newsone

अपराधकर्ममा जोडिएका बबन सिंह जस्तै रेशम सांसद् बन्लान् ? 

newstwo अपराधकर्ममा जोडिएका बबन सिंह जस्तै रेशम सांसद् बन्लान् ? 

दृश्यनाथ

‘खुदा मेहरवान तो गधा पहलवान’ भन्ने कुरा यतिबेला रेशम चौधरीका लागि पर्याय बनेको छ । तर यहाँ खुदाभन्दा पनि ‘जनता मेहरवान तो रेशम पहलवान’ भन्ने नयाँ युक्ति तयार भएको हो । २०७२ भदौ ६ गते ७ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको टिकापुर घटनाका आरोपी रेशम चौधरी कैलाली निर्वाचन क्षेत्रमा एकाएक विजयी भएपछि नेपालका विभिन्न सञ्चारमाध्यममा छाएका छन् । नेपाली सञ्चारमाध्यमहरुमा मात्र नभई, अन्र्तराष्ट्रिय सामाजिक सञ्जालमा उनी निकै ठूलो सेलिब्रेटी वा श्रीलंकाली तमिल नेता लिट्टे जस्तै छाइरहेका छन् । कतिपयले उनलाई नायकको रुपमा चित्रण गरेका छन् भने कतिपयले उनलाई खलनायकको रुपमा चित्रण गरेका छन् । आखिर उनी न नायक नै हुन् न त खलनायक नै । उनी एउटा व्यक्ति मात्र हुन् । चर्चित हुनका लागि विभिन्न हत्कण्डा अपनाउने उनलाई टिकापुर काण्डले नायकभन्दा र खलनायकको उपाधि दिइरहेको छ । असी प्रतिशत झुटको खेती गर्दागर्दै आजको स्थितिसम्म आइपुगेका रेशम चौधरीको यतिबेला राजनीतिक विजयसँगै पतनका दिन समेत शुरु भएका छन् । थारु समुदायभित्रकै सामन्ती परिवारमा जन्मिएका उनी तेस्रोपटकको निर्वाचनमा अद्र्धभूमिगत रुपमा रहेर जनमत लिन सफल भएका छन् ।  

रेशमको पृष्ठभूमि

कैलाली जिल्लाको तत्कालीन धर्मापुर (पछि दुर्गौली) गाउँपञ्चायत–९, जगतपुर गाउँ (हाल जानकी गाउँपालिका)मा २०३४ सालमा लालवीर चौधरीको जेठो छोराको रुपमा जन्मिएका उनी सानैदेखि अलि फरक स्वभावको भएका उनका समकक्षीहरु बताउँछन्  । टिकापुरस्थित वीरेन्द्र विद्या मन्दिरमा अध्ययन गरेका उनी एसएलसीसम्मको अध्ययन सकेपछि राजधानीस्थित रत्न राज्य क्याम्पसमा पढ्न थाले । उनी अखिलबाट स्ववियु निर्वाचनमा सदस्यमा विजयी भए । सदस्य हुँदा पनि उनको राजनीति गर्ने इच्छा थिएन तैपनि चर्चाकै लागि उनी निर्वाचन लडे र जिते । उनले त्यतिबेला पनि थारु विद्यार्थीलाई सहयोग नगर्ने बरु पहाडिया विद्यार्थीलाई सहयोग गर्ने गरेको कुरा उनका समकक्षीहरु बताउँछन् । अन्य थारु समुदायलाई तल्लोस्तरको ठान्ने र आपूmलाई माथिल्लो स्तरको ठान्ने प्रवृत्ति उनमा पहिल्यै थियो । पछिल्ला दिनमा त उनी अन्य मानिसहरुमा भन्दा आपूmलाई माथिल्लो स्तरको नै ठान्थे । सामान्य मानिससँग उनी बोल्नै नचाहने बरु ठूला भनाउँदाहरुको गुलामी गरेर आप्mनो काम निकाल्ने उनको प्रवृत्ति थियो ।

सांगीतिक र खेलकुद यात्रा

बाल्यकालमै सांगीतिक क्षेत्रमा रुची राख्ने गरेका रेशम स्थानीय लोककलाकार नरबहादुर बटालालाई सांगीतिक गुरु मान्न थाले । उनैबाट सांगीतिक शिक्षा लिएका रेशम पछिल्ला दिनमा बटाला नभएको मञ्चमा उनलाई नै आप्mनो जुनियर र आपूmले सिकाएको समेत भन्न छुटाउँदैनथे । उनी स्थानीय अछामी डेउढा गाउन र न्याउल्या खेल्न समेत सिपालु थिए । अछामी र थारु समुदायको साथ हुर्केका उनलाई अछामी भाषिकामा पनि दख्खल छ । होरी, न्याउल्या, ठाडीभाका आदि सबै जानेका रेशम थारु भाषा र संस्कृतिमा पनि पछि दख्खल राख्न थाले । तर उनले थारु समुदाय, भाषा र संस्कृतिको जगेर्नाका लागि कहिल्यै आवाज उठाएनन् । यसरी संगीत र गायन सिकेका उनले राजधानी छिरेपछि खेलकुद र लोकगायनमा अलि बढी ध्यान दिन थाले । खेलकुदमा प्रतिस्पर्धा पनि मिलेर खेल्ने गरेका रेशम त्यति राम्रा खेलाडी भने होइनन् । तर पनि उनी आपूm मार्शल आर्टको ब्ल्याकबेल्टधारी भएको तथा आर्मी र प्रहरी अधिकृतहरुको गुरुबा भएको भन्न छुटाउँथेनन् । यसरी उनी साना अधिकृत तहका सुरक्षाकर्मी र स्थानीयमा आपूm ठूलो मानिस भएको देखाउन चाहन्थे । अहिले थारु जातिको सहानुभूति लिने रेशम चौधरीले पढाइकै क्रममा आपूmले एक प्रहरी अधिकृत रहेका काठमाडौंकै श्रेष्ठ थरकी युवतीसँग विवाह गरे । रञ्जु श्रेष्ठबाट सन्तानका बाबु भइसकेपछि रेशमले चौधरी थरकी अर्की युवतीसमेत भिœयाए । जेठी श्रीमती रञ्जु र रेशमबीच निकै विवाद बढे पनि टिकापुर घटनापछि त्यो सेलाएको छ ।

उनको सम्बन्ध

चर्चाकै निम्ति जोसँग पनि सम्बन्ध बनाउन खोज्ने रेशम काठमाडौंमा नाम चलेका डनहरुदेखि दरबारसँगको सम्पर्कमा पनि पुगे । तत्कालीन प्रधान सेनापति प्रज्ज्वल शम्शेर जबराकी धर्मपत्नी सिन्धु राणाको एल्बम निकालेर उनीसँग सम्बन्ध बढाए । उनैसँग साइनो गाँस्दै राणाहरु र दरबारसँग सम्बन्ध बनाएका रेशम एक दशकसम्म सेना र दरबारको धाक जमाउँदै विभिन्न स्थानमा आप्mनो पहिचान दिन थाले । होटलमा खाएको विलसमेत नतिरी सेना र प्रहरीका उच्चपदस्थ अधिकृतहरुको साथी भएको भन्दै धाक देखाउन थाले । यसका ज्वलन्त उदाहरण बर्दियाको सानोश्री र भुरिगाउँस्थित केही होटल र स्थानीय प्रहरी चौकीका ०५०–०६० दशकका इञ्चार्जहरु छन् । रेशम काठमाडौंस्थित एक एफएममा सांगीतिक कार्यक्रम चलाउने भएकाले काठमाडौंका अन्य कलाकारसँग सम्पर्क बनाउँथे र उनीहरुलाई लगेर पश्चिम तराईका विभिन्न भागमा कन्सर्ट गराउने तर होटलमा बसेको र खाएको बिल समेत नतिर्ने तथा स्थानीय सुरक्षाकर्मीहरुलाई तिर्न लगाउने गरेको कुरा पीडितहरुले बताउने गरेका छन् ।

त्यतिमात्र होइन, उनको सम्बन्ध पूर्व शाहज्यादा पारसका साथै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मुम्बइस्थित भारतीय शिवसेना, पूर्व राजदूत राकेश सुद र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग समेत रहेको बताइन्छ । टिकापुर आन्दोलनभन्दा केही दिनअघि भाजपाका तत्कालीन सांसद योगी आदित्यनाथले इण्डिया टिभीमा दिएको अन्र्तवार्ता र उनी मुख्यमन्त्री भइसकेपछि भारतीय सञ्चारमाध्यमले उत्तरप्रदेश सरकारले फरार रहेका रेशमलाई दिएको सुरक्षासहितको राजनीतिक संरक्षणको समाचार बाहिर ल्याएको थियो । जसले उनको सम्बन्धको कुरा पुष्टि गरेको छ । योगी आदित्यनाथसँग उनी राजा र हिन्दू राष्ट्र नेपाल र हिन्दू धर्म प्रचारकको रुपमा प्रस्तुत हुने गरेको बताइन्छ । संविधान निर्माण अगावै जनकपुरमा भएका विष्फोटनलगत्तै रेशमले पनि संविधान बन्न नदिने जस्तोसुकै खेल खेल्ने राष्ट्रवादी मिलन केन्द्रका काठमाडौंस्थित एक नेताले बताएका थिए । उनलाई दरबारियाहरुले जुनसुकै काममा परिचालन गर्न सक्नेछन् भनेर ती नेताले यो स्तम्भकारलाई पनि बताएका थिए । 

सञ्चारमाध्यममा छाडा वक्तव्य 

पत्रकारिता नगरेरै उनी स्वघोषित पत्रकार बन्न पुगे । काठमाडौंमा झुटो बोलेर काम नचल्ने भएपछि उनी कैलालीको टिकापुर फर्किए । उनले त्यहाँ पूmलबारी एफएम सञ्चालन गरेर विज्ञापन आतंक नै मच्चाए । दरबारदेखि मुम्बईको शिव सेनाका एक नेताको समेत गुलामी गर्दै आएका उनी पश्चिममा एफएम नभएका बेला एकाधिकार जमाउँदै विद्युतीय सञ्चारमाध्यममा एकछत्र राज चलाउन सफल भए । उनले यतिसम्म गरे कि आप्mनै एफएममा एक घण्टाको ‘इन्द्रेणी’ नामक कार्यक्रम चलाएर राजनैतिक दल र सामाजिक संघ–संस्थाको उछित्तो खन्न थाले । यसैक्रममा उनलाई दरबारबाट सञ्चालित भएको आरोप समेत लाग्न थाल्यो । 

एउटा सञ्चारगृह खोलेकै भरमा उनी आपूmलाई आपैm सञ्चारकर्मी भएको स्वघोषणा गर्दै भर्खर वामे सर्दै गरेको कैलालीको पत्रकारिता क्षेत्रमा एक धब्बाको रुपमा देखापरे । त्यसपछि उनले त्यही इन्द्रेणी कार्यक्रमबाट पहाडिया विरुद्ध आवाजहरु समेत बोल्न थाले । उनले बोलेका विषयमा न स्थानीयले विरोधको आवाज नै उठाएनन् । यदि त्यतिबेलै उनलाई न्यायिक कठघरामा उभ्याउन सकेको भए शायद आज उनको यो दशा हुने थिएन, टिकापुर काण्ड  पनि हुने थिएन । उनले एफएममा बोलेका हरेक विषयमा प्रेस काउन्सिलमा मुद्दा दर्ता हुन सक्थ्यो उनको सञ्चारगृह या त सुध्रन्थ्यो या त उहिले नै बिक्री भइसकेको हुनेथियो । स्थानीयको यही कमजोरी नै स्थानीयका लागि खतरा बन्यो । समाजका लागि बाधक बन्यो । स्पष्टरुपमा संविधानमा व्यवस्था छ कि जातीय सद्भाव खल्बल्याउन खोज्ने वा विगार्न खोज्ने, द्वन्द्व निम्त्याउने अभिव्यक्ति दिने प्रसारण केन्द्र वा प्रकाशन गर्ने सञ्चारमाध्यम राज्यले बन्द गर्न सक्ने व्यवस्था हुँदाहुँदै पनि स्थानीयको कमजोरीका कारण सञ्चार क्षेत्रमा बैशाखको साँढे जस्तै रेशम चौधरी छाडा हुन गए ।

उनका क्रियाकलाप

रेशम चौधरी उचाइमा पुग्नकै लागि जस्ता पनि हर्कत गर्ने व्यक्ति हुन् । उनलाई टपरटुइयाँ हुन् भनेर भन्न पनि सकिन्छ किनकि उनको बिगतलाई हेर्दा उनी न कुनै थारु समुदायका पक्षपाती हुन् न त पहाडी समुदायका विरोधी नै हुन् । उनी सामन्ती परिवारमा जन्मिएका व्यक्ति भएकोले उनको घरको रहनसहन र चालचलन पहाडिया नै थियो । श्रेष्ठ थरकी श्रीमती ल्याउनु र उनका भाइको विवाहमा दमाह बाजासहित सम्पूर्ण व्यवस्था पहाडिया संस्कृतिको गरिनुले पनि उनलाई पहाडियाविरोधी र थारु पक्षपाती हुन् भन्न मिल्दैन । तर उनले राजनीतिक सिंढी चढ्नका लागि थारु र पहाडियाहरु दुवै समुदायलाई उल्लु बनाउँदै एकअर्काका परस्पर विरोधी बनाउन सफल भए । सोझा थारुहरु र पहाडियाहरु सजिलै रेशमको जालमा फस्न पुगे । उनका त्यस्ताखाले अराजक कदमलाई साथ दिने केही थारु समुदायकै अगुवाहरु भने छन् । 

टिकापुर घटनामा जग र उनको सम्बन्ध

टिकापुर घटना अचानक भएको होइन र एउटै व्यक्तिको कमाण्डमा एउटै सोचले भएको पनि देखिंदैन । नेपालमा माओवादीहरुको बढ्दो प्रभावलाई रोक्न कठिन थियो । २०६४ को संविधानसभाको निर्वाचनले त त्यसलाई पुष्टि नै गर्यो । पश्चिम नेपालमा थारु समुदाय र पूर्वी नेपालमा मधेसी समुदायले माओवादी आन्दोलनको नेतृत्व गरेकै कारण सम्पूर्ण तराई पनि माओवादीमय बनेको थियो । देश र जनताका लागि नै आप्mनो ज्यानको आहुति दिएका मधेसी र थारु समुदायको योगदान कसैले लुकाएर लुक्दैन । तर त्यस्तो विषम परिस्थितिमा तराईमा माओवादीको प्रभाव रोक्नका लागि थारु र मधेसीबीच विभाजन ल्याउनु देशी–विदेशी तत्वहरुका लाति पहिलो प्राथमिकता थियो । माओवादीको प्रभाव रोक्नका लागि पनि कुनै एउटा योजना र एउटैको योजना थिएन । त्यही समयको फाइदा उठाउँदै नेपाली जनताको उत्थानका लागि ज्यानको बलिदानी दिने थारु समुदायलाई छिन्नभिन्न पार्न थारु र मधेसी समुदायलाई छिन्नभिन्न पार्न मधेसी लाई नै उपयोग गर्ने नीति बन्यो । ठ्याक्कै भन्नुपर्दा माओवादी इतरका सबै एक ठाउँमा भए भन्न सकिन्छ ।

उनीहरुले पहिले एक मधेस एक प्रदेशको नारा अघि सार्न एउटा तप्कालाई उचाले । त्यसपछि मधेसीका विरुद्ध थारुलाई उचाले । त्यो पनि सफल भएपछि पहाडियाका विरुद्ध पूर्वमा मधेसी र पश्चिममा थारुलाई उचाले । जसले गर्दा वर्षौदेखि कायम रहँदै आएको भातृत्वको भावना, समुदायगत रुपमा रुपान्तरण भएर एकअर्काका विरोधी बन्न पुगे । देशी–विदेशी तत्वहरुको यो ‘प्लान’ पनि सफल भयो । मुलुकमा बितण्डा मच्चाएपछि संविधान निर्माण नहुनेमा उनीहरु ढुक्क भए । त्यसैको परिणामस्वरुप २०६४ को संविधान सभा विफल हुन गयो । त्यससँगै माओवादीमा विभाजन पनि भयो । दशवर्षे जनयुद्ध गरेर जनताका माझ लोकप्रिय बनेको माओवादी नेतृत्व र नेता एकाएक अलोकप्रिय बन्न पुगे र माओवादी पार्टी विभाजनको संघारमा गयो ।

यस्तै कार्यका लागि रेशम चौधरी एक पात्र थिए । तर बिडम्बना भन्नुपर्छ त्यस्ता पात्र २०४८ देखि नै जनताबाट निर्वाचित हुँदै आएका नेताहरु समेत बन्न पुगे । उनीहरुले पनि आपूmलाई रेशमकै स्तरमा उभ्याएनन् कि त्योभन्दा तल्लोस्तरमा उभ्याए । २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले स्वच्छ छवि भएकालाई प्रधानमन्त्रीको उम्मेद्वारी हाल्न उर्दी दिएपछि एमाले नेता माधवकुमार नेपालसँगै रेशम पनि उम्मेद्वार बन्न दरखास्त हाल्न गए । दरबारकै इशारामा उम्मेदारी हालेका उनी ०६२÷०६३ लोकतानित्रक आन्दोलनपछि निकै गणतन्त्रवादी भएको देखाउन राजा ज्ञानेन्द्रका विरुद्धमा भैंसीजात्रा नामक एल्बम निकालेर चर्चामा आए । यो एल्वम सार्वजनिक गरेर आफू ज्ञानेन्द्रविरोधी भएको देखाउन उनी सफल भए । तर त्यतिबेलासम्म उनी भारत गइसकेको कसैले चाल पाएन । उनलाई भारतीय खुफिया एजेन्सी ‘रअ’ को एजेण्ट भएको आरोप लाग्दै आएको पनि थियो । अब काठमाडौंमा टिक्न नसकेका रेशम राजनीतिक अवतरणका लागि टिकापुर आइपुगे । उनले एफएमबाट यात्रा शुरु गरे । 

पछि २०६४ को संविधानसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदार बनेका रेशमले जमानत जोगाउन सकेनन् । उनले एक हजारको हाराहारीमा मत पाए । यस्तै २०७० सालमा उनी माओवादीबाट निकाला भएका लक्ष्मण थारुसँगै कैलालीको फूलवारीमा विजय गच्छदारबाट टीका लगाउँदै मधेसी जनाधिकार फोरम, लोकतान्त्रिकमा पसे । उक्त दिन पनि पहाडियाविरुद्ध भड्काऊ भाषण दिएपछि धनगढी र अत्तरियामा बाटो जाम भयो । गच्छदारको टोलीलाई स्कर्टिङ गर्दै प्रहरीले मसुरियाको बाटोबाट लगेर गयो । सँगैका लक्ष्मण चौधरीलाई केन्द्रीय सदस्य दिए पनि राजनैतिक छवि नभएका रेशमलाई लोकतान्त्रिक फोरमका प्रभावशाली नेता तथा महासचिव रामजनम चौधरीले रेशमलाई केन्द्रीय सदस्य र संविधान सभाको दोस्रो निर्वाचनमा टिकट दिन माननेन् । 

निर्वाचनकै समयमा लोकतान्त्रिक फोरम छिरेका रेशम केही दिनका अतिथि बनेर बाहिरिए । उनी पद र उम्मेद्वारीकै लागि सद्भावनाका अध्यक्ष राजेन्द्र महतोको शरणमा गए । भारतीय सल्लाहकारकै सहयोगमा महतोबाट रेशमले पार्टी उपाध्यक्ष र उम्मेद्वारी पाए । कैलाली–३ का उम्मेद्वारसमेत रहेका रामजनम चौधरीसँग उनले प्रतिशोध साँध्ने विचार गरे । रेशमले कैलाली १ र ३ मा सद्भावना पार्टीबाट उम्मेद्वारी दिए । आए आँप नआए झटारो भनेजस्तै रेशमले क्षेत्र नं. ३ मा बार्गेनिंग गरे । क्षेत्र नं १ आपूmलाई छाडे ३ नं. को उम्मेदारी फिर्ता लिने, नछाडे मोटो रकम दिनुपर्ने । तर २०४८ देखि चुनाव जित्दै आएका रामजनमले उनलाई पत्याएनन् । कैलाली १ मा २ हजार ७ सय भोट ल्याए भने ३ मा १ हजार पनि ल्याउन सकेनन् । रामजनम चौधरीले ३ चुनाव जिते भने उनकै पार्टीका जनक चौधरीले १ नं मा चुनाव जिते । तर योपटक पनि रेशमको दुवै क्षेत्रमा जमानत जफत भयो ।

त्यसपछिका दिनमा रामजनमसँग रिसाएका उनी जसरी पनि नेता बन्ने होडमा लागे । स्वदेशी–विदेशी प्रभुको आशिष पाएका उनी जनताको आशिष पाउन नसक्ने भएपछि जातीय कार्डको खेलमा लागे । कैलाली र कञ्चनपुर थरुहटमा राख्ने वा सिंगो सुदूरपश्चिम एक प्रदेश राख्ने भन्ने राजनैतिक बहस नचल्दै आन्दोलनहरु भए । जसरी पनि नेता हुने ध्याउन्नमा धमिलो पानीमा माछा मार्न गएका रेशम चौधरी पहाडिया विरुद्ध शब्द बमको वर्ष गर्न थाले । कलाकारिताको सीप भएका, उद्घोषण कला भएका रेशमले एकाएक जातीय कार्ड प्रयोग गर्दै विपन्न आर्थिक स्तरका पहाडियाहरु पनि शोषक र सामन्त भएको बताउन थाले । सोझासीधा थारुहरुले रेशमको कुरालाई यसपटक पत्याए । उनैले थरुहट आन्दोलनको कमाण्ड सम्हाले । राजनैतिक चरित्र भएका थारु समुदायका माओवादी नेताहरुलाई समेत पहाडियाहरुमा नराम्रो देखाएर उनीहरुको राजनैतिक भविष्य समाप्त पार्न रेशमहरु उदाएका हुन् । 

उनलाई २०७२ भदौसम्म ल्याइपु¥याउन टिकापुरका केही थारु बुद्धिजीवी भनिनेहरु र मौकापरस्त केही पहाडियाहरुको भूमिका रहेको छ । टिकापुर उद्योग वाणिज्य संघका विरुद्ध महोत्सव चलाउन रेशमलाई प्रश्रय दिने टिकापुरकै अगुवा भनिनेहरु हुन् । राजेश हमालदेखि केपी ओलीलाई समेत प्रमुख अतिथि बनाएर महोत्सव चलाउने रेशमको बारेमा त्यसअघि किन छाडा रुपले काम गर्न दिइयो । त्यसका दोषी स्थानीय दुवै समुदायका व्यक्ति, प्रशासन, राजनैतिक दल र प्रशासन समेत हुन् । 

देशी–विदेशी तत्वको इशारामा माओवादीको बढ्दो तराईको वेग रोक्नुको साथै पार्टीविभाजनमा हाँसेको त्यो तप्का आज हाँसिरहेको छ वा के गरिरहेको छ भन्न सकिंदैन । टिकापुरमा अनाहकमा ८ जनाको ज्यान गयो । थारु समुदायका मानिसहरुका घर जले । घर जलेका थारुहरुमा वैद्य माओवादी, थरुहट, लोकतान्त्रिक फोरम र सर्वसाधारण थारुहरु थिए । त्यही बीचमा एमाले र कांग्रेसका थारु नेताका भने घरहरु जलेनन् । कतिपय घर छिमेकीहरुका कारण जोगिए । रेशम सञ्चालक रहेको सामुदायिक एफएम पछिल्ला दिनमा लिजमा अर्कैले चलाएको हुँदा आन्दोलनसँग जोडिएका समाचार बजेका थिएनन् । प्रतिशोधको भावनाले उनको एफएम र रिसोर्ट जलाइयो । सुरक्षा निकायको उपस्थिति भइसकेपछि घरहरु जल्नु थिएन भन्ने आममानिसको भनाइ हो । 

तर घटनाका मृतकहरुलाई हेर्ने महिला तथा केटाकेटीहरुको समूह उत्तेजित हुँदै जलाएको भन्ने अर्को तर्क आएको छ । तर क्षतिपूर्ति दिने सवालमा पनि सानालाई ऐन र ठूलालाई चैन भएको छ । क्षतिपूर्ति पाउँदा कसैलाई त लोटरी नै लागेको कुरालाई नकार्न सकिंदैन । अझ रेशमले मेरो ८ करोडको सम्पत्ति जल्यो भन्ने बकम्फुसे कुरा गरिहेका छन् । सम्पतिको पूर्ण छानविन गर्ने हो भने उनीलगायत केहीले राज्यलाई आधा पैसा फिर्ता गर्नु पर्ने पनि हुन सक्छ । उनले ८ करोडको सम्पत्ति कहाँबाट र कसरी जोडेका थिए त्यसको पनि छानविन गरिनु पर्ने हुन्छ । उनीजस्तै अरु पात्र पनि छन्, राज्यले उनीहरुलाई क्षतिपूर्ति दिंदा उनीहरुले कहाँबाट त्यत्रो सम्पत्ति जोडे त्यसको छानविन गर्नुपर्ने थियो, गरेन । तर सामान्य स्तरका घर जलेका अन्य पीडित थारुहरुलाई क्षतिपूर्ति दिंदा न्यायसंगत भएन भन्ने आम भनाइ छ । भौतिक सम्पत्ति नष्ट भएपछि क्षतिपूर्ति त पाउनै पथ्र्यो ।

निर्वाचनमा देखिएको नौटंकी

भर्खरै सम्पन्न निर्वाचनमा रेशमलाई कैलाली क्षेत्र नं १ का जनताले जिताएका छन् । उनका बुबा लालवीर चौधरी एमालेबाट सोही क्षेत्रको प्रदेशसभाका लागि प्रदेश सभा ‘क’ मा चुनाव लडे पनि जमानत जोगाउन मात्र सफल भए । लालवीरले टिकट लिंदा पनि थारु र पहाडिया समुदायको सम्बन्ध मैले मात्र बनाउन सक्छु भनेका थिए । त्यसो भनेर उम्मेद्वार बनेका लालवीर स्वयम् आफैलाई भोट हाल्न गएनन् । उनको यस व्यवहारलाई रेशम जिताउने उनको खेल भनेर वाम गठबन्धनले बुझेका छन् । लालवीर छोरालाई भोट हाल्ने वा वाम उम्मेदार गरिमा शाहलाई भोट हाल्ने भन्ने धर्मसंकटमा परेका कारण भोट हाल्न नगएको बताइन्छ । घरका सबै परिवार रेशमको पक्षमा हुँदाहुँदै पनि उनी उम्मेद्वार बन्नु गलत थियो । यो उनको परिवारमा देखिएको नौटंकीपन थियो । 

कैलाली क्षेत्र नं १ यस्तो क्षेत्र बनेको छ जहाँ दुईपटक कसैले जितेको छैन । २०४८ देखि अहिलेसम्म लगातार न एउटा व्यक्तिले जित्यो न त एउटा पार्टीले नै । यो क्षेत्र नं. १ को विशेषता हो । यसअघि कुनै संगठन नभएका जनक चौधरी पनि त्यसरी नै जितेका थिए । तर यसपटक तय भएको निर्वाचन क्षेत्र रेशमका लागि निकै अनुकूल पनि थियो । यस्तो कार्य टिकापुर क्षेत्रका जनताको नौटंकीपन नै हो । उमेद्वारी दर्ता गर्दाका बखत उनको उमेद्वारी बदर गर्न नसक्ने निर्वाचन आयोग र दावी–विरोधमा उजुरी नदिने सोही पदका उमेद्वारहरुले अहिले आएर तथानाम बोल्नु उनीहरुको नौटंकीपन हो । यस्तै म घरदैलो नपुगी जनताले अत्यधिक मतले जिताए भन्नु रेशमको नौटंकीपन हो । निर्वाचनका समयमा राति मात्र नभई दिउँसो पनि कैलालीको टिकापुरदेखि मसुरियासम्म चाहार्ने रेशमलाई पक्रिन अहिले सुरक्षा निकाय परिचालन गर्नु सुरक्षा निकायको नौटंकीपन हो । रेशमलाई नै जिताएर सबै कुरा पूरा हुन्छ भनी उनलाई भोट दिनु जनताको नौटंकीपन हो । 

घटनाको जिम्मा लिनुपर्छ 

टिकापुर घटनाको जिम्मा रेशमले लिनै पर्छ । हो, उनी आठ जनाको हत्या हुँदा त्यहाँ थिएनन् । यो सत्य हो । तर, आन्दोलनको नेतृत्वकर्ता उनै हुन् । इन्द्रेणी कार्यक्रमबाट पहाडियाविरुद्ध अभिव्यक्ति दिने उनै हुन् । उनीसँगै फोरम पसेका लक्ष्मण थारु पनि जेलमा छन् । उनी पनि घटनाको दिन टिकापुरमा थिएनन् । तर, टीकापुर घटनाकै भोलिपल्ट उनले जोशीपुरबाट घटनाको जिम्मा लिनुले नै उनी जेलमा पुगेका छन् । तर उनी पनि अहिले मैले होइन भन्दै पन्छिन खोजेका छन् । सामान्य रुपमा भइरहेका तथाकथित आन्दोलनहरुलाई थप उत्तेजित पार्न मधेसी नेताहरुलाई टिकापुर बोलाउने उनै हुन् । 

माओवादी नेता देव गुरुङलाई पहिल्यै बोल्न लगाएर पछि जातिवादको वकालत गर्दै पहाडियाविरुद्ध लाठी भालासहित लडाइँमा उत्रिनु पर्छ भनेर अमरेशकुमार र उनी उपाध्यक्ष रेको उनकै पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई बोल्न लगाउने उनै रेशम हुन् । त्यसकै भोलिपल्टबाट थरुहट आन्दोलनकारीहरु हातमा भाला, हँसिया, कोदाली, खुँडा बोकेर आन्दोलनमा जान लागेका थिए । घटनाको दिन पनि टाउकामा हेल्मेट, हातमा खुँडा तथा भाला बोकेका जत्थाले सुरक्षाकर्मीमाथि आगो लगाउने, भाला हान्ने काम गरेको थियो । संकटकालमा नभएको त्यस्तो विभत्स हत्या टिकापुर काण्डमा देखियो । जातीय सद्भाव भड्किने अभिव्यक्ति दिनेलाई के गर्ने भन्ने त संविधानमा नै उल्लेख छ । अझ अहिले पनि निर्दोष थारुहरु जेलमा छन् । 

माओवादी सिध्याउन र थारुहरुलाई राजनीतिक पहुँचबाट टाढा राख्न समुदायलाई उत्तेजित पार्दै एकअर्काका विरुद्ध उतार्नेहरु जोगिनु हुन्छ कि हुँदैन ? अहिले पनि रेशम भन्दैछन्, ‘म टिकापुर घटनाको मास्टरमाइण्ड होइन’ । तर सँगसँगै उनको अभिव्यक्ति यो पनि आइरहेको छ जननिर्वाचित व्यक्तिलाई सांसदको प्रमाणपत्र नदिए टिकापुरमा हुनसक्ने अर्को घटनाको जिम्मा राज्यले लिनुपर्छ । यो भनेको के हो ? उनले राज्यलाई थप चुनौति दिंदै अर्को घटना गराउन खोजेका हुन् त ? उनले जेलमा रहेकाहरु निर्दोष छन्, नेतृत्वकर्ता भएकोले जिम्मा म लिन्छु भने पनि जेलमा रहेका १८ जना छुट्न सक्ने बताइन्छ ।

किन रेशम उनीहरुलाई छुटाउन चाहँदैनन् ? 

२०६३ मा रौतहट काण्ड गर्ने बबन सिंहलाई छुट दिएकै कारण यस्ता घटनाहरु बढ्न गएका हुन् । जनकपुर बम काण्डमा संलग्न तत्कालीन सद्भावनाका सांसद सञ्जयकुमार साह अहिले पनि कारागरमा छन् । उनले उन्मुक्ति पाएनन् भने टिकापुर घटनाका दोषीले पनि उन्मुक्ति पाउनु हुँदैन । तर निर्दोषले सजाय भोग्न पनि हुँदैन । जनमतको हवाला दिने रेशम चौधरीले त्यतिबेलाको आन्दोलनकारीहरुको तर्फबाट जिम्मा लिन किन हिच्किचाएको हो ? यस्तो दोहोरो मापदण्ड कतै हुँदैन । त्यसकारण उनी दोषी होइनन् भने घटनाको दोषी को हो त ? देखाउने काम रेशमको पनि हो । 

भारतको मथुरामा दुई वर्षअघि जय गुरुदेवका उत्तराधिकारी बताउने यादव थरका एक नामधारी बाबाले जग्गा अतिक्रमण हटाउन आएका सुरक्षाकर्मीमाथि हतियार चलाउँदा उनीसहित दर्जन मानिस मारिए । हरियाणाकै बाबा रामरहिमलाई पक्राउ गर्न जाँदा सुरक्षाकर्मीमाथि गोली चलाउँदा उनका दजनौं समर्थक मारिए । हरियाणाकै सिरसामा बाबा रामरहिमलाई पक्राउ गर्न जाँदा ३८ जनाको ज्यान गयो । श्रीलंकामा जातीय द्वन्द्वको विजारोपण गरेका लिट्टे नेता प्रभाकरणका कारण लाखौं तमिलहरुले ज्यान गुमाउनु पर्यो । माओवादी जनयुद्ध र टिकापुर घटना एउटै प्रकृतिका होइनन् । माओवादी जनयुद्ध युद्धको घोषणा गरेर गरिएको थियो भने टिकापुर घटना शान्तिपूर्ण आन्दोलनका नाममा गरिएको जघन्य अपराध थियो । शान्तिपूर्ण आन्दोलन गर्दा आगामी दिनमा सुरक्षा निकायले विश्वास गर्ने कि नगर्ने भन्ने प्रश्न खडा गराएको टिकापुर घटना हो । 

अन्त्यमा, के भन्न सकिन्छ भने माओवादी जनयुद्धको जगमा रहेर नेपाललाई सही लोकतान्त्रिक मार्गमा ल्याउन योगदान गरेको माओवादी क्रान्तिलाई रोक्न एक हदसम्म स्वदेशी–विदेशी तत्व सफल भएका छन् । पूर्वमा आतंक मच्चाउने केही व्यक्तिहरु र पश्चिमका रेशम पनि तिनै तङ्खवका गोटी बनेका हुन् । उनीहरुको एउटा लक्ष्य पूरा भए पनि अर्को लक्ष्य पूरा हुन नदिन अब सबै नेपालीहरु लाग्नु पर्छ । समाज बाँडिन दिनु हुँदैन । समाजको यथार्थ नबुझी राजधानीमै बसेर कलम चलाएर समाज भाँड्ने काम पनि कसैबाट हुनुहुँदैन । टिकापुरजस्तो अर्को घटना हुन दिनु हुँदैन । दण्डहीनताको अन्त्य हुनुपर्छ । अपराधिक मुद्दालाई अपराधिक किसिमले र राजनैतिक मुद्दालाई राजनैतिक किसिमले हल गर्न जरुरी छ । तर, एउटा कुरा भन्नै पर्छ अवसरवादी चरित्र भएका टपरटुइँया रेशम यतिबेला न कलाकार रहे न त थारुवादी नै । यदि उनी कलाकार रहेको भए आपूm रोएर भए पनि दुनियाँलाई हसाउँथे । यदि उनी थारुवादी भएको भए घटनाको जिम्मा एक्लै लिएर पनि दर्जनौं थारुलाई जेलबाट रिहा गर्न सक्थे । तैपनि आन्दोलनको नेतृत्वकर्ताको हिसाबले उनले त्यस घटनाको जिम्मा लिएर जेलमा रहेका निर्दोषहरुलाई छुटाउनु पर्छ भने समाजलाई पूर्ववत्रुपमा कायम राख्न राज्यले कुनै निकास निकाल्नु पर्ने जरुरी छ ।

समयबद्धबाट

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive