categoryone

स्थानीय तहमा बजेट खन्याउँदा किन कोकोहोलो

May 30, 2017 Posted by Jhilko.com
स्थानीय तहमा बजेट खन्याउँदा किन कोकोहोलो

काडमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले केही भिन्नता दिएको छ । निर्वाचन आचारसंहिताका कारण पूर्ण बजेट र नयाँ कार्यक्रम थप्न नमिल्ने प्रतिपक्षीको अडानका कारण संघीयताको कार्यान्वयनका लागि बजेटमा प्राथमिकता दिइएको छ । सरकारले कुल १२ खर्ब ७८ अर्ब ९९ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । ७ खर्ब ३० अर्ब राजश्व उठाउने लक्ष्यसहितको बजेटले आगामी आर्थिक वर्षमा मूल्यवृद्धिलाई ७ प्रतिशत कायम गर्दै ७.२ प्रतिशतको आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य लिइएको छ । यो बजेटको महत्वपूर्ण पक्ष भनेक...बाँकी

कस्तो होला सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने बजेट ?

May 26, 2017 Posted by Jhilko.com
कस्तो होला सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने बजेट ?

संविधान कार्यान्वयनसँगै सङ्घीयता लागू गर्ने सिलसिलामा मुलुक अहिले निर्वाचनमय भएको छ । सोही अनुसार पहिलो चरणको निर्वाचन सभ्य र भव्य रुपमा सकिएको छ । यस चरणको निर्वाचनको नतिजा पनि लगभग आइ नै सकेको छ । निर्वाचनमा कसले हा¥यो र कसले जित्यो भन्ने विषय गौण हो, यो निर्वाचनको ऐतिहासिक महत्वलाई बुझ्न जरुरी हुन्छ । सङ्घीय गणतन्त्र कार्यान्वयनका लागि निर्वाचन हुन र यसले मुलुकभित्र र बाहिर दिने सन्देशका विषयमा गम्भिर भएर सोंच्नुपर्छ । यसले सामाजिक एवम् आर्थिक विकासमा पार्ने असरका विषयलाई ध्यान दिन जरु...बाँकी

रोल्पामा उत्पादित अल्लो अमेरिकासम्म

May 24, 2017 Posted by Jhilko.com
रोल्पामा उत्पादित अल्लो अमेरिकासम्म

उमा केसी रोल्पा। रोल्पाका अल्लो उद्योगबाट उत्पादित वस्तु अमेरिका तथा अस्ट्रेलियाको बजारसम्म पुग्ने गरेको छ । नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग इरिवाङ, रोल्पाले अल्लोबाट उत्पादन गरेको जुत्ता, कोट तथा पर्स अमेरिका र अस्ट्रेलिया पुग्ने गरेको उद्योगका अध्यक्ष लक्ष्मी डाँगीले बताए ।  उद्योगबाट झोला, सल, पटुकालगायत स्थानीय बजारमा खपत हुने सामग्रीका साथै जुत्ता, पर्स तथा कोटजस्ता बाह्य बजारमा खपत हुने सामग्री उत्पादन हुने गरेको डाँगीले बताए । काँचो कपडादेखि वस्तु निर्माणसम्म गर्ने सो उद्यो...बाँकी

बीमा कम्पनीको अनुमति अपारदर्शी

May 23, 2017 Posted by Jhilko.com
बीमा कम्पनीको अनुमति अपारदर्शी

काठमाडौं । अर्थ मन्त्रालयले १० नयाँ जीवन बीमा कम्पनीलाई अपारदर्शी तवरले सञ्चालनका लागि अनुमति प्रदान गरेको छ । मन्त्रिपरिषदबाट निर्णय गराउने प्रस्ताव फिर्ता भएपछि अर्थ मन्त्रालय नेतृत्वले अपारदर्शी तवरले ती कम्पनीलाई अनुमति प्रदान गरेको हो । विज्ञहरुको समिति गठन गर्नुपर्ने, बजारको अवस्था अध्ययन गर्नुपर्ने लगायतका काम नगरी हचुवाको आधारमा अनुमति प्रदान गरिएको हो ।  हाल सञ्चालित नेशनल, नेपाल, लाइफ इन्स्युरेन्स कर्पोरेशन, अमेरिकन, एशियन, गुराँस, सूर्या, प्राइम र नेपाल लाइफ इन्स्युरेन्स गरी ९...बाँकी

रक्सौल परवानीपुर प्रसारण लाइन सुचारु नभएपछि उद्योग प्रभावित

May 22, 2017 Posted by Jhilko.com
रक्सौल परवानीपुर प्रसारण लाइन सुचारु नभएपछि उद्योग प्रभावित

