categoryone

चट्याङ लागेर सात घाइते, गहँुबाली नष्ट

April 28, 2018 Posted by Jhilko.com
चट्याङ लागेर सात घाइते, गहँुबाली नष्ट

  अछाम । मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन्   असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ । छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।  यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो ।...बाँकी

टानद्वारा राईको परिवारलाई रु १० लाखकोे बीमा

April 28, 2018 Posted by Jhilko.com
टानद्वारा राईको परिवारलाई रु १० लाखकोे बीमा

पोखरा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण परिपथमा पर्यटक लैजाने क्रममा बिरामी भई ज्यान गुमाएका पथप्रदर्शन सहयोगी अशोक राईको परिवारलाई बीमा रकमस्वरुप शुक्रबार रु १० लाखको चेक हस्तान्तरण गरेको छ ।  गत वर्ष पुस २८ गते चार विदेशी र चार सहयोगीसहित पदयात्रामा निस्केको टोलीमा रहेका राईको माघ ८ गते मनाङको याक खर्कमा बिरामी भएपछि हेलिकोप्टरमा उद्धार गरी पोखरा ल्याइएकामा माघ ९ गते निधन भएको थियो । पदयात्रा क्षेत्रमा पर्यटक लिएर जाने पथप्रदर्शक...बाँकी

बजेट नआउँदा सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेन

April 27, 2018 Posted by Jhilko.com
बजेट नआउँदा सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेन

  बैतडी । मन्त्रालयबाट बजेट नआउँदा बैतडीको दोगडाकेदारमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन ।  आर्थिक वर्ष ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्ने भएपनि हालसम्म वितरण नभएको हो । चौमासिकरुपमा वितरण गर्दै आइएको सुरक्षा भत्ता चालू आर्थिक शुरु भएदेखि हालसम्म नपाउँदा अपांगता भएका व्यक्ति, एकल महिला तथा वृद्धवृद्धालाई निकै समस्या भएको छ । १० महिना भइसक्दासमेत दोगडाकेदार गाउँपालिकाले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसक्दा तीन हजा...बाँकी

दुई दशकदेखि दबाब दिँदा पनि औद्योगिक क्षेत्र स्थापनाले गति लिएन

April 27, 2018 Posted by Jhilko.com
दुई दशकदेखि दबाब दिँदा पनि औद्योगिक क्षेत्र स्थापनाले गति लिएन

भीमदत्तनगर । प्रदेश नं ७ को एकमात्रै कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको कामलाई तीव्रता दिन दबाबसहित यहाँको निजी क्षेत्र अग्रसर देखिएको छ ।  कञ्चनपुर उद्योग वाणिज्य संघलगायतका यहाँका संघ÷संस्था २०५२ सालदेखि नै दैजी छेलामा औद्योगिक क्षेत्र स्थापनाको माग गर्दै विभिन्न तहतप्कासित छलफल÷समन्वय गरिरहेको भए पनि हालसम्म त्यसले सार्थकता पाउन सकेको छैन । केही वर्षयता औद्योगिक क्षेत्र स्थापनाले गति लिइरहेको भए पनि सरकारी निकायबाट भएको ढिलाइका कारण समस्या भइरहेको बेल...बाँकी

प्रदेशसभा ३ ः रु एक अर्बको बजेट पेश

April 27, 2018 Posted by Jhilko.com
प्रदेशसभा ३ ः रु एक अर्बको बजेट पेश

  हेटौँडा । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि रु एक अर्ब दुई करोड पाँच लाख रकम बजेट पेश गर्नुभएको छ ।  बजेटमा चालुतर्फ रु ५५ करोड ४८ लाख ६० हजार र पूँजीगततर्फ रु ५५ करोड ५६ लाख ४० हजार छ । बजेट पेश गर्दै मन्त्री ढुंगेलले आगामी आर्थिक वर्षको बजेटमा सुरुङमार्ग, प्रादेशिक दुग्धबोर्डको स्थापना, पूर्वाधार विकास, भूकम्पपीडितलाई राहतलगायत कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।  बजेटमाथिको छलफलमा भाग...बाँकी

‘आकस्मिक कोष सञ्चालन विधेयक’ प्रस्तुत

April 27, 2018 Posted by Jhilko.com
‘आकस्मिक कोष सञ्चालन विधेयक’ प्रस्तुत

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ‘आकस्मिक कोष सञ्चालन विधेयक’ निर्णायार्थ पेश गर्नुभएको छ ।  सो विधेयक पारित भएपछि प्राकृतिक तथा अप्राकृतिक विपत्तिका समयमा आकस्मिक कोष परिचालन हुनेछ । सो विधेयकमाथि आजै सामान्य छलफल भयो ।  सो छलफलमा प्रदेशसभा सदस्य जसमाया गजमेर र केदार कार्कीले विधेयकको कार्यान्वयमा जोड दिँदै हिमपहिरादेखि बाढीसम्मको समस्या झेल्नुपर्ने भएकाले विपद् व्यवस्थापन कोष आयोग निर्माण गरी आयोगका...बाँकी

तीस खर्बको अर्थतन्त्रमा प्रतिव्यक्ति आय एक लाख 

April 26, 2018 Posted by Jhilko.com
तीस खर्बको अर्थतन्त्रमा प्रतिव्यक्ति आय एक लाख 

      काठमाडौँ । मुलुकको अर्थतन्त्रको विस्तार हुँदै गर्दा मुलुको अर्थतन्त्र रु ३० खर्बभन्दा बढी र प्रतिव्यक्ति वार्षिक आयमा रु लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन रु एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान तथ्यांक विभागले गरेको हो । त्यसैगरी मुलुकको ५.८९ प्रतिशतले बृद्धि भएर रु ३० खर्ब पुग्नेछ । विकास निर्माण तथा औद्योगिक क्षेत्रको विकासमा बढेका कारण अर्थतन्त्रको अकार बृद्धि भएको हो...बाँकी

आर्थिक वृद्धिदर ५ दशमलव ८९ हुने प्रक्षेपण

April 26, 2018 Posted by Jhilko.com
आर्थिक वृद्धिदर ५ दशमलव ८९ हुने प्रक्षेपण

काठमाडौँ  । चालू आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ ।  आर्थिक वर्ष २०७४÷७५ को छदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकका आधारमा यो प्रक्षेपण गरिएको हो ।  केन्द्रीय तथ्याँक विभागद्वारा आज यहाँ सार्वजनिक गरिएको आव २०७४÷७५ को राष्ट्रिय लेखा तथ्याँकमा विगतका तीन वर्षमा कूल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्न गएको र सेवा क्षेत्रको योगदान बढ्न गएको देखिएको छ ।  समग्र औद्यो...बाँकी

नेपाल बैंकले साढे दुई अर्ब कमायो

April 26, 2018 Posted by Jhilko.com
नेपाल बैंकले साढे दुई अर्ब कमायो

  काठमाडौँ  । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु दुई अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा रु तीन अर्ब १२ करोड रहेको बैंकले जनाएको छ ।  बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा २.०६ प्रतिशतले बढी छ । यस अवधिमा बैंकको निक्षेप रु ९० अर्ब ८१ करोड र कर्जा रु ७९ अर्ब ७१ करोड पुगेको छ । बैंकको कूल भाखा नाघेको कर्जा अनुपात २.९१ प्रतिशत रहेको छ ।  बैंकका प्रेस संयोजक मुकुन्द अर्यालका अनुसार बैंकले ती...बाँकी

प्रतिव्यक्ति कूल उत्पादन एक लाख नाघ्यो

April 26, 2018 Posted by Jhilko.com
प्रतिव्यक्ति कूल उत्पादन एक लाख नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन रु एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।  आर्थिक वर्ष २०७४÷७५ को छदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित सूचकांकअनुसार विप्रेषण रु सात खर्ब २९ अर्ब २४ करोड २० लाख अर्थात् कूल गार्हस्थ्य उत्पादनको २४.२५ प्रतिशत हुनेछ ।  केन्द्रीय तथ्यांक विभागकाअनुसार चालू मूल्यमा वस्तु तथा सेवाको खुद निर्यात रु ११ खर्ब पाँच अर्ब आठ करोड ८० लाख हुने उल्लेख गरेको छ ।...बाँकी