सेप्टेम्बर १२ अर्थात भदौ सत्ताइस गते आईफोन एट सार्वजनिक हुने भएको छ । ‘आइफोन एट’ को सार्वजनिक संगै आइफोनका पारखीहरुको प्रतिक्षाको घडी पनि समाप्त हुनेछ ।
आइफोनको पारखीहरुलाई भने पक्कै पनि ‘आइफोन एट’ कहिले आउला भनेर ज्यादै उत्सुक भएका छन् । ‘आइफोन एट’ भर्सन सार्वजनिक भएसँगै प्रयोगकर्ताले ‘आइफोन एट’ चलाउन पाउनेछन् ।
सेप्टेम्बर १२ मा ‘आईफोन एट’ सँगै आईफोन ‘सेभेन एस’ र ‘एस प्लस’ सार्वजनिक गरिने अन्र्...बाँकी
काठमाडौं । औद्योगिक लगानी तथा प्रवद्र्धन वोर्डले रुसले लगानी गर्ने पीके जलविद्युत आयोजनामा प्रत्यक्ष वैदेशिक लगानीलाई स्वीकृत प्रदान गरेको छ । स्वीकृत पश्चात् रुसको लगानी सम्भव भएको हो ।
यसअघि जलविद्युत कम्पनीहरुमा भारतीय लगानी बढी मात्रामा रहेको छ भने पछिल्लो समयमा आएर चीनसँग पनि सम्झौता गरेको नेपालले रुसी लगानीलाई स्वीकृत दिएसँगै जलविद्युत क्षेत्रमा नयाँ आयाम थपिएको छ ।
प्रधानमन्त्री देउवाले नै उद्योग मन्त्रालय सम्हाल्नु भएकोले प्रधानमन्त्रीको अध्यक्ष्यतामा बुधबार प्रध...बाँकी
रमेश लम्साल
२० भदौ , काठमाडौँ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धकले हालसम्म लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थपका लागि आवेदन दिएको छ ।
भारतीय लगानीकर्ता ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले केही दिन पहिले म्याद थपका लागि आवेदन दिएको हो । परियोजना विकास सम्झौता (पिडिए) भएको तीन वर्ष बित्न लाग्दासमेत परियोजनाको प्रवद्र्धक जिएमआरले वित्तीय व्यवस्थापन गर्न सकेको छैन ।
आयोजनाको म्याद सकिन अब २५ दिन मात्रै बाँकी छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप...बाँकी
१६ भदौ , पोखरा । नजिकिँदै आइरहेका बडादशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी साल्ट्र ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय पोखराले आजदेखि आफ्नै कार्यालयको हातामा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ ।
पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित कार्यालयबाट चिनी प्रतिकिलोमा रु पाँच र नूनमा रु दुई छुट दिई बिक्री वितरण शुरु गरेको शाखा प्रमुख सुरेश राजभण्डारीले जानकारी दिए ।
छुटसँगै चिनी अब ७७ रुपैयाँ ५० पैसा र नून रु १८ मा एकजना उपभोक्ताले बढीमा छ किलोसम्म खरिद गर्न सक्ने छन् । ...बाँकी
१६ भदौ, काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रबाटसहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गरेका छन् ।
उनले भन्नुभयो, “अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ । त्यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छौं । उद्योग व्यवसायी एवं सञ्चार क्षेत्रले दिगो अर्थतन्त्रको विकासका लागि सहयोग गर्नु जरुरी छ ।”
नेपाल आर्थिक पत्रकार समाज (सेजनको)को १८ औं वार्षिक साधारणसभा तथा निर्वाचन क...बाँकी
काठमाडौं– नेपालको पुँजी बजार बुधबार दोहोरो अंकले झरेको छ । एक सय ५५ कम्पनीको १७ लाख ३० हजार एक सय ७५ कित्ता सेयर किनवेच भएको बजार १४।५५ अंकले घटेर बन्द भएको छ ।
योसँगै बजार १५९८।३६ अंकमा आइपुगेको छ भने बुधबार ९७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको कारोवार भएको छ । बुधबार उत्पादनमुलक समूह र ‘अन्य’ समूह बाहेक सवै समूहको सूचक रातो भएका छन् ।
बैकिङ समूहको सूचक १६।७७ अंकले झरेको छ भने होटल समूहको सूचक २२।७३, बिकास बैंक समूहको सूचक ३।७६, जलविद्युत समूहको सूचक २१।२...बाँकी
मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले स्थापना गरेको विद्युत् उत्पादन कम्पनीले करिब तीन हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन शुरु गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तले कम्पनीले फुकोट कर्णाली ४२६ मेगावाट, जगदुल्ला ३०७ मेगावाट, किमाथांका अरुण ४५० मेगावाट, भेरी एक जलाशय ६१७ मेगावाट, बेतन कर्णाली ६८८ मेगावाट र नलगाड ४१० मेगावाट क्षमताका आयोजनाको अध्ययन शुरु गरेको जानकारी दिए । ती आयोजनाको कूल क्षमता दुई हजार ८९८ मेगावाट रहेको छ ।
कम्पनीले अध्ययन शुरु गरेको अधिकांश आय...बाँकी
पछिल्लो समयमा बैंक, विकास बैंक र हाइड्रोपावर कम्पनीहरुले हकप्रद शेयर बजारमा बेचिरहेका छन् । बैंकहरुले आफ्नो चुक्तापुँजीको अनिवार्य बृद्धि गर्नुपर्ने भएकोले नै हकप्रद वेचिरहेका छन् भने हाइड्रोपावर कम्पनीले भने नयाँ प्रोजेक्टको लागि भनेर हकप्रद वेचेको हो । हेरौं पछिल्लो पटक रु १०० अंकित मूल्यमा नै हकप्रद निस्कासन गरेका कम्पनीहरुको हकप्रद कहाँवाट कति प्रतिशत भर्ने ?
१.सेञ्चुरी कमर्सियल बैंकले १० बराबर ४ अनुपातको हकप्रद शेयर साउन १६ गतेबाट निष्काशन खुल्ला गरेको हो । बैंकले सय रुपैयाँ अंकित मूल्यम...बाँकी
शेयरबजार घट्यो भनेर चिन्ता गर्दैहुनुहुन्छ । कुन आधारमा शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ । आर्थिक वर्ष २०७३/०७४ को वित्तिय विवरण बाणिज्य बैंकहरुले सार्वजनिक गरिसकेका छन् । २८ बाणिज्य बैंकहरुमध्ये २० वटा बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका हुन् । वित्तिय विवरणको आधारमा लगानी गरेमा लगानी सुरक्षित हुने पक्का छ ।
अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमध्ये नबिल बैंक सबैभन्दा अग्रपङ्क्तिमा देखिएको छ । नबिल खुद नाफा सबैभन्दा धेरै कमाउन सफल बैंक हो । नबिल बैंक तीन अर...बाँकी
चितवनमा बन्ने औद्योगिक क्षेत्रको डिपीआर तयार हुँदै
शिशिर सिंखडा
२७ श्रावण, कालिका, चितवन । चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरमा निर्माण हुने औद्योगिक क्षेत्रको डिपीआर (विस्तृत परियोजनाविवरण) तयार गर्ने काम भईरहेको छ । नेपाल सरकार औद्योगिक व्यवस्थापन लिमिटेडले सो क्षेत्रको डिपीआर गरिरहेको छ । औद्योगिक क्षेत्र निर्माण स्थलमा आज (बिहिबार) चितवनउद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडी, कालिकानगरपालिकाका प्रमुख खुम नारायण श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीस...बाँकी