categoryone

गिरीको चित्रकला प्रदर्शनी शुरु

April 28, 2018 Posted by Jhilko.com
गिरीको चित्रकला प्रदर्शनी शुरु

  तुलसीपुर । दंगाली युवा चित्रकार लेखराज गिरीको एकल चित्रकला प्रदर्शनी शुक्रबारदेखि रिपोर्टर्स क्लब दाङमा शुरु भएको छ ।  तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी चित्रकार गिरीका ४६ तस्वीर ‘परिचय’ प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका एउटा तस्वीरको मूल्य रु तीन हजार ५०० देखि ३५ हजारसम्म तोकिएको छ ।  बत्तीस वर्षीय गिरीले आफ्ना चित्रबाट विद्यार्थी वर्ग र चित्रकलामा लाग्न चाहने व्यक्तिले केही सिकून् भन्नाका लागि प्रदर्शनी गरिएको बताउनुभयो । प...बाँकी

धाख्वाः र प्रधानलाई ‘पञ्चवीर पुरस्कार’

April 22, 2018 Posted by Jhilko.com
धाख्वाः र प्रधानलाई ‘पञ्चवीर पुरस्कार’

काठमाडौँ । बुद्ध सम्वत् २५६० को वर्ष बुद्ध धर्मसम्बन्धी उत्कृष्ट लेख लेख्नुभएका लेखकद्वय ललिता धाख्वाः र माधवलाल प्रधानलाई ‘पञ्चवीर सिंह पुरस्कार’ प्रदान गरिएको छ ।  नेपाल भाषा टाइम्स दैनिकमा वर्षभरि प्रकाशित उत्कृष्ट बौद्ध लेखका लागि एक पुरुष र एक महिला लेखकलाई युवा बौद्ध समूह, काठमाडौँले यो पुरस्कार प्रदान गर्दैआएको छ । अनगारिका वीर्यवती, डा केशवमान शाक्य र सहप्राध्यापक मदनरत्न मानन्धर सम्मिलित निर्णायक टोलीले लेखिका धाख्वाःको ‘प्रभावशाली नेता आजको आवश्यकता&...बाँकी

गोधूली साहित्य सम्मान

April 20, 2018 Posted by Jhilko.com
गोधूली साहित्य सम्मान

काठमाडौँ  । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले साहित्यकारले नेपालको प्राकृतिक तथा भौगोलिक सुन्दरतालाई आधार बनाएर साहित्य सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।  गोधूली साहित्यिक प्रतिष्ठानको सातौँ वार्षिकोत्सवका उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उहाँले केही वर्षभित्र नै नेपाललाई विकसित राष्ट्रको उचाइमा पु¥याउन साहित्यकारलगायत सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । साहित्यकार भद्राकुमारी घलेले आफूले हालसम्म १४० वटा साहित्यिक पुस्तक लेखिसकेको जानकारी दिँदै दे...बाँकी

गोदावरीमा ‘सिर्जना गृह’

April 20, 2018 Posted by Jhilko.com
गोदावरीमा ‘सिर्जना गृह’

काठमाडौँ । लेखक, पत्रकार तथा साहित्यकारलाई सिर्जना गर्ने वातावरण दिलाउने उद्देश्यले ललितपुरको गोदावरीमा ‘सिर्जना गृह’ स्थापना भएको छ ।  सर्जकहरुको आर्थिक अवस्थालाई ध्यानमा राखी सिर्जना गृहको स्थापना गरिएको संस्थापक होम परिवागले बताउनुभयो । “नेपालमा त्यस्ता घटना छन्, आर्थिक अवस्थाकै कारण साहित्यकारले आत्महत्या गर्नुपरेको छ” उहाँले भन्नुभयो । पत्रकार, साहित्यकार लगायत सर्जकलाई नयाँ रचना रच्ने गृहका रुपमा गृहले भूमिका खेल्ने उहाँले बताउनुभयो । “विश्वमा नेपाललाई...बाँकी

अलविदा पाख्रिन दाइ ! हामी सधैं सम्झिरहनेछौं

December 01, 2017 Posted by Jhilko.com
अलविदा पाख्रिन दाइ ! हामी सधैं सम्झिरहनेछौं

ईश्वरचन्द्र ज्ञवाली क.खुसीराम पाख्रिनले (जन्म ः २००९ कार्तिक ९) यही कार्तिक ५ गते ६५ वर्षको अल्पायुमै एकाएक हृदयाघातका कारण कार्यक्रमको मञ्चमै रगत छादेर मृत्युवरण गरे । एउटा शोक सभाको संवेदनामा पाख्रिनको मृत्यु अर्को वेदनापूर्ण घटना बनेर आइपुग्यो । ‘सागर तर्ने यात्रीहरु खुट्टा काम्नु हुन्न’ भन्ने उद्घोषको पछिल्लो चरण पार गरेर उनले संशोधनवादी र विचलनवादी प्रवृत्तिको विरोध गर्दै लक्ष्यसम्म पुग्न आह्वान गरे । जसबाट उनले आफ्नो स्मृतिलाई युगौंसम्म जीवन्त राख्ने जमर्को गरेका छन् । उनको...बाँकी

‘छक्का पन्जा २’ को कथावस्तुमा कानुनी त्रुटि

October 10, 2017 Posted by Jhilko.com
‘छक्का पन्जा २’ को कथावस्तुमा कानुनी त्रुटि

नारायण अधिकारी २३ असोज, चितवन । चर्चामा रहेको नेपाली कथानक चलचित्र छक्का पन्जा २ को कथावस्तुमा कानूनी रुपमा त्रुटि देखिएको भन्दै कानूनी व्यवसायीले प्रश्न उठाएका छन् । चलचित्रको कथावस्तुले अदालती प्रक्रियामा गर्नै नमिल्ने घटनाक्रमलाई प्रस्तुत गरेपछि कानून व्यवसायीले प्रश्न उठाएका हुन् । चलचित्र हेरेपछि अधिवक्ता रमेश काफ्लेले धेरैले रुचाएको यस चलचित्रमा अदालती प्रक्रिया त्रुटिपूर्ण रुपमा देखाइएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो – “अदालतमा दायर भैसकेको सम्बन्ध विच्छेदको मुद्...बाँकी

समकालीन चित्र–दर्शन र सिर्जना

September 16, 2017 Posted by Jhilko.com
समकालीन चित्र–दर्शन र सिर्जना

डा. ताराकान्त पाण्डेय अनुकूल मौसममा छाला कन्याउँदै  भोल्गाको किनारालाई आप्mनो गन्तव्य बनाउने भीडहरू हिंडिरहेका छन् कतै जालन्धरले रावडी बाँडिरहेको छ र नर्वदाकै किनारामा स्थायी बसोबास गर्न भीडहरू नर्वदालाई अर्जी लेखिरहेका छन्। (‘चन्द्रमानका चित्रहरू’, गरिमा, भदौ २०६४)     कवि पूर्णविरामका यी कविता पङ्क्तिमा एउटा कविले गरेको समकालीन परिवेशको चित्र–दर्शन छ । स्वायत्तता र आत्मनिर्णयको अधिकारका नाउँमा मुलुकलाई टुक्राएर नर्वदामा समाहित गर्न...बाँकी

सिस्नाले पोल्यो मनमनै

September 10, 2017 Posted by Jhilko.com
सिस्नाले पोल्यो मनमनै

बसन्त पोखरेल यसपालि अलिकति पुस्तकहरु नोक्सान भए । यति ठूलो बाढी आउला भनेर सोचिएको थिएन, आयो । भुइँमा छरपष्ट भएका पुस्तकहरुले बाढीमा स्नान गरे । थाली जोगाउँदा कचौरा पौडने, कापी जोगाउँदा किताब डुबुल्की मार्ने भयो । भुइँतले कच्ची घर, पुस्तकहरु राख्नका लागि एउटा ‘¥याक’ पनि नभएको अवस्थामा यहाँ राख्दा जोगिन्छ भन्नका लागि ठाउँसम्म भएन । चामल जोगाउँ कि दाल जोगाउँ, विछौना जोगाउँ कि किताब जोगाउँ ? कहाँ राख्नाले जोगिन्छ भन्ने ठाउँसम्म दिमागले भेउ पाएन । इतिहाससम्बन्धी एउटा पुस्तक थियो...बाँकी

चलचित्र ‘ए मेरो हजुर २’ : सच्चा प्रेमको प्रतिबिम्ब

September 04, 2017 Posted by Jhilko.com
चलचित्र ‘ए मेरो हजुर २’ : सच्चा प्रेमको प्रतिबिम्ब

नारायण ढुंगाना  १९ भदौ, चितवन । शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर २’ ले प्रदर्शनको शुरुवातीमा दर्शकको भीड लागेको छ ।  देशभर ९० भन्दा बढी हलमा प्रदर्शनमा आएको चलचित्रका अधिकांश हल करिब करिब भरिएका छन् । आइतबार पनि दर्शकको राम्रो साथ पाएको चितवनको इन्द्रदेव चलचित्र हल नारायणगढका सञ्चालक मुक्ति पियाले बताए ।  ‘म यस्तो गीत गाउँछु,’, ‘प्रेम गीत २’ जस्ता प्रेमकथाका सफल चलचित्रपछि नेपाली सिने जगत्मा भित्रिएको...बाँकी

आधुनिकताले लोप हुँदैछ साराङ्गीको धुन

August 28, 2017 Posted by Jhilko.com
आधुनिकताले लोप हुँदैछ साराङ्गीको धुन

१२ भदौ, बेनी (म्याग्दी) । कुनै दिन बम्बई गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेको खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्व हिजोआज देखिन छाडेका छन् ।  देशविदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायत भाखामा खबर दिँदै घुम्ने गन्धर्वहरु लोप हुँदैछन् । सारङ्गीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेराम...बाँकी