newsone

आयाराम गयारामबाट प्रताडित बाबुराम !

newstwo आयाराम गयारामबाट प्रताडित बाबुराम !

बूढापाकाहरुले जब पानीमा चिप्लिएर लड्थे वा मुसलधारे पानीले भिज्थे अनि भन्थे हरहर गङ्गे । गङ्गामा नुहाउने मन थिएन, बाध्यताले नुहाउने अवस्था आएपछि हरहर गङ्गे भनिन्थ्यो । चोखो बनिन्थ्यो । यो एक प्रकारको ढोंग नै हो । 
हाम्रो राजनीति यही ढोंगी संस्कारबाट ग्रसित छ । अझै पनि हामी कुनै नेताका कुराबाट प्रभावित हुन्छौ भने हामी भन्दा उल्लु, वेवकुफ, मूर्ख अरु हुनै सक्तैनौ । हामी जस्ता लालबुझक्कडको दावा गर्नेहरु पनि देशका सर्वसाधारण जनता जस्तै इमान्दार, सोझा नै ठहरिनेछौं । 

नेताको योजनाको साक्षी बनेर झूट हामीले धेरै बोल्यौं । हामीले उनीहरुले लिएको असत्यको सहारामा कसैको सत्य, इमानको हिंसा ग¥यौं । हामी असफल र नालायकको पंक्तिमा उभियौं ! नेताहरु सफल छन् । दिनदिनै नीति फेर्छन । साथी फेर्छन । कोही पार्टीमा नै फेर्छन । कोही वाहिर साथी खोज्छन् ।  

हामीलाई लाग्छ कि नेताहरुले दृढतापूर्वक अब यसो गर्लान ! कस्सिएर लड्लान ! तर, उनीहरुले त कमाल नै गर्ने गर्छन । नायक, उपनायक, निमित्त नायक भएर गर्जनेहरु एकैछिनमा लल्याकलुलुक हुन्छन । लाजै लाग्ने गरी उल्टो व्यवहार गर्छन । नायक, उपनायकहरुको शूर र तालमा लाग्यो, उनीहरुले छाडेर अर्काे शूर र ताल निकाली सक्छन ।

एउटाको चंगुलबाट निस्केर अर्काको काखमा बस्न कुनै आइतवार कुर्नु पर्दैन । अनि भनिन्छ यही गतिशीलता ! यही लचकता ! बाबुराम भट्टराईले धेरै ढोंग गरे । माओवादी आन्दोलन, आदर्शको कुरा गरे । पछि त्यो सबै त्यागे ।

अर्कै आन्दोलनको कुरा गरे । धेरै ‘स’ को कुरा गरे । माओवादी आन्दोलन वाहिरबाट समाधान दिन खोज्दै उपेन्द्र यादवको काखमा पुगे । त्यहाँ पनि राम्रो परिणाम आएन । सम्बन्धहरु धेरै समयसम्म सुखद रहेन । उनले अहिले नेकपा संयुक्तसँग निकट सम्बन्ध राखेका छन् । उनको निर्वाचन चिन्हमा चुनाव लड्ने बताएका छन् । उनको अस्थिरता, छिटछिटो बदलाव सोंचका कारण उनलाई जीवनभरि साथ दिने कसम खाएका देवेन्द्र पौडेलहरुले पनि साथ छाडे । 

भारतमा लामो समय बसेका र भारतको राजनीतिलाई नजिकबाट जान्ने लालध्वज उर्फ बाबुराम भट्टराईले आफूलाई हरियाणाका मुख्यमन्त्री बनेका चौधरी भजनलालको रुपमा व्यवहार दर्शाए । चौधरीले सबै मन्त्रीमण्डललाई नै जनता पार्टीबाट कांग्रेसमा प्रवेश गराएका थिए । भजनलाललाई भारतको राजनीतिमा आयाराम, गयारामको रुपमा चिनिन्छ ।  
बाबुरामले भजनलालले गरेको राजनीतिक कोर्शलाई माओवादी आन्दोलनबाट गुज्रेकाहरुले स्वीकार्न सकेनन् ।

पचाउन सकेनन् । ‘उच्च इमान्दार’ को रुपमा प्रस्तुत गर्ने बाबुरामले गरेको यो कामको फल आफैले भोगेका छन् । उनी एक्लो जस्तै बनेका छन् । झूट र ढोंगको सहाराले गर्ने राजनीतिको फल बाबुराम भट्टराईले भोगिरहेका छन् । आयाराम गयारामको चिन्तनबाट प्रताडित बाबुराम विचरा सावित भएका छन् !
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive