categoryone

कृषि विश्वविद्यालय नियमित सञ्चालनमा

August 07, 2018 Posted by Jhilko.com
कृषि विश्वविद्यालय नियमित सञ्चालनमा

२२ साउन, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ ।  विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए । विश्वविद्यालयको उक्त निर्णय सरकारले खारेज गरेपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन फिर्ता लिएसँगै पठनपाठन नियमित सञ्चालन भएको हो । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले प्रशासन र पठनपाठन नियमित सञ्चालनमा आएको बताउनुभयो । विश्वविद्यालयको कार्यकारी परिषद्ले गत असार २० गत...बाँकी

९३ प्रतिशत धान रोपाइँ

August 05, 2018 Posted by Jhilko.com
९३ प्रतिशत धान रोपाइँ

२० साउन, फलेवास, पर्वत । जिल्लामा अहिलेसम्म ९३ प्रतिशत धान रोपाइँ सकिएको छ ।  सात प्रतिशत खेत अझै बाँझै छ । जनशक्ति तथा सिँचाइ अभावका कारण सो परिमाणको खेत बाँझै रहेको हो । कूल धान उत्पादन हुने नौ हजार २१ हेक्टरमध्ये करीब ६३१ हेक्टर खेतमा रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।  यस वर्ष समयमै वर्षा शुरु भए पनि गत वर्षभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष पाँच हेक्टर क्षेत्रफलमा रोपाइँ हुन सकेको थिएन । कुश्मा नगर...बाँकी

चरनक्षेत्र जोगाउन चिउरी रोप्दै किसान

August 03, 2018 Posted by Jhilko.com
चरनक्षेत्र जोगाउन चिउरी रोप्दै किसान

१८ साउन, रत्ननगर ।  मौरीको चरनक्षेत्र जोगाउन मौरीपालक किसानले चिउरीका विरुवा रोप्न थालेका छन् ।  भण्डारास्थित मौरीपालन विकास कार्यालयले उत्पादन गरेको विरुवा विभिन्न जिल्लाका किसानले लगेर रोपेको कार्यालय प्रमुख शिव रिजालले जानकारी दिए ।  उनका अनुसार भण्डाराबाट अहिलेसम्म किसानले ३४ हजार चिउरीका विरुवा लगिसकेका छन् । किसानले दाङमा १० हजार चितवनमा पाँच हजार, मकवानपुरमा पाँच हजार, रौतहटमा तीन हजार, सर्लाहीमा पाँच हजार, बाँकेमा दुई हजार ५००, भक्तपुरमा तीन हजार विरुवा वितरण भएको कार्...बाँकी

कफीमा सिन्दुरे रोग फैलँदै

July 30, 2018 Posted by Jhilko.com
कफीमा सिन्दुरे रोग फैलँदै

१४ साउन, ललितपुर । चार वर्ष पहिले ललितपुरको ठूलादुर्लुङमा उत्पादन भएको कफीबाट पत्ता लागेको सिन्दुरे रोग विभिन्न जिल्लामा फैलिएको छ ।  कफी उत्पादन हुने कास्की, स्याङ्जा, सिन्धुपाल्चोक, काभ्रेपालाञ्चोक, मकवानपुर लगायतका जिल्लामा सिन्दुरे रोग फैलिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जनाएको छ । बाली रोग विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धर हावाबाट सिन्दुरे रोग फैलने बताउनुहुन्छ । उनी भन्छन् । “हावाबाट सर्ने भएकाले सिन्दुरे रोग अरू जिल्लामा समेत फैलन सक्छ ।”&nbsp...बाँकी

कृषिप्रधान देशमा किसानको पिडा ः दूध पोखेर मूल्य घटाएको विरोध

July 23, 2018 Posted by Jhilko.com
कृषिप्रधान देशमा किसानको पिडा ः दूध पोखेर मूल्य घटाएको विरोध

  चितवन । चितवनका दुग्ध किसानले दूधको मूल्य घटाएको भन्दै आन्दोलन जारी राखेका छन् । दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोप लगाउँदै किसानले आज खैरहनी नगरपालिका–१ ज्यामिरे चोकमा २०० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका छन् । किसानलाई दिँदै आएको दूधको मूल्यमा तीन रुपैयाँ घटाइएको दुग्ध उत्पादन सहकारी संस्था नगर समन्वय समिति खैरहनीका अध्यक्ष मुकुन्द दवाडीले बताउनुभयो । खैरहनीमा रहेका २४ सहकारी संस्थाका प्रतिनिधिले आज सांकेतिक रुपमा भन्दै दूध सडकमा पोखेर...बाँकी

पानीको माग गदै किसानले कुलोको मुहानमा पूजा गरे

July 22, 2018 Posted by Jhilko.com
पानीको माग गदै किसानले कुलोको मुहानमा पूजा गरे

६ साउन, तुलसीपुर– दाङ । साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् ।  तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताए ।  उनले पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पान्र्छिन् भन्ने जन...बाँकी

खड्गवारलाई नमूना कृषि गाउँ बनाइने

July 20, 2018 Posted by Jhilko.com
खड्गवारलाई नमूना कृषि गाउँ बनाइने

  ४ साउन, नेपालगञ्ज । बाँके जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गतको कोहलपुर नगरपालिका वडा नं १३ स्थित खड्गवार गाउँलाई नमूना कृषि गाउँ बनाइने भएको छ ।  प्रदेश नं ५ सरकारले उक्त स्थानमा नमूना कृषि गाउँ निर्माण गर्न आवश्यक प्रक्रियासमेत अघि बढाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताए।  प्रदेश सरकारले ल्याएको एक निर्वाचन क्षेत्रमा एक नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत बाँकेको खड्गबार गाउँलाई छनोट गरिएको हो । बाँकेका अन्य दुई निर्वाचन क्षेत्रका गाउँ अझै टु...बाँकी

कृषक जडीबुटी खेतितर्फ आकर्षित

July 18, 2018 Posted by Jhilko.com
कृषक जडीबुटी खेतितर्फ आकर्षित

२ साउन, सल्यान । जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।  परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली बाली मासेर जडबुटीखेती गर्न थालेका हुन् ।  कुरिलो, तेजपात, काउलो, रोजमेरीलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनकूल भएकाले यसको विस्तार हुँदै गएको छ । प्राकृतिकरुपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन गर्दै आएका छन् ।  जडीबुटीबाट पर्याप्त आम्दानी हुने भएपछि कृषक सामूहिक उत्पादनम...बाँकी

कृषकका लागि बरदान बन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

July 18, 2018 Posted by Jhilko.com
कृषकका लागि बरदान बन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

– अजितकुमार झा  २ साउन–इनरुवा । सुनसरी जिल्ला धरान उपमहानगरपालिका–२० चियाबारीका तपेन्द्र राई बेसार र अदुवा खेती गर्दै आएका छन् ।  उनले आफ्नै १५ कट्ठा जग्गामा वार्षिकरुपमा अदुवा र बेसार खेती गर्नुहुन्छ । तर उनलाई कसरी बेसार र अदुवा खेती गर्ने भने ज्ञानको अभावका कारण विभिन्न समस्या झेल्दै आएका छन्।  उनले ज्ञानको अभावका कारण गरेको बेसार र अदुवा खेतीले आम्दानीसमेत भनेजति गर्न सक्नुभएको छैन । तर सुनसरीको धरानमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अद...बाँकी

अनुदानमा यान्त्रिक हलो

July 12, 2018 Posted by Jhilko.com
अनुदानमा यान्त्रिक हलो

२८ असार, बागलुङ । कृषिमा यान्त्रिकीकरण बढाउन जैमिनी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो (मिनिटिलर) प्रदान गरेको छ ।  यान्त्रिक हलो पाउनेमा नगरपालिका भित्रका कृषि समूह, सहकारी र व्यावसायिक कृषक रहेका छन् । चालु आवमा माग भएअनुसार १० वटा ‘मिनिटिलर’ वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।  वडा नं ७ को धवलागिरि कृषि सहकारी, वडा नं ३ को प्रगतिशील कृषक समूह, वडा नं ५ को सूर्यदल कृषक समूह तथा वडा नं ३ का सूर्यबहाद...बाँकी