categoryone

अग्निदीक्षा सत्यप्रति गम्भीर निष्ठाका साथ लेखियो”

July 05, 2017 Posted by Jhilko.com
अग्निदीक्षा सत्यप्रति गम्भीर निष्ठाका साथ लेखियो”

रुसी उपन्यासकार निकोलाई अस्त्रोभ्स्की विश्वभरिकै चर्चित लेखक हुन् । विश्वभरिका धेरै पाठकले रुचाउने उपन्यासमध्ये उनै अस्त्रोभ्स्कीलिखित उपन्यास अग्निदीक्षा अहिले पनि एक हो । उनको लेखनशैली, विषय छनौट, पात्र र परिवेश निर्माण र उनको आफ्नै जीवन–भोगाइमा केन्द्रित रहेर बेलायती पत्रिका न्यूज क्रनिकलले ३० सेप्टेम्बर १९३६ मा एउटा लामो अन्तर्वार्ता लिएको थियो । न्यूज क्रनिकलका लागि बेलायती पत्रकार राडम्यानले अस्त्रोभ्स्कीसँग लिएको अन्तर्वार्ता हाम्रा पाठकहरुका लागि सामयिक र सान्दर्भिक ठानी दिइएको छ ।...बाँकी

चुरोटको खोलमा ‘मलाई नसोध कहाँ दुख्छ घाउ’

July 04, 2017 Posted by Jhilko.com
चुरोटको खोलमा ‘मलाई नसोध कहाँ दुख्छ घाउ’

काठमाडौँ । कवि तथा गीतकार हरिभक्त कटुवालको ८२ औँ जन्मजयन्ती आइतबार मनाइएको छ ।      कटुवालको जीवनीवृत्त र रचनामा काम गर्दै आएको पुरु लम्सालको नेतृत्वमा रहेको युवाको समूहले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।  कार्यक्रममा समालोचक महेश पौड्यालले कटुवाल कुनै वाद, विचार र परिभाषामा नअटाउने कवि भएको तर उनको योगदानलाई देशले समुचित कदर नगरेको बताए । डा नवराज लम्सालले उनका गद्य कवितामा गीतको प्रभाव र गीतमा कविताको प्रभाव रहेको बताउँदै उनको जीवनजस्तै गीत र गीतजस्तै जीवन भएको विच...बाँकी

नेपाली–बङ्गाली कृति अनुवाद गरिने

July 04, 2017 Posted by Jhilko.com
नेपाली–बङ्गाली कृति अनुवाद गरिने

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा बङ्गलादेशको बङ्गला एकेडेमीबाट नेपाल भ्रमणमा आएका पाहुनालाई काठमाडौँ उपत्यकाका विभिन्न सम्पदास्थल तथा उपत्यका बाहिरका पर्यटकीय क्षेत्रमा भ्रमण गराइएको छ । बङ्गला एकेडेमीका निर्देशक समसुज्जामान खानको नेतृत्वमा काठमाडौँ आएको प्रतिनिधिमण्डललाई विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका दरबार क्षेत्र, स्वयम्भूनाथ चैत्य, बौद्धनाथ चैत्य तथा चन्द्रागिरिका साथै पोखरा भ्रमण गराइएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले...बाँकी

धरानमा फस्टाउँदै नृत्यकला

July 02, 2017 Posted by Jhilko.com
धरानमा फस्टाउँदै नृत्यकला

पछिल्लो समय धरानका नृत्यकला व्यवसाय व्यावसायिक बन्दै गएको छ । पश्चिमा सस्कृतिको बाहुल्यता बढ्दै गए पनि नेपाली नृत्यकला व्यावसायिक बन्दै गएको हो । विभिन्न सभा, सेमिनार तथा विवाह, पार्टी लगायतका कार्यक्रममा समेत नृत्यकारहरुको माग बढ्दै गएका कारण नृत्यकला व्यवसाय व्यावसायिक बन्दै गएको छ । नृत्यकला व्यवसायबाट नै मनग्गे आम्दानी गर्ने गरेको गरिमा डान्स सेन्टर धरानमा सञ्चालन सन्जु राई ९सुमित्रा० ले बताइन । उनका अनुसार मासिक खर्च कटाएर ३० हजारसम्म आम्दानी गर्न सकिन्छ । धरानको सबैभन्दा पुराना डान्स स...बाँकी

प्यारो–प्यारो तराई–मधेस !

June 28, 2017 Posted by Jhilko.com
प्यारो–प्यारो तराई–मधेस !

 दीपक खनाल १. प्यारो–प्यारो तराई–मधेस ! तिमीबिनाको देश सोच्न पनि म सक्दिन तिमीबिनाको भेष सम्झन पनि म सक्दिन तिमी छौ र त पहाड छ तिमी छौ र त हिमाल छ पहाड र हिमाल छ र त तिमी छौ तिमी, पहाड, हिमाल छौ र त प्रिय स्वदेश छ किनकि तिमी दरिलो गोडा हौ पहाड भरिलो ज्यान हो हिमाल उच्च शीर हो तिमी, पहाड र हिमालको संयुक्त नाम मेरो नेपाल हो । २. प्रिय तराई–मधेस !! तिम्रै धरातलमा उभिएको छ काठमाडौं तिम्रै मेरूदण्डले अडिएको छ सिंहदरबार तिम्रै भरले उठेको छ सगरमाथा काठमाडौ...बाँकी

