categoryone

कभर्ड हल निर्माण कार्य सुरु

May 12, 2017 Posted by Jhilko.com
कभर्ड हल निर्माण कार्य सुरु

२९ वैशाख, गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाटस्थित बोक्सेको जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरअगाडि दोस्रो कभर्ड हलको निर्माण कार्य सुरु भएको छ ।  जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्रमा ब्याडमिन्टनलगायत अन्य खेलकुदमा चासो बढ्दै गएपछि पहिलेको कभर्ड हलमा ब्याडमिन्टन खेलाडीको सङ्ख्या अत्यधिक वृद्धि हुँदै जान थालेपछि दोस्रो कभर्ड हल निर्माण सुरु गरिएको जिल्ला खेलकुद विकास समिति उदयपुरले बताएको छ ।  राष्ट्रिय खेलकुद विकास परिषद्को...बाँकी

मेसीमाथिको प्रतिबन्ध फुकुवा

May 06, 2017 Posted by Jhilko.com
मेसीमाथिको प्रतिबन्ध फुकुवा

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अर्जेन्टिनी स्ट्राइकर तथा बार्सिलोनाका प्रसिद्ध फुटबल खेलाडी लिओनल मेसीमाथि लगाइएको चार अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध शुक्रबारबाट हटाएको छ ।  विश्वकप छनौट चरणको खेलअन्तर्गत गत हप्ता चिलीसँग मार्चमा भएको खेलमा ‘विश्व फुटबल स्टार’ मेसीले सहायक रेफ्रीलाई धम्क्याएको भनी उनीमाथि चारवटा अन्तर्राष्ट्रिय खेल खेल्नमा फिफाद्वारा नै प्रतिबन्ध लगाएको थियो ।  फिफाको पुनरावेदन समितिले मेसीमाथि कारबाही गर्ने प्र...बाँकी

अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको निर्माण सम्पन्न

April 30, 2017 Posted by Jhilko.com
अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको निर्माण सम्पन्न

१७ वैशाख, पोखरा । पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ ।  पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको करिब रु ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको समितिका क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिए । निर्माण सुरु भएको तीन हप्तामै काम सकिएको छ ।  पर्यटकीय नगरी पोखरामा स्केटिङ खेलका खेलाडी उत्पादन गरी अब हुने ओलम्पिक खेलमा नेपालको तर्फबाट स्केटिङ खेलाडीको सहभागिता...बाँकी

मध्यपश्चिमको टिमलाई कोहलपुरमा भब्य स्वागत

April 26, 2017 Posted by Jhilko.com
मध्यपश्चिमको टिमलाई कोहलपुरमा भब्य स्वागत

संगिन शर्मा राजधानीमा सम्पन्न नेक्सस यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उप–बिजेता हुन सफल मध्यपश्चिमको टिमलाई भब्य स्वागत गरिएको छ । आईतबार गृहजिल्ला फर्किएको टिमका खेलाडीहरुलाई भब्य स्वागत गरिएको हो । क्षेत्रकै प्रतिनिधीत्व गर्दै राजधानी पुगेको क्लब फाईनलमा पुगेको यो नै हालसम्मको ठूलो प्रतियोगिता हो । टिमलाई राष्ट्रिय क्रिकेट टिमको पुर्व कप्तान लेख बहादुर क्षेत्री, क्लबका उपाध्यक्ष संगिन शर्मा, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, क्लबका अन्य खेलाडी तथा पदाधिकारीह्रुका साथै...बाँकी

फुटबलमा रौतहट विजयी

January 25, 2017 Posted by Jhilko.com
फुटबलमा रौतहट विजयी

सन्यासी युवा क्लब पोखरिया सप्तरीद्वारा आयोजित २९औं पञ्चशिल्ड फुटबल प्रतियोगिताअन्तर्गत बुधबार महिला फुटबल खेलमा रौतहट–११ विजयी भएको छ । मोरङ्ग–११ लाई शुन्यका विरुद्ध ५ गोलले पराजित गर्दै रौतहट विजयी भएको हो । महिला फुटबलअन्तर्गत रौतहटकी रेशमा कुमारी घिसिङले ह्याट्रिक गरेकी छिन् । यसैगरी अनिता केशी र रविना गोलेले १–१ गोल गरेका छन् । प्रतियोगिताको विजेता टिमलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर ५ का सांसद् तेजुलाल चौधरी, स्थानिय विकास अधिकारी सुदेव पोखरेल लगायतले पुरस्कार वितरण...बाँकी

लेखनाथ महोत्सवमा चाईल्ड ट्यालेन्ट सो प्रतियोगीता हुने

January 20, 2017 Posted by Jhilko.com
लेखनाथ महोत्सवमा चाईल्ड ट्यालेन्ट सो प्रतियोगीता हुने

