categoryone

कर फर्छ्योटको नाममा अर्बौ कमाउँदै

July 14, 2016 Posted by Jhilko.com
कर फर्छ्योटको नाममा अर्बौ कमाउँदै

काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले बनाएको कर फर्छ्योट आयोगको म्याद २०७२ असार मसान्त ३१ गते समाप्त हुँदै छ । लगभग रु. ४८ अर्ब कर फर्छ्योट हुन् बाँकी रहेको बताइन्छ । मन्त्री महतले आफू निकट व्यक्ति एलडी महतको अध्यक्षतामा गठन गरेको सो आयोगमा उमेश ढकाल सदस्य र सदस्य सचिबमा आन्तरिक राजस्व विभागका विवादास्पद महानिर्देशक चुडामणि शर्मा रहेका छन्। कर प्रशासन, भन्सार, राजस्वको कुनै बिशेष दख्खल नभएका शर्मा अर्थ मन्त्रीलाई दाम चढाएर आन्तरिक राजस्वको विभागको महानिर्देशक बन्न सफल भएका व्यक्ति भनेर अर्थमा...बाँकी

अर्थमन्त्रीद्वारा ८ खर्ब १९ अर्बको बजेट प्रस्तुत

July 14, 2015 Posted by Jhilko.com
अर्थमन्त्रीद्वारा ८ खर्ब १९ अर्बको बजेट प्रस्तुत

सरकारले आर्थिक वर्ष२०७२/७३ का लागि रु. ८ खर्ब १९ अर्ब ४६ करोडको बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गरेको छ । जसमध्ये चालू खर्च ४ खर्ब ८४ अर्ब, पूँजीगततर्फ २ खर्ब ८ अर्ब र वित्तिय व्यवस्थातर्फ १ खर्ब २६ अर्ब विनियोजन गरिएको छ । सरकारले बजेटको स्रोत अन्तर्गत राजश्व परिचालनबाट ४ खर्ब ७५ अर्ब, सावाँ फिर्ता र वैदेशिक सहयोगबाट १ खर्ब १० अर्ब र ८८ अर्ब आन्तरिक ऋणबाट संकलन गर्ने घोषणा गरेको छ । बजेटमा करको दरमा ठूलो परिवर्तन गरिएको छैन । अर्थमन्त्री रामशरण महतले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थ...बाँकी

लोकमान सिंह कार्कीको घरबाटै तश्करी

July 21, 2015 Posted by Jhilko.com
लोकमान सिंह कार्कीको घरबाटै तश्करी

मंगलबार प्रकाशित समयबद्ध साप्ताहिकले तथ्यपरक सनसनीपूर्ण समाचार प्रकाशन गरेको छ । भ्रष्टाचर र अनियमितताको नियन्त्रण गर्ने अख्तियारी पाएका लोकमान सिंह कार्कीको घर भाडामा लिएर विवादास्पद व्यक्ति दीपक मल्हौत्राले आफ्नो धन्दा चलाएको लेखेको छ । लोकमानको घरको फोटोसहित वद्रि चापागाईंले लेखेको समाचार जस्ताको तस्तै काठमाडौं । एमालेका नेता तथा वर्तमान गृहमन्त्री वामदेव गौतम, पूर्व गृहमन्त्री खुमबहादुर खड्का, रवीन्द्रनाथ शर्मालाई हातमा लिएर तश्करी धन्दा चलाएर वदनामी कमाएका दीपक मल्हौत्राले अहिले अख्...बाँकी

सिर्जनशील बने स्वदेशमै छ कमाइ

July 31, 2015 Posted by Jhilko.com
सिर्जनशील बने स्वदेशमै छ कमाइ

रामेछाप भिरपानीका टीकाराम खड्काले राजधानीमा कोदो, फापर, आँटाको बेकरी उद्योग चलाएका छन् । महाराजगञ्ज चक्रपथस्थित भाटभटेनी सुपरमार्केटसँगै जोडिएको ग्लोबल क्याफेसहित विभिन्न होटेल चलाइरहेका खड्काले अतिरिक्त काम थालेपछि निकै व्यस्त छन् । ‘खाना विशेषज्ञको सहभागिता, बेकरीको क्षेत्रमा हयात होटेलका नेपाल र विदेशको शाखामा ३० वर्षदेखि कार्यरत दक्ष सेफहरुसमेतको संलग्नतामा कोदो, फापरको ब्रेड बनाउन थालेको छु’, टीकाराम बताउँछन । खासगरी कोदो र फापरका ब्रेड डाइबेटिजका विरामीहरुले मन पराएको खड्का...बाँकी

कृषि उपजलाई अत्यावश्यक बस्तुमा राख्न माग

September 05, 2015 Posted by Jhilko.com
कृषि उपजलाई अत्यावश्यक बस्तुमा राख्न माग

१९ भदौं, काठमाडौ । कृषि उपजलाई अत्यावश्यक बस्तुको सूचीमा राखेर सहज रुपमा ढुवानी गर्न पाउनुपर्ने सरोकारवाला निकायले सरकारसँंग माग गरेका छन् । सरोकारवाला निकायले हरियो तरकारी, फलफूल, दूध, माछा र कुखुराको मासुलाई अत्यावश्यक बस्तुमा सूचीकृत गरेर बिशेष सुविधाअन्तर्गत सहज रुपमा ढुवानी गर्न पाउनुपर्ने माग राखेका हुन् । शनिबार राजधानीस्थित कृषि उपभोक्ता डबलीमा आयोजित बन्द हडताल तथा कृषि उपजको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ, माछा व्यवसाय संघ, कुखुरा...बाँकी

कांग्रेस पार्टीभित्र भ्रष्टाचार

May 16, 2016 Posted by Jhilko.com
कांग्रेस पार्टीभित्र भ्रष्टाचार

१२ औं महाधिबेशनदेखि यता मात्रै नेपाली कांग्रेसमा करिव सात करोड रुपैंयाँ भ्रष्टाचार भएको अनुमान गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सञ्चालन, छपाई, केन्द्रीय कार्यालयमा आवश्यक सामान खरिद र १३ औं महाधिबेशनको खर्च गर्ने क्रममा सात करोड रुपैंयाको हाराहारीमा भ्रष्टाचार भएको अनुमान गरिएको हो । सभापति देउवाद्वारा हालै नियुक्त भएका मुख्य सचिव कृष्ण पौडेलले कागजात र विल भर्पाइ अध्यायन गर्ने क्रममा यस्तो भ्रष्टाचार फेला पारेका हुन् । उनले सभापति देउवालाई भेटेर यो भ्रष्टाचारबारे संक्षिप्त जानकारी दिइसके...बाँकी

भारतीय विद्यालयहरु बैध बनाउन ठूलो आर्थिक चलखेल

June 01, 2016 Posted by Jhilko.com
भारतीय विद्यालयहरु बैध बनाउन ठूलो आर्थिक चलखेल

काठमाडौं / सीवीएसईका पाठ्क्रमअनुसार सञ्चालित विद्यालयहरुले नेपाल सरकारको अनुमतिबेगर निर्वाध रुपमा पठन–पाठन गर्दै आइरहेका नेपालमा सञ्चालित विद्यालयहरुलाई बैध बनाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ठूलो आर्थिक लेनदेन गरेको समाचार आएको छ । राष्ट्रिय स्वाधीनताको वकालत गर्ने थुप्रै एजेन्सीलाई पनि नियम मिचेर उनले स्वीकृत दिएको समाचार छ । दिल्ली पब्लिक स्कूल, लिमनिमल, बारा डिपिएस सोसाइटी दिल्ली मातहत रहेर सन् २००४ देखि सञ्चालन भइरहेको छ । यसको प्रिन्सिपल एस.एच.सि.वी. जोड्ली रहेका छन् । यसक...बाँकी

नेपालमा लगानी गर्ने मामलामा भारतभन्दा चीन अगाडि

August 29, 2016 Posted by Jhilko.com
नेपालमा लगानी गर्ने मामलामा भारतभन्दा चीन अगाडि

भदौ १३, काठमाडौं । पछिल्ला वर्षहरुमा नेपालमा लगानी गर्ने मामलामा भारतभन्दा चीन अगाडि देखिएको छ। गत आर्थिक वर्षमा पनि उत्तरी छिमेकी चीनले दक्षिणी छिमेकी भारतभन्दा परियोजनाको संख्या तथा लगानी रकम दुवैको आधारमा ५ गुना बढी लगानी गर्ने प्रतिबद्धता गरेको नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकले देखाएको छ। यस्तै, भारत नेपालमा लगानी प्रतिबद्धता गर्ने मुलुकमा आयोजना संख्याको आधारमा चौथो स्थानमा छ। लगानी रकमको आधारमा भने चीनपछि दोस्रो भारत हो। आयोजना संख्याको आधारमा चीनपछि दोस्रोमा दक्षिण कोरिया, तेस्र...बाँकी

चार महिनासम्म सुन नबिक्नुको चार कारण यस्ता रहेछन्

August 29, 2016 Posted by Jhilko.com
चार महिनासम्म सुन नबिक्नुको चार कारण यस्ता रहेछन्

भदौ १३,काठमाडौँ । लामो समयदेखि नबिकेर बैंकमा थन्किएको सुन भदौ लागेपछि बिक्न थालेको छ । पछिल्लो १० दिनमा २५ किलोको हाराहारीमा सुन बिक्री भएको बैंकरहरूले बताएका छन् । नजिकिँदो तिजलाई ध्यानमा राखेर व्यवसायीले सुनको माग बढाउन थालेपछि बैंकको सुन बिक्न सुरु गरेको हो । ‘अहिले उपत्यकाबाहिरबाट सुनको माग बढ्न थालेको छ,’ सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘उपत्यकामा अझै पनि सुनको नयाँ (फ्रेस) माग बढ्न सकेको छैन ।’ बजारमा सुनको कारोबार भइरहे पनि ग...बाँकी

शैक्षिक प्रमाणपत्र बोकेर ऋण लिन बैंक धाउँदै युवा

August 28, 2016 Posted by Jhilko.com
शैक्षिक प्रमाणपत्र बोकेर ऋण लिन बैंक धाउँदै युवा

काठमाडौँ, भदौ १० । शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्ने सरकारको कार्यक्रम त्यससम्बन्धी कार्यविधि नबन्दा सुरु हुनसकेको छैन । सरकारले चालू आर्थिक वर्षको बजेटमा वैज्ञानिक, प्राविधिक तथा रोजगारमूलक व्यावसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निब्र्याजी शैक्षिक ऋण र बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने योजना अगाडि सारेको थियो । सरकारको बजेट घोषणाका आधारमा युवाहरू विभिन्न विभिन्न बैङ्क तथा व...बाँकी