categoryone

साताको अन्तिम दिन बिहीबारको कारोबारमा सुधार, नेप्सेमा सामान्य गिरावट

August 04, 2017 Posted by Jhilko.com
साताको अन्तिम दिन बिहीबारको कारोबारमा सुधार, नेप्सेमा सामान्य गिरावट

२० साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा साताको अन्तिम दिन बिहिबार भएको  कारोबारमा सामान्य गिरावट आएको छ ।  बिहीबार नेप्से परिसूचक २.६१ अंकले घटेर एक हजार ६६०.५८ को बिन्दुमा ओर्लिएको छ । साताको अन्तिम दिन बजारमा केही समय नेप्से सकारात्मक दिशातर्फ गएको भए पनि अन्तिमसम्म आइपुग्दा नेप्सेमा झिनो अंकले गिरावट सहित बन्द भएको हो ।  बिहीबारको कारोवारमा ‘क’ बर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२४ अंकले घटेर ३४८.२२ को अंकमा झरेको छ ।  नेप्सेमा सेयरको आपूर्ति...बाँकी

अर्थतन्त्र उल्टो दिशामा

August 03, 2017 Posted by Jhilko.com
अर्थतन्त्र उल्टो दिशामा

काठमाडौं । मुलुकको आर्थिक अवस्था सुधार भएको भनिए पनि निरन्तरको व्यापार घाटाका कारण परनिर्भरता बढ्दै गएको छ । आयातमुखी अर्थतन्त्रका कारण मुलुकको सम्पूर्ण आर्थिक चक्र नै डामाडोल भएर गएको छ । यस्तै हो भने मुलुकको अर्थतन्त्र उल्टो गति दिनेछ । यो मुलुकका लागि विडम्बना हो ।  नेपालका पछिल्ला सरकारले सबैले आर्थिक समृद्धिका कुरा गरे, तर काम देखाएनन् । जनतालाई आर्थिक समृद्धिको सपना बाँडे । पाँच वर्षको अवधिमा परिवर्तन भएका पाँचवटा सरकारको नीति तथा कार्यक्रम र बजेटमा ब्यापार घाटाको न्यूनीकरण गर्ने घ...बाँकी

नोकिया मोवाइल नेपाली बजारमा

August 01, 2017 Posted by Jhilko.com
नोकिया मोवाइल नेपाली बजारमा

साउन । मोवाइल फोन उत्पादक कम्पनी नोकिया विभिन्न मोडलका स्मार्टफोन लिएर नेपाली बजारमा पुनः प्रवेश गरेको छ । पारामाउन्ट इलेक्ट्रोनिक्सले नेपालमा विक्री तथा वितरण गर्ने जनाएको छ ।  नेपाली बजारमा ‘नोकिया ३’ ‘नोकिया ५’ ‘नोकिया ६’ स्मार्ट फोन र ‘नोकिया ३३१०’ उपलब्ध भएको जनाएको छ । नोकिया मोवाइलमा दुईवटा सिम राख्न सकिने र एन्ड्रोइड न्युगट अपरेटिङ सिस्टम रहेको जनाएको छ । नोकिया ३ को बजार मूल्य १५ हजार ६ सय ५०, नोकिया ५ को २१ हजार ३ सय ५०, नोकिया ६...बाँकी

‘सबै पक्ष सहयोगी हुनुपर्छ’

August 01, 2017 Posted by Jhilko.com
‘सबै पक्ष सहयोगी हुनुपर्छ’

राजधानी काठमाडौंमा नै सडकमा खाल्डाखुल्डीका कारण दुर्घटना भएका समाचारहरु दिनदिनै आइरहेका छन् । ठेकेदारहरुबाट कमसल काम गरेर यो अवस्था आएको भनेर मिडियामा समाचार छाइरहेको छ । राजधानीमा त तोकेको समयमा काम नसक्ने, कमसल काम गरेर समस्या उत्पन्न हुन्छ भने दूरदराजमा के होला ? ‘क’ श्रेणीका निकै सक्रिय ठेकेदार हुमनाथ कोइरालासँग यस विषयमा केन्द्रित भएर गरिएको कुराकानी– आर्थिक वर्षको अन्त्यमा ठेक्काको काम सक्ने र विगार्ने हुन्छ । राजनीतिक परिवर्तन भए पनि ठेक्कापट्टामा हुने यस्ता गलत कार्य...बाँकी

बिजुलीको मूल्य बढ्ने 

July 31, 2017 Posted by Jhilko.com
बिजुलीको मूल्य बढ्ने 

रमेश लम्साल १६ साउन, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ ।  घरायसी ग्राहकले औसतमा १० युनिट विद्युत् प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएको छ । सोही अध्ययनका आधारमा प्राधिकरणले ती वर्गका ग्राहकले रु ६० मात्रै महसुल तिर्ने गरी प्रस्ताव गरेको हो ।  प्राधिकरणले यही साउन ६ गते विद्युत् महसुल निर्धारण आयोगमा नयाँ महसुल दर लागू गर्न माग गर्दै निवेदन दिएको छ । आयोगका अध्यक्ष जगत भुसालले प्राधिकरणले नयाँ महसु...बाँकी

हकप्रदको बाढी आउँदै, ३० कम्पनीको १८ अर्ब भन्दा बढीको निस्काशन हुँदै

July 31, 2017 Posted by Jhilko.com
हकप्रदको बाढी आउँदै, ३० कम्पनीको १८ अर्ब भन्दा बढीको निस्काशन हुँदै

