categoryone

माथिल्लो साञ्जेन जलविद्युत्को निर्माण ५५ प्रतिशत पूरा

June 18, 2017 Posted by Jhilko.com
माथिल्लो साञ्जेन जलविद्युत्को निर्माण ५५ प्रतिशत पूरा

रसुवा । उत्तरी रसुवाको चिलिमे क्षेत्रमा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य ५० प्रतिशत बढी काम पूरा भएको छ ।  साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतका अनुसार १४दशमलव आठ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजाको विद्युत् गृहमा एक हजार ३८७ मिटर सुरुङ खन्ने काम सकिएको, मुहान स्थल तिलोचेमा बाँध बाँध्ने काम ९५ प्रतिशत सकिएको र सिम्बु गाउँमा रहने विद्युत् गृहको निर्माण कार्य अगाडि बढिसकेकाले आयोजनाको समग्र कार्य ५५ प्रतिशत पूरा भएको हो ।  आगा...बाँकी

‘कर फछर्याेट अयोगको काम अनियमित’

June 16, 2017 Posted by Jhilko.com
‘कर फछर्याेट अयोगको काम अनियमित’

हरि अधिकारी ब्यवस्थापिका सांसदको अर्थ समितिले  कर फछ्र्यौट ऐन, २०३३ तत्काल संशोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिमा विहीवार बसेको बैठकले जथाभावी कर छुट दिने ब्यवस्था हटाएर ऐनलाई समयानुकूल बनाउन निर्देशन दिएको हो । समितिका सभापति प्रकाश ज्वालाले कर फछ्र्यौट समायनुकूल परिवर्तन गरेपछि मात्र आयोग गठन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । २०७१ सालमा गठन गरिएको आयोगले मनपरी ढंगवाट २१ अर्ब भन्दा बढी कर छुट दिएको ब्यापक अनियमिता भएको भन्दै अख्तियारले अनुसन्धान गर्दै राजश्व...बाँकी

चलाखीपूर्ण तवरबाट अर्थ समितिबाट सहकारी ऐन पारित 

June 13, 2017 Posted by Jhilko.com
चलाखीपूर्ण तवरबाट अर्थ समितिबाट सहकारी ऐन पारित 

सहकारीमा वित्तिय अराजकता गर्नेलाई बैंकिङ कसुर अनुसार मुद्दा लाग्ने हरि अधिकारी काठमाडौं । शनिबार बसेको अर्थ समितिको बैठकले उपसमितिले तयार पारेको विधेयक संसोधनसहित पारित गरेको छ । उक्त विधेयकका केही विषयहरुमा भने विवाद कायमै रहेतापनि विवादित विषय संसोधन गरी उपसमितिले सहकारी ऐनको विधेयक मंगलबार अर्थ समितिमा पठाएको थियो । विवादित विषय सामान्य रुपमा संशोधन गरी झण्डै ६ महिनादेखि अल्झिएको सहकारी ऐन मस्यौदा पारित गरिएको हो । सहकारीसँग आवद्ध सांसदहरुले सहकारीलाई खुम्च्याउने खालको ऐनलाई कुनै हाल...बाँकी

अख्तियारलाई नै प्रभावमा पार्ने प्रयास 

June 13, 2017 Posted by Jhilko.com
अख्तियारलाई नै प्रभावमा पार्ने प्रयास 

३० जेठ, काठमाडौं । ‘मैले तपाईहरुले ल्याएको थुना पुर्जीमा हस्ताक्षर नगरे के हुन्छ ?’ ‘हस्ताक्षर नगर्न पनि सक्नुहुन्छ । हस्ताक्षर गर्न नमानेको भनी त्यसको प्रति मुचुल्कामा समावेश गरिनेछ र तपाईलाई थुनामा राखिनेछ ।’  ‘त्यसो हो भने त्यसै गर्नोस । म थुनुवा पुर्जीमा हस्ताक्षर गर्दिन ।’    जेठ १९ गते अपरान्ह अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजश्व अनुसन्धान विभागका महानिर्देशक चुडामणी शर्मा र अख्यिारका कर्मचारीबीच भएको संवादको अंश हो यो । त्य...बाँकी

सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने

June 12, 2017 Posted by Jhilko.com
सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने

सोलुखुम्बु । कुल ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक साहस ऊर्जा लिमिटेडले इटालीको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ ।  साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी कोअपरेटिभा मोरातोरीई सेमिन्टिस्टा डी रेभनासँग ठेक्का सम्झौता गरेको हो ।  आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माणका लागि रु छ अर्ब ९६ करोडमा ठेक्का सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक हिमप्रसाद पाठकले जानकारी...बाँकी

व्यापार घाटा सात खर्ब, पहाडी क्षेत्रमा मूल्य बढ्दो

June 09, 2017 Posted by Jhilko.com
व्यापार घाटा सात खर्ब, पहाडी क्षेत्रमा मूल्य बढ्दो

काठमाडौँ  । मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको देखाएको छ ।  यस्तै तराइमा ३.६ प्रतिशत, हिमालमा २.८ र काठमाडौँ उपत्यकामा १.९ प्रतिशतको हाराहारीमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११, तराईमा ८.६, हिमालमा ९.१ र काठमाडौँ उपत्यकामा ११.५ प्रतिशत रहेको थियो । सरकारले...बाँकी

बीमा कम्पनीहरु पुँजी बृद्धिको चटारोमा

June 08, 2017 Posted by Jhilko.com
बीमा कम्पनीहरु पुँजी बृद्धिको चटारोमा

हरि अधिकारी बैंकहरु जस्तै वीमा कम्पनीहरुले पनि चुक्ता पुँजी बढाउनु पर्ने वीमा समितिको नयाँ निर्देशन आएको छ । यसै परिप्रेक्षमा २३ वटा वीमा कम्पनीहरुले २०७५ असार मसान्तसम्ममा तोकिको चुक्ता पुँजी बढाउन के कस्ता प्रयास गरिरहेका छन् त भन्ने आम सर्वसाधारण लगानीकर्ताहरुलाई कौतुहलता हुनु स्वाभाविक नै हो । चुक्ता पुँजी वृद्धि भएपछिको शेयर बजार कस्तो होला ? नेपालमा चालू अवस्थामा रहेका वीमा कम्पनीहरुको ब्यापार विस्तार लगायत पुँजी वृद्धिबाट हुने अवसर तथा चुनौतिहरु के के होलान...बाँकी

सेयर खरिदका लागि उत्साहित

June 07, 2017 Posted by Jhilko.com
सेयर खरिदका लागि उत्साहित

रसुवा । चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।  सेयरको महत्व र फाइदाको विषयमा जानकारी लिएपछि स्थानीयवासी मैलुङखोला जलविद्युत् आयोजनाको सेयर खरिदका लागि खाता खोल्ने तथा सेयर फारम भर्ने कार्यमा लागेका छन् ।  मैलुङखोला जलविद्युत् कम्पनीले अतिप्रभावित पार्वतीकुण्ड र उत्तरगयाका बासिन्दालाई एकलाख ८४ हजार ७२ कित्ता र जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि सोही बराबरको कित्ता छुट्टया...बाँकी

थपिँदै ठूला लगानीका होटल

June 06, 2017 Posted by Jhilko.com
थपिँदै ठूला लगानीका होटल

तेह्रथुम। बर्सेनि ठूला लगानीका होटल खुल्ने लहर चलेको छ । पर्यटकलाई लक्षित गरी जिल्लाका विभिन्न बजारमा सुविधा सम्पन्न होटल खुलिरहेका छन् । यसरी खुलेका होटल तथा रिसोर्ट पर्यटकलाई आकर्षित गर्ने ध्येयले सञ्चालित छन् । हालसालै फेदाप गाउँपालिका– २, ओयाक्जुङमा अत्याधुनिक सेवा सुविधासहितको साङ्ग्रिला रिसोर्ट सञ्चालनमा आएको छ । प्राकृतिक मनोरम वातावरणमा खोलाको ताजा माछाको परिकार, स्थानीय उत्पादन र परम्परागत खाना, पौडी पोखरीलगायतका सुविधा रहेको छ । करिब रु एक करोडको लागतमा खुलेको सो रिसोर्टमा...बाँकी

एनसेलको फोरजी प्रकरणमा नयाँ मोड

May 31, 2017 Posted by Jhilko.com
एनसेलको फोरजी प्रकरणमा नयाँ मोड

विकास समितिको चलाखीपूर्ण निर्णयविरुद्ध लेखा समितिको कडा निर्देशन नवराज दाहाल काठमाडौं । व्यवस्थापिका संसदको लेखा समितिले दिएको निर्देशनलाई काट्न संसदकै विकास समितिबाट निर्णय गराएर फोरजी सेवा सञ्चालन गर्न खोजेको एनसेल धर्मसंकटमा परेको छ । अर्बौ रुपैयाँ लाभकर नतिर्नको लागि संसदको लेखा समितिले दिएको निर्देशनलाई विवादमा पारी विकास समितिलाई प्रयोग गरेर फोरजी सेवाको अनुमति लिएको एनसेलले चलाखीपूर्ण निर्णय गराउँदै सेवा विस्तारको गृहकार्य गरिरहेको छ ।  विकास समितिको आडमा दूरसञ्चार प्राधिकरण...बाँकी