categoryone

नेप्से दोहोरो अंकले घट्यो

August 30, 2017 Posted by Jhilko.com
नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं– नेपालको पुँजी बजार बुधबार दोहोरो अंकले झरेको छ । एक सय ५५ कम्पनीको १७ लाख ३० हजार एक सय ७५ कित्ता सेयर किनवेच भएको बजार १४।५५ अंकले घटेर बन्द भएको छ ।  योसँगै बजार १५९८।३६ अंकमा आइपुगेको छ भने बुधबार ९७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको कारोवार भएको छ । बुधबार उत्पादनमुलक समूह र ‘अन्य’ समूह बाहेक सवै समूहको सूचक रातो भएका छन् ।  बैकिङ समूहको सूचक १६।७७ अंकले झरेको छ भने होटल समूहको सूचक २२।७३, बिकास बैंक समूहको सूचक ३।७६, जलविद्युत समूहको सूचक २१।२...बाँकी

तीन हजार मेगावाट क्षमताको आयोजना अध्ययनमा

August 28, 2017 Posted by Jhilko.com
तीन हजार मेगावाट क्षमताको आयोजना अध्ययनमा

मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले स्थापना गरेको विद्युत् उत्पादन कम्पनीले करिब तीन हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन शुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तले कम्पनीले फुकोट कर्णाली ४२६ मेगावाट, जगदुल्ला ३०७ मेगावाट, किमाथांका अरुण ४५० मेगावाट, भेरी एक जलाशय ६१७ मेगावाट, बेतन कर्णाली ६८८ मेगावाट र नलगाड ४१० मेगावाट क्षमताका आयोजनाको अध्ययन शुरु गरेको जानकारी दिए । ती आयोजनाको कूल क्षमता दुई हजार ८९८ मेगावाट रहेको छ । कम्पनीले अध्ययन शुरु गरेको अधिकांश आय...बाँकी

यी कम्पनीहरुको हकप्रद निस्कासन भै रहेको छ, तपाई छुट्नु त भएन ?  

August 24, 2017 Posted by Jhilko.com
यी कम्पनीहरुको हकप्रद निस्कासन भै रहेको छ, तपाई छुट्नु त भएन ?  

पछिल्लो समयमा बैंक, विकास बैंक र हाइड्रोपावर कम्पनीहरुले हकप्रद शेयर बजारमा बेचिरहेका छन् । बैंकहरुले आफ्नो चुक्तापुँजीको अनिवार्य बृद्धि गर्नुपर्ने भएकोले नै हकप्रद वेचिरहेका छन् भने हाइड्रोपावर कम्पनीले भने नयाँ प्रोजेक्टको लागि भनेर हकप्रद वेचेको हो । हेरौं पछिल्लो पटक रु १०० अंकित मूल्यमा नै हकप्रद निस्कासन गरेका कम्पनीहरुको हकप्रद कहाँवाट कति प्रतिशत भर्ने ? १.सेञ्चुरी कमर्सियल बैंकले १० बराबर ४ अनुपातको हकप्रद शेयर साउन १६ गतेबाट निष्काशन खुल्ला गरेको हो । बैंकले सय रुपैयाँ अंकित मूल्यम...बाँकी

निरास नहुनोस्, यस्तो छ बाणिज्य बैंकहरुको वित्तीय अवस्था

August 16, 2017 Posted by Jhilko.com
निरास नहुनोस्, यस्तो छ बाणिज्य बैंकहरुको वित्तीय अवस्था

शेयरबजार घट्यो भनेर चिन्ता गर्दैहुनुहुन्छ । कुन आधारमा शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ । आर्थिक वर्ष २०७३/०७४ को वित्तिय विवरण बाणिज्य बैंकहरुले सार्वजनिक गरिसकेका छन् । २८ बाणिज्य बैंकहरुमध्ये २० वटा बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका हुन् । वित्तिय विवरणको आधारमा लगानी गरेमा लगानी सुरक्षित हुने पक्का छ । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमध्ये नबिल बैंक सबैभन्दा अग्रपङ्क्तिमा देखिएको छ । नबिल खुद नाफा सबैभन्दा धेरै कमाउन सफल बैंक हो । नबिल बैंक तीन अर...बाँकी

चितवन देशकै आर्थिक हव बन्ने, १७ हजार नेपालीको लागि रोजगारको अवसर

August 11, 2017 Posted by Jhilko.com
चितवन देशकै आर्थिक हव बन्ने, १७ हजार नेपालीको लागि रोजगारको अवसर