सत्ता, सम्पत्ति र संस्कृति

June 28, 2017 Posted by Jhilko.com
सत्ता, सम्पत्ति र संस्कृति

शारदा रमण नेपाल चन्द्रशमशेरको चकचकी र अन्तिम इच्छा पढेसुनेका हामी नेपालीलाई आजका हाम्रा राजनेताहरुका आचार, व्यवहार र इच्छा–आकांक्षाको अन्तर्य बुझ्न कत्ति पनि गा¥हो छैन । संस्कृति सत्तासीनहरुका इच्छा– आकांक्षा र आचार–व्यवहारबाट पनि बन्दो रहेछ । ‘तत्तदेवेतरो जनः’ संस्कृति निर्माणको एउटा सूत्र यो पनि रहेछ । अर्को सूत्र त्याग र योग हो । जोगी हुन राजनीतिमा आएको होइन भन्ने घोषणासाथ यस क्षेत्रमा उत्रेका नेपालका वाम दक्षिण राजनीति व्यवसायीहरु भाषण प्रवचनमा जतिसुकै भव...बाँकी

ज्ञानगुनका कुरा

June 24, 2017 Posted by Jhilko.com
ज्ञानगुनका कुरा

प्रा.डा. खेम कोइराला वाङमयको अनौठो प्रस्तुति– ‘ज्ञान’ ‘गुन’ । त्यसको ‘कुरा’ । सामान्य जस्तो लाग्ने तर विशिष्ट । हो, त्यही विशिष्टताको द्योतक – ‘ज्ञानगुनका कुरा’ – एउटा प्रयोग । सय अंकको प्रस्तुति कम होइन । ‘शत जीव’ जीवेम शरदं शतम् – हाम्रो आशीर्वचन । अग्रजहरुको । यो नामाकरण अनौठो । पहिलो पटक कसरी आयो ? जन्मदाता÷ नामकरणकर्ताले भन्लान् !  भाषा हाम्रो जीवन, जीवन हाम्रो भाषा । त्यसलाई वाङ...बाँकी

गन्धर्वको सारङ्गी सुन्दा भक्कानिए रोल्पालीहरु

May 30, 2017 Posted by Jhilko.com
गन्धर्वको सारङ्गी सुन्दा भक्कानिए रोल्पालीहरु

कविता उपाध्याय      लिबाङ, रोल्पा ।  छोरा म¥यो युद्ध लड्दा, बेपत्ता छन् पति  खाली सिउँदो पुछिएका उठ चेली जति  पुस्ताँैदेखि रोल्पालीले पाएका छन् चोट  उम्मेदवार राम्रो छानी दिनुहोला भोट  रगतले मुछिएको यो रोल्पाली माटो आफ्नै हातले हराभरा पारौँ देशको यो पाटो  आइतबार एकाबिहानै रोल्पाका विभिन्न बस्ती बस्तीमा पुगेर ¥याँइ¥याँइ सारङ्गीको मीठो धुनसँगै घोराही नगरपालिका दाङका मङ्गले गन्धर्वले यो मीठो गीत गाइरहँदा त्यहाँको वातावरण नै सङ्गी...बाँकी

बनारसमा पुग्दा, घुम्दा र कार्यक्रममा रमाउन पाउँदा

May 17, 2017 Posted by Jhilko.com
बनारसमा पुग्दा, घुम्दा र कार्यक्रममा रमाउन पाउँदा

मोहन दुवाल नेपाल साहित्यिक पत्रकार संघ, केन्द्रीय समितिको आयोजनामा बनारसमा पुगेर नेपाली भाषा–साहित्यको उत्थानमा साहित्यिक पत्रकारिताको माध्यमबाट योगदान पु¥याउनु हुने वरिष्ठ साहित्यिक काशीबहादुर श्रेष्ठद्वारा प्रकाशित तथा सम्पादित ‘उदय’ साहित्यिक मासिकका लागि काशीबहादुरको दिवंगतपछि पनि निरन्तर प्रकाशन गरिरहेकै कारणले सम्पादक दुर्गाप्रसाद श्रेष्ठको सम्मान गर्न जाने संघबाट निर्णय भएको थियो ।  २०७३ फागुन १ गतेको एक्सप्रेस बसबाट बनारस पुग्ने योजना भए  अनुसार काठम...बाँकी

प्रेमका विषयमा गलत धारणाहरु

May 10, 2017 Posted by Jhilko.com
 प्रेमका विषयमा गलत धारणाहरु

धेरै वर्षसम्म पार्टीमा काम गरी निकै जान्ने–बुझ्ने भइसकेका र माक्र्सवादी–लेनिनवादी साहित्यको निकै हदसम्म अध्ययन पनि भएका साथीहरुमा समेत प्रेमका विषयमा अनेक गलत धारणाहरु देखिएको छ । यसको मुख्य कारण प्रेमको विषयमा एक किसिमले वर्ग–निरपेक्षझैं भएर सोच्नु हो । प्रेमको वर्गीय स्वभाव वा चरित्रलाई नबुझ्नु वा विर्सिदिनु हो । प्रेमलाई वर्गीय परिधिभन्दा बाहिर वा माथिको छुट्टै कुनै ‘अलौकिक’ विषय झैं ठान्नु हो । प्रेमका विषयमा पाइने गलत धारणाहरुसम्बन्धी उदाहरणले यस कुरालाई राम्रर...बाँकी