newsone

राजधानीको खोजीमा सक्रिय प्रदेश तीन

newstwo राजधानीको खोजीमा सक्रिय प्रदेश तीन

काठमाडौं । राजधानीको सम्भाव्यता अध्ययन गर्न बनेको समिति आफ्नो म्याद सकिनै लाग्दा सक्रिय बनेको छ । सोमबार नुवाकोट भ्रमण गरेको टोली आज काभ्रेको अध्ययन भ्रमण गर्दैछ ।

प्रदेश तीनको स्थायी राजधानीको विषयमा प्रदेशसभामा धेरै बहसहरु भएपश्चात सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाबाट सभ्याव्यता अध्ययनका लागि दीपक निरौलाको संयोजककत्वमा १३ सदस्यीय समिति गठन गरेका थिए । समितिमा विजय सुवेदी, बसन्त मानन्धर, डा। रामकुमार अधिकारी, विशाल खड्का, जगत सिंखडा, सरस्वती बस्नेत, छिरिङदोर्जे लामा, प्रभात तामाङ, विराजभक्त श्रेष्ठ, सुरेन्द्रराज गोसाईं, रिता माझी, रिना गुरुङ्ग सदस्य रहेका छन ।

उक्त समितिको म्याद ४५ दिनको तोकिएको थियो । असार १० गते समितिको म्याद समाप्त हुँदैछ । समितिले यतिखेर राजधानीका लागि प्रस्ताव दर्ता गराएको जिल्लामा गएर सम्भाव्यताका बारेमा अध्ययन गरिरहेको छ । राजधानीका लागि काभ्रे, नुवाकोट, भक्तपुरले प्रस्ताव दर्ता गराएको छ । 

राजधानीको विषयमा प्रदेश सभामा धेरै बहसहरु भएका छन् । सभामुखले प्रदेशको अधिकार अनुसार संवैधानिक प्रक्रियामा लैजानुपर्ने माग सदस्यहरु गरिरहेका छन् । तर, मुख्यमन्त्री डोरमणिको दवावमा सभामुख निरीह बनिरहेको विश्लेषण प्रदेश सदस्यहरुले गरिरहेका छन् । मुख्यमन्त्री हेटौडा निवासी हुन । 

आज मंगलवार प्रकाशित समयबद्ध साप्ताहिकले लेखेको छ, प्रदेश तीनकै कोल्टे क्षेत्र भएकाले हेटौंडा राजधानी हुनुहुन्न भन्नेमा दुई तिहाइ भन्दा बढी प्रदेश सदस्य छन् । काभ्रे र भक्तपुरमध्ये एकमा राजधानी हुने बढी सम्भावना रहेको अध्ययन टोलीका एक सदस्यले बताए । प्रक्रियामा विलम्ब नगर्ने हो भने यसबारेमा असारभित्र नै टुंगो लाग्ने पनि ती सदस्यले बताए ।     

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive