categoryone

ट्रम्प र भारतीय गठबन्धन

January 25, 2017 Posted by Jhilko.com
ट्रम्प र भारतीय गठबन्धन

अमेरिकाको ४५ औं राष्ट्रपतिमा माघ ६ गते डोनाल्ड ट्रम्पले सपथ लिए । उनको सपथपछि विश्वमा अनिश्चिता छाएको सरकारद्वारा नियन्त्रित चाइना डेलीले माघ १० गतेको अङ्कमा लेखेको छ । निर्वाचनको समयमा उनले उत्तेजक अमेरिकी राष्ट्रवादको नारा दिएका कारण त्यस्तो अनिश्चिता छाएको हो ।  ट्रम्पको दक्षिण एसियाली नीति पनि स्पष्ट भइसकेको छैन । विज्ञहरु यो नीति निर्माणको आधार भारत र चीन हुने विश्वास गर्छन् । अर्थात् अमेरिकाको दक्षिण एसिया नीति नै अमेरिकाको चीन र भारत नीति हो । ट्रम्पनिकट विदेशनीति विज्ञहरुका अनुसा...बाँकी

नयाँ अमेरिकी राष्ट्रपति र नयाँ तरङ्ग

January 19, 2017 Posted by Jhilko.com
नयाँ अमेरिकी राष्ट्रपति र नयाँ तरङ्ग

डोनाल्ड ट्रम्पले आउँदो शुक्रवार अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्दै छन् । उनले औपचारिक रुपमा कार्यभार सम्हाल्नुभन्दा पहिला नै थुप्रै विवादित अभिव्यक्ति दिइसकेका छन । खासगरी उनी हाम्रो छिमेकी मित्र देश चीनका विरुद्ध केन्द्रित हुने संकेत देखाइसकेका छन् । यसले विश्व र अझ खासगरी यस क्षेत्रमा नयाँ तरंग पैदा भएको छ ।   ट्रम्पले ताइवानका राष्ट्रपतिलाई फोन गरेर चीनलाई असन्तुस्ट बनाइसकेका छन् । उनी रुससँग निकट रहने, युरोपियनहरुसँग सम्बन्ध बढाउने र एक चीन नीतिको विपक्षमा केन्द्रित हुने बाटोतिर...बाँकी

दक्षिण एसियामा चीन र भारत

January 11, 2017 Posted by Jhilko.com
दक्षिण एसियामा चीन र भारत

नव महाशक्ति राष्ट्र चीन र भारतको छिमेकी राष्ट्रहरुमा परेको/पर्ने प्रभावबारे दुई हप्ताअघिको अङ्कमा चर्चा गरियो । यो अङ्कमा यी दुई राष्ट्रको दक्षिण एसियाली स्वार्थ र प्रतिस्पर्धाबारे चर्चा गरिनेछ । नेपालको परराष्ट्र नीति निर्माण गर्न र यसलाई कार्यान्वयन गर्न यो चर्चा सहयोगी हुनेछ । किनभने नेपालको परराष्ट्र सम्बन्ध मूलभूत रुपमा नेपालको चीन र भारत नीति हो । त्यसपछि संयुक्त राष्ट्र संघ, अमेरिका, बेलायत र युरोपियन युनियनसँगको सम्बन्ध हो ।  नेपाल–चीन संयुक्त सैनिक अभ्यासबाट चर्चा शुरु गरौ...बाँकी

तेस्रो विश्व युद्ध ः सम्भावनाको संकेत

January 04, 2017 Posted by Jhilko.com
तेस्रो विश्व युद्ध ः सम्भावनाको संकेत

विभिन्न सरकारी तथा निजी संस्थाहरुले इराक युद्ध र वर्तमानमा जारी सिरियाको युद्धमा मृतकहरुको सङ्ख्या दश लाख भन्दा बढी रहेको देखाएका छन् । केही दिन पहिले मात्र २०१२ देखि इस्लामिक विद्रोहीहरुको कब्जामा रहेको सिरियाको दोस्रो ठूलो शहर अलेप्पोलाई सिरियाली र रसियन सेनाहरुले सिरियामा चलाइएको सबैभन्दा ठूलो सैन्य कार्वाहीबाट विद्रोहीहरुको कब्जाबाट मुक्त गरेका छन् । सिरियाको दोस्रो ठूलो शहर जसलाई पुरातत्वविद्हरुले विश्वकै एउटा पुरानो शहर भएको बताउँछन् तथा जसको इतिहास इसा पूर्व ६ हजार वर्ष पहिलेको रहेको छ ।...बाँकी

फिडेल क्यास्ट्रो ःएक युगपुरुषको अन्त्य

December 06, 2016 Posted by Jhilko.com
फिडेल क्यास्ट्रो ःएक युगपुरुषको अन्त्य

“यदि हत्या प्रयासबाट जोगिने प्रतियोगिता ओलम्पिक खेलमा समाबेश हुन्थ्यो भने निश्चय नै त्यस खेलको स्वर्णपदक बिजेता म हुने थिएँ !” स्वर्गीय फिडेल क्यास्ट्रोले एकपटक यसो भनेका थिए । हुन पनि उनको हत्याको प्रयास अमेरिकी जासुसी संस्था सीआईएले ६ सयभन्दा बढी पटक नै गरेको तथ्य बाहिर आइसकेको थियो । उनको हत्या गर्न सीआईएले अनेकौं तरिका अपनाएको थियो र विषालु सिगारको प्रयोग, उनले पिउने पेयपदार्थमा साइनाइडको मिसावट, क्यास्ट्रोसँग अन्तरङ्ग मित्रता भएकी महिलामार्फत् विषालु पिल्स खुवाएर मार्ने षडयन्त्र...बाँकी

आश्चर्यचकित रुपमा डोनाल्ड ट्रम्पको विजय

November 15, 2016 Posted by Jhilko.com
आश्चर्यचकित रुपमा डोनाल्ड ट्रम्पको विजय

पृष्ठभूमिः प्राकृतिक देनको रुपमा अपरिचित ढंगले भौगोलिक भूमिको रुपमा मात्र गुमनाम थियो अमेरिका सन् सोह्रांै शताब्दीको सुरुसम्म । सन् १४९३ मा किस्टोफर कोलम्वसले त्यो भूगोलमा पुगेर युरोपियनहरुलाई जानकारी दिएपछि नयाँ संसार (न्यू वल्र्ड) को रुपमा चिनियो । मानव वस्ती र जीवनको हिसावले यूरोपका विभिन्न राष्ट्रहरुबाट बीउ रोपिएको अमेरिका सोह्रौं शताब्दीको पूर्वमा यूरोपियन नागरिकहरुकै साझा माइग्रेटेड थलो बन्न पुग्यो । यही क्रममाराज्यको उत्तर अमेरिकाको न्यू ह्याम्सायर, म्यासाचुसेट, कनेकटिकट, रोह्ड आइल्यान्ड...बाँकी

डोनान्ड ट्रपको अमेरिकाको ४५ औं राष्ट्रपतिमा विजयी

November 09, 2016 Posted by Jhilko.com
डोनान्ड ट्रपको अमेरिकाको ४५ औं राष्ट्रपतिमा विजयी

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् । डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेका हुन् । अमेरिकी जनताले आठ वर्ष शासन चलाइसकेको डेमाक्रेटिक पार्टीको स्थानमा अहिले रिपब्लिकन पार्टीका उम्मेदवारलाई विजय बनाएका हुन् ।  सन् १९४६ जुन १४ मा जन्मेका ट्रम्पले ७० वर्ष पाँच महिनाको उमेरमा राष्ट्रपति विजयी भएका हुन्। अमेरिकी इतिहासमा ट्रम्प अहिलेसम्मकै सबैभन्दा बढी उमेरका अमेरिकी राष्ट्रपति बन...बाँकी

उत्तर कोरियाका पूर्वकृषिमन्त्री र उच्च अधिकारीलाई मृत्युदण्ड

August 31, 2016 Posted by Jhilko.com
उत्तर कोरियाका पूर्वकृषिमन्त्री र उच्च अधिकारीलाई मृत्युदण्ड

भदौ १५, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनको आज्ञा पालना नगरेको आरोपमा त्यहाँका पूर्वकृषिमन्त्री हवाङ मिन र शिक्षा मन्त्रालयका उच्च अधिकारी री योङ जोङलाई मृत्युदण्ड दिइएको छ । दक्षिण कोरियाका सञ्चार माध्यममा आएको समाचार अनुसार नेता उनको निर्देशनमा उनीहरूलाई केहीदिन अगाडि सैन्य मुख्यालयमा गोली हानी मृत्युदण्ड दिइएको हो । दक्षिण कोरियाली पत्रिका जोङ आङ इबोका अनुसार मृत्युदण्ड दिइएकोका हवाङ सन् २०१२ मा सरकारका कृषिमन्त्री थिए । उनको कृषिसम्बन्धी नीतिले किम जोन उनलाई चुनौती दिएको स...बाँकी

भूमध्यसागरमा हजारौं आप्रवासी संकटमा, साढे ६ हजार वढीको उद्धार

August 31, 2016 Posted by Jhilko.com
भूमध्यसागरमा हजारौं आप्रवासी संकटमा, साढे ६ हजार वढीको उद्धार

भदौं १५, काठमाडौं । इटलीका तटरक्षकले भनेका छन्, अहिलेसम्मकै ठूलो एक अभियानका क्रममा सोमबार लिबिया पारीको भूमध्यसागरबाट करीब साढे ६ हजार आप्रवासीको उद्धार गरिएको छ। लिबियाको सब्रथा नगरबाट करिब २० किलोमिटर टाढा, झन्डै ४० वटा उद्धारका अभियान भएका थिए। युरोपमा आर्थिक अवसर चाहिरहेका दशौं हजार अफ्रिकी र मध्यपूर्व अनि अफगानिस्तानका द्वन्द्वग्रस्त क्षेत्रका शरणार्थीहरु असुरक्षित पानीजहाजमार्फत समुद्र पार गर्छन्। ती मध्ये धेरैले आफ्नो ज्यान गुमाएका छन्। एरिट्रिया र सोमालियाका भनिएका ती आप्रवासी, उ...बाँकी

जापानमा बाढी, ११ जनाको मृत्यु

August 31, 2016 Posted by Jhilko.com
जापानमा बाढी, ११ जनाको मृत्यु

भदौ १५, काठमाडौँ । जापानको उत्तरी इवाइजुमी सहरमा रहेको बृद्धाश्रममा भारी वर्षापछि आएको बाढीका कारण ९ जनाको मृत्यु भएको छ । बृद्धाश्रमलाई पहिरोबाट आएको लेदो माटोले बगाएको थियो । ‘लिओनरक’ नाम दिइएको आँधीका कारण अरु दुईजनाको पनि मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । आँधी आउने सूचना जारी गरेपनि समुद्री किनारमा रहेको उक्त बृद्धाश्रम खाली गरिएको थिएन । तर, समुद्रीतटमा रहेका अरु क्षेत्रमा भने पहिरो र बाढीको त्रासका कारण ४ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीका...बाँकी