categoryone

आर्थिक अराजकताको निरन्तरतामा अर्थमन्त्रालय

April 18, 2017 Posted by Jhilko.com
आर्थिक अराजकताको निरन्तरतामा अर्थमन्त्रालय

राज्यको भण्डारेका रुपमा रहेको अर्थमन्त्रालयले आर्थिक अनुशासनलाई लत्याउँदै गएको छ । आफ्ना नजिकका व्यक्तिलाई मन्त्रालयले रकम वितरणलाई तीव्रता दिएको छ । आर्थिक सुशासनलाई कायम गर्न अर्थमन्त्रालय चुक्दै गएको हो । विगतको विरासतलाई सुधार गर्न नसकेपछि पुरानै परम्पराले निरन्तरता पाउने देखिएको हो ।  जनताले तिरेको कर आफ्नो निर्वाचन क्षेत्र, निकट कार्यकर्तालाई बाँडेर मुलुकको आर्थिक क्षेत्र दुरुपयोग गर्न वर्तमान अर्थमन्त्री पनि चुकेनन् । निरन्तर रुपमा मुलुकको ढुकुटीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्न...बाँकी

लोडसेडिङ अन्त्यका कारण अर्थतन्त्रमा सुधार

April 06, 2017 Posted by Jhilko.com
लोडसेडिङ अन्त्यका कारण अर्थतन्त्रमा सुधार

काठमाडौं । मुलुकको आर्थिक विकासमा सरकारी नेतृत्वको महङ्खवपूर्ण भूमिका हुन्छ । आर्थिक प्रशासनको जिम्मेवारी सबै मुलुकमा विशेष हुन्छ । प्रविधिक रुपमा अर्थ मन्त्रालयले नेतृत्व लिए पनि केन्द्र कार्यकारी समग्र नेतृत्व नै हो । परिवर्तित समयमा मुलुकको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले लिएको छ । आर्थिक जिम्मेवारी सोही पार्टीको नेतृत्वमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक गतिविधिलाई विशेष प्राथमिकता दिएको देखिन्छ । यो जिम्मेवारीपूर्ण तवरले आर्थिक क्षेत्रको विकासमा जोड दिनु मुलुकको भविष्यका...बाँकी

अर्थको निरीह निर्देशन  

April 04, 2017 Posted by Jhilko.com
अर्थको निरीह निर्देशन  

अर्थमन्त्रालयले एनसेलको विक्री लाभकर छलीलाई आफ्नो मातहतको निकायलाई यथाशीध्र कर असुल गर्नु भनी सार्वजनिक रुपमा निर्देशन दिएको छ । मन्त्रालयको सार्वजनिक निर्देशनले केही प्रश्न उब्जाएको छ । अर्थ मन्त्रालयले विगतमा आफ्नो निकायलाई निर्देशन नै नदिएकाले एनसेलको कर नउठेको भन्ने यसले बुझाउँदैन र ? अर्काे कुरा, मातहतका निकायका कर्मचारीहरु अर्थ मन्त्रालयसँग समन्वय गर्दैनन् वा टेर्दैनन् भन्ने पनि यसबाट अर्थ लाग्छ ।  यसरी आमजनतालाई कर उठाउन अर्थ मन्त्रालय गम्भीर छ भन्ने कुरा वाहिर चर्चा गरे पनि उसले...बाँकी

तथाकथित उदारीकरण अल्पविकसित देशमा अफापसिद्ध

March 31, 2017 Posted by Jhilko.com
तथाकथित उदारीकरण अल्पविकसित देशमा अफापसिद्ध

लोककृष्ण भट्टराई नेपाल अथाह प्राकृतिक स्रोत सम्पदा भए पनि त्यसलाई उत्खनन, विकास र प्रयोग कसरी गर्ने भन्ने भिजन नजान्नाले आज २१ औं शताब्दीमा पनि विश्वकै अल्पविकसित र भ्रष्टाचारमा अब्बल दर्जाको देश भन्ने आजकाल बुझिन्छ । युरोप, अमेरिका, चीन वा जापानको विकास पूर्वाधार निर्माणमा पूर्ण रुपमा राज्यको हस्तक्षेपले सम्भव भएको हो । पूर्वाधार भन्नाले गाँस,वास,कपास, शिक्षा, स्वास्थ र रोजगार भन्ने बुझ्नु पर्दछ । चीनको विकास कृषि, ऊर्जा, पर्यटन, यातायात, संचार, सिंचाइ, स्वास्थ्य, खानेपानी, निशुल्क स्वास्...बाँकी

जनता किन निराशातिर ?

March 17, 2017 Posted by Jhilko.com
जनता किन निराशातिर ?

 समाचार विश्लेषण विश्वका मुलुकले समृद्धिपछि सामाजिक सुरक्षा तथा जनताको अधिकारमा ध्यान दिने गर्छन् । समृद्ध मुलुकले जनताबाट चर्को कर असुलेर उनीहरुकै सामाजिक सुरक्षाका नाममा खर्च गर्छन् । आर्थिक समृद्धिपछि नै जनताको अधिकारका विषयमा ध्यान दिने गरेका हुन्छन् । औद्योगिक क्रान्तिपछि मात्र युरोपमा अधिकारसम्बन्धी आन्दोलनले प्राथमिकता पाएको थियो । अमेरिकामा पनि समृद्धिपछि नै अधिकारलाई विशेष रुपमा अगाडि बढाइयो । त्यसले गर्दा पनि लामो समयपछि मात्र त्यहाँका जनताले अधिकारको महसुस गर्न पाएका थिए । अधिकार...बाँकी

राजनीतिमा कालोधनको दवदवा

February 22, 2017 Posted by Jhilko.com
राजनीतिमा कालोधनको दवदवा

एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल र गोकर्ण विष्टलाई ठूलो रकम दिएको भनेर राज्यलक्ष्मी गोल्छाले सार्वजनिक अभिव्यक्ति दिंदा नेपाली जनता निकै तरङ्गित भए । एमाले सांसदसमेत रहिसकेकी गोल्छाको त्यो भनाइको न कुनै राज्यको निकायले छानविन ग¥यो न त एमाले पार्टीभित्र त्यस विषयमा गम्भीर बहस नै भयो । विपक्षी राजनीतिक पार्टीले पनि यसलाई स्वाभाविक प्रक्रियाकै रुपमा पचायो । अर्काेमाथि प्रहार गर्दा आफ्नै पनि पोल खुल्छ भनेर विपक्षी दलका प्रभावशाली नेताहरु पनि तैं चुप मैं चुप भएका त होलान् !...बाँकी

अनुशासनहीनताले चौपट अर्थतन्त्र

February 22, 2017 Posted by Jhilko.com
अनुशासनहीनताले चौपट अर्थतन्त्र

काठमाडौं । मुलुकको रोजगारी समस्या समाधान गर्न सकिएको छैन । राज्यले वैदेशिक लगानी प्रवद्र्धन गर्न सकेको छैन । वैदेशिक रोजगारीमा पठाउने नीति लिएको छ । वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्ने नीति लिएकै कारण मुलुकमा युवा रित्तिएका हुन । यो मुलुकप्रति गरिएको गैरजिम्मेवारपूर्ण कार्य हो । स्वदेशमै रोजगारीको प्रवद्र्धन गर्नुपर्छ । अनुशासित राज्यको नीतिले वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्दैन, स्वदेशी रोजगारीलाई प्रवद्र्धन गर्छ । दीगो विकासका लागि मुलुकमा अनुशासनको खाँचो हुन्छ । विकासका लागि विदेशी मुलुकम...बाँकी

गलत नीतिको मारमा अर्थतन्त्र, तरलता अभाव, कर्जामा दवाब

February 15, 2017 Posted by Jhilko.com
गलत नीतिको मारमा अर्थतन्त्र, तरलता अभाव, कर्जामा दवाब

बैंक तथा वित्तीय संस्था मुलुकको अर्थतन्त्रको मुख्य केन्द्र हो । बैंकिङ क्षेत्रले अन्य क्षेत्रलाई चलायमान बनाउनु पर्छ, अनि मात्र यस क्षेत्रको श्रीबृद्धि हुन्छ भन्ने विश्वास छ । बैंक तथा वित्तीय संस्थाले नाफा कमाउन लगानी गरेको क्षेत्रमा समृद्धि हुनुपर्छ । उदाहरणका लागि मानौं, कुनै सावुन कारखानामा बैंकले लगानी गरेको छ भने त्यो कारखानाले नाफा कमाएपछि मात्र बैंकको लगानी सुरक्षित हुन्छ र बैंकलाई लाभ हुन्छ । त्यस्तै अन्य उद्योगमा पनि त्यस्तै हुँदै जानुपर्छ । बैंकले जनताको निक्षेप चलाएर पैसा निर्माण...बाँकी

राज्य संयन्त्रलाई पङगु बनाउँदै उपेन्द्र महतो

February 07, 2017 Posted by Jhilko.com
राज्य संयन्त्रलाई पङगु बनाउँदै उपेन्द्र महतो

काठमाडौं । एनसेलले तिर्नुपर्ने लाभकरको बिषयलाई लिएर संसदमा गर्मागर्मी बहस चलिरहेको छ । लाभकर नतिरेकै कारण एनसेललाई फोर जी सञ्चालनको अनुमति रोकिएको छ । नेपालमा लाभकर धेरै पटक नतिरी ब्यापारीहरुले राजश्व घाटा गराउने गरेका अन्य धेरै घट्नाहरु छन । एनआरएनका सँस्थापक अध्यक्ष उपेन्द्र महतोले एनसेललाई आफ्नो शेयर बिक्री गर्दा र ज्वाई रघुबिर महासेठको नाममा युटिएल खरीद गर्दा लाभकरमा ठगि गरेका छन । उद्योग र बिभिन्न सेवाको लाइसेन्स लिंदै लाइसेन्स तथा शेयर महगोँमा बिक्री गर्ने धन्दाका नाइके महतोले आधा दर्जनभन्...बाँकी

सहकारीहरुमाथि नियमन आवश्यक

February 02, 2017 Posted by Jhilko.com
सहकारीहरुमाथि नियमन आवश्यक

सहकारीमा हुने ठगी नियन्त्रण गर्न र सिद्धान्त, मूल्य, मान्यता विपरीत चलेका सहकारीलाई सही मार्गमा ल्याउन बनेको सहकारी ऐन छ महिनादेखि संसदमा अल्झिएको छ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले व्यवस्थापिका–संसदमा पेश गरेको सहकारी ऐन व्यापक संशोधनसहित आउने सहकारी बजारमा हल्ला चलिसकेको छ । सहकारीसँग आवद्ध सांसदहरुले सहकारीलाई खुम्च्याउने खालको ऐनलाई कुनै हालतमा जस्ताको तस्तै पारित हुन नदिने अडान लिएपछि संशोधनसहित आउने बताइएको छ । सहकारी ऐनसम्बन्धी नयाँ मस्यौदा तयार भएसँगै सहकारी सञ्चालक...बाँकी