categoryone

कतारको विवाद मिलाउन विदेशी पहल

June 06, 2017 Posted by Jhilko.com
कतारको विवाद मिलाउन विदेशी पहल

इरानका साथ तालमेल र आतंकी संगठनहरुसँग सम्बन्ध राखेको आरोपमा कूटनीतिक रुपमा अरब देशहरुसँग अलगथलग कतारलाई कुवेतको सहारा मिलेको छ । एक समाचार एजेन्सीका अनुसार कुवेतले मध्यस्थताको प्रयास थालेको छ । कुवेतले नै २०१४ मा खाडी देशहरुको बीचको विवाद मिलाउनमा महत्वपूर्ण भूमिका खेलेको थियो । कतारले पनि यो विवादलाई वार्ताबाट टुंगो लगाउन चाहिरहेको छ । कतार यतिवेला निकै संयमित छ ।  खाडी देशहरुको बीचको तनावलाई लिएर टर्कीका राष्ट्रपति तैयप एर्दाेगनले पनि कतार, रुस, कुवेत र साउदी अरबसँग कुराकानी गरिसकेक...बाँकी

वार्तामा आउन कतारको आव्हान

June 06, 2017 Posted by Jhilko.com
वार्तामा आउन कतारको आव्हान

कतारले आफूसँग कूटनीतिक सम्बन्ध तोडेका देशहरुलाई वार्तामा आउन अपील गरेको छ । कतारले आतंकवादलाई सहयोग गरेको भन्दै युएई, साउदी अरब, बहराइन, इजिप्ट, लिविया, यमन र माल्दिभ्सले सोमबारदेखि कतारसँग सम्बन्ध तोडेका छन् ।  कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले सबै पक्षले बसेर छलफल गरी देशहरुबीचको विवाद टुङगो लगाउनु पर्ने बताएका छन । यस्तै क्षेत्रीय संगठन खाडी समन्वय परिषद् कुवेतले कतारलाई संयमित हुन अपिल गरेको छ ।  बाँकी

अरब राष्ट्रद्वारा कतारसँग कुटनैतिक सम्बन्ध विच्छेद गरेको घोषणा

June 06, 2017 Posted by Jhilko.com
अरब राष्ट्रद्वारा कतारसँग कुटनैतिक सम्बन्ध विच्छेद गरेको घोषणा

रियाद –साउदी अरब । साउदी अरब इजिप्टसहितका केही अरब राष्ट्रले सोमबारदेखि कतारसँगको कुटनैतिक सम्बन्ध तोडेको बताएका छन् ।  आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैन समस्या ल्याएको आरोप लगाउँदै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् ।  इजिप्टसहित अरब राष्ट्रका विभिन्न छ मुलुकले आफ्ना यातायातका सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई स...बाँकी

इटालीमा फुटबल दर्शकबीच भागदौड हुँदा करिव पन्ध्र सयजना घाइते

June 05, 2017 Posted by Jhilko.com
इटालीमा फुटबल दर्शकबीच भागदौड हुँदा करिव पन्ध्र सयजना घाइते

रोम – इटाली । इटालीको उत्तरी क्षेत्रमा अवस्थित पिएमोन्टे राज्यको राजधानी तुरिन सहरमा प्रत्यक्ष फुटबल प्रसारणे हेर्न दर्शकदिघामा बसिरहेका फुटबल प्रेमीबीच अचानक भागदौड मच्चिँदा कम्तीमा एक हजार ५०० इटालीको फुटबल टोली युभेन्टसका प्रशंसक (फ्यान) घाइते भएको यहाँको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते भएकामध्ये एक सात वर्षीय बालक र दुई जना महिला रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  शनिबार इटालीको युभेन्टस र स्पेनको रियल म्याड...बाँकी

लण्डनमा भएको आक्रमणपछि ४८ व्यक्ति अस्पतालमा भर्ना

June 04, 2017 Posted by Jhilko.com
लण्डनमा भएको आक्रमणपछि ४८ व्यक्ति अस्पतालमा भर्ना

लण्डन । मध्य लण्डनमा शनिबार राती भएको दुई वटा आतङ्ककारी आक्रमणमा परी घाइते भएका ४८ लाई उपचारार्थ अस्पताल भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।  शनिबार भएको दुई वटा आक्रमणमा परी छ जनाले भने ज्यान गुमाएका थिए ।  यस आक्रमणबाट घाइते भएका ४८ व्यक्तिलाई लण्डनका पाँच वटा अस्पतालका भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाले जानकारी दिएको हो ।  शनिबार राती भएको यस आक्रमणबाट सामान्य घाइते भएका केही व्यक्तिलाई भने उपचारपछि घर फर्काइएको छ ।  लण्डन...बाँकी

पेरिस सम्झौताः डोनाल्ड ट्रम्पको ऐतिहासिक भूल

June 02, 2017 Posted by Jhilko.com
पेरिस सम्झौताः डोनाल्ड ट्रम्पको ऐतिहासिक भूल

लरेन्स टुबिआना  पेरिस, १९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको अगुवाइमा निकै लामो छलफलपश्चात् ऐतिहासिक उपलब्धि मानिएको सन् २०१५ को पेरिस जलवायु सम्झौतामा सहभागी नहुने भनी बिहीबार घोषणा गरेका छन् । निःसन्देह ट्रम्पले एउटा ठूलो भुल गरेका छन् जसका कारण उनको आफ्नै देश अमेरिका र विश्वलाई नै गम्भीर समस्यामा पार्नेछ ।  ट्रम्पको दाबी छ, पेरिस सम्झौतामा पुनर्विचार गर्ने प्रयत्न हुनेछ, अथवा कुनै नयाँ सम्झौता गरिने छ । तर विश्वभरका नेताहरुले जलवायु परिवर्तनविरुद्ध लड्न यो...बाँकी

ट्वीटरमा ट्रम्प र हिलारीबीच भनाभन

June 02, 2017 Posted by Jhilko.com
ट्वीटरमा ट्रम्प र हिलारीबीच भनाभन

वासिङटन – अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनीसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बन्नुभएकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ ।  डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे पुनः एक पटक प्रश्न उठाएपछि दुई नेताबीचको विवादले तातो रुप लिएको हो ।  क्यालिफोर्नियामा भएको प्रविधि सम्मेलनमा डेमोक्रेटिक नेता क्लिन्टनले भने, रसियाली सरकारले उनीहरु कतैबाट निर्देशित नबन्दासम्म त्यो सच...बाँकी

काबुलमा आत्मघाती आक्रमण ६४ को मृत्यु

May 31, 2017 Posted by Jhilko.com
काबुलमा आत्मघाती आक्रमण ६४ को मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनितिज्ञ व्यक्तित्वहरुको आवासस्थानलक्षित भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।  यस आक्रमणमा परी महिला र बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका छन् ।  आत्मघाती आक्रमणकारीले विस्फोटन पदार्थले भरिएको एक सवारी साधानलाई स्थानीय समयाअनुसार ८ः३० बजे बुधबार विहान जान्बाक स्क्वायरस्थित बिस्फोट गराइएको बताइएको छ ।  यस विस्फोटको कारण ५० भन्दा बढी सवारी साधन ध्वस्त र...बाँकी

राष्ट्रपतिले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता बढ्यो

May 31, 2017 Posted by Jhilko.com
राष्ट्रपतिले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता बढ्यो

वासिङ्गटन । साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नु भएकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्ता बढाएको छ । अलिकति हिमचिम बढ्नासाथ राष्ट्रपति ट्रम्प जो कोहीलाई पनि सीधै फोन सम्पर्क गर्ने सल्लाहसहित आफ्नो निजी मोबाइल नम्बर दिन हिच्किचाउनु हुन्न ।  झट्ट हेर्दा राष्ट्रपति ट्रम्पको यस्तो उदारतालाई निष्कपट र आत्मिय सद्भाव भन्न सकिए ता पनि यसलाई पदीय कूटनीतिक शिष्टाचारको पालना गर्न बिर्सिएको ठान...बाँकी

श्रीलङ्कामा बाढी पहिरोः एक सय सतहत्तरको मृत्यु, एक सय भन्दा बढी बेपत्ता

May 30, 2017 Posted by Jhilko.com
श्रीलङ्कामा बाढी पहिरोः एक सय सतहत्तरको मृत्यु, एक सय भन्दा बढी बेपत्ता

कोलम्बो –श्रीलङ्का । श्रीलङ्कामा मनसुन–पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार अपरान्ह्सम्म १७७ पुगेको यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ ।  बाढीकाकारण १०९ जना वेपत्ता भएका छन् भने करिव पाँच लाख व्यक्ति विस्थापित भएका छन् उक्त संस्थाले जनाएको छ ।  उद्धारका कार्यमा सरकारले करिव एक हजार आठसय सेना, एक हजार एकसय नौसेना तथा विभिन्न सङ्घसंस्थामा कार्यरत सयौं तालिमप्राप्त जनशक्तिको परिचालन गरिरहेको छ । प्राप्त जानकारी अनुसार बाढील...बाँकी