categoryone

डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी

September 24, 2018 Posted by Jhilko.com
डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी

– कृष्ण दर्नाल  ८ असोज, पाल्पा ।  डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ ।  नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा रोजगारी पाउनेको सङ्ख्या बर्सेनी बढेको हो । पछिल्ला वर्ष विदेशबाट फर्केका र शिक्षित युवाको पशुपालन पेशामा आकर्षण बढेपछि डेरी उद्योग फस्टाएको छ । डेरी उद्योग फस्टाउँदा उपभोक्ताले घरघरमा दूध पाउन थालेका हुन् ।  नेपाल डेरी एशोसिएशन केन्...बाँकी

इन्धन वितरणमा कोटा प्रणाली हट्यो

September 23, 2018 Posted by Jhilko.com
इन्धन वितरणमा कोटा प्रणाली हट्यो

७ असोज, काठमाडौं । नेपाल आयल निगमले इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली हटाएको छ । चालकहरुले आन्दोलन फिर्ता लिएर काममा फर्किएसँगै आपूर्तीमा सहजता भएपछि निगमले आइतबारबाट कोटा प्रणाली हटाएको हो । कोटा प्रणाली हटेसँगै आजबाट उपभोक्ताले मागेजति पेट्रोललियम पदार्थ पाउने नेपाल आयल निगमले जनाएको छ ।   इन्धन अभावले पेट्रोल पम्पमा लाम लागेपछि निगमले दुई दिनअघि असोज ५ बाट लागू हुनेगरी मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिनेगरी कोटा निर्धार...बाँकी

अमेरिकी  डलरको भाउमा पनि भारतकै भूमिका महत्वपूर्ण 

September 21, 2018 Posted by Jhilko.com
अमेरिकी  डलरको भाउमा पनि भारतकै भूमिका महत्वपूर्ण 

५ असोज, काठमाडौं । नेपालमा एक दशक अघिसम्म अमेरिकी डलरको भाउ अहिलेको झण्डै आधा थियो । एक दशक अघि एक अमेरिकी डलर बराबर ६० देखि ७० रुपैयाँ रहेकोमा अहिले झण्डै एक सय २० को आसपास पुग्न थालेको छ । शनिवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरलाई आधार मान्ने हो भने अमेरिकी डलर इतिहासमै बलियो भएको छ । अर्थात नेपाली रुपैयाँ कमजोर भएको छ । शनिवारका लागि एक अमेरिकी डलर बराबर खरिद दर एक सय १४ रुपैयाँ ६६  पैसा र बिक्रीदर एक सय १५ रुपैयाँ २६ पैसा रहेको छ । यो इतिहासमै डलरको भाउ उच्च हो । अमेरिकी...बाँकी

पेट्रोलमा अब कोटा सिस्टम

September 21, 2018 Posted by Jhilko.com
पेट्रोलमा अब कोटा सिस्टम

५ असोज, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा असहज भएको भन्दै सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउने भएको छ ।  निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनलाई आज पत्राचार गर्दै तोकिएको कोटाअनुसारको इन्धन उपलब्ध गराउन निर्देशन दिएको हो । निगमका अनुसार मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर पेट्रोल पाउनेछन् भने हलुका सवारीसधान, कार र भ्यानलगायतलाई बढीमा १५ लिटर पेट्रोल उपलब्ध गराइने निगमले जनाएको छ ।  निगमले डिजेलबाट सञ्...बाँकी

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

September 20, 2018 Posted by Jhilko.com
चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

४ असोज, काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन् ।  भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताउनुभयो । उहाँले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियौंदेखि सांस्कृतिक एवं विविध सम्बन्ध रहँदै आएको चर्चा गरे ।  उपराष्ट्रपति पुनले न...बाँकी

नेप्सेमा सामान्य सुधार

September 18, 2018 Posted by Jhilko.com
नेप्सेमा सामान्य सुधार

२ असोज, काठमाडौँ । शेयर बजारमा आज सामान्य सुधार आएको छ । सोमबार थामिएको शेयर बजार सामान्य अङ्कले मात्रै वृद्धि भएको हो । शेयर कारोवार मापक नेप्से परिसूचक २ दशमलब ४१ बिन्दुले बढेर एक हजार २५८ दशमलब ८१ बिन्दुमा पुगेको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब १६ बिन्दुले बढेर २६६ दशमलब ६० बिन्दुमा पुगेको छ । सामान्य बिन्दुले बढेको बजारमा कारोवार रकममा भने आइतबार र सोमबारको तुलनामा घटेको छ । कूल १६९ कम्पनीको १५ लाख ४४ हजार २५७ कित्ता शे...बाँकी

थामियो शेयर बजार

September 17, 2018 Posted by Jhilko.com
थामियो शेयर बजार

१ असोज, काठमाडौँ । आइतबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर आज सामान्य अङ्कले घटेको छ ।  शेयर कारोवार मापक नेप्से परिसूचक ०।३१ अङ्कले घटेर एक हजार २५६।४० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४९ बिन्दुले घटेर २६६।४४ बिन्दुमा कायम भएको छ । कूल १६७ कम्पनीको २४ लाख २५ हजार ३०३ कित्ता शेयर रु ६८ करोड ७६ लाख ८८ हजार ६५३ मा खरिद बिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ । स्टकका अनुसार ६ उपसम...बाँकी

नागढुङ्गा–धुलिखेल मेट्रो डिपीआरको लागि ६ कम्पनी छनोट

September 14, 2018 Posted by Jhilko.com
नागढुङ्गा–धुलिखेल मेट्रो डिपीआरको लागि ६ कम्पनी छनोट

–रमेश लम्साल  २९ भदौ, काठमाडौँ । सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ ।  ती कम्पनीलाई प्राविधिक प्रस्तावसहित ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ । प्राविधिक प्रस्तावको आधारमा उपयुक्त कम्पनी छनोट गरिनेछ । नागढुङ्गादेखि धुलिखेलसम्म कूल ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि लगानी बोर्डले संयोजन गरिरहेको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेल...बाँकी

माथिल्लो तामाकोशीको शेयर दशैँपछि बाँडफाँट हुने

September 14, 2018 Posted by Jhilko.com
माथिल्लो तामाकोशीको शेयर दशैँपछि बाँडफाँट हुने

२९ भदौ , दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ ।  आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो । जिल्लावासीका लागि जारी भएको शेयर भदौ २१ गतेमात्र सकिएको थियो । शेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ । सो आयोजनाको साधारण शेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए ।  प्रवद्र्धक माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि च...बाँकी

काठमाडौँमा उच्च क्षमताको प्रसारण लाइन बनाउँदै प्राधिकरण

September 12, 2018 Posted by Jhilko.com
काठमाडौँमा उच्च क्षमताको प्रसारण लाइन बनाउँदै प्राधिकरण

– रमेश लम्साल  २७ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताको प्रसारण प्रणाली बनाउने भएको छ ।  त्यस्तो प्रसारण प्रणालीलाई काठमाडौँ उपत्यकका प्रसारण ‘रिङ’ नाम दिइएको छ । आगामी दिनमा हुने विद्युत् मागको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रसारण लाइनको रिङ निर्माण गर्न लागिएको हो ।  हाल उपत्यकामा १३२/६६ र...बाँकी