काठमाडौं । आर्थिक बर्ष ०७३/७४ जस्तै यस आर्थिक वर्षमा समेत हकप्रदको बाढी आउने निश्चित बनेको छ । शेयर बजारमा सुचिकृत ३० वटा कम्पनीहरुको १८ अर्ब भन्दा बढी रुपैंयाको हकप्रद केही महिना मित्र नै आउने भएको हो  । बाणिज्य बैंकहरुले चुक्तापुँजी ८ अर्ब पु¥याउनु पर्ने भएकोले हकप्रद छिटो छिटो निस्कासन गरिरहेका छन् । शेयर निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डबाट ११ कम्पनीले हकप्रद निस्कासनका लागि अनुमति प्राप्त गरिसकेका छन् भने १९ कम्पनी अनुमति प्राप्त गर्न आवेदन दिएर बसेका छन् । यिनै कम्पनी...बाँकी

चर्खाबाट आयआर्जन गर्दै महिला

July 30, 2017 Posted by Jhilko.com
चर्खाबाट आयआर्जन गर्दै महिला

नारायण ढुंगाना १५ साउन , रत्ननगर (चितवन) । चितवन पदमपुरका ६० वर्षीया वृद्धा सुखमाया तामाङ हातमा ऊनीको धागो च्यापेर आइन् । तौलँदा दुई किलो १०० ग्राम भयो ।  चाउरी परेको अनुहारमा चमक देखिन्थ्यो । उनले भनिन् – “अलेली सहयोग हुन्छ । एकछिन एकछिन हो बाबु । भैंसी छ, बाख्रा छ, त्यो एकछिन एकछिन बस्या बेला गर्ने हो । यसमा मात्रै ध्याउन्न हुन्न ।” दुई दिनको फुर्सदको समय निकालेर दुई किलो १०० ग्राम धागो काट्नुभएका सुखमायाँले झण्डै रु ३०० बुझेर गइन् ।  एकै छिनमा यसैगरी धागो...बाँकी

राष्ट्रिय वाणिज्य बैंकबाट शाखारहित बैंकिङ सेवा

July 30, 2017 Posted by Jhilko.com
राष्ट्रिय वाणिज्य बैंकबाट शाखारहित बैंकिङ सेवा

१५ साउन, कालीकोट । जिल्लाको रास्कोट नगरपालिकामा राष्ट्रिय वाणिज्य बैँकले शाखारहित बैँकिङ सेवा सञ्चालन गरेको छ ।  ग्रामीण क्षेत्रमा रहेको रास्कोट नगरपालिकाको आरसिपी बजारमा विगत लामो समयदेखि आइएमई रेमिट कारोबार गर्दै आएको हिमचुली कृषि सहकारी संस्थाले आजदेखि राष्ट्रिय वाणिज्य बैँकको शाखारहित बैकिङ सेवा सञ्चालन भएको घोषणा संस्थाका अध्यक्ष तथा रास्कोट नगरपालिकका प्रमुख काशिचन्द बरालले गरे ।  सक्षम नेपालको सहयोगमा आरसिपी बजारमा सुचारु भएको सेवामा आजदेखि रास्कोट क्षेत्रका समुदायमा बंैकक...बाँकी

काठमाडौँ महानगरपालिकामा लक्ष्यभन्दा तीनगुणा बढी राजश्व संकलन

July 30, 2017 Posted by Jhilko.com
काठमाडौँ महानगरपालिकामा लक्ष्यभन्दा तीनगुणा बढी राजश्व संकलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको भवन इजाजत महाशाखाले यस वर्ष लक्ष्यभन्दा तीनगुणा बढी रु ३३ करोड राजश्व संकलन गरेको छ ।  कामपाको भवन इजाजत महाशाखाले आर्थिक वर्ष २०७३÷७४ का लागि रु १० करोड राजश्व उठाउने लक्ष्य लिएकामा लक्ष्यभन्दा तीनगुणा बढी रु ३३ करोड संकलन भएको महाशाखाका प्रमुख राम थापाले जानकारी दिए ।  अघिल्लो आवमा पनि रु १० करोडमात्र राजश्व संकलन भएकोे यस महाशाखामा गत वर्ष भवन निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेकाले राजश्व बढेको उनको भनाइ छ ।  पछिल्लो समय क...बाँकी

ढल्केवार प्रशारण लाइनको काम पुनः सुरु

July 30, 2017 Posted by Jhilko.com
ढल्केवार प्रशारण लाइनको काम पुनः सुरु

काठमाडौं । चिनियाँ कम्पनीले ढल्केबार पावर सव स्टेशनको काम पुनः सुरु गरेको छ । गत सुक्रबारवाट मजदुरहरुले पुनः काम सुरु गरेका हुन् । विद्युत प्राधिकरणे ठेकदारलाई सम्झौता रद्द गर्ने चेतावनी दिएपछि ठेकेदारले काम पुनः सुरु गरेको हो । चिनिया ठेकदारले मुल्य समायोजन गर्नुपर्ने माग गर्दै काम बन्द गरेको थियो । उक्त सवस्टेशनवाट सुख्खा मौसममा थप बिजुली आयात गरि लोलसेडिङ हटाउने अपेक्षा नेपाल विद्युत प्राधिकरणले लिएको छ ।  ढल्केबार सव स्टेशनको ९० प्रतिशत काम सकिसकेको छ भने १० प्रतिशत काम गर्न वाँ...बाँकी