categoryone

मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित

July 20, 2017 Posted by Jhilko.com
मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित

 बैरागी काईंला आधारातपछि रक्सी दोकानबाट म के निस्किएको छु; प्रत्येक खोंगी र खोरभित्रबाट पखेटा फट्फटाउँदै विद्रोहको कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन्, यहाँको वातावरणको निम्ति/यहाँको निर्जीवताको निम्ति यहाँको व्यवस्थाको निम्ति मेरो रक्सीको गन्धले भिजेको निश्वास पनि आज, ठूलो आँधीसरह भइसकेको छ सडकका दुवैतिर लाम लागेका यी आलिशान भवनहरू आफ्नो जगसहित आफ्नो कमजोरी माटोमुनि गाडिदिनु अब, अब, अब लड्नलाई तयार छ, आज मेरा प्रत्येक पाइलामा यौटा–यौटा भूकम्प छ आज मेरा प्रत्येक अनुभव...बाँकी

हराउँदै गएको पठन सँस्कृति

July 19, 2017 Posted by Jhilko.com
हराउँदै गएको पठन सँस्कृति

 वरिस्ठ पत्रकार रवीन्द्र मिश्र सरदारजी हुन्   डा. खेम कोइराला बन्धु   लोककृष्ण भट्टराईमार्फत् ‘असारे काका’ अर्थात् ईश्वरीप्रसाद दाहालको ‘संघर्षका पाइला’ नामक कृति मेरो हातमा परेको थियो । यो कृतिलाई आत्मजीवनी भनिएको रहेछ । तर, कृति पूर्णतः आत्मजीवनी थिएन । वास्तवमा यो कृति २०७३ मा प्रकाशन हुँदा २०६३ सालसम्मका घटनाको अभिव्यञ्जित स्वरुपमा आधारित रहेछ ।  मान्छे किन बाँच्छ, केही गर्न बाँच्छ र बाँचिसकेपछि मान्छेले आफूले जीवनमा गरेका संघर्षहरु पुस्ता...बाँकी

कलामा आमाको झझल्को आएपछि मन नै थामिएन महर्जनको

July 14, 2017 Posted by Jhilko.com
कलामा आमाको झझल्को आएपछि मन नै थामिएन महर्जनको

वासुदेव पौडेल  ३० असार, पोखरा । पोखराको बजारमा क्षण–क्षणमा झरी, बादल र वर्षा भइरहेका अवस्थामा महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीभित्र यस्तै यस्तै झझल्को दिने जीवन्त कलाले सजाइएका कलाकारका सिर्जना यतिखेर कलाप्रेमीको आकर्षण बनेका छन् ।  नेपाली मनसुनको जीवन्त चित्रण गर्ने कलाकारका सिर्जनालाई ‘मनसुन–२, २०७४’ शीर्षकको प्रदर्शनीमा स्थान दिइएको छ । असार २३ मा प्रदर्शनी शुरु भएयता कलाका पारखी ग्यालरीमा छिरेर मनसुनका विभिन्न यथार्थपरक दृश्यलाई कलामा उतारिएका तस्बि...बाँकी

२०४ औँ भानुजयन्ती: विविध कार्यक्रम गरी भानुभक्तलाई सम्मान

July 13, 2017 Posted by Jhilko.com
२०४ औँ भानुजयन्ती: विविध कार्यक्रम गरी भानुभक्तलाई सम्मान

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती आज बिहीबार विविध कार्यक्रम गरी मनाइँदै छ। ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुर्याएका थिए। भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाले आयार्यको २०४ औँ जन्मजयन्ती आज मनाउँदै छन्। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’मार्फत नेपालीबीचको भावनात्मक एक...बाँकी

उसको पत्र आमाका नाममा

July 11, 2017 Posted by Jhilko.com
उसको पत्र आमाका नाममा

 ईश्वरचन्द्र ज्ञवाली अस्याट् लागेछ भने आमा हेर्नु रातो क्षितिजमा  बिहानै उदाउने रातो घामलाई म त्यहीं रातै हाँसिरहेको देखिनेछु । गोधुली सन्ध्यामा सेतो हिमालमाथि जब रातो आभा फैलिनेछ  म त्यही हिमाली दृश्यपटमा  झलमल्ल प्रतिविम्बित हुनेछु । स्वच्छ, निर्मल र शान्त–स्निग्ध बगिरहेको  नदीको बेगमा  म हिंडिरहेकोछु आमा ! सपनाझैं निरन्तर म भञ्ज्याङ् र चौतारीमा चल्ने मन्द समीरमा आफ्ना चारु–स्पन्दन पोखेर बाँचिरहनेछु  म वर र पीपलका पातमा सदावहार नाचिरहन...बाँकी

अग्निदीक्षा सत्यप्रति गम्भीर निष्ठाका साथ लेखियो”

July 05, 2017 Posted by Jhilko.com
अग्निदीक्षा सत्यप्रति गम्भीर निष्ठाका साथ लेखियो”

रुसी उपन्यासकार निकोलाई अस्त्रोभ्स्की विश्वभरिकै चर्चित लेखक हुन् । विश्वभरिका धेरै पाठकले रुचाउने उपन्यासमध्ये उनै अस्त्रोभ्स्कीलिखित उपन्यास अग्निदीक्षा अहिले पनि एक हो । उनको लेखनशैली, विषय छनौट, पात्र र परिवेश निर्माण र उनको आफ्नै जीवन–भोगाइमा केन्द्रित रहेर बेलायती पत्रिका न्यूज क्रनिकलले ३० सेप्टेम्बर १९३६ मा एउटा लामो अन्तर्वार्ता लिएको थियो । न्यूज क्रनिकलका लागि बेलायती पत्रकार राडम्यानले अस्त्रोभ्स्कीसँग लिएको अन्तर्वार्ता हाम्रा पाठकहरुका लागि सामयिक र सान्दर्भिक ठानी दिइएको छ ।...बाँकी

चुरोटको खोलमा ‘मलाई नसोध कहाँ दुख्छ घाउ’

July 04, 2017 Posted by Jhilko.com
चुरोटको खोलमा ‘मलाई नसोध कहाँ दुख्छ घाउ’

काठमाडौँ । कवि तथा गीतकार हरिभक्त कटुवालको ८२ औँ जन्मजयन्ती आइतबार मनाइएको छ ।      कटुवालको जीवनीवृत्त र रचनामा काम गर्दै आएको पुरु लम्सालको नेतृत्वमा रहेको युवाको समूहले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।  कार्यक्रममा समालोचक महेश पौड्यालले कटुवाल कुनै वाद, विचार र परिभाषामा नअटाउने कवि भएको तर उनको योगदानलाई देशले समुचित कदर नगरेको बताए । डा नवराज लम्सालले उनका गद्य कवितामा गीतको प्रभाव र गीतमा कविताको प्रभाव रहेको बताउँदै उनको जीवनजस्तै गीत र गीतजस्तै जीवन भएको विच...बाँकी

नेपाली–बङ्गाली कृति अनुवाद गरिने

July 04, 2017 Posted by Jhilko.com
नेपाली–बङ्गाली कृति अनुवाद गरिने

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा बङ्गलादेशको बङ्गला एकेडेमीबाट नेपाल भ्रमणमा आएका पाहुनालाई काठमाडौँ उपत्यकाका विभिन्न सम्पदास्थल तथा उपत्यका बाहिरका पर्यटकीय क्षेत्रमा भ्रमण गराइएको छ । बङ्गला एकेडेमीका निर्देशक समसुज्जामान खानको नेतृत्वमा काठमाडौँ आएको प्रतिनिधिमण्डललाई विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका दरबार क्षेत्र, स्वयम्भूनाथ चैत्य, बौद्धनाथ चैत्य तथा चन्द्रागिरिका साथै पोखरा भ्रमण गराइएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले...बाँकी

धरानमा फस्टाउँदै नृत्यकला

July 02, 2017 Posted by Jhilko.com
धरानमा फस्टाउँदै नृत्यकला

पछिल्लो समय धरानका नृत्यकला व्यवसाय व्यावसायिक बन्दै गएको छ । पश्चिमा सस्कृतिको बाहुल्यता बढ्दै गए पनि नेपाली नृत्यकला व्यावसायिक बन्दै गएको हो । विभिन्न सभा, सेमिनार तथा विवाह, पार्टी लगायतका कार्यक्रममा समेत नृत्यकारहरुको माग बढ्दै गएका कारण नृत्यकला व्यवसाय व्यावसायिक बन्दै गएको छ । नृत्यकला व्यवसायबाट नै मनग्गे आम्दानी गर्ने गरेको गरिमा डान्स सेन्टर धरानमा सञ्चालन सन्जु राई ९सुमित्रा० ले बताइन । उनका अनुसार मासिक खर्च कटाएर ३० हजारसम्म आम्दानी गर्न सकिन्छ । धरानको सबैभन्दा पुराना डान्स स...बाँकी

प्यारो–प्यारो तराई–मधेस !

June 28, 2017 Posted by Jhilko.com
प्यारो–प्यारो तराई–मधेस !

 दीपक खनाल १. प्यारो–प्यारो तराई–मधेस ! तिमीबिनाको देश सोच्न पनि म सक्दिन तिमीबिनाको भेष सम्झन पनि म सक्दिन तिमी छौ र त पहाड छ तिमी छौ र त हिमाल छ पहाड र हिमाल छ र त तिमी छौ तिमी, पहाड, हिमाल छौ र त प्रिय स्वदेश छ किनकि तिमी दरिलो गोडा हौ पहाड भरिलो ज्यान हो हिमाल उच्च शीर हो तिमी, पहाड र हिमालको संयुक्त नाम मेरो नेपाल हो । २. प्रिय तराई–मधेस !! तिम्रै धरातलमा उभिएको छ काठमाडौं तिम्रै मेरूदण्डले अडिएको छ सिंहदरबार तिम्रै भरले उठेको छ सगरमाथा काठमाडौ...बाँकी