categoryone

एशिया कप छनोट : नेपाल ब्याटिङ गर्दै

August 29, 2018 Posted by Jhilko.com
एशिया कप छनोट : नेपाल ब्याटिङ गर्दै

१३ भदौ, काठमाडौँ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा शुरु भएको खेलमा नेपालले यो समाचार तयार पार्दासमेत १६ ओभरमा ५६ रन जोड्दै दुई विकेट गुमाएको छ । सुवास खकुरेल चार, कप्तान पारस खड्का आठ रनमा आउट भएका छन् । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४४ रन बनाउदै खेलिरहेका छ्न । प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएइ, सिंगाप...बाँकी

साफका लागि अन्तिम टोली तयार

August 27, 2018 Posted by Jhilko.com
साफका लागि अन्तिम टोली तयार

११ भदौ, काठमाडौं । बंगलादेशमा आउँदो १९ गतेदेखि ३० गतेसम्म हुने १२ औं साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । छनौट भएकामा खेलाहरु २० जनालाई अभ्यासमा रहेका मध्येबाटै छनौट गरिएको हो । बप्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठले विराज महर्जनको कप्तानीमा रहने गरी खेलाडी छनौट भएका हुन् । निराजन खड्काको भने राष्ट्रिय टोलीमा चार वर्षपछि  पुनरागमन भएको छ भने सुमन अर्याल पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । पहिले टोलीमा रहेका जर्ज प्रिन्स कार्की र कमल श...बाँकी

चाइनिज ताइपेइसँग भलिबल खेल्दै

August 22, 2018 Posted by Jhilko.com
चाइनिज ताइपेइसँग भलिबल खेल्दै

६ भदौ, काठमाडौँ । इण्डोनेसीयाको जकार्तामा जारी अठारौँ एशियाली खेलकूदको पाँचौ दिन आज नेपालले पुरुष भलिबलमा आज पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दैछ ।  समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ रहेका छन् । नेपालले दोस्रो खेल यही भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । एशियाली खेलकूद प्रतियोगितामा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि एशियाली खेलकूदमा सहभागिता जनाएको...बाँकी

अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

August 20, 2018 Posted by Jhilko.com
अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

४ भदौ , काठमाडौँ । इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिए ।  आफूलाई पनि टेबुलटेनिस खेल मनपर्ने बताउँदै उनले भने, “राम्रो खेल प्रदर्शन गर्नुहोस्, मेरो तर्फबाट जीतको शुभकामना छ ।” सो अवसरमा अध्यक्षले टेबुलटेनि...बाँकी

एशियाड : आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

August 19, 2018 Posted by Jhilko.com
एशियाड : आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

३ भदौ, काठमाडौँ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ ।  इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का तालीम तथा प्रशिक्षण विभाग निर्देशक रिमबहादुर रानाभाटले जानकारी दिए ।  फूटबलमा नेपाल शुरुआती दुई खेलमा पराजित भएसँगै समूह चरण...बाँकी

सौराहामा एन्फा विशेष साधारणसभा

August 15, 2018 Posted by Jhilko.com
सौराहामा एन्फा विशेष साधारणसभा

३० साउन , सौराहा, चितवन । अखिल नेपाल फुटबल सङघ (एन्फा)को विशेष साधारणसभा आजदेखि सौराहामा शुरु भएको छ ।  विशेष साधारणसभा विधान संशेधनमा केन्द्रित हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले विधान संशोधनको विषयलाई सूचीबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्णरूपमा स्वीकार नगर्ने देखिएको छ । देश सङ्घीय संरचनामा गएपछि त्यहीअनुसार आफ्नो ऐन–नियम बनाइरहेका कारण एन्फालाई तत्काल संरचनागत विषयमा कुनै निर्णय नगर्न राखेपले निर्देशन दिएको थियो ।  मंगलबार साँझ बसेको एन्फा केन्द्रीय स...बाँकी

महिला फुटबल : नेपाल आज बङ्गलादेशसँग भिड्दै

August 13, 2018 Posted by Jhilko.com
महिला फुटबल : नेपाल आज बङ्गलादेशसँग भिड्दै

२८ साउन, काठमाडौँ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ ।  खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै बलियो टोली हो । पहिलो संस्करणको विजेता बङ्गलादेशले जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानमाथि गोलको वर्षा नै गरेको थियो । साउन २४ मा भएको खेलमा बङ्गलादेशले पाकिस्तानलाई १४ गोल गरेको...बाँकी

प्रिमियर लिगमा चेल्सीको सुखद सुरुआत

August 12, 2018 Posted by Jhilko.com
प्रिमियर लिगमा चेल्सीको सुखद सुरुआत

२७ साउन, काठमाडौं । चेल्सीले हडर्सफिल्डसंगको खेलमा विजयी भएसँगै इंग्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुआत गरेको छ । उक्त खेलमा गोलकिपर किपा एर्रिजाबालागा र जोर्गिन्होलाई प्रिमियर लिगमा डेब्यू गराएका थिए । यो खेलमा चेल्सीले ३–० को सहज जित निकालेको छ । हडर्सफिल्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३४ औं मिनेटमा कोन्टेको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ८० औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ३&...बाँकी

आत्मघाती गोलले नेपाल पराजित

August 08, 2018 Posted by Jhilko.com
आत्मघाती गोलले नेपाल पराजित

२३ साउन, काठमाडौँ । थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।  मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । नेपालका आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । चौधरीले बल क्लियर गर्न खोज्दा गोल भएको थियो ।  नेपाली फुटबल टोली एशियाली खेलकूदको तयारीका लागि थाइल्यान्ड गएको हो । नेपाली यू–२३ ट...बाँकी

तीस वर्षको प्रयासपछि नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता

August 03, 2018 Posted by Jhilko.com
तीस वर्षको प्रयासपछि नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता

काठमाडौँ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो । २१७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेदरल्यान्ड्सले पुरै ओभर खेल्दै २१५ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दिप लामिछाने ३, ललित भण्डारीले २, सोम्पाल कामी, कप्तान पारस खड्का, व...बाँकी