चितवनमा बन्ने औद्योगिक क्षेत्रको डिपीआर तयार हुँदै शिशिर सिंखडा २७ श्रावण, कालिका, चितवन । चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरमा निर्माण हुने औद्योगिक क्षेत्रको डिपीआर (विस्तृत परियोजनाविवरण) तयार गर्ने काम भईरहेको छ । नेपाल सरकार औद्योगिक व्यवस्थापन लिमिटेडले सो क्षेत्रको डिपीआर गरिरहेको छ । औद्योगिक क्षेत्र निर्माण स्थलमा आज (बिहिबार) चितवनउद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडी, कालिकानगरपालिकाका प्रमुख खुम नारायण श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीस...बाँकी

शेयर बजार घट्यो

August 10, 2017 Posted by Jhilko.com
शेयर बजार घट्यो

२६ साउन, काठमाडौं  । नेपाल स्टक एक्चेन्जमा आज शेयर कारोबार घटेको छ ।  नेपाल स्टक एक्चेञ्जमा आज भएको कारोबारमा बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ६५३.९० बिन्दुमा पुगेको छ । ठूला कम्पनीका शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.८५ बिन्दुले घटेर ३४७.१२ बिन्दुमा पुगेको छ ।  कुल १६१ कम्पनीको २० लाख १० हजार ४४७ कित्ता शेयर रु ९२ करोड ७९ लाख ३० हजार २३९ मूल्यमा कारोबार भएको हो । वित्त क्षेत्र र उत्पादनमूलक समूहको शेयर मात्रै उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागे...बाँकी

काठमाडौंमा भोलीबाट बेरोजगारीलाई रोजगारी दिने मेला 

August 10, 2017 Posted by Jhilko.com
काठमाडौंमा भोलीबाट बेरोजगारीलाई रोजगारी दिने मेला 

२६ साउन, काठमाडौँ । बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । ।  यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि फेयर आयोजना गर्न लागेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा फेयरका कार्यक्रम संयोजक शंकर भट्टराईले जानकारी दिए ।  उनले एउटै छानामुनि जागिरको अवसर जुटाउनका लागि फेयर गर्न थालेको बताए। “बेरोजगार युवा रोजगारीका लागि कतै भौ...बाँकी

एक हजार भन्दा बढी मूल्यको सेयर एक सयमा पाइने !

August 08, 2017 Posted by Jhilko.com
एक हजार भन्दा बढी मूल्यको सेयर एक सयमा पाइने !

काठमाडौं । धितोपत्र बोर्डले नेपाल ग्रामीण विकास बैंकलाई थप साधारण सेयर (एफपिओ) जारी गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले प्रतिकित्ता एक सय रुपैँयाँका दरले ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्ने अनुमति पाएको हो । ग्रामिण विकास बैंकले सर्वसाधारण तर्फको सेयर अनुपात कम्तिमा ३० प्रतिशत हुनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार प्रिमियम मूल्य बिना नै एफपिओ निष्काशन गर्ने भएको हो ।    ग्रामीण विकास बैंकको एफपिओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ जुन आधारभूत पक्ष औसतभन्दा क...बाँकी

अर्बमाथि नाफा कमाउँदै बाणिज्य बैंकहरु

August 08, 2017 Posted by Jhilko.com
अर्बमाथि नाफा कमाउँदै बाणिज्य बैंकहरु

काठमाडौं  । हाल २८ बाणिज्य बैंकहरु संचालनमा रहेका  छन् । आर्थिक बर्षको समाप्तीसँगै बैंकहरुले गत आर्थिक बर्षको वित्तिय विवरणहरु पस्कन थालिसकेका छन् ।  पछिल्लो समयमा वित्तिय बिवरण प्रकाशन गर्ने अधिकांश बाणिज्य बैंकहरुले अर्ब माथि कमाएका छन् ।  नविल बैंकको वित्तिय विवरण अनुसार ३ अर्ब ६२ यो । करोड खुद नाफा गरेको छ । बाणिज्य बैंकहरुमध्ये नविल बैैंकले सवैभन्दा धेरै नाफा कमाउन सफल भएको देखिन्छ । नविल बैंकले २८.८२ प्रतिशतले नाफा बढाएको विवरण प्रकाशित गरेको छ ।  प्रभु...बाँकी

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपिओ आउँदै, पैसा तयार पार्ने कि ! 

August 07, 2017 Posted by Jhilko.com
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपिओ आउँदै, पैसा तयार पार्ने कि ! 

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपिओ आउने पक्का भएको छ । नेपाल धितोपत्र बोर्डले सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थालाई आइपिओ  सेयर जारी गर्न अनुमति दिएसंगै आइपिओ आउने भएको हो । धितोपत्र बोर्डको स्वीकृत विवरण अनुसार सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाले एक लाख ८० हजार कित्ता आईपिओ जारी गर्दैछ । इटहरीमा केन्द्रिय कार्यालय रहेको सर्पोट माइक्रोफाइनान्सले एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आईपिओ  निष्कासन गर्ने अनुमति पाएको हो । सपोर्ट माइ...बाँकी