लेखनाथ । “महोत्सव लेखनाथको सस्कृति–स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ माघ २७ देखि फागुन ८ गतेसम्म हुने पश्चिमाञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव २०७३ मा चाईल्ड ट्यालेन्ट सो प्रतियोगीता हुने भएको छ । विगतका वर्षहरु जस्तै यस वर्ष पनि आयोजना गर्न लागिएको चाईल्ड ट्यालेन्ट सो प्रतियोगीतालाई भव्यताका साथ सम्पन्न गर्नका लागि ऋषिराम जमरकटेलको संयोजकत्वमा २६ सदस्यीय उपसमितिको निर्माण गरि तयारीलाई अगाडि वढाएको छ । विद्यार्थीहरुमा भएको अन्तरनिह...बाँकी

एमाले र जनमोर्चालाई पाखा लगाउँदै माओवादी केन्द्र फाइनलमा प्रवेश

January 11, 2017 Posted by Jhilko.com
एमाले र जनमोर्चालाई पाखा लगाउँदै माओवादी केन्द्र फाइनलमा प्रवेश

कोहलपुर । एकै दिन दुई प्रतिद्वन्द्वी पाएको माओवादी केन्द्र बाँकेले एमाले र जनमोर्चालाई सहजै पाखा लगाउँदै फाइनल चरणमा प्रवेश गरेको छ । बाँकेको कोहलपुरमा शुक्रबारदेखि जारी अन्तरपार्टी मैत्रिपूर्ण फुटबल प्रतियोगिताको दोस्रो दिन शनिबार सम्पन्न पहिलो खेलमा माओवादी केन्द्रले नेकपा एमालेलाई एक का बिरुद्ध तीन गोल अन्तरले पराजीत गरेको हो । बलियो प्रतिद्वन्द्वी पाएको एमालेले खेल अबधिभर माओवादी केन्द्रका खेलाडीहरुलाई नियन्त्रणमा राख्ने प्रयास गरे पनि आप्mनो हारलाई भने टार्न सकेन । शनिबार नै सम्पन्न दोस्...बाँकी

भारत र श्रीलंकाका क्रिकेट अध्यक्षले नेपाली क्रिकेटमाथीको हस्तक्षेप विरुद्ध आवाज उठाउने

August 31, 2016 Posted by Jhilko.com
भारत र श्रीलंकाका क्रिकेट अध्यक्षले नेपाली क्रिकेटमाथीको हस्तक्षेप विरुद्ध आवाज उठाउने

भदौ १५, काठमाडौं । नेपाली क्रिकेटका लागि सुखद खवर छ । अत्यधिक संभावना हुँदाहुँदैपनि बाह्य हस्तक्षेपका कारण प्रताडित नेपाली क्रिकेटको पक्षमा शक्तिशाली देशले नै कुरा उठाउने भएका छन् । भारतीय क्रिकेट बोर्डका अध्यक्ष अनुराग ठाकुर र श्रीलंकाली क्रिकेट संघका अध्यक्ष थिलंगा सुमाथिपालाले नेपाली क्रिकेटमा देखिएको राजनीतिक हस्तक्षेपलाई रोक्न आवाज उठाउने भएका हुन् । श्रीलंकाको राजधानी कोलम्बोमा एसियाली क्रिकेट महासंघ (एसिसी)लाई पुनः व्युँत्याएर भारत फर्किएका ठाकुरले यस्तो धारणा राखेका हुन्। गत मंगलबार भ...बाँकी

जसले क्यान्सर पीडित बच्चाका लागि पदक दान गरे

August 31, 2016 Posted by Jhilko.com
जसले क्यान्सर पीडित बच्चाका लागि पदक दान गरे

भदौ १५, एजेन्सी । पोल्याण्डका एक खेलाडीले क्यान्सर पीडित एक बच्चाको उपचारका लागि आफ्नो पदक दान गरेका छन् । पोल्याण्डका खेलाडी पिओत्र मालाचोवस्कीले ओलम्पिकमा चक्का फ्याक्ने प्रतिस्पर्धामा रजत पदक जितेका थिए । उनले जितेको यो पदकबाट आउने रकमले ति बच्चाको उपचार हुनेछ । यि बच्चालाई उपचारको लागि न्यूयोर्क पठाइने छ । मालाचोवस्कीले भने ‘मेरो रजत पदकले एक हप्ता पहिलेसम्म मेरो लागि निकै महत्व राख्थ्यो, क्यान्सर पीडित उनको उपचारका लागि ।’ उनले थपे ‘उनको स्वास्थ्यका लागि यो न...बाँकी

रियल मड्रिडको लगातार दोस्रो जित

August 31, 2016 Posted by Jhilko.com
रियल मड्रिडको लगातार दोस्रो जित

भदौं १२, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई २–१ ले हरायो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा रियल मड्रिड गोल रहित बराबरीमा रोकियो । तर ६० औं मिनेटमा अलभारो मोराटाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । रियल मड्रिडबाटै करिअर सुरु गरेका मोराटा गएको जुनमा फेरि रियल मड्रिड फर्किएका हुन् । रियल मड्रिडले मोराटालाई इटालियन क्लब युभेन्टसबाट क्लब ल्याएको हो । मोराटाले अग्रता...बाँकी