categoryone

हिमालयन पावर पार्टनको शेयर बाँडफाँड भयो

July 19, 2017 Posted by Jhilko.com
हिमालयन पावर पार्टनको शेयर बाँडफाँड भयो

४ साउन, काठमाडौं । हिमालयन पावर पार्टनरले निष्कासन गरेको साधारण शेयर आज बाँडफाँड भएको छ। धितोपत्र बाँडफाँड निर्दे्शिका २०७४ बमोजिम सेयर बाँडफाँड भएको हो । जस अन्र्तगत आवेदन सदर भएका सबै लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आवेदन सदर भएका एक लाख ६३ हजार ७३७ जना सवैले  शेयर पाएका छन । १२ सय ६४ जना आवेदकको भने आवेदन रद्ध भएको थियो । सम्पूर्ण आवेदकलाई दश कित्ताका दरले १६ लाख ३७ हजार १० कित्ता शेयर वितरण गरेपछि बाँकी रहको सेयर दश कित्...बाँकी

शेयर बजार बढ्यो, लगानीकर्ता उत्साहित

July 19, 2017 Posted by Jhilko.com
शेयर बजार बढ्यो, लगानीकर्ता उत्साहित

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ । वित्तिय प्रणालीमा निक्षेपको ब्याजदर र शेयरको मुल्य विपरित ध्रुबमा रहने भएतापनि नेपाली शेयर बजार भने बढेको छ । बैंकको ब्याज बढी भएतापनि शेयरको मुल्य बढेर नेपालको शेयर बजारले नयाँ सन्देश दिएको छ । जससँगै पछिल्लो ३ दिनमा शेयरको परिसूचक ५५ अंकले बढेको छ । यद्यपि पछिल्लो केही दिनको शेयर कारोवारलाई मात्र हेरेर आगामी दिनमा शेयरको ट्रेण्ड यस्तो नै हुन्छ भनेर निक्र्यौल गरिहाल्नु चाहिँ मुर्खता हुन्छ किनकि शेयर परिसूचक कहिल्यै सिधा रेखामा नहिंडी बक्ररेखामा हिंड्छ...बाँकी

एनसेलले उन्मुक्ति नपाउने

July 19, 2017 Posted by Jhilko.com
एनसेलले उन्मुक्ति नपाउने

डा. रामशरण महतलाई पनि वयान लिइदैं काठमाडौं । एनसेलले दुई पटक गरेर २३ अर्ब रुपैंया लाभकर बुझाएको केही समय बितिसकेको छ । । एनसेलले तिर्नुपर्ने लाभकरको सबै रकम नतिरे पनि झण्डै ४० प्रतिशत रकम बुझाएको हो । एनसेलले लाभकर बापत ६१ अर्ब रुपैंया कर तिनुपर्ने गरी कर निर्धारण भइसकेको जानकारी संसदको लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले दिएका छन् (हेरौं तल अन्तरवार्ता) । एनसेलले लाभकर तिर्न आनाकानी गरे पनि लेखा समितिले निरन्तर कडाई गर्दै निर्देशन दिने र एनसेललाई कर तिर्नुपर्दैन भनेर उक्साउने मुख्य डि...बाँकी

बैंकहरु चुक्ता पुँजी बृद्धिले हैरान, राष्ट्रबैंकले कार्वाही गर्ने तयारी गर्दै  

July 18, 2017 Posted by Jhilko.com
बैंकहरु चुक्ता पुँजी बृद्धिले हैरान, राष्ट्रबैंकले कार्वाही गर्ने तयारी गर्दै  

२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बाँणिज्य बैंकहरुलाई न्युुनम चुक्ता पूँजी कायम गर्न दिएको समय सिमा सकिएको छ भने चारबटा बाणिज्य बैंकहरुले मात्र समयसिमा भित्र तोकिएको चुक्तापुँजी पु¥याउन सफल भएका छन् । सरकारी लगानीको कृषिविकास बैंक , राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक तथा निजी लगानीका नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आईएमई बैंकले भने चुक्ता पुजी गत आर्थिक वर्ष नै पु¥याइसकेका छन् ।  राष्ट्र बैंकले दुुई बर्ष अघि अर्थात गर्भनर पदमा डा. चिरञ्जीवी नेपाल नियुुक्त भएसंगै बाँणिज...बाँकी

नयाँ आर्थिक बर्षको दोश्रो दिन नेप्सेमा हरियाली 

July 18, 2017 Posted by Jhilko.com
नयाँ आर्थिक बर्षको दोश्रो दिन नेप्सेमा हरियाली 

साउन २, काठडमौं । आर्थिक बर्षको पहिलो दिन बजारमा त्यति उत्साह नदेखिएपनि दोश्रो दिनको कारोबारले भने उत्साहित देखाएको छ ।  आर्थिक वर्षको अन्य र नयाँ आर्थिक बर्षको सुरुवातसँगै बैंक तथा वित्तिय संस्थाहरुले बार्षिक आर्थिक बिवरण पस्किन थालिसकेका छन् । पुरानो अािर्थक बर्षको नाफा खान धेरै दिन कुर्नु नपर्ने र नाफा समेत यकिन भै सकेको परिप्रेक्षमा लगानीकर्ता उत्साहित बनेका हुन् ।  लगानीकर्ताले भ्याट तिर्नुपर्ने कुराको हल्ला रहेतापनि तत्काल भ्याट लागु हुने निर्णय नभइृसकेको हुँदा लगानीकर्ता स...बाँकी

शेयर ब्रोकरहरु नियमानुसार कर तिर्न तयार,

July 16, 2017 Posted by Jhilko.com
शेयर ब्रोकरहरु नियमानुसार कर तिर्न तयार,

काठमाडौं । शेयर दलाल कम्पनीहरु नियमानुसारको मुल्य अभिबृद्धि कर (भ्याट) तिर्न तयार भएका छन् । तर यसको लागि राज्यले नीति, नियम र आवश्यकता अनुसारको निर्देशिका तथा कार्यविधि बनाएर कसरी भ्याट उठाउने र यसरी तिर्ने भन्ने स्पष्ट हुनुपर्ने ब्यवसायीको दावी रहेको छ ।  नेपालको पुँजी बजार विगत दुई हप्ता देखि उतारचढावमा देखिएको छ ।  धितोपत्र दलाल ब्यवसायीलाई सेयर कारोबारमा मुल्य अभिबृद्धि कर (भ्याट) लगाउने कि नलगाउने भन्ने विवाद भएपछि पुँजी बजारमा धेरै नै उतार चढावहरु देखिएका हुन् । पछिल्लो पट...बाँकी

ललितपुर मनपाको रु तीन अर्ब २३ करोड र भक्तपुरको एक अब बजेट प्रस्ताव 

July 16, 2017 Posted by Jhilko.com
ललितपुर मनपाको रु तीन अर्ब २३ करोड र भक्तपुरको एक अब बजेट प्रस्ताव 

काठमाडौं । ललितपुर महानगरपालिकाले आव २०७४÷७५ का लागि रु तीन अर्ब २२ करोड ९१ लाख १० हजार बजेट प्रस्ताव गरेको छ ।  हिजो आयोजना भएको ‘आर्थिक वर्ष २०७४÷७५ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रम’ मा नगर प्रमुख चिरीबाबु महर्जनले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट उक्त रकमको आय अनुमान गरेको बताए ।  चालूतर्फ रु ४३ करोड १२ लाख ८७ करोड ९१३।३५ प्रतिशत० र पूँजीगततर्फ रु दुई अर्ब ७९ करोड ७८ लाख २३ हजार ९८६।६५ प्रतिशत० खर्चको अनुमान गरिएको छ ।  परिषद्...बाँकी

हुण्डी कारोबारीलाई प्रोत्साहन

July 14, 2017 Posted by Jhilko.com
हुण्डी कारोबारीलाई प्रोत्साहन

काठमाडौं  । रेमिटेन्स कम्पनीहरुको कारोबार शुल्क बढी भएको कारणले हुण्डी कारोबारीहरुलाई प्रोत्साहन हुँदै आएको छ । बैधानिक च्यानल (रेमिटेन्स कम्पनी)बाट पैसा पठाउँदा शुल्क बढी लाग्ने  र सटही दर समेत कम भएको कारणले हुण्डी ब्यवसायीहरुले प्रात्साहन पाइरहेका छन् ।  बैधानिक तबरवाट रकम नेपाल भित्र्याउन सरकारले कम्पनीहरुलाई अनुदान दिएर भएपनि प्रोत्साहन गर्नुपर्छ । हुण्डी कारोबार असुरक्षित कारोबार भएतापनि केही देशवाट हुने कारोबारमा भने दिन प्रतिदित यसको बढोत्तरी हुँदै आएको छ ।  हुण्डी...बाँकी

एनसेलसँग कर असुलउपर गर्न संसदीय समितिको निर्देशन

July 13, 2017 Posted by Jhilko.com
एनसेलसँग कर असुलउपर गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।  समितिको आजको बैठकले ठूला करदाता कार्यालयले यही असार १३ गते एनसेलको लाभकर रु ६० अर्ब ७१ करोड निर्धारण गरेकाले सो रकम तत्काल असुल गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको हो ।  समितिले एनसेल कतिपटक बिक्री वितरण र शेयर हस्तान्तरण भयो, के कति मूल्यमा कारोबार भयो र गरियो भन्नेबारेमा पनि सत्य तथ्य जानकारी उपलब्ध गराउन अर्थमन्त्र...बाँकी

कृषि नीतिमै व्यापकि परिमार्जन आवश्यक

July 13, 2017 Posted by Jhilko.com
कृषि नीतिमै व्यापकि परिमार्जन आवश्यक

केशव बास्कोटा कृषि नै अर्थतन्त्रको मेरुदण्ड भएको मुलुकका नागरिक हौं हामी । पूर्वाधारको विकास नभएका देशहरुको अर्थतन्त्र सधैं कृषिमा आधारित हुने गर्दछ । यस्ता मुलुकहरुले विकसित मुलुकबाट कृषि विकासका लागि पनि सहयोगको आशा राख्दछन् । हाम्रो देश पनि यही कोटीमा पर्ने मध्येको एक हो । कुनै पनि ठाउँको कृषि क्षेत्रले श्रम र अन्य लगानीको अपेक्षा राख्दछ र त्यहाँको उत्पादनले स्थानीय जनसंख्यालाई जीविका चलाउन र आयामिक खर्च पु¥याउन सक्नु पर्दछ । तर, जनसंख्या बढ्यो, जमीन बढेन । श्रमिक बढे र पनि श्रम बढेन ।...बाँकी