ।  मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की मनोनयनमा परेका छन् ।  त्यसैगरी वर्षको उत्कृष्ट महिलातर्फ खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सि...बाँकी

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

May 14, 2018 Posted by Jhilko.com
अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

  काठमाडौँ  । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।  आगामी जेठ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट ४००, भारतबाट १५० र बंगलादेशबाट १० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।  दुईदिने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । प्रतियोगिताको अवधिमा काठमाडौँ...बाँकी

सभामुख भलिबल प्रतियोगिता ः विभागीय टोली अब्बल

May 14, 2018 Posted by Jhilko.com
सभामुख भलिबल प्रतियोगिता ः विभागीय टोली अब्बल

  रोल्पा । सदरमुकाम लिवाङमा शनिबारदेखि शुरु भएको प्रथम राष्ट्रिय सभामुख कप भलिबल प्रतियोगितामा प्रदेश टोलीको तुलनामा विभागीय टोली सशक्त देखिएका छन् ।  आइतबार भएका सबै खेलमा विभागीय टोली विजयी भएका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब आज सम्पन्न आ–आफ्ना खेलमा विजयी भएका छन् ।  पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं ५ लाई ३–० ले पराजित ग¥यो । अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदे...बाँकी

व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सेनाका साउदलाई

May 13, 2018 Posted by Jhilko.com
व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सेनाका साउदलाई

  दमौली, तनहुँ । तनहुँको व्यास नगरपालिकाद्वारा शनिबार आयोजित व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका प्युठ ३२ वर्षीय नवराज साउदले जितेका छन् । १५९ जना धावकलाई पछाडि पार्दै उनले उपाधि जितेका हुन् ।  ४४ किलोमिटरको दूरी ३ घण्टा १३ मिनेट ५३ सेकेण्डमा पार गर्दै साउदले उपाधिमाथि कब्जा जमाएका हुन् । त्रिभुवन आर्मी क्लब काठमाडौँमा प्युठमा कार्यरत साउदले समयलाई ख्याल गरी दौडदा आफू प्रथम हुन सफल भएको बताउनुभयो ।  यसअघि साउदले पोखरामा भएको ४२ किलोमिटर सफल म्याराथनमा प्रथम भ...बाँकी