categoryone

मुस्ताङका कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार स्याउका बिरुवा वितरण

August 29, 2016 Posted by Jhilko.com
मुस्ताङका कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार स्याउका बिरुवा वितरण

स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा ३३ हजार स्याउका बिरुवा वितरण गरिएको छ ।  आव २०७२\७३ मा स्याउको विकासका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार बिरुवा वितरण गरिएको हो । चालु आवमा यो परिमाणमा वृद्धि गर्ने लक्ष्य राखिएको छ ।  कृषकलाई गोल्डेन, रोयल, रेड, रिचाअरेड र फुजी डेलिसिस जातका स्याउका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।   कृषकलाई व्यावसायिक स्याउ खेतीमा आबद्ध गराई आत्मनिर्भर बनाउन र स्याउको उत्पादन वृद्धि गर्ने उद्...बाँकी

केरा खेतीबाट मासिक २ लाख कमाई

August 29, 2016 Posted by Jhilko.com
केरा खेतीबाट मासिक २ लाख कमाई

पश्चिम चितवन जगतपुरका घननाथ महतोले व्यवसायिक रुपमा केरा खेती गर्न थालेको चार वर्ष भयो । यति बेला केरा स्यहार्न व्यस्त महतोले १६ विघामा केरा लगाएका छन् । केरा खेतीबाट उनले वार्षिक २४ लाख रुपैयाँ आम्दानी गर्छन् । ‘वार्षीक एक विघामा डेढ लाख नाफा बच्छ’ उनले भने, ‘अहिले सरकारले बिमाको व्यवस्था गरेपछि केरा खेतिमा समस्या भएको छैन ।’ बैंकमा काम गर्दै आएको महतोले त्यो काम छाडेर केरा खेतीमा लागेका छन् । महतो मात्र होइन, चितवनमा व्यावासायिक रुपमा केरा खेती गरेर राम्रो आयआर्...बाँकी

वाणिज्य बैंकहरूले कृषि र हाइड्राेमा १५ % कर्जा लगानी गर्नु पर्ने

August 29, 2016 Posted by Jhilko.com
वाणिज्य बैंकहरूले कृषि र हाइड्राेमा १५ % कर्जा लगानी गर्नु पर्ने

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गर्भनर चिरञ्जिवि नेपालले बिहीबार उक्त मौद्रिक नीति सार्वजनिक गरेका हुन्। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले आर्थिक वर्ष २०७३/७४ मा मुद्रा स्फिति दर ७.५ प्रतिशतभन्दा बढीले बढ्न नदिने लक्ष्य लिएको छ। त्यस्तै, सरकारले बजेटमार्फत घोषणा गरेको ६.५ प्रतिशतको आर्थिक वृद्धि दरकाे लक्ष्य प्राप्त गर्न सघाउने किसिमले मौद्रिक नीति तर्जुमा गरिएको पनि जनाएको छ। मौद्रिक नीतिले बाणिज्य बैंकहरुले उत्...बाँकी