newsone

भ्रष्टाचारकोे सम्बन्धमा

newstwo  भ्रष्टाचारकोे सम्बन्धमा

 

कृष्णदास श्रेष्ठ

हाम्रो मुलुकमा भ्रष्टाचार क्यान्सर रोगजस्तै फैलिएर गइरहेको एउटा सुविदित तथ्य हो । भ्रष्टाचार एउटा भयानक सामाजिक रोग हो र मुलुकको विकासको बाटोमा रहेको एउटा ठूलो अवरोध हो भन्ने आममान्यता छ । त्यसको उन्मूलन हुनुपर्छ र गरिनुपर्छ भन्ने कुरा नगर्ने कोही छैनन् र त्यसको नियन्त्रण गर्ने भनी सरकारी तथा गैरसरकारी क्षेत्रहरुबाट देखौवा प्रयत्नको खुबै प्रचार गरिएको पाइन्छ । तर हामी के देख्दैछौं भने भ्रष्टाचार घट्नु वा नियन्त्रित हुनु त परै रहोस् यसले झन्झन् व्यापक रुप लिंदैछ । 

भ्रष्टाचारको विरोध सर्वत्र हुने गरेको छ । उठ्ने गरेको विरोधको सम्बन्धमा एउटा तथ्य कस्तो देखिएको छ भने ठूला भ्रष्टाचारीमा गनिएकाहरु नै भ्रष्टाचारका विरुद्ध चर्काे स्वरले बोल्ने गरेका छन् । ‘भ्रष्टाचार विरोध’को नारा लगाएर वा त्यसका चिन्ह पार्टी राखेर ठूला भ्रष्ट काम गर्नेहरु पनि कम छैनन् । फेरि आफूले भ्रष्टाचार गर्ने अवसर नपाउँदा त्यसको खुब विरोध गर्ने अनि आफूले अवसर पाएमा आपैm भ्रष्टाचार गर्ने गरेका दृष्टान्तहरु पनि थुप्रै छन् । 

सरकारको तर्फबाट यदाकदा भ्रष्टाचारको विरोधको नाउँमा उठाइने पाइलालाई एकाध बाहिरी सङ्केतहरुका विरुद्ध र एकाध सानातिना भ्रष्टाचारीका विरुद्ध मात्र लक्षित रहेका छन्, तर रोगको प्रभावकारी नियन्त्रण वा उन्मूलनतर्पm परिलक्षित छैनन् । नियन्त्रण र उन्मूलनको दृष्टिबाट हेर्ने हो भने त्यस्ता पाइलाहरु विल्कुल अर्थहीन र प्रभावहीन रहेका छन् । 

त्यस सम्बन्धमा अहिलेसम्म सत्तासीनहरुका कार्यहरुमा देखिएका तथ्यहरु निम्न रहेका छन् ः (१) कुनै भ्रष्टाचारीविरुद्ध यदाकदा मुद्दा चलाइँदा, सो मुद्दा हेर्ने न्यायालय स्वयम् आफैं भ्रष्ट निकायको रुपमा रहेको हुन्छ । (२) भ्रष्टाचार अनुसन्धान आयोग वा समिति बनाउँदा, त्यसमा रहने प्रमुख व्यक्तिहरु आफै भ्रष्टाचारीमा गनिएका व्यक्ति हुन्छन् । अनि ‘दूधको साक्षी बिरालो’ भएपछि कस्तो निर्णय होला त ? त्यसको काम भने भ्रष्टको वास्तविकतालाई ढाकछोप गर्नु वा एउटा प्रतिवेदन तयार पार्नु, जुन सार्वजनिक र कार्यान्वयन हुँदैन । (उदाहरणार्थ, मल्लिक आयोग) । त्यत्तिकै सेरोफेरोमा चक्कर मारेर त्यसको औचित्यहीन औचित्य समाप्त हुन्छ । (३) भ्रष्टाचारविरुद्ध बनाइएका कानुनहरु प्रमुख रुपले कस्ता खालका छन् भने त्यसमा ‘सानो माछा पर्छ, ठूला माछाहरु उम्कन्छन् ।’ अर्थात् अर्काे शब्दमा कहिलेकाहीं सानातिना भ्रष्टाचारीहरु दण्डित हुने, तर ठूला अपराधीहरु विभिन्न उपाय गरेर सजिलै उम्कने गरेको हामी सामान्यरुपमा देखिरहेका छौं । 

भ्रष्टाचारविरुद्ध सरकारी कामकार्वाहीसम्बन्धी तथ्यहरु उपर्युक्त हुन् । सत्तासीनहरुबाट भ्रष्टाचारविरुद्ध जति कुरा र प्रचार गरिंदैछ, त्यत्तिकै व्यापक रुपमा भ्रष्टाचार फैलिंदैछ र भ्रष्टाचारले त्यत्तिकै बढी मात्रामा आपूmलाई सामाजिक जीवनको एउटा अङ्ग बनाउँदैछ । 

