categoryone

कृषिमा आत्मनिर्भर हुन दीर्घकालीन योजना ल्याइने

May 04, 2018 Posted by Jhilko.com
कृषिमा आत्मनिर्भर हुन दीर्घकालीन योजना ल्याइने

काठमाडौँ । कृषिमा आत्मनिर्भर हुनका लागि सरकारले दीर्घकालीन रणनीतिकासाथ अगाडि बढ्ने भएको छ ।  नेपाल कृषिप्रधान मुलुक भए पनि पछिल्लो समयमा कृषिउपजको आयातको मात्रा बढेको भन्दै सरकारले दीर्घकालीन सोच अगाडि सारेको हो ।  आज मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भन्नुभयो, “अब सामान्य तरिकाले कृषि क्षेत्रको विकास हुन नसक्ने भएकाले दीर्घकालीन सोचका साथ सरकार लागिपरेको छ ।”  भूमिको व्यवस्थ...बाँकी

अपांगता भएकालाई बाख्रा वितरण

May 02, 2018 Posted by Jhilko.com
अपांगता भएकालाई बाख्रा वितरण

  तुलसीपुर, दाङ । तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ ।  अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताउनुभयो । मंगलबार एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ३४ जना अपांगलाई बाख्रा वितरण गर्नुभएको हो ।  सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले विपन्न वर्गलाई लक्षित गरेर आधुनिक र उन्नत जातका बोकासमेत उपलब्ध गराइने प्...बाँकी

जैविक विषादी बनाउँदै किसान

April 30, 2018 Posted by Jhilko.com
जैविक विषादी बनाउँदै किसान

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका नेत्र ढकालले आफ्नै बारीमा टिमुर, हात्तीवार र सिमली उमार्नुभएको छ ।  वनस्पतिको प्रयोगबाट बालीनालीका लागि प्राङ्गारिक जैविक विषादी बनाउन सकिने भएपछि सयपत्री, तितेपातीजस्ता मौसमी वनस्पतिको पनि उहाँले खेती गर्नुभएको छ । गाउँघरमा पाइने वनस्पतिबाट खेतीमा लाग्ने रोगका कीरा मार्न सकिने भएकाले जिल्लाका धेरै गाउँमा जैविक विषादी बनाउने लहर चलेको छ ।  यस्तो विषादी बनाउन कम खर्च लाग्ने र तिनको प्रयोगबाट हानि नहुने बुझेपछि...बाँकी

नमूना उच्च प्रविधियुक्त नर्सरी

April 28, 2018 Posted by Jhilko.com
नमूना उच्च प्रविधियुक्त नर्सरी

  काँकडभिट्टा । झापा मेचीनगर–९ का एक युवकले रु ११ लाखभन्दा बढीको लगानीमा उच्च प्रविधियुक्त नर्सरी तयार गर्नुभएको छ ।  विसं २०६९ मा विदेशबाट फर्केर उन्नत कृषि व्यवसायमा लाग्नुभएका डिल्लीराम उप्रेतीले मेचीनगरमै पहिलो पटक एक कट्ठा जग्गामा सो नर्सरी तयार गर्नुभएको हो । उप्रेतीले डिएन्डडी बायोप्लानटेक नामक संस्था दर्ता गरेर तरकारी तथा फलफूलको नर्सरी व्यवसाय गर्दै आउनुभएको छ ।  खेतीलाई अत्याधुनिक र व्यावसायिक बनाउन नेपाल सरकारको आर्थिक सहयोगमा भर्खरै नर्सरी तयार ग...बाँकी

डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला हुने

April 27, 2018 Posted by Jhilko.com
डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला हुने

  त्रिपुराकोट । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ ।  आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई प्रवेश इजाजत पत्र धमाधम वितरण शुरु गर्दै निकुञ्ज क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन प्रवेशका लागि खुला गरिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।  अघिल्लो वर्षमा जेठ पहिलो र दोस्रो साताबीचको अवधिमा प्रवेशका लागि खुला गरिएको भएपनि यस वर्ष भने सम्पूर्ण सरोकारवालाको सल्लाहअनुसार जेठ १...बाँकी

गाई–वस्तु दुहुने यन्त्रको प्रयोग बढ्दै

April 27, 2018 Posted by Jhilko.com
गाई–वस्तु दुहुने यन्त्रको प्रयोग बढ्दै

ललितपुर । एकै पटकमा धेरै गाईको दूध दुहुुनका लागि किसानले ‘मिल्किङ पार्लर’ को प्रयोग शुरु गरेका छन् ।  केही वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ पार्लरको प्रयोग शुरु गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउनुहुन्छ । व्यावसायिक रुपमा १० वा त्योभन्दा बढी गाई पाल्ने किसानले यसको प्रयोग गर्न थालेका हुन् ।  एकपटकमा १० वटासम्म गाई दुहुने यन्त्र नेपाल भित्रिएका छन् । यी उपकरणका कारण जनशक्ति बचत हुने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, &ld...बाँकी

वनविज्ञान विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह

April 25, 2018 Posted by Jhilko.com
वनविज्ञान विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह

चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको प्रथम दीक्षान्त समारोह हुने भएको छ ।  यही वैशाख २१ गते हुने सो समारोहबाट ३१२ जना विद्यार्थी दीक्षित हुने छन् ।  विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कृषि विज्ञानमा १३१, जैविक प्रविधि विज्ञानमा दुई, पशु चिकित्सामा २७, पशु विज्ञानमा नौ, मत्स्य विज्ञानमा नौ र वन विज्ञानमा १० जना स्नातकोत्तर उत्तीर्ण भएका तथा वन विज्ञानमा विद्यावारिधि गरेका एक जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन् ।  त्यस्तै,...बाँकी

कमलाखोंचमा पनि अलैंचीको व्यावसायिक खेती 

April 23, 2018 Posted by Jhilko.com
कमलाखोंचमा पनि अलैंचीको व्यावसायिक खेती 

राजन गाउँले सिन्धुली । जिल्लाको महाभारत क्षेत्रमा मात्र गरिदै आएको अलैंची खेती पछिल्लो समय कमलाखोंच क्षेत्रमा समेत विस्तार गर्न थालिएको छ । कालो सुनको रुपमा परिचित अलैंची खेतीलाई  सिन्धुलीको दुधौली नगरपालिका १३ अरुणठाकुरमा केही किसानहरुले व्यावसायिक रुपमा शुरु गरेका हुन ।           दुधौली नगरको अति विकट मानिने अरुणठाकुर १३ का पाँच जना कृषक यस वर्षबाट व्यावसायिक रुपमा अलैंचीको खेती सुरु गरेका हुन् ।  जिल्लामै पहिलो पटक व्यावसायिक रुपमा स्थानीय पा...बाँकी

थोरै जग्गा हुने किसानलाई मल्चिंग प्रविधि लाभदायी

November 05, 2017 Posted by Jhilko.com
थोरै जग्गा हुने किसानलाई मल्चिंग प्रविधि लाभदायी

१९ कात्तिक, पाल्पा । तानसेन–१२ बौघापोखराथोकस्थित देवीबहादुर राना एकै याम चार तरकारी बाली फलाउन लागिपरेका छन् ।  मल्चिंग प्रविधिकै कारण उनी एउटै बारीमा चार प्रकारका तरकारी बाली फलाउन सफल भएका छन् । बारीमा ड्यांग बनाएर गरिएको गोलभेँडा खेतीबाट अहिलेसम्म उनले रु एक लाख आम्दानी लिइसके । गोलभेँडाबीच भागमा अहिले गोभी, सिमी र बोडीका बिरुवा हुर्किरहेका छन् । ती तरकारी बालीबाट झण्डै रु एक दुई लाख आम्दानी गर्ने लक्ष्य उनको छ ।  गोलभेँडा रोपिएको ड्यांगमा प्लास्टिकबाट ढाकिएको जमिनमा सिँ...बाँकी

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

November 03, 2017 Posted by Jhilko.com
मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

१७ कार्तिक, पोखरा । मुस्ताङका कृषकले यस वर्ष रु ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैंचामा नै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए ।  थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो रु १०० तोकिएको थियो ।  स्याउको फूलफूल्ने बेलामा जिल्लामा हिउँ परेको र कृषकले उत्पादन क्षेत्र बढाउँदै...बाँकी