newsone

शेयरबजारमा अस्थिरता कायमै, बजार १.९३ अंकले घट्यो 

newstwo शेयरबजारमा अस्थिरता कायमै, बजार १.९३ अंकले घट्यो 

२९ जेठ, काठमाडौं । केही साता यतादेखि दैनिक निक्कै अस्थिर देखिएको शेयरबजारमा मंगलबार पनि दिनभर तिब्र उतारचढाबका विचमा १.९३ अंकले घटेर बजार बन्द भएको छ । बजार खुलेदेखि ओरालो लागेको बजार बीचमा केही सुध्रने प्रयास गरेपनि अन्तत करिब दुई अंकले घट्दै ३० करोड बराबरको कारोबार भएको छ । 

 बैंकहरुबीच ब्याजदर बढाउने रेश चलिरहँदा लगानीकर्ताहरुले ब्याजदर नियन्त्रण तथा मार्जिन कर्जा खुकुलो बनाउने मौद्रिक नीतिको माग समेत गर्न थालेको छन् । यस्तो अवस्थामा शेयरबजारका लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा कारोबारमा र नेप्से दुवैमा सुधार आउन सकेको छैन । 

सोमबार सामान्य सुधार देखिएको नेप्से मंगलबार भने १.९३ अंकले घटेर १२३९.२६ विन्दुमा झरेको छ । यसदिन १६० कम्पनीका ४ हजार ७५ कारोबारबाट ९ लाख ५७ हजार १२७ कित्ता शेयर किनबेच भएका छन् । जसवाट ३० करोड २८ लाख रुपैंयाँ बराबरको कारोबार भयो ।

मंगलबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । नेपाल लाइफको २ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । यस्तै बुटवल पावरको संस्थापक शेयर पनि एक करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति तर्जुमा गर्न सरोकारवालाहरुको सुझाब संकलनमा व्यस्थ रहेको छ । यही क्रममा लगानीकर्ताले पूँजीबजार मैत्री मौद्रिक नीतिको अपेक्षा गरेका छन् ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive