categoryone

रातो अमले

May 02, 2017 Posted by Jhilko.com
रातो अमले

अमले, जहाँबाट उभिएर हामी सिङ्गो पूर्वेली वर्गयुद्धको चित्र कोरिरहेका थियौं आज नौ बर्ष भएछ अमले जहाँ साथीहरुले  कराइमा बारुद भुटिरहेका थिए कोही बारुदमा आगो लागेर डढिरहेका थिए कोही बन्दुकमा बारुद भरिरहेका थिए  कोही छुची बनाइरहेका थिए  उत्साहको एउटा चमक थियो अमलेमा उमङ्गको आशा थियो अमलेमा आज म अमलेलाई सम्झँदैछु  भोजपुरको दोभानेमा उभिएर नौ बर्ष पछि, नौ बर्ष पछि  यो अन्तरालमा पूर्वेली भूमिको आशाको केन्द्र मरिनमा रगतको खोलो बगेको छ अमले आज रगतका छिटाहरुले...बाँकी

वादी जातिको ऐतिहासिक पृष्ठभूमि

April 20, 2017 Posted by Jhilko.com
वादी जातिको ऐतिहासिक पृष्ठभूमि

नेपालको एकीकरण भन्दा अघि मध्यपश्चिम अञ्चल विकास क्षेत्रमा पर्ने रुकुम, जाजरकोट, सल्यान, मुसिकोट, आदि राज्य र एकीकरणपछि पनि सीमित स्वायत्तताभित्र त्यहाँ रहेका केही राज्यका राजा रजौटाहरुको वैवाहिक सम्बन्ध भारतका राजपूत्र र राजा रजौटाहरुसँग जोडिन पुगेको इतिहास पाइन्छ । ऐतिहासिक कथन अनुसार भारतीय राजपुत्र र राजा रजौटाहरुले आफ्ना छोरी ज्वाइँको मनोरञ्जनका लागि वाध्यवादक र नर्तकीका रुपम सल्यान, जाजरकोट, रुकुम र मुसिकोटमा पठाएका ब्यक्तिहरु नै आजका वादी जातिका पूर्वज हुन । यसरी भारतबाट आएका वाध्यवादक...बाँकी

विभिन्न जातजातिको संस्कृतिको सम्बर्धन ध्यान जान जरुरी

April 06, 2017 Posted by Jhilko.com
विभिन्न जातजातिको संस्कृतिको सम्बर्धन ध्यान जान जरुरी

नरजन तामाङ सुर्खेत । मध्यपशिचमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुखकाम विरेन्द्रनगर सुर्खेत जिल्लामा पर्दछ । यो जिल्ला थुप्रै खालका सँस्कृतिको, भाषाभाषीको संगमस्थलको रुपमा चिनिएको र पर्यटनका थुप्रै सम्भावनाहरु बोकेको जिल्ला मध्ये एक हो । पर्यटनको विविध सम्भावना बोकेको प्राकृतिक, धार्मिक लगयातका विभिन्न क्षेत्रको विकासको पर्याप्त सम्भावनालाई कुरेर बसेको सुर्खेत जिल्ला सँस्कृति पर्यटनको आकर्षणको केन्द्र बिन्दु भन्दा फरक पदैन । सुर्खेत जिल्ला अवस्थित क्षेत्रीय सङग्रहलय एक महत्वपूर्ण रुपमा हे...बाँकी

साहित्य र यथार्थ

April 04, 2017 Posted by Jhilko.com
साहित्य र यथार्थ

प्रत्येक नयाँ ऐतिहासिक युग देखापर्दा, यथार्थवादको सीमा फैलिन्छ । जीवन स्वयम् मात्र अधिक समृद्ध तथा अधिक व्यापक हुने होइन, साहित्य पनि गहन हुन्छ र त्यसले हर ढंगबाट आफूलाई विस्तारित गर्छ । तर अतीततका प्रत्येक मामिलामा, गहन तथा विस्तारित हुने यस प्रक्रियालाई खास समाजका विभिन्न सीमाहरुले सीमाबद्ध पारे । वास्तविक अर्थमा भन्ने हो भने, जुन आर्थिक सिक्रीले पहिले मानिसहरुलाई बाँधेको थियो र आज पनि धेरैलाई बाँधिराखेको छ, त्यसले उनीहरुका साहित्यिक उपजहरुलाई बाँधेको थियो । केही अति साधारण दृष्टान्तहरुबाट...बाँकी

दलाली र दास भावना विरुद्धको सँस्कृति : राष्ट्रिय स्वाभिमान र स्वाधीनताको सँस्कृति 

March 30, 2017 Posted by Jhilko.com
दलाली र दास भावना विरुद्धको सँस्कृति : राष्ट्रिय स्वाभिमान र स्वाधीनताको सँस्कृति 

ईश्वरचन्द्र ज्ञवाली सँस्कृति मानवीय जीवनको सारभूत तत्व हो । जो मान्छेका रोमरोममा गडेको हुन्छ । जीवनशैली, चरित्र, विचार, स्वभाव, गुण, आनीबानी, रहन–सहन आदि सबैको भौतिक वा आत्मिक दुबै मानवनिर्मित सँस्कृति भएकाले त्यसले व्यक्ति–सत्ता, सामाजिक–सत्ता र राजनैतिक–सत्ताको पनि प्रतिनिधित्व गर्छ र गर्छ– विकास, निर्माण, प्रगति, समृद्धिको पनि प्रतिनिधित्व । त्यसैले कुनै देश सभ्य, समुन्नत, समृद्ध छ कि छैन, उसको सँस्कृतिबाट प्रतिविम्बित हुन्छ । उसको भाषिक अभिव्यक्तिमा सँस्कृति...बाँकी

साँस्कृतिक आन्दोलन किन शिथिल, गतिहीन र स्खलित ?

