categoryone

वाणिज्य बैंकहरुको सुस्ताउँदो यात्रा

November 07, 2017 Posted by Jhilko.com
वाणिज्य बैंकहरुको सुस्ताउँदो यात्रा

काठमाडौं। पहिलो त्रैमासिक विवरण प्रकाशित गर्ने १६ वाणिज्य बैंकहरुको वित्तीय विवरण हेर्दा सुस्ताएको देखिन्छ । विगत वर्षमा प्रगतिपथमा देखिएका बैंकहरुलाई पनि यस आर्थिक वर्षको सुरुवातमा नै चुक्ता पुँजीको भारी बहन गर्न हम्मेहम्मे परेको देखिन्छ । चुक्ता पुँजी बृद्धि भए पनि पुँजी बृद्धिसँगै बैंकहरुले कार्यक्षेत्र विस्तार गर्न नसक्नु नै  बैंकहरुको सुस्ताउँदो यात्राको कारण देखिन्छ ।   इन्भेष्टमेन्ट बैंकको पुँजी अन्य बैंकहरुको तुलनामा धेरै देखिन्छ । इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै चुक्ता प...बाँकी

अन्तर्राष्ट्रिय याक अट्याक साइकल दौड शुरु

November 05, 2017 Posted by Jhilko.com
अन्तर्राष्ट्रिय याक अट्याक साइकल दौड शुरु

१९ कात्तिक, बेँसीशहर– लमजुङ । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११ औँ संस्करण आजदेखि शुरु भएको छ ।  उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता बेँसीशहरबाट शुरु भएको हो । अघिल्लो वर्ष काठमाडौंबाट शुरु भएको प्रतियोगिताको दशौँ र ११ औँ संस्करण बेँसीशहरबाट शुरु भएको हो । समुद्री सतहदेखि पाँच हजार ४१६ मि उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरी प्रतियोगिता शुरु भएको हो ।  दश दिन...बाँकी

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि

October 23, 2017 Posted by Jhilko.com
अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि

६ कात्तिक, वालिङ, स्याङ्जा ।  यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ ।  बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए ।  स्याङ्जाको स्वरेक मैदान प्याराग्लाइडिङका लागि एक उत्कृष्ट स्थान रहेको र यहाँबाट दैनिक प्याराग्लाइडिङ भइरहने गरेको छ ।  यस ठाउँमा प्याराग्लाइडि...बाँकी

कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्

October 22, 2017 Posted by Jhilko.com
कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्

– गोपालप्रसाद पोखरेल  ५ कात्तिक, पथरी –मोरङ ।  पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् ।  कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य आम्दानी गर्न सफल भएका छन् । तर, भन्सार कार्यालय, सीमा प्रहरी, सशस्त्र प्रहरीको गस...बाँकी

झिलिमिली बत्तीमा करोडौँ खर्च

October 17, 2017 Posted by Jhilko.com
झिलिमिली बत्तीमा करोडौँ खर्च

३१ असोज, चितवन । दुना र पालामा दीप प्रज्ज्वलन गरेर मनाइने तिहार पर्व आधुनिकतासँगै निकै खर्चिलो मात्रै बनेको छैन, करोडौं रुपैयाँ विदेशिएको छ ।  आफ्नै बारीमा उत्पादन गरेको तोरीको तेल सालको पातले बनाएको दुनामा राखेर आफैँले कातेको बत्ती बालेर हर्षोल्लासपूर्वक मनाइने तिहार पर्वमा अहिले वार्षिक झण्डै एक अर्ब रुपैयाँ खर्चेर झिलिमिली बत्ती बालेर मनाइने गरेको छ ।  तिहारका लागि बालिने झिलिमिली बत्तीका लागि नेपाल विदेशको भरमा निर्भर छ । विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलकाअन...बाँकी

छ सय करदाता कारबाहीमा

October 16, 2017 Posted by Jhilko.com
छ सय करदाता कारबाहीमा

 आन्तरिक राजस्व विभागले आफूअन्तर्गतका कार्यालयमार्फत बजार अनुगमनलाई तीव्रता दिएको छ ।  विभागअन्तर्गत ३६ कार्यालयबाट गत भदौ २७ गतेदेखि शुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट तीन तीन टोली परिचालन गरिएको विभागले जनाएको छ । भदौ २७ देखि हालसम्म कारोबारस्थलमै गरिएको आकस्मिक अनुगमनमा ४४२ टोलीबाट तीन हजार ९०५ करदाताको अनुगमन गरी कर कानुन पालना नगर्ने ६१५ करदातालाई जरिवाना तथा अन्य कानुनी कारबाही गरिएको विभागले जनाएको छ ।  अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इ...बाँकी

अछामका सात स्थानीय तहमा बैंकिङ सेवाको अभाव

October 09, 2017 Posted by Jhilko.com
अछामका सात स्थानीय तहमा बैंकिङ सेवाको अभाव

अछाम । अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या सिर्जना भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।  मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि अन्य एक नगरपालिका र छवटा गाउँपालिकामा कुनै पनि बैंकको शाखा खुल्न सकेको छैन । जिल्लाका विकटका गाउँपालिका तुर्माखाँद, रामारोशन, मेल्लेख, चौरपाटीका स्थानीयले त आर्थिक कारोबारका लागि सदरमुकाम पुगी दुई तीन दिन समय खर्चिनुपर्ने अवस्था रहेको...बाँकी

तरकारीको मूल्यमा दोब्बर वृद्धि

October 08, 2017 Posted by Jhilko.com
तरकारीको मूल्यमा दोब्बर वृद्धि

२२ असोज, विराटनगर । चाडपर्वसँगै विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ । विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको पूर्वी र दक्षिणी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ तर उक्त क्षेत्रमा भदौ महिनामा आएको बाढीले खेती डुबानमा परेपछि तरकारीको उत्पादनमा कमी भई यसको मूल्यमा वृद्धि भएको हो ।  कम उत्पादनका कारण उपभोक्ता दोब्बर मूल्यमा तरकारी किन्न बाध्य भएका छन् । एकातिर तरकारीखेती हुने क्षेत्र डुबानमा परेपछि उत्पादनमा कमी आएको र अर्कोतिर विराटनगरको सीमावर्ती क्षे...बाँकी

शेयर कर्जा लिन उत्साहित

October 06, 2017 Posted by Jhilko.com
शेयर कर्जा लिन उत्साहित

२० असोज , बनेपा ।  काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् ।  काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घोषणा गरेपछि त्यसको प्रभाव काभ्रेपलाञ्चोकको बनेपा र धुलिखेलमा रहेका विभिन्न बैंकका शाखामा पनि परेको हो ।  मोफसलमा रहेका बैंकले काठमाडौँमा जस्तै शेयर कर्जा लिनेको भीड नभए पनि स्थानीय तहमा बनेपा, धुलिखेल र आसपासका लगानीकर्ताले शेयर कर्जा लिन आइरहेको सम्बन्धित बैंकले जनाएको छ ।  एनआइसी एशिया बनेपा शाखाका प्रबन्धक कृष्णराज बराको...बाँकी

बैंक घोटाला गरेको आशंकामा नेपाल बैंकका कर्मचारीसहित १३ जना पक्राउ

October 05, 2017 Posted by Jhilko.com
बैंक घोटाला गरेको आशंकामा नेपाल बैंकका कर्मचारीसहित १३ जना पक्राउ

धरान । धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा रु १५ करोड भन्दा बढीको ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुन धितो राखेर कर्जा लिने र कर्जा दिने कार्यमा संलग्न कर्मचारीमा होमबहादुर भट्टराई, शंकर न्यौपाने, पुष्पराज घिमिरे, रामकिशोर मेहता, सानुबाबु श्रेष्ठ र विद्या तामाङ पक्राउ परेका छन् ।...बाँकी