वीरगन्ज । रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइन निर्माण सम्पन भएको दुई महिना बितिसक्दा पनि सुचारु हुन नसक्दा यस क्षेत्रका उद्योग प्रभावित भएका छन् ।  सीमावर्ती भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरसम्म रहेको सो १३२ केभी प्रसारण लाइन निर्माण भएको दुई महिना बितिसक्दा पनि हालसम्म सो लाइन सुचारु नहुँदा भोल्टेजको अभावको कारण यस क्षेत्रका उद्योगले आफ्ना पुर्ण क्षमतामा उत्पादन बढाउन सकेका छैनन् । हालसम्म विद्युत् सुचारु हुन नसकेको बारे जिज्ञासा राख्दा आयोजना प्रमुख लक्ष्मीनारायण मुखिय...बाँकी

छिन्नमताको आयव्यव

May 21, 2017 Posted by Jhilko.com
छिन्नमताको आयव्यव

राजविराज, ०७ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाविस स्थित छिन्नमस्ता भगवती मन्दिरको आयब्यय सार्वजनिक भएको छ ।     २०७१ चैत्र ७ देखि २०७४ वैशाख ६ गतेसम्मको आयब्यय सार्वजनिक भएको हो ।     आय–ब्यय विवरणमा ३ करोड १२ लाख ९१ हजार ५ सय ७४ रुपैयाँको आन्दानी खर्च देखाइएको छ । जसअन्तर्गत आम्दानीतर्फ छिन्नमस्ता भगवती संरक्षण सम्वर्धन समितिवाट २ लाख १६ हजार, रथयात्रावाट ७ लाख १९ हजार १, चन्दाबाट १ करोड २३ लाख १८ हजार १ सय २०, मेलावाट ६ लाख १८ हजार ९ सय ६२ रुपैया तथा सापटी...बाँकी

कर्मचारी सञ्चय कोषले ६८० मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउँदै

May 21, 2017 Posted by Jhilko.com
कर्मचारी सञ्चय कोषले ६८० मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउँदै

रमेश लम्साल काठमाडौँ। सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ ।  ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई आज सो आयोजना अगाडि बढाउने अनुमति प्रदान गरेको हो ।  ऊर्जा मन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कोषका प्रशासक कृष्णप्रसाद आचार्यलाई ‘बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड’ को विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्...बाँकी

सान्जेन जलविद्युत् आयोजनाको सेयर निस्कासन गर्न सम्झौता

May 18, 2017 Posted by Jhilko.com
सान्जेन जलविद्युत् आयोजनाको सेयर निस्कासन गर्न सम्झौता

काठमाडौँ । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सेयर बिक्री गर्नका लागि नागरिक लगानी कोष र सह–निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीबीच आज सम्झौता भएको छ ।  यसका लागि नागरिक लगानी कोष र सह–निस्कासन कम्पनी एनसीएम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभू क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमइ क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  सान्जेनले पहिलो चरणको सेयर निस्कासनका लािग छुट्टयाइएको समूह ‘ग’ बमोजिमको क्रृण दाता...बाँकी

अर्थको प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता !

May 18, 2017 Posted by Jhilko.com
अर्थको प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता !

काठमाडौं । अर्थ मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदबाट फिर्ता भयो भन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ । एउटै दलका त्यो पनि मन मिलेका भनेर प्रचारित ब्यक्ति प्रधानमन्त्री र अर्थमन्त्री भएको समयमा त्यस्तो भयो भनेर कसैले भन्दा पनि पत्याउन सकिदैन । किनकि सामान्यतया अर्थ मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदबाट कहिल्यै फर्कदैन । किनकि प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरु अर्थको प्रस्ताव पास गरेर आफूलाई अर्थमन्त्री र उनको टिमको बिरोधी देखाउन चाहदैंनन । त्यसको फाइदा उनीहरुले भनेको ठाउँमा बजेट पाउने आशा राखेका हुन्छन...बाँकी

आर्थिक बृद्धि र स्थानीय तहको चुनावको प्रश्न

May 16, 2017 Posted by Jhilko.com
आर्थिक बृद्धि र स्थानीय तहको चुनावको प्रश्न

 सीताराम तामाङ १) आर्थिक वृद्धिले चुनावलाई पारेको असर ः– नेपाल सरकारले चालू आर्थिक वर्षमा वृद्धिदर (आधारभूत मूल्यमा) ६.५ प्रतिशतको लक्ष्य लिएकोमा ६.९४ प्रतिशत (लक्ष्यभन्दा बढी) पुग्ने अनुमान गरिएको हालै सार्वजनिक भएको छ । आ.व. ०७१/०७२ मा आर्थिक वृद्धिदर २.९७ प्रतिशत र आ.व. २०७२/०७३ मा आर्थिक वृद्धिदर ०.०१ प्रतिशत रहेको थियो । उक्त आँकडाहरुको तुलनामा चालू आर्थिक बर्षमा ६.९४ प्रतिशत पुग्ने अनुमानले राज्य उत्साहित हुनु स्वाभाविकै हो । सरकारले अपेक्षा गरे अनुरुप चालू आ.व.मा आर्थिक बृद्धिदर...बाँकी