categoryone

शेयर बजारमा सामान्य गिरावट 

July 21, 2017 Posted by Jhilko.com
शेयर बजारमा सामान्य गिरावट 

६ साउन, काठमाडौं । साताको अन्तिम दिन शेयरको कारोबारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक तथा कारोबार रकम दुवैमा गिरावट आएको हो । बैकिङ, जलविद्युत र होटल समूह झरेपछि बजार गिरावट देखिएको हो । साताको अन्तिम दिन बिहीबार नेप्से १.५२ अंकले घटेर १६३५.७५ विन्दुमा पुगेकोे छ । कारोबारमा आएका बैकिङ, जलविद्युत र होटल समूहका सूचक ओरालो लागेका छन भने बीमा, वित्त, उत्पादन र अन्य समूहका सूचक भने बढेको छ। नेप्सेमा बिहीबार १५५ कम्पनीको कारोबार भएको थियो । बिहीबारको कारोबारमा १७ लाख ७५ हजार कित्ता से...बाँकी

आलु बिक्री भएन

July 20, 2017 Posted by Jhilko.com
आलु बिक्री भएन

५ साउन, इलाम । जिल्लाको उत्तरी क्षेत्रमा उत्पादित आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् ।  सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको आलु विकास केन्द्रले सहकारीमार्फत वितरण गरेको बीउमा विभिन्न समस्या देखिएकाले बिक्री नभएको किसानको गुनासो छ ।  सन्दकपुर गाउँपालिकास्थित जमुनाको चोयाटार सहकारी संस्थामार्फत २५ मन आलुको बीउ ३२ परिवारले रोपेका थिए । जनकदेव जातको रातो आलु र खुमल जातको सेतो आलु सहकारीमार्फत ल्याएर किसानले रापेका थिए ।  जौबारीस्थित कृषि अनुसन्धान केन्द्रबाट ल्...बाँकी

शेयर कर्जामा बैंकको लगानी ४० प्रतिशत सीमा

July 20, 2017 Posted by Jhilko.com
शेयर कर्जामा बैंकको लगानी ४० प्रतिशत सीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको ४० प्रतिशतसम्म शेयरधितोमा कर्जा लगानी गर्न पाउने भएका छन् । आर्थिक बर्ष ०७४/७५ को मौद्रिक नीतिले शेयर कर्जाको अन्योलतालाई चिर्दै ४० प्रतिशतसम्म शेयर धितोमा कर्जा लगानी गर्न पाउने ब्यवस्था गरेको हो । यस अघि हालसम्म शेयर कर्जामा कुनै किसिमको मार्जिन तोकिएको थिएन ।  बैंक तथा वित्तिय संस्थाले निश्चित प्रतिशत मात्र शेयर कर्जा दिन सक्ने विषयमा मौद्रिक नीतिले स्पष्ट पारेतापनि यस ब्यवस्था भने धितोपत्र बजारका लागि सकारात्मक नभएको सम्बन्धित बिज...बाँकी

नेप्सेमा वृद्धि रोकियो, कारोबार रकम उच्च 

July 20, 2017 Posted by Jhilko.com
नेप्सेमा वृद्धि रोकियो, कारोबार रकम उच्च 

साउन ४, काठमाडौं  । बुधबार स्टक एक्सचेन्जमा भएको कारोबारमा सामान्य गिरावट भएको छ । आर्थिक बर्षको सुरुवात देखि नै लगातार तीन दिन सम्म बढेको बजारमा बुधवार भने विराम लागेको हो ।  यस हप्ताको आइतबार सामान्य बढेको बजारमा सोमबार र मंगलबार भने दोहोरो रुपमा बृद्धि भएपछि बुधवार भने बृद्धिको क्रम रोकिएको छ । बुधवार नेप्से परिसूचक १.१४ अंकले घटेर एक हजार६३७.२७ विन्दुमा आएको छ ।  नेप्से सामान्य अंकले घटेपनि कारोबार रकम भने उच्च नै देखिएको छ । नेप्सेमा बुधवार कुल १५५ कम्पनीका नौ हजार ९७५...बाँकी

हिमालयन पावर पार्टनको शेयर बाँडफाँड भयो

July 19, 2017 Posted by Jhilko.com
हिमालयन पावर पार्टनको शेयर बाँडफाँड भयो

४ साउन, काठमाडौं । हिमालयन पावर पार्टनरले निष्कासन गरेको साधारण शेयर आज बाँडफाँड भएको छ। धितोपत्र बाँडफाँड निर्दे्शिका २०७४ बमोजिम सेयर बाँडफाँड भएको हो । जस अन्र्तगत आवेदन सदर भएका सबै लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आवेदन सदर भएका एक लाख ६३ हजार ७३७ जना सवैले  शेयर पाएका छन । १२ सय ६४ जना आवेदकको भने आवेदन रद्ध भएको थियो । सम्पूर्ण आवेदकलाई दश कित्ताका दरले १६ लाख ३७ हजार १० कित्ता शेयर वितरण गरेपछि बाँकी रहको सेयर दश कित्...बाँकी

शेयर बजार बढ्यो, लगानीकर्ता उत्साहित

July 19, 2017 Posted by Jhilko.com
शेयर बजार बढ्यो, लगानीकर्ता उत्साहित

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ । वित्तिय प्रणालीमा निक्षेपको ब्याजदर र शेयरको मुल्य विपरित ध्रुबमा रहने भएतापनि नेपाली शेयर बजार भने बढेको छ । बैंकको ब्याज बढी भएतापनि शेयरको मुल्य बढेर नेपालको शेयर बजारले नयाँ सन्देश दिएको छ । जससँगै पछिल्लो ३ दिनमा शेयरको परिसूचक ५५ अंकले बढेको छ । यद्यपि पछिल्लो केही दिनको शेयर कारोवारलाई मात्र हेरेर आगामी दिनमा शेयरको ट्रेण्ड यस्तो नै हुन्छ भनेर निक्र्यौल गरिहाल्नु चाहिँ मुर्खता हुन्छ किनकि शेयर परिसूचक कहिल्यै सिधा रेखामा नहिंडी बक्ररेखामा हिंड्छ...बाँकी

एनसेलले उन्मुक्ति नपाउने

July 19, 2017 Posted by Jhilko.com
एनसेलले उन्मुक्ति नपाउने

डा. रामशरण महतलाई पनि वयान लिइदैं काठमाडौं । एनसेलले दुई पटक गरेर २३ अर्ब रुपैंया लाभकर बुझाएको केही समय बितिसकेको छ । । एनसेलले तिर्नुपर्ने लाभकरको सबै रकम नतिरे पनि झण्डै ४० प्रतिशत रकम बुझाएको हो । एनसेलले लाभकर बापत ६१ अर्ब रुपैंया कर तिनुपर्ने गरी कर निर्धारण भइसकेको जानकारी संसदको लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले दिएका छन् (हेरौं तल अन्तरवार्ता) । एनसेलले लाभकर तिर्न आनाकानी गरे पनि लेखा समितिले निरन्तर कडाई गर्दै निर्देशन दिने र एनसेललाई कर तिर्नुपर्दैन भनेर उक्साउने मुख्य डि...बाँकी

बैंकहरु चुक्ता पुँजी बृद्धिले हैरान, राष्ट्रबैंकले कार्वाही गर्ने तयारी गर्दै  

July 18, 2017 Posted by Jhilko.com
बैंकहरु चुक्ता पुँजी बृद्धिले हैरान, राष्ट्रबैंकले कार्वाही गर्ने तयारी गर्दै  

२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बाँणिज्य बैंकहरुलाई न्युुनम चुक्ता पूँजी कायम गर्न दिएको समय सिमा सकिएको छ भने चारबटा बाणिज्य बैंकहरुले मात्र समयसिमा भित्र तोकिएको चुक्तापुँजी पु¥याउन सफल भएका छन् । सरकारी लगानीको कृषिविकास बैंक , राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक तथा निजी लगानीका नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आईएमई बैंकले भने चुक्ता पुजी गत आर्थिक वर्ष नै पु¥याइसकेका छन् ।  राष्ट्र बैंकले दुुई बर्ष अघि अर्थात गर्भनर पदमा डा. चिरञ्जीवी नेपाल नियुुक्त भएसंगै बाँणिज...बाँकी

नयाँ आर्थिक बर्षको दोश्रो दिन नेप्सेमा हरियाली 

July 18, 2017 Posted by Jhilko.com
नयाँ आर्थिक बर्षको दोश्रो दिन नेप्सेमा हरियाली 

साउन २, काठडमौं । आर्थिक बर्षको पहिलो दिन बजारमा त्यति उत्साह नदेखिएपनि दोश्रो दिनको कारोबारले भने उत्साहित देखाएको छ ।  आर्थिक वर्षको अन्य र नयाँ आर्थिक बर्षको सुरुवातसँगै बैंक तथा वित्तिय संस्थाहरुले बार्षिक आर्थिक बिवरण पस्किन थालिसकेका छन् । पुरानो अािर्थक बर्षको नाफा खान धेरै दिन कुर्नु नपर्ने र नाफा समेत यकिन भै सकेको परिप्रेक्षमा लगानीकर्ता उत्साहित बनेका हुन् ।  लगानीकर्ताले भ्याट तिर्नुपर्ने कुराको हल्ला रहेतापनि तत्काल भ्याट लागु हुने निर्णय नभइृसकेको हुँदा लगानीकर्ता स...बाँकी

शेयर ब्रोकरहरु नियमानुसार कर तिर्न तयार,

July 16, 2017 Posted by Jhilko.com
शेयर ब्रोकरहरु नियमानुसार कर तिर्न तयार,

काठमाडौं । शेयर दलाल कम्पनीहरु नियमानुसारको मुल्य अभिबृद्धि कर (भ्याट) तिर्न तयार भएका छन् । तर यसको लागि राज्यले नीति, नियम र आवश्यकता अनुसारको निर्देशिका तथा कार्यविधि बनाएर कसरी भ्याट उठाउने र यसरी तिर्ने भन्ने स्पष्ट हुनुपर्ने ब्यवसायीको दावी रहेको छ ।  नेपालको पुँजी बजार विगत दुई हप्ता देखि उतारचढावमा देखिएको छ ।  धितोपत्र दलाल ब्यवसायीलाई सेयर कारोबारमा मुल्य अभिबृद्धि कर (भ्याट) लगाउने कि नलगाउने भन्ने विवाद भएपछि पुँजी बजारमा धेरै नै उतार चढावहरु देखिएका हुन् । पछिल्लो पट...बाँकी