categoryone

श्रीलंकाको संसद बैठकमा सांसदहरुबीच कुटाकुट

November 15, 2018 Posted by Jhilko.com
श्रीलंकाको संसद बैठकमा सांसदहरुबीच कुटाकुट

२९ कात्तिक, काठमाडौं । श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबारको संसद बैठकमा सांसदहरुबीच भीडन्त भएको हो । संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखलाई आक्रमण गर्न थालेपछि कुटाकुट भएको हो । बिहीबार संसद बैठकमा राजापाक्षेले आफूलाई ध्वनिमतको आधारमा हटाउने अधिकार सभामुखलाई नभएको बताएका थिए । सभामुख कारु जैसूर्याले मुलुकमा अह...बाँकी

युरोपीय संघबाट बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

November 15, 2018 Posted by Jhilko.com
युरोपीय संघबाट बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

२९ कात्तिक, काठमाडौं । ब्रिटेन युरोपेली संघबाट बाहिरिने भएको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीय संघबाट अलग हुने निर्णय गरेसंगै युरोपेली संघबाट बाहिरिने लगभग पक्का भएको हो । यस विषयमा मन्त्रिपरिषदमा पाँच घण्टा लामो बहस भएको थियो । बहसपछि प्रधानमन्त्री टेरिजा मेले यो अन्तिम निर्णय भएको बताइन् । उनले यो निर्णय ब्रिटेनको हितमा भएको समेत दाबी गरिन् । उनका अनुसार बाहिरिने निर्णयसँगै ब्रिटेनको रोजगारी जोगिने र देशको सुरक्षा तथा संवैधानिक एकताका लागि मद्दत पनि पुग्ने उनले दावी गरिन् । यसले...बाँकी

श्रीलंकाली संसदबाट राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित

November 14, 2018 Posted by Jhilko.com
श्रीलंकाली संसदबाट राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित

२८ कात्तिक, काठमाडौं । श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविस्वास प्रस्ताव पारित भएको छ । संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णय सर्वोच्च अदालतले खारेज गरेको भोलिपल्ट बुधबार संसदले प्रधानमन्त्रीमा विवादास्पद रुपमा नियुक्त भएका राजापाक्षेविरुद्ध अविस्वास प्रस्ताव पारित गरेको हो । संसदको २२५ सदस्यमध्ये बहुमत सदस्यले राजापाक्षेलाई नियुक्त गर्ने राष्ट्रपतिको कदमविरुद्ध मतदान गरेका थिए । गत अक्टोबर २६ मा राष्ट्रपति सिरिसेनाले तत्कालिन प्रधानमन्त्री रनिल...बाँकी

नेतृ आङ सान सुकीको सम्मान फिर्ता

November 13, 2018 Posted by Jhilko.com
नेतृ आङ सान सुकीको सम्मान फिर्ता

२७ कात्तिक, काठमाडौं । एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिएको आफ्नो सर्वोच्च सम्मान फिर्ता लिएको छ । रोहिंग्या अल्पसंख्यक समुदायप्रति उनको व्यवहार नराम्रो भएको भन्दै एमनेस्टीले सम्मान फिर्ता लिएको हो । नोबेल पुरस्कार विजेता सुकीलाई एमनेस्टीले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्शियन्स अवार्ड’ प्रदान गरेको थियो । त्यतिबेला सुकी आफ्नै घरमा नजरबन्दमा थिइन् । ७३ वर्षीया सुकीलाई दिइएको कुनै सम्मान फिर्ता भएको यो पहिलो घटना हो । एमनेस्टी त्यही संस्था ह...बाँकी

श्रीलङ्काको पछिल्लो राजनीतिक घटना : एसियामा चीनको आक्रामक आगमन

October 31, 2018 Posted by Jhilko.com
श्रीलङ्काको पछिल्लो राजनीतिक घटना : एसियामा चीनको आक्रामक आगमन

अञ्जली राई दक्षिण एसियाको एउटा राष्ट्र श्रीलङ्का यतिबेला अन्तर्राष्ट्रिय रणनीतिक दाउपेजका कारण गम्भीर राजनीतिक सङ्कटमा फसेको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रनिल विक्रमसिंघेलाई प्रधानमन्त्री पदबाट हटाई पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्षेलाई नियुक्त गरे । त्यहाँका सभामुख करु जयसूर्याले राष्ट्रपति सिरिसेनाको पछिल्लो कदम असंवैधानिक भनी सार्वजनिक रुपमा टिप्पणी गरेपछि त्यहाँ संवैधानिक सङ्कट आइपरेको हो ।  राष्ट्रपति सिरिसेनाले विक्रमसिंघेलाई राष्ट्रपतिको कदमलाई स्वीकार्दै सरकारी निवास...बाँकी

हवाई कारवाहीमा चार तालिबान कमाण्डरसहित तीस मारिए

October 13, 2018 Posted by Jhilko.com
हवाई कारवाहीमा चार तालिबान कमाण्डरसहित तीस मारिए

असोज, फराह, अफगानिस्तान । गत हप्ता अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा विदेशी सैन्य बलले गरेको हवाई कारवाहीमा परी चार तालिबान कमाण्डर मारिएका छन् ।  फराह प्रान्तका गभर्नर अब्दुल बासिर सलाङ्गीले खाक सफिद जिल्लामा भएको हवाई कारवाहीमा परी तालिबान कमाण्डर मुल्लाह बारी जानको मृत्यु भएको पुष्टि गरेका  छन् ।  मुल्लाहले कम्तीमा तीन सय हत्या र आक्रमण गरेका टोलो समाचार समितिले जानकारी दिएको छ । मुल्लाहबाहेक मुल्लाह हान्जाला, मुल्लाह मुख्लिस् र मुल्लाह अब्दुल सलिम नाम...बाँकी

फ्लोरिडाका आँधी पीडितहरुको खोजी र उद्धारको काम शुरु

October 12, 2018 Posted by Jhilko.com
फ्लोरिडाका आँधी पीडितहरुको खोजी र उद्धारको काम शुरु

२६ असोज, पानामा सिटी, संयुक्त राज्य राज्य अमेरिका  । अमेरिकाको फ्लोरिडालगायतका राज्यमा भएको आँधी पीडितहरुको उद्धारको काम शुरु गरिएको छ ।  संयुक्त राज्य अमेरिकाको फ्लोरिडासहितका तीन ओटा राज्यमा आएको आँधीका कारण भएको क्षतिको खोजी गर्नुका साथै यसका पीडितको उद्धारका लागि विशेष उद्धार समूह परिचालन गरिएको छ ।  ‘माइकल’ नामक यस आँधी ‘क्याटगोरी ४’ अर्थात निकै शक्तिशालीको सूचीमा रहेको छ । माइकल अमेरिकामा ८० वर्षयताकै शक्तिशाली आँधी भएको जनाइएको छ ।  अमे...बाँकी

विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशतः मुद्रा कोष

October 09, 2018 Posted by Jhilko.com
विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशतः मुद्रा कोष

२३ असोज, वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष ९सन् २०१८० को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ ।  संयुक्तराज्य अमेरिका र चीनबीचको बढ्दो व्यापार तनावले व्यापार क्षेत्रको वृद्धिमा कमी आउने भएकाले पनि कोषले सन् २०१८ र २०१९ को विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत कायम गरेको छ, कोषले सोमबार सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्...बाँकी

इन्टरपोलका अध्यक्ष चीनमै पक्राउ, पक्राउपरेसँगै इन्टरपोलबाट राजीनामा दिए

October 08, 2018 Posted by Jhilko.com
इन्टरपोलका अध्यक्ष चीनमै पक्राउ, पक्राउपरेसँगै इन्टरपोलबाट राजीनामा दिए

२२ असोज, काठमाडौं । हराइरहेका अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनमै पक्राउ परेका छन् । मेंगकी श्रीमतीले उनले डरलाग्दो म्यासेज पठाएको भन्दै जीवन रक्षाको माग गरिरहेका बेला उनी चीनबाट पक्राउ परेका हुन् । चीनले उनी पक्राउ परेको पुष्टि गर्दै कानून उल्लंघनको आरोपमा भ्रष्टाचार विरोधी निकायले छानबिन गरिरहेको जनाएको छ । कर्मचारीहरुले गर्ने भ्रष्टाचारबारे छानबिन गर्दै आइरहेको चीनको सुपरभिजन कमिसनले आफ्नो वेबसाइटमा उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ । चीनको सार्वजनिक सुरक्षा...बाँकी

ट्रम्प–किम सम्मेलनमा हुनेमा वासिङ्टन आशावादी : पोम्पेओ

October 07, 2018 Posted by Jhilko.com
ट्रम्प–किम सम्मेलनमा हुनेमा वासिङ्टन आशावादी : पोम्पेओ

–रिचार्ड कार्टर  टोकियो ।   अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो एसिया भ्रमणले ट्रम्प–किमबीचको दोस्रो सम्मेलनका लागि गति प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीचको वार्तालाई वातावरण मिलाउने सिलसिलामा पोम्पेओ शनिबार जापान आइपुगेका छन्। जापानबाट उनी प्योङयाङ जाने कार्यक्रम रहेको छ । अमेरिकी विदेश मन्त्रीका रूपमा पोम्पेओको योे भ्रमण उत्तर कोरियाका लागि चौथो हो ।  टोकियो विमानस्थलमा सञ्च...बाँकी