March 26, 2017 Posted by Jhilko.com
साँस्कृतिक आन्दोलन किन शिथिल, गतिहीन र स्खलित ?

दीपक मैनाली माओवादी जनयुद्धताका गौरवपूर्ण मनाइने गरिएका दिवसहरु अव औपचारिक रुपमा मनाउन पनि समस्या देखिन थालेका छन् । राजनीतिलाई कमाण्डमा राख भन्ने माओको भनाइलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने माओवादी पार्टीहरुमा आएको अकर्मण्यता र स्खलनले जनयुद्धका ती गौरवमय दिवसहरु अब असान्दर्भिक बन्न थालेको प्रतीत हुन्छ । माओवादीले मनाउँदै आएको साँस्कृतिक प्रतिरोध दिवस यसको ज्वलन्त नमूना हो । जनताको मुक्तिको गीत गाउने जनकलाकारहरुको ०५५ साल चैत्र ५ गते काभ्रेपलाञ्चोक जिल्लाको अनेकोटमा गरिएको जघण्य हत्याका...बाँकी

आदर्शको सम्मानमा

March 05, 2017 Posted by Jhilko.com
आदर्शको सम्मानमा

पार्टी पनि वर्गहरुकै प्रतिविम्व हो । समाजमा रहेका अनेक वर्गहरुको प्रतिनिधित्व पार्टीमा पनि हुन्छ । त्यसैले त पार्टीमा संघर्ष हुन्छ र पार्टीले जीवन पनि प्राप्त गरिरहन्छ । विचारहरुको पनि विम्व हुन्छ । पार्टी र आदर्शहरुको पनि । फरक फरक विचार, फरक आदर्शहरु पनि टक्कराउँछन् र विचारहरु, आदर्शहरु जीवित हुन्छन् ।  विकसित हुन्छन् । माओवादी आन्दोलन पनि यस्तै प्रक्रियामा छ र हुन्छ । जसका कारण जीवित र विकसित भइरहेको छ । आन्दोलनमा धेरै वर्गहरु सामेल हुन्छन् र ती वर्गमा जब सर्वहारा वर्गले पार्टीको नेतृत्व...बाँकी

भुइँचालोको स्वागत

February 23, 2017 Posted by Jhilko.com
भुइँचालोको स्वागत

त्यो दिन मान्छेको दिन थिएन,  त्यो दिन २०७२ वैशाख १२ को दिनथियो विवेकहीन त्रासदीको दिन थियो त्यो दिन भुइँचालाको दिन थियो सुन्दै, अत्यासलाग्दो भुइँचालो निर्जीव, निराकार, अदृश्य थियो ।  त्यो दिन आप्mनो नभए पनि सबै मान्छेले एउटै अठोट गरे एकै दिन एकै समय सबैले एउटै अनुभव गरे सबैको एकैपटक उस्तै निश्वास निस्कियो सबैको मन एउटै भयो, सबैले एउटै व्यवहार गरे  । न धोबीखोलो गन्हायो त्यत्तिखेर न धुलो मैलोले सतायो त्यत्तिखेर न घृणा थियो कसैमा न आशक्ति पलायो खालि एक अर्को प्रणीमा...बाँकी

फागुन १, जनयुद्ध र साँस्कृतिक रुपान्तरण

February 23, 2017 Posted by Jhilko.com
फागुन १, जनयुद्ध र साँस्कृतिक रुपान्तरण

गत हप्ता ०७३ सालको फागुन १ आयो र गयो । योभन्दा झण्डै २१ वर्षअगाडि अर्थात् ०५२ सालमा फागुन १ गते नेपालको इतिहासमा ऐतिहासिक दिनका रुपमा दर्ज भएको थियो । ०५२ सालपछि ०६२ सालसम्मका सबै फागुन १ गते त्याग, बलिदान, अठोट र प्रतिबद्धताका मनाइने गरेका थिए । नेकपा (माओवादी), उसका भातृ–भगिनी तथा शुभचिन्तक संगठनहरु र जनस्तरमै पनि फागुन १ लाई जनताको मुक्तिको प्रतीकका दिनका रुपमा मनाउन सुरु गरिएको थियो । माओवादी शान्ति–प्रक्रियामा आएपछि अर्थात् ०६३ पछि जनयुद्ध दिवस र फागुन १ औपचारिकताका घेरामा सी...बाँकी

साहित्यिक चोरीको भद्दा उदाहरण

January 25, 2017 Posted by Jhilko.com
साहित्यिक चोरीको भद्दा उदाहरण

आमुख प्रकाशनका विविध माध्यमहरूमा बेलाबेलामा अमुकले अमुकको कथा चो¥यो, अमुकले अमुकको उपन्यास चो¥यो, अमुकले अमुकको कविता जस्ताको तस्तै अनुवाद गरेर आफ्नो भनेर छपायो जस्ता टिकाटिप्पणीहरू पढ्न र सुन्न पाइन्छ । यस सन्दर्भमा सिकारु र मौसमी लेखकको कुरै छाडौँ मैनाली, विपी कोइराला, रमेश विकल, धुव्रचन्द्र गौतमसमेतको नाम जोडिएको छ ।  जुनसुकै भूगोल र परिवेश अथवा जतासुकैको मान्छे किन नहोस्, मान्छेले भोगेका सुखदुःख, पीडा–हर्ष, भावावेग र आक्रोसको अनुभूति एकैएकै खालको हुन्छ । घटनासन्दर्भ...बाँकी