अब हामी यस परिघटनाको वास्तविकताबारे चर्चा गरौं । 

भ्रष्टाचार एउटा सामाजिक परिघटना हो । सामाजिक परिघटनालाई हेर्ने र व्याख्या गर्ने विभिन्न दृष्टिकोणहरु छन् र खासरुपले अहिले दुइटा दृष्टिकोण प्रचलित छन् । एउटा दृष्टिकोणले उक्त परिघटनालाई अन्य परिघटनाहरुबाट छुट्टै रुपमा हेर्ने गर्दछ, र यो अधिभूतवादी चिन्तनको एउटा अभिव्यक्ति हो । अर्काे दृष्टिकोणले त्यसलाई अन्य सामाजिक परिघटनाहरुसित सम्बन्धित पारेर हेर्ने गर्छ । यसको प्रमुख मान्यता के छ भने कुनै पनि सामाजिक परिघटनाबारे सही समझदारी प्राप्त गर्नका लागि, त्यसलाई अन्य सामाजिक परिघटनाहरुसित र विकासशील सम्पूर्ण सामाजिक व्यवस्थासित सम्बन्धित पारेर हेर्नु आवश्यक छ । मुलुकमा व्याप्त हुँदो भ्रष्टाचारलाई उपर्युक्त दृष्टिकोणबाट अर्थात् त्यसलाई सााजिक, आर्थिक व्यवस्थासित सम्बन्धित पारेर मात्र ठीक रुपमा बुझ्न र सही निष्कर्षमा पुग्न सकिन्छ । 

सामन्ती अधिनायकवादी शासन–व्यवस्थामा सामन्ती शासकहरुद्वारा जनतामाथि चलाइने शासनको प्रमुख साधन बलप्रयोगद्वारा दमन रहन्छ । आमश्रमिक जनतालाई बलद्वारा, सैनिक शक्तिको प्रयोगद्वारा दवाएर शासन गर्ने नीति त्यसको प्रमुख नीति रहेको हुन्छ । हाम्रो मुलुकमा पञ्चायती निरंकुश राजतन्त्रात्मक शासनकाल आमजनता र लोकतान्त्रिक आन्दोलनको विरुद्ध र त्यस्तै २०५८ साल पछिको राजा ज्ञानेन्द्रको निरंकुश शासनकालमा तत्कालीन चलेको जआन्दोलनका विरुद्ध हिंसात्मक दमन शाही सत्ताको प्रमुख साधन रहेको हामीले देखेका छौं ।

 ती अवधिहरुमा निरंकुश सत्ताले पद, पैसा र प्रलोभन दिएर खासखास व्यक्तिलाई आफ्नो पक्षमा लाग्न प्रयत्न नगरेको होइन र त्यहाँ भ्रष्टाचार नभएको होइन, तर त्यो उपाय गौण रहेको थियो र त्यसले आफ्नो शासन कायम राख्न प्रयोग गरेको प्रमुख साधन भनेको हिंसात्मक दमन नै थियो । उपर्युक्त अवधिहरुमा घटेका जनहत्याका घटनाहरु उक्त तथ्यको पक्षमा अकाट्य साक्षी हुन् । 

पुँजीवादी शासन–व्यवस्थामा श्रमिक जनताका विरुद्ध हुने हिंसात्मक दमन र भ्रष्टीकरणको स्थान सम्बन्धमा परिवर्तन हुने गर्छ । सामन्ती शासनमा हिंसात्मक दमन प्रमुख र भ्रष्टता तथा घुसखोरी दोस्रो स्थानमा रहन्छन् । पुँजीवादी शासमा हिंसात्मक दमन नहुने भन्ने होइन, तर सामान्यतः भ्रष्टाचार प्रमुख साधन रहन्छ । 

यस व्यवहारसिद्ध तथ्यलाई धेरै पहिले नै एञ्जेल्सले निम्न रुपमा दर्शाएका छन् ः
पुँजीवादी लोकतन्त्रमा भ्रष्टाचारले हिंसात्मक दमनको ठाउँ लियो र सामाजिक शक्तिको मुख्य लिवरको रुपमा पैसाले तलवारको ठाउँ लियो (एञ्जेल्स, ड्युरिंग मत खण्डन, अंग्रेजी संस्करण, पृष्ठ ३८०)

उक्त वास्तविक तथ्यलाई अरु स्पष्ट पार्ने उद्देश्यले, तल अलि लामो, लेनिनको  सारगर्वित भनाइलाई उद्धृत गरिएको छ । उनको भनाइ निम्न प्रकारको छ ः
‘संसारभरका सबै पुँजीवादी मुलुकहरुमा पुँजीपतिवर्गले मजदुरवर्गीय आन्दोलन र मजदुर पार्टीहरुका विरुद्ध आफ्नो संघर्षमा दुइटा तरिकाको सहारा लिन्छ । एउटा तरिका हो हिंसा, यातना, प्रतिबन्ध र दमनको । आफ्ना आधारभूत कुराहरुमा यो एउटा सामन्ती मध्ययुगीन तरिका हो । सर्वत्र, पुँजीपतिवर्गका त्यस्ता अंग र समूहहरु छन्– जसले माथिका तरिकाहरुलाई मन पराउँछन् र ज्यालादारी दासताका विरुद्ध मजदुरहरुको सङ्घर्षमा कुनै कुनै निकै सङ्कटकालीन क्षणहरुमा सम्पूर्ण पुँजीपतिवर्ग त्यस्ता तरिकाको प्रयोगमा सहमत रहन्छन्... । 

‘आन्दोलनका विरुद्ध पुँजीपतिवर्गले प्रयोग गर्ने अर्काे तरिका हो– मजदुरहरुलाई विभाजित गर्ने, तिनका पङ्क्तिलाई तितरवितर पार्ने, सर्वहारावर्गको वैयक्तिक प्रतिनिधिहरु वा खासखास समूहहरुलाई आफ्नो पक्षमा तान्ने उद्देश्यले तिनलाई घुस खुवाउने तरिका । यी सामन्ती तरिका होइनन्, बरु शुद्ध पुँजीवादी तथा आधुनिक तरिका हुन् र ती पुँजीवादका विकसित तथा सभ्य चलनहरुसित, लोकतान्त्रिक व्यवस्थासित मिल्दा छन् ।

किनभने लोकतान्त्रिक व्यवस्था पुँजीवादी समाजको एउटा विशेषता हो, सबभन्दा शुद्ध र परिपूर्ण पुँजीवादी विशेषता हो, जसमा वर्गसंघर्षको स्वतन्त्रता, क्षेत्र र स्पष्टता ज्यालादारी दासताका विरुद्ध मजदुरहरुको संघर्षबाट उनीहरुलाई विचलित पार्नका लागि ज्यालादारी दासहरुको माझमा पुँजीपति वर्गको विचारधारात्मक प्रभावलाई फैलाउने उद्देश्यले गरिने अधिकतम् धूर्त प्रपञ्च र जालझेलसित गाँसएका छन् ।’ (लेनिन, सङ्कलित रचनाहरु, भाग २० पृष्ठ ४५५)

माथि लेनिनले जुन तथ्यको उल्लेख गरेका छन्, त्यो हाम्रो मुलुकको सामाजिक तथा राजनीतिक विकासमा एकदमै साँचो रहेको पाइएको छ । माथि बताएअनुसार राजाको निरङ्कुश शासनको बेलामा, जनतामाथि शासन गर्ने मुख्य हतियार हिंसात्मक दमन बनेको थियो भने २०४६ को ऐतिहासिक जनआन्दोलनपछि मुलुकमा स्थापित भएको बहुदलीय शासनको मुख्य साधनको रुपमा भ्रष्टाचार विकसित भएको थियो । 

२०५८ सालसम्म रहेको उक्त संसदीय व्यवस्थामा भ्रष्टाचार निकै बढेको र व्यापक बनेको आमचर्चाका रह्यो र अहिले पनि रहेको छ । त्यस अवधिमा सत्तामा पुग्न र सत्तामा टिक्न पैसाको व्यापक उपयोग (दुरुपयोग) भएको हामीले देखेका छौं । संसदीय निर्वाचन हुँदा आफू निर्वाचित हुनका लागि पैसाको मद्दतबाट आमजनताको खराब आर्थिक स्थिति र राजनीतिक चेतनाको कमीबाट फाइदा उठाउने गरेको सुविदित र सर्वविदित तथ्य रहेको छ । संसदमा बहुमत प्राप्त गर्नका लागि सांसदहरुको व्यापक रुपमा खरिद–बिक्री हुने गरेको कुरा प्रकाशमा आएको हो । त्यस्तै सबैले जानेको तथ्य के छ भने भ्रष्टाचार, राष्ट्रिय सम्पदाको लूट, राजनीतिक पतन आदिको परिणामस्वरुप थुप्रै राजनीतिज्ञ तथा सांसद र मन्त्री बनेकाहरु नवधनाढ्य बन्न पुगेका छन् । यस्ता नवधनाढ्य बन्न पुगेकाहरुमा पुराना भ्रष्टाचारी र पुँजीवादी लोकतन्त्रवादीहरु मात्र होइनन्, आफूलाई कम्युनिष्ट ठान्नेहरु पनि धेरै जना छन् । पैसा खर्चेर सत्ता प्राप्त गर्ने र सत्ताको प्रयोग गरेर पैसा कमाउने भन्ने दोस्तोवस्की भनाइ यहाँ पनि निकै स्पष्टसित चरितार्थ भइरहेको हामी पाउँछौं । