newsone

पाँच वर्षदेखि अवरुद्ध नेपाल–भारत अन्तरदेशीय हवाई मुद्दामा छलफल हुँदै 

newstwo पाँच वर्षदेखि अवरुद्ध नेपाल–भारत अन्तरदेशीय हवाई मुद्दामा छलफल हुँदै 

काठमाडौँ । विगत पाँच वर्षदेखि अवरुद्ध रहेको नेपाल–भारत अन्तरदेशीय हवाई मुद्दामा छलफल गर्न भारतीय प्रतिनिधिमण्डल यही जेठ ३१ गते नेपाल आउने भएको छ । 

नेपाल नागरिक उडड्यान प्राधिकरणका अनुसार भारतको उडड्यान प्राधिकरणका सदस्य अनिलकुमार दत्तको नेतृत्वमा वायु नौ–परिवहनका सदस्यहरु नेपाल आउन लागेका हुन् ।

छलफलमा दुई पक्षले तीन मुख्य अन्तरदेशीय हवाई रुटका विषयमा छलफल हुनेछ । नेपालले जनकपुरको पूर्वी, नेपालगञ्जको मध्यपश्चिम र सुदूर पश्चिम महेन्द्रनगर हवाई रुटका विषय उठाउँदै आएको छ । 

नेपालले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका अवसरमा नयाँ अन्तरदेशीय रुटको विषयमा कुरा आगाडि बढाएको थियो । नेपालले भैरहवा, पोखरा र निजगढ विमानस्थलको उडानमा सहजता तुल्याउने हवाई रुटका विषयमा द्विपक्षीय अथवा आउने र जाने रुटको सहजीकरणका लागि अन्तर्राष्ट्रिय उडान छन् ।

यस पटक हुने भारतीय प्रतिनिधिमण्डल नेपाल भ्रमणका समयमा उक्त विषयमा सम्झौता हुने नागरिक उडड्यान प्राधिकरणका उच्चअधिकारीले बताएका छन् ।

छलफलकै क्रममा हवाई रुटको सुरक्षाका विषयलाई पनि उक्त सम्झौतामा राखिने अधिकारीले बताएका छन् । यी विषयलाई प्राविधिक तवरले पनि दुवै पक्षबाट मूल्यांकन गरेपछि उडान सुरु हुने विश्वास लिइएको छ ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive