newsone

अछामका सात स्थानीय तहमा बैंकिङ सेवाको अभाव

newstwo अछामका सात स्थानीय तहमा बैंकिङ सेवाको अभाव

अछाम । अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या सिर्जना भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । 

मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि अन्य एक नगरपालिका र छवटा गाउँपालिकामा कुनै पनि बैंकको शाखा खुल्न सकेको छैन । जिल्लाका विकटका गाउँपालिका तुर्माखाँद, रामारोशन, मेल्लेख, चौरपाटीका स्थानीयले त आर्थिक कारोबारका लागि सदरमुकाम पुगी दुई तीन दिन समय खर्चिनुपर्ने अवस्था रहेको छ । 

टाढाका स्थानीय तहमा बैंक नहुँदा बैंकिङ सेवाका सबै काम गर्न दुई दिनसम्म हिडेर सदरमुकाम आउनुपर्ने बाध्यतामा रहेको तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताउनुभयो । सदरमुकाम पुगेर बैंकिङ सेवा लिनुपर्दा समय र पैसा दुवै खर्च हुने गरेको उहाँको भनाइ छ । 

स्थानीय तहमा बैंक नहुँदा करोडौँ बजेट झोलामा बोकेर लैजानुपर्ने भएकाले निकै असुरक्षा महसुस हुने गरेको चौरपाटी गाउ“पालिकाका लेखापाल मनोज थापाले बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि गाउँपालिकाको विकास बजेट झोलामा बोकेर लैजानुपर्दा समस्या हुने गरेको उहाँले बताउनुभयो । 

उपभोक्ता समितिले पनि सदरमुकाममा तीन÷चार दिन बसेर करोडौँ रकम भुक्तानी गरेर फर्किदा सुरक्षाको दृष्टिकोणले निकै खतरा रहेको स्थानीय बताउँछन् । गाउँपालिकामा बैंकिङ सेवाका लागि इमेल इन्टरनेट सेवा पनि आवश्यक हुने भएकाले आफूले इन्टरनेट जडानका लागि पहल गरिरहेको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले बताउनुभयो । 

उहाँले बैंकिङ कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई छिट्टै अन्त्य गर्नका लागि आफू पहल गरिरहेको बताउनुभयो । 

स्थानीय तह कार्यान्वयनमा आइसकेपछि केही बैंकले गाउँपालिका र नगरपालिकामा शाखा स्थापना गर्न खोजे पनि सुरक्षित भवनको अभाव देखिएको बताएका छन् । तत्काल टाढाका गाउँपालिकामा सुरक्षाको पनि त्यतिकै समस्या रहेको नेपाल इन्भेष्टमेन्ट बैंक मंगलसेनका शाखा प्रबन्धक मनोज नेपालले बताउनुभयो ।

हाल सदरमुकाम रहेको मंगलसैनमा नपामा पाँच वटा, मुख्य व्यापारिक केन्द्र रहेको साफेबगरमा चार वटा र कमलबजारमा नगरपालिकामा एक गरी जिल्लाभर जम्मा नौ वटा बैंकले सेवा दिइरहेका छन् । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive