categoryone

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

June 04, 2018 Posted by Jhilko.com
भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

चन्डिपुर, उडिसा । भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ ।  भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान ९ः४८ मा सफल परीक्षण गरिएको हो ।  अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको मार हान्ने क्षमता पाँच हजार किलोमिटर टाढासम्म रहेको र यो चीनका प्राय भागमा पुग्ने क्षमता भएको क्षेप्यास्त्र हो ।  अग्नी–५ सवैभन्दा लामो दूरी मार हान्ने आणविक क्षमताको शक्तिशाली क्षेप्यास्त्र भार...बाँकी

म्यानमारको राखिनमा नागरिक विस्थापित हुने क्रम रोकिएन, सरकारले छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्ने

June 01, 2018 Posted by Jhilko.com
म्यानमारको राखिनमा नागरिक विस्थापित हुने क्रम रोकिएन, सरकारले छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्ने

१८ जेठ, यांगुन ।  म्यानमार सरकारले यहाँको उत्तरी राखिन राज्यमा हालैका केही महिना यतादेखि देखा परिरहेका विभिन्न जातीय मुद्दाका कारण उत्पन्न समस्याको समाधानका लागि एक स्वतन्त्र आयोग गठन गर्ने भएको छ ।  सो आयोगले उक्त राज्ययमा उत्पन्न भएको समस्याको समाधानका साथै यहाँका विभिन्न जातीय समुदायहरुबीच शान्ति स्थापना गरी राष्ट्रिय सहमतिको समेत अवस्था सिर्जना गर्न यस्तो आयोगको गठन गर्न लागेको बताइएको छ ।  उक्त राज्यमा केही महिनायतादेखि यहाँका अल्पसंख्यक मुस्लिम समुदायमाथि ठूलो दमन गरिए...बाँकी

स्पेनको प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, सरकार संकटमा

June 01, 2018 Posted by Jhilko.com
स्पेनको प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, सरकार संकटमा

१८ जेठ, काठमाडौं । स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ । प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो । अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त हुनेछन् भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुला हुनेछ । अविश्वासको प्रस्तावमा शुक्रबार मतदान हुने बीबीसीले जनाएको छ । प्रस्तावको पक्षमा बहुमतको लागि १७६...बाँकी

उत्तर कोरियाली उच्च अधिकारी बेइजिङमा, बुधबार अमेरिका जाने

May 30, 2018 Posted by Jhilko.com
उत्तर कोरियाली उच्च अधिकारी बेइजिङमा, बुधबार अमेरिका जाने

१६ जेठ, बेइजिङ ।   उत्तर कोरियाका एकजना जर्नेल तथा त्यहाँको वर्कस् पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल बुधबार चिनियाँ राजधानी बेइजिङ पुगेको समाचार छ ।  अमेरिकाको लागि हिंडेका उनी बुधबार बेइजिङ पुगेका र यहाँका अधिकारीसँग आवश्यक परामर्श भेट गरेको बताइएको छ । उनले चिनियाँ अधिकारीसँग भेटगरी प्रस्तावित सिंगापुर वार्ताको बारेमा जानकारी गराएका बताइएको छ ।  आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने...बाँकी

ट्रम्पद्वारा किमसँगको शिखर वार्ता स्थगित भएको घोषणा

May 25, 2018 Posted by Jhilko.com
ट्रम्पद्वारा किमसँगको शिखर वार्ता स्थगित भएको घोषणा

  वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको शिखर वार्ता स्थगित गरिएको बताउनुभएको छ ।  किमलाई बिहीबार एक पत्र पठाउदै ट्रम्पले आउँदो जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको शिखर वार्ता स्थगित गरिएको जानकारी गराउनु भएको हो ।  उत्तर कोरियाको प्रशासनले अमेरिकासँग शत्रुतापूर्ण व्यवहार नत्यागेकाले शिखर वार्ता स्थगित गर्नु परेको ट्रम्पले पत्रमा उल्लेख गर्नुभएको छ ।  “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको...बाँकी

म्यान्मारबाट नागरिक विस्थापन रोकिएन

May 25, 2018 Posted by Jhilko.com
म्यान्मारबाट नागरिक विस्थापन रोकिएन

याङ्गोन । उत्तरी म्यान्माली क्षेत्रमा सेना र जातीय विद्रोहीबीचका झडपहरु जारी नै रहदा यहाँका स्थानीय नागरिक विस्थापित हुने क्रम पनि नरोकिएको अधिकारीहरुको भनाई छ ।  विगतका केही महिनादेखि उक्त क्षेत्रमा यहाँका अल्पसंख्यक मुस्लिम तथा अरु पनि केही स्थानीय अल्पसंख्यक जातीय समुदायका बीचमा विवादहरु चर्किएको समाचारमा जनाइएको छ ।  सेनाले ती उत्तरी क्षेत्रहरुमा अहिले पनि धरपकड जारी नै राखेको र यसका कारण भएको झडपमा हजारौँ सर्वसाधारण स्थानीय नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघीय अधि...बाँकी

पाकिस्तानमा तातोहावाका कारण ६५ को मृत्यु

May 23, 2018 Posted by Jhilko.com
पाकिस्तानमा तातोहावाका कारण ६५ को मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको समाचार छ ।  सो सहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि ६५ व्यक्तिको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।  गत तीन दिनयता कराँचीको कोराङ्गी र सोहराब गोथ क्षेत्रबाट ११४ व्यक्तिको शव पाइएको र तीमध्ये ६५ जनाको तातो हावाको कारण मृत्यु भएको पुष्टि भएको बताइएको छ ।  उक्त इदही फाउडेन्सनका...बाँकी

तामिल नाडुमा सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु

May 23, 2018 Posted by Jhilko.com
तामिल  नाडुमा सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  प्रशासनले घटनामा कति जनाको मृत्यु भएको भन्ने बिषयलाई पुष्टि गरिसकेको छैन । यद्यपि स्थानीय मन्त्री डि जयाकूमारले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भन्नुभयो, घटनाबारे बिस्तृत विवरण आइसकेको छैन । सरकारले घटनामा मृत्यु भएका नागरिकका आफन्तलाई राहतको व्यवस्था गर्नुपर्छ र ग...बाँकी

राहुलद्वारा मोदीमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप

May 20, 2018 Posted by Jhilko.com
राहुलद्वारा मोदीमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप

नयाँ दिल्ली, भारत । भारतीय कंग्रेस (कंग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै उहाँ नै भ्रष्टाचारी बन्नुभएको आरोप लगाउनुभएको छ ।  शनिबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै गान्धीले भन्नुभयो,“ तपाईहरूले प्रत्यक्ष देखिरहनुभएको छ प्रधानमन्त्रीले कर्नाटकमा कसरी विधायकहरूलाई केनबेच गर्न अधिकार दिइरहनुभएको छ ।” गान्धीले थप्नुभयो, “प्रधानमन्त्रीले मुलुकमा आफू भ्रष्टाचार विरुद्ध लडिरहेको भन्नुहुन्छ तर य...बाँकी

क्युवा विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा

May 20, 2018 Posted by Jhilko.com
क्युवा विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा

  हवाना, क्युवा । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका १०७ जना हवाई यात्रुको सम्झनामा दुई दिन शोक मनाइने सरकारले शनिबार जनाएको छ ।  क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग भाडामा लिई चलाउँदै आएको करिब ४० वर्ष पूरानो बोइङ ७३७ मा यात्रारत चालकदलका सदस्यसहित ११० जना यात्रारत विमान दुर्घटना हुँदा विमानका १०७ जनाको मृत्यु भएको बताइएको छ । विमानबाट तीन जना महिलालाई सख्त घाइते अवस्थामा उद्धार गरिएको थि...बाँकी