चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको प्रथम दीक्षान्त समारोह हुने भएको छ ।
यही वैशाख २१ गते हुने सो समारोहबाट ३१२ जना विद्यार्थी दीक्षित हुने छन् ।
विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कृषि विज्ञानमा १३१, जैविक प्रविधि विज्ञानमा दुई, पशु चिकित्सामा २७, पशु विज्ञानमा नौ, मत्स्य विज्ञानमा नौ र वन विज्ञानमा १० जना स्नातकोत्तर उत्तीर्ण भएका तथा वन विज्ञानमा विद्यावारिधि गरेका एक जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन् ।
त्यस्तै,...बाँकी
राजन गाउँले
सिन्धुली । जिल्लाको महाभारत क्षेत्रमा मात्र गरिदै आएको अलैंची खेती पछिल्लो समय कमलाखोंच क्षेत्रमा समेत विस्तार गर्न थालिएको छ । कालो सुनको रुपमा परिचित अलैंची खेतीलाई सिन्धुलीको दुधौली नगरपालिका १३ अरुणठाकुरमा केही किसानहरुले व्यावसायिक रुपमा शुरु गरेका हुन ।
दुधौली नगरको अति विकट मानिने अरुणठाकुर १३ का पाँच जना कृषक यस वर्षबाट व्यावसायिक रुपमा अलैंचीको खेती सुरु गरेका हुन् ।
जिल्लामै पहिलो पटक व्यावसायिक रुपमा स्थानीय पा...बाँकी
१९ कात्तिक, पाल्पा । तानसेन–१२ बौघापोखराथोकस्थित देवीबहादुर राना एकै याम चार तरकारी बाली फलाउन लागिपरेका छन् ।
मल्चिंग प्रविधिकै कारण उनी एउटै बारीमा चार प्रकारका तरकारी बाली फलाउन सफल भएका छन् । बारीमा ड्यांग बनाएर गरिएको गोलभेँडा खेतीबाट अहिलेसम्म उनले रु एक लाख आम्दानी लिइसके । गोलभेँडाबीच भागमा अहिले गोभी, सिमी र बोडीका बिरुवा हुर्किरहेका छन् । ती तरकारी बालीबाट झण्डै रु एक दुई लाख आम्दानी गर्ने लक्ष्य उनको छ ।
गोलभेँडा रोपिएको ड्यांगमा प्लास्टिकबाट ढाकिएको जमिनमा सिँ...बाँकी
१७ कार्तिक, पोखरा । मुस्ताङका कृषकले यस वर्ष रु ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैंचामा नै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए ।
थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो रु १०० तोकिएको थियो ।
स्याउको फूलफूल्ने बेलामा जिल्लामा हिउँ परेको र कृषकले उत्पादन क्षेत्र बढाउँदै...बाँकी
३० असोज, पाल्पा । परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ ।
मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात बढेको हो । पाल्पा जिल्लाको तानसेन नगरपालिकाको मदनपोखराबाट गत आव २०७३÷७४ मा रु दुई करोडकोे तरकारी जिल्ला बाहिर निर्यात भएको छ । मदनपोखराको तरकारी स्याङ्जा, कास्की, रुपन्देहीसम्म निर्यात हुँदै आएपछि किसान खुशी छन् ।
परम्परागत मकैखेती गर्दा निर्यात...बाँकी
१ असोज, पोखरा । स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादनमा वृद्धि हुन गएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार बताए।
जिल्लामा गत वर्ष ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउ बिक्रीबाट कृषकले झण्डै रु एक करोड ८० लाख कमाइ गरेका थिए ।
यस वर्ष जिल्लामा ८२५ मेट्रिक टन स्याउ उत्पाद...बाँकी
१९ भदौ, कोवाङ –मुस्ताङ, । थासाङ गाउँपालिका–२ बोक्सीखोलामा गाई फार्म र चिज उद्योग स्थापना भएको छ ।
धौलागिरि गुरुसाम्फु कृषि सहकारी संस्थाले गाई फार्म र चिज उद्योग सञ्चालन गरेको हो । मुस्ताङमा आवश्यक दुग्धजन्य पदार्थको आपूर्ति गरी आयात घटाउने, रोजगारी सिर्जना र आयआर्जन वृद्धिका लागि गाई फार्मसँगै चिज उद्योग सञ्चालन गरिएको सहकारीका अध्यक्ष नरबहादुर हिराचनले बताए ।
“मुस्ताङमा आवश्यक दूध, घ्यू र छुर्पी आपूर्तिका लागि गाईफार्म सञ्चालन गरिएको हो” उनले भने ...बाँकी
सुरेन्द्र भण्डारी
१९ भदौ, सुरुङ्गा (झापा) । झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन्
नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कैका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् । उनले अहिले वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ सालबाट कागतीखेती शुरु गरेका उप्रेतीले अहिले कागतीका दानासँगै बिरुवा उत्पादन पनि गर्न थालेका छन् ।
बिरुवा उत्पादनको शैली र...बाँकी
१५ भदौ , कञ्चनपुर । दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको तीन कट्ठा जग्गामा उहाँले तरकारीखेतीको शुरुवात गरे । तरकारीखेतीबाट चौधरीले तीन महिनामा रु २० हजार आम्दानी गरे ।
मजदुरी गरेर चौधरीले दैनिक रु २०० मात्रै कमाइ गर्थे। मजदुरीको तुलनामा तरकारीखेतीबाट बढी आम्दानी हुने भएपछि उनले व्यावसायिक तरकारीखेतीलाई अंगा...बाँकी
विराटनगर । गत साउन २७ र २८ गतेको अविरल बर्षापछि आएको बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ ।
मोरङ जिल्लाको दुई हजार ५२० हेक्टरको धानबाली पुरिँदा रु २४ करोड २० लाख ७९ हजारको क्षति भएको अनुमान गरिएको छ, भने सात हजार ९५० परिवार प्रभावित भएका छन् ।
तीन सय १७ हेक्टरमा रु नौ करोड १३ लाख ६८ हजार मूल्यको तरकारीबाली र ३१३ हेक्टरमा निर्माण गरिएको माछा पोखरीमा बाढी पस्दा रु १६ करोड २६ लाख ६८ हजारको माछाको माउ र भुरा क्षति भएको जिल्ला कृषि विकास कार्यालयले...बाँकी