newsone

के हो एब्स्योलुट जीरो ?

newstwo के हो एब्स्योलुट जीरो ?

मोहनकुमार दाहाल

एब्स्योलुट जीरो या पूर्णतया रित्तो (नथिङनेस) के हो ? हिन्दूहरुले विश्वलाई  शून्यको अवधारणा दिएका हुन् । शून्यको आविष्कारले गणित र विज्ञानमा नयाँ –नयाँ सिद्धान्त प्रतिपादन गर्न मद्दत ग¥यो । प्रविधिको विकासमा पनि यसको योगदान निर्विवाद छ । 

ब्रम्हाण्डको सृष्टि महाविस्फोट भन्ने गरिएको बिग ब्याङबाट भएको आधुनिक विज्ञानको धारणा छ । बिग ब्याङभन्दा अघि समस्त ब्रम्हाण्ड सिंगुलारिटीमा थियो । ब्रम्हाण्ड एउटा अणु भन्दा पनि अरबौं अरब गुणा सानो स्वरुपमा रहेको वैज्ञानिक अवधारणा छ । वास्तवमा यो ‘नथिङनेस’ वा ‘शून्य’ नै हुनसक्छ ।

शून्यबाट सुरु भएको यो विश्व ब्रम्हाण्ड यद्यपि रहस्यमय छ, तर कतिपय रहस्य बुझ्ने प्रयास विज्ञानले गरेको छ । यसमा केही हदसम्म सफलता हासिल भएको पनि छ । 

बिग ब्याङलाई महाविस्फोट भन्ने गरिएपनि प्रचलित ‘विस्फोट’ को अर्थमा यसलाई बुझ्नु गलत हुनसक्छ । विस्तार वा सृजनको अर्थमा लिनु बढी उपर्युक्त हुन्छ  । ‘नथिङ’ वा ‘सिंगुलारिटी’ बाट सृजन र विस्तार हुने घटना हो– बिग ब्याङ । यो घटना कसरी भयो, यो अर्को प्रसंग हो ।

यहाँ ‘नथिङ’ वा ‘एब्सोलुट जीरो’ को बारेमा चर्चा गर्न खोजिएको छ । हालसम्मको वैज्ञानिक खोजका आधारमा यसलाई प्रष्ट्याउने प्रयास गरौं । यद्यपि ‘नथिङ’ वा पूर्ण रुपमा ‘शून्य’, सिंगुलारिटी, विस्फोट, विस्तार वा त्यसअघिको पहिलो ‘सृजन’ यी सबै आधुनिक वैज्ञानिक मान्यता हुन् । सर्वाधीक सरलतापूर्वक ‘नथिङ’ लाई बुझ्न तापमानको उदाहरणवाट सुरुआत गरौं ।

पृथ्वीमा तापमानको एकमात्र स्रोत सूर्य हो । सूर्यवाट आउने तापलाई वायुमण्डलमा रहेका कणहरुले ग्रहण गर्छन् । त्यसको बढी वा कम सघनताले तापमान निर्धारण हुने गर्छ । परमाणु–परमाणु विचको बन्धन (बाउण्डेज) तापक्रमले कायम गर्छ । परमाणुको बाउण्डेज –२७३.१५० सेल्सीयस तापक्रममा ‘समाप्त’ हुन्छ अर्थात् परमाणु–परमाणुको बाउन्डेज नै रहँदैन ।

यो चीसो अवस्थामा परमाणु एक आपसमा जोडिने अवस्था विद्यमान रहन सक्दैन । –२७३.१५० सेल्सियसलाई ० केल्भिन भनिन्छ । अर्को शब्दावलीमा भन्नु पर्दा यस्तो परिस्थितिमा यो पृथ्वी, सौर्यमण्डल मात्र होइन सारा ब्रम्हाण्डकै अस्तित्व रहँदैन । शून्य केल्भिन तापमानले बिग क्रन्च (प्रलय) हुन्छ । बिग ब्याङले सुरु भएको अन्तरिक्ष, तारामण्डल –२७३.१५० सेल्सियस चीसो हुँदा अन्त्य हुन पुग्छ ।

यो अन्त्य अवस्थालाई विज्ञानले बिग क्रन्च नामाकरण गरेको छ । बिग ब्याङभन्दा पहिले यस्तै तापमान थियो ? ‘सिंगुलारिटी’ भनेको यही ० केल्भिन हो ? एकैपटक यस्तो निष्कर्षमा पुग्नु शायद सही हुने छैन, तर एब्स्योलुट जीरो वा नथिङनेस्को अवधारणाको वैज्ञानिक आधार एउटा यसलाई पनि मान्न सकिन्छ । 

अर्को महत्वपूर्ण प्रश्न छ, –२७३.१५० सेल्सियस वा शून्य केल्भिन कहाँ छ ? वास्तवमा यो कतै छैन । अर्थात् आजसम्मको शोधवाट विज्ञानले समस्त ब्रम्हाण्डभरि कतै पनि ० केल्भिन तापमान पत्ता लगाएको छैन । कुनै वैज्ञानिक प्रयोगशालामा पनि त्यति चीसो अवस्था सृजना गर्न सकिएको छैन । –२७२० सेल्सियस वा –२७०० सेल्सियस सम्म प्रयोगशाला र कुनै दुई आकाशगंगाको बीचको तापक्रममा सम्भव भएको वा देखिएको छ । तर माइनस २ सय ७३ दशमलब १५० तापमान ?

यस्तो एब्स्योलुट जीरो वा पूर्णतया रित्तोपन आधुनिक विज्ञानका अनुसार प्रकृतिले मात्र सृजना गर्ने सामथ्र्य राख्दछ । विज्ञानको आजसम्मको शोधवाट –२७३.१५० सेल्सियस तापमान बनाउन सम्भब हुन सकेको छैन । बिगब्याङ र बिगक्रन्च मनुष्यको क्षमताले होला र ? वैज्ञानिकहरुले शोध जारी राखेका छन् । अहिले नै कुनै निष्कर्श निकाल्नु गलत हुनसक्छ । विज्ञानले आफ्नो निष्कर्शलाई पछि आफैंले खण्डित गर्ने गरेको हामीले पटक पटक देखेका छौं ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive