categoryone

सिरिया आक्रमण तेस्रो विश्वयुद्धको सङ्केत

April 18, 2017 Posted by Jhilko.com
सिरिया आक्रमण तेस्रो विश्वयुद्धको सङ्केत

लक्ष्मण पन्त जनसङ्ख्यामा नेपालभन्दा सानो लगभग २ करोड १० लाख तर क्षेत्रफलमा नेपालभन्दा ठूलो लगभग १ लाख ८० हजार वर्ग किलोमिटर ओगट्ने मुलुक सिरिया गत छ वर्षदेखि भीषण युद्धको चपेटामा छ । यसबीचमा युद्धबाट मारिनेहरुको सङ्ख्या लगभग ३ लाख रहेको छ भने त्यसबाट त्यहाँको आधाजसो जनसङ्ख्या विस्थापित भएको छ । संयुक्त राष्ट्र संघको तथ्याङ्कअनुसार जनवरी २०१७ सम्म ६० लाख शरणार्थीहरु सिरियाभित्र रहेका छन् भने विभिन्न विदेशी मुलुकहरुमा शरण लिने सिरियाली शरणार्थीहरुको सङ्ख्या ४८ लाख ६३ हजार ६ सय ८४ पुगेको छ ।...बाँकी

विधानसभा चुनावमा मोदी किन सफल भए ?

March 16, 2017 Posted by Jhilko.com
विधानसभा चुनावमा मोदी किन सफल भए ?

नथिङ् क्यान डिफिट एन आइडिया हुज् टाइम ह्याज् कम । फ्रेन्च कवि भिक्टर ह्युगोको उक्ति हो यो । जसको अर्थ हो यस्तो विचार जसको समय आइसकेको छ, त्यसलाई कसैले पनि पराजित गर्न सक्तैन । अमेरिकामा ट्रम्पको विजय र भारतमा मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको विजयले वर्तमान समय वामपन्थी विचारधारा र धर्मनिरपेक्षता विश्वास गर्ने शक्तिहरुको पक्षमा होइन, धर्मान्धतावादी दक्षिणपन्थी शक्तिहरुको पक्षमा छ भन्ने देखाउँछ ।  भारतमा भर्खरै सम्पन्न उत्तरप्रदेशसहित पाँच राज्य विधानसभाहरुको निर्वाचन परिणाम र त्यसमा...बाँकी

डरलाग्दो भारतीय सैन्यघेरामा छिमेकी

March 15, 2017 Posted by Jhilko.com
डरलाग्दो भारतीय सैन्यघेरामा छिमेकी

भारतको परराष्ट्र नीतिमा सुरक्षा प्राथमिक चासो हो । हिमालयलाई सुरक्षा घेरा मान्ने नेहरु डक्ट्रिन भारतले डिफ्याक्टो रुपमा अपनाउँदै आएको छ । भारतले छिमेकलाई सुरक्षाको चस्माबाट हेर्दै आएको छ । पाकिस्तानसँगको जन्मजात शत्रुता र पटकपटकको युद्ध अनि चीनसँगको युद्धमा नराम्ररी पराजीत हुनुपरेको घटना भारतका लागि ठूलो सुरक्षा चुनौती बन्दै आएको छ । काश्मिर, नर्थइष्ट राज्यहरुमा जारी पृथकतावादी आन्दोलन, झारखण्ड, उडिसा, आन्ध्रप्रदेशमा जारी माओवादी विद्रोह, आतंकवादी आक्रमणलाई भारतले थप सुरक्षा चुनौतीका रुपमा लिएको...बाँकी

ह्रासोन्मुख अमेरिकी प्रभाव      

February 05, 2017 Posted by Jhilko.com
ह्रासोन्मुख अमेरिकी प्रभाव      

गत वर्ष १५ जुलाईमा टर्कीमा भएको असफल सैनिक विद्रोहले मध्यपूर्वको राजनैतिक ल्याण्डस्केपमै बदलाव ल्यायो र टर्की रुसतर्फ ढल्किन बाध्य हुनुपर्ने अवस्था देखाप¥यो भने मध्यपूर्वको पुनः नक्साङ्कनमा जुटेको अमेरिकी योजना अस्तव्यस्त हुन पुग्यो ।   दोश्रो विश्वयुद्धको शुरुवाती दिनसम्म अलग्गै बस्न चाहेको (Isolationist) अमेरिका विश्वयुद्धको लगत्तैपछि हस्तक्षेपकर्ता (Interventionist) को रुपमा देखाप¥यो भने विश्वयुद्धको समाप्ती र सोभियत ब्लकको बिघटनपछि भने बाँकी विश्वमाथि हैकम लाद्ने (Exception l...बाँकी

आसन्न भारतीय चुनाव र मोदीको परीक्षा

February 02, 2017 Posted by Jhilko.com
आसन्न भारतीय चुनाव र मोदीको परीक्षा

भारतका पाँचवटा राज्यहरु उत्तरप्रदेश, पञ्जाब, गोवा, मणिपुर र उत्तराखण्डमा ४ फेब्रुअरीदेखि ८ मार्चसम्म प्रान्तीय विधानसभाका निर्वाचनका लागि मतदान हुँदैछ । यी निर्वाचनहरु प्रान्तीय निर्वाचन भएता पनि तिनको महत्व राष्ट्रिय निर्वाचन भन्दा कम छैन किनकि यसबाट भारतको केन्द्र सरकारमा २०१४ मा अत्यधिक बहुमतका साथ आएको भारतीय जनता पार्टी र त्यसका नेता नरेन्द्र मोदीको भविष्यको एक प्रकारले परीक्षा हुनेछ । विशेषगरी नोटबन्दीलगत्तै हुन गइरहेको यो निर्वाचन नरेन्द्र मोदी सरकारका लागि अग्निपरीक्षा नै साबित हुनेछ । भ...बाँकी

ट्रम्प र भारतीय गठबन्धन

January 25, 2017 Posted by Jhilko.com
ट्रम्प र भारतीय गठबन्धन

अमेरिकाको ४५ औं राष्ट्रपतिमा माघ ६ गते डोनाल्ड ट्रम्पले सपथ लिए । उनको सपथपछि विश्वमा अनिश्चिता छाएको सरकारद्वारा नियन्त्रित चाइना डेलीले माघ १० गतेको अङ्कमा लेखेको छ । निर्वाचनको समयमा उनले उत्तेजक अमेरिकी राष्ट्रवादको नारा दिएका कारण त्यस्तो अनिश्चिता छाएको हो ।  ट्रम्पको दक्षिण एसियाली नीति पनि स्पष्ट भइसकेको छैन । विज्ञहरु यो नीति निर्माणको आधार भारत र चीन हुने विश्वास गर्छन् । अर्थात् अमेरिकाको दक्षिण एसिया नीति नै अमेरिकाको चीन र भारत नीति हो । ट्रम्पनिकट विदेशनीति विज्ञहरुका अनुसा...बाँकी

नयाँ अमेरिकी राष्ट्रपति र नयाँ तरङ्ग

January 19, 2017 Posted by Jhilko.com
नयाँ अमेरिकी राष्ट्रपति र नयाँ तरङ्ग

डोनाल्ड ट्रम्पले आउँदो शुक्रवार अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्दै छन् । उनले औपचारिक रुपमा कार्यभार सम्हाल्नुभन्दा पहिला नै थुप्रै विवादित अभिव्यक्ति दिइसकेका छन । खासगरी उनी हाम्रो छिमेकी मित्र देश चीनका विरुद्ध केन्द्रित हुने संकेत देखाइसकेका छन् । यसले विश्व र अझ खासगरी यस क्षेत्रमा नयाँ तरंग पैदा भएको छ ।   ट्रम्पले ताइवानका राष्ट्रपतिलाई फोन गरेर चीनलाई असन्तुस्ट बनाइसकेका छन् । उनी रुससँग निकट रहने, युरोपियनहरुसँग सम्बन्ध बढाउने र एक चीन नीतिको विपक्षमा केन्द्रित हुने बाटोतिर...बाँकी

दक्षिण एसियामा चीन र भारत

January 11, 2017 Posted by Jhilko.com
दक्षिण एसियामा चीन र भारत

नव महाशक्ति राष्ट्र चीन र भारतको छिमेकी राष्ट्रहरुमा परेको/पर्ने प्रभावबारे दुई हप्ताअघिको अङ्कमा चर्चा गरियो । यो अङ्कमा यी दुई राष्ट्रको दक्षिण एसियाली स्वार्थ र प्रतिस्पर्धाबारे चर्चा गरिनेछ । नेपालको परराष्ट्र नीति निर्माण गर्न र यसलाई कार्यान्वयन गर्न यो चर्चा सहयोगी हुनेछ । किनभने नेपालको परराष्ट्र सम्बन्ध मूलभूत रुपमा नेपालको चीन र भारत नीति हो । त्यसपछि संयुक्त राष्ट्र संघ, अमेरिका, बेलायत र युरोपियन युनियनसँगको सम्बन्ध हो ।  नेपाल–चीन संयुक्त सैनिक अभ्यासबाट चर्चा शुरु गरौ...बाँकी

तेस्रो विश्व युद्ध ः सम्भावनाको संकेत

January 04, 2017 Posted by Jhilko.com
तेस्रो विश्व युद्ध ः सम्भावनाको संकेत

विभिन्न सरकारी तथा निजी संस्थाहरुले इराक युद्ध र वर्तमानमा जारी सिरियाको युद्धमा मृतकहरुको सङ्ख्या दश लाख भन्दा बढी रहेको देखाएका छन् । केही दिन पहिले मात्र २०१२ देखि इस्लामिक विद्रोहीहरुको कब्जामा रहेको सिरियाको दोस्रो ठूलो शहर अलेप्पोलाई सिरियाली र रसियन सेनाहरुले सिरियामा चलाइएको सबैभन्दा ठूलो सैन्य कार्वाहीबाट विद्रोहीहरुको कब्जाबाट मुक्त गरेका छन् । सिरियाको दोस्रो ठूलो शहर जसलाई पुरातत्वविद्हरुले विश्वकै एउटा पुरानो शहर भएको बताउँछन् तथा जसको इतिहास इसा पूर्व ६ हजार वर्ष पहिलेको रहेको छ ।...बाँकी

फिडेल क्यास्ट्रो ःएक युगपुरुषको अन्त्य

December 06, 2016 Posted by Jhilko.com
फिडेल क्यास्ट्रो ःएक युगपुरुषको अन्त्य

“यदि हत्या प्रयासबाट जोगिने प्रतियोगिता ओलम्पिक खेलमा समाबेश हुन्थ्यो भने निश्चय नै त्यस खेलको स्वर्णपदक बिजेता म हुने थिएँ !” स्वर्गीय फिडेल क्यास्ट्रोले एकपटक यसो भनेका थिए । हुन पनि उनको हत्याको प्रयास अमेरिकी जासुसी संस्था सीआईएले ६ सयभन्दा बढी पटक नै गरेको तथ्य बाहिर आइसकेको थियो । उनको हत्या गर्न सीआईएले अनेकौं तरिका अपनाएको थियो र विषालु सिगारको प्रयोग, उनले पिउने पेयपदार्थमा साइनाइडको मिसावट, क्यास्ट्रोसँग अन्तरङ्ग मित्रता भएकी महिलामार्फत् विषालु पिल्स खुवाएर मार्ने षडयन्त्र...बाँकी