categoryone

मैत्रीपूर्ण फुटबलमा पत्रकार विजयी

May 16, 2018 Posted by Jhilko.com
मैत्रीपूर्ण फुटबलमा पत्रकार विजयी

दाङ । यहाँ मंगलबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा युवा संघको टिमलाई हराउँदै पत्रकारको समूह विजयी भएको छ ।  पत्रकार महासंघको टोली युवा संघलाई ७–० गोलको फराकिलो अन्तरले हराई विजयी भएको हो । युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।  मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार, युवा संघ, कानून व्यवसायी र निजामती कर्मचारीको टोलीले प्रतिस्पर्धा गरेका थिए । युवा संघले निजामती कर्मचारी र पत्रकारले कानून व्यवसायीलाई जितेर फाइनल...बाँकी

स्पोर्टर्स अवार्ड ः चार विधाका खेलाडी मनोनयन

May 14, 2018 Posted by Jhilko.com
स्पोर्टर्स अवार्ड ः चार विधाका खेलाडी मनोनयन

  काठमाडौँ । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत चार विधाका खेलाडीको मनोनयन आज सार्वजनिक गरिएको छ ।  मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की मनोनयनमा परेका छन् ।  त्यसैगरी वर्षको उत्कृष्ट महिलातर्फ खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सि...बाँकी

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

May 14, 2018 Posted by Jhilko.com
अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

  काठमाडौँ  । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।  आगामी जेठ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट ४००, भारतबाट १५० र बंगलादेशबाट १० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।  दुईदिने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । प्रतियोगिताको अवधिमा काठमाडौँ...बाँकी

सभामुख भलिबल प्रतियोगिता ः विभागीय टोली अब्बल

May 14, 2018 Posted by Jhilko.com
सभामुख भलिबल प्रतियोगिता ः विभागीय टोली अब्बल

  रोल्पा । सदरमुकाम लिवाङमा शनिबारदेखि शुरु भएको प्रथम राष्ट्रिय सभामुख कप भलिबल प्रतियोगितामा प्रदेश टोलीको तुलनामा विभागीय टोली सशक्त देखिएका छन् ।  आइतबार भएका सबै खेलमा विभागीय टोली विजयी भएका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब आज सम्पन्न आ–आफ्ना खेलमा विजयी भएका छन् ।  पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं ५ लाई ३–० ले पराजित ग¥यो । अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदे...बाँकी

व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सेनाका साउदलाई

May 13, 2018 Posted by Jhilko.com
व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सेनाका साउदलाई

  दमौली, तनहुँ । तनहुँको व्यास नगरपालिकाद्वारा शनिबार आयोजित व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका प्युठ ३२ वर्षीय नवराज साउदले जितेका छन् । १५९ जना धावकलाई पछाडि पार्दै उनले उपाधि जितेका हुन् ।  ४४ किलोमिटरको दूरी ३ घण्टा १३ मिनेट ५३ सेकेण्डमा पार गर्दै साउदले उपाधिमाथि कब्जा जमाएका हुन् । त्रिभुवन आर्मी क्लब काठमाडौँमा प्युठमा कार्यरत साउदले समयलाई ख्याल गरी दौडदा आफू प्रथम हुन सफल भएको बताउनुभयो ।  यसअघि साउदले पोखरामा भएको ४२ किलोमिटर सफल म्याराथनमा प्रथम भ...बाँकी

प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट जेठमा

May 10, 2018 Posted by Jhilko.com
प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट जेठमा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ ।  आगामी जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहनेछ । जसअनुसार समूह ‘ए’ मा नेपाल आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ) प्रदेश...बाँकी

क्रिकेट प्रतियोगिता वैशाख ३० देखि

May 09, 2018 Posted by Jhilko.com
क्रिकेट प्रतियोगिता वैशाख ३० देखि

  काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी त्रिवि बिबिए टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता–२०७५ यही वैशाख ३० गतेदेखि शुरु हुने भएको छ ।  उक्त प्रतियोगिताका खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।  प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका १५ वटा कलेज र उपत्यका बाहिरबाट तीन वटा कलेजले प्रतिस्पर्धा गर्नेछन् ।  उक्त प्रतियोगिताको विजेता टोलीले रू ५० हजार तथा उपविजेताले रु २५ हजार पाउनेछन् । प्रतिय...बाँकी

एन्फा अध्यक्षमा शेर्पा निर्वाचित

May 06, 2018 Posted by Jhilko.com
एन्फा अध्यक्षमा शेर्पा निर्वाचित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित हुनुभएको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित हुनुभएको छ । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गर्नुभएको थियो ।  साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का निर्वाचित भए ।  सदस्यमा दा...बाँकी

राष्ट्रिय भलिबलः पुलिस र एपिएफ विजयी

May 05, 2018 Posted by Jhilko.com
राष्ट्रिय भलिबलः पुलिस र एपिएफ विजयी

काठमाडौँ । जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिसले न्यू डायमन्ड एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको खेलमा पुलिसले न्यू डायमन्डलाई ३–१ ले हरायो । पुलिसले न्यू डायमन्डलाई २५–१२, १५–२५,२६–२४ र २५–१९ ले स्तब्ध बनाएको हो । त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा साविक विजेता एपिएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–६ र २...बाँकी

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

May 03, 2018 Posted by Jhilko.com
अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

  खोटाङ । दिक्तेलमा बिहीबारदेखि सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।  नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा २०, २१ र २२ गते सञ्चालन हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका लागि मञ्च, दर्शक बस्ने बाँसको प्याराफिट, कम्पाउन्डिङ, अफिसियल र निर्णयक बस्ने हल, स्वागतद्वार, अस्थायी शौचालय निर्माणलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।  खेल स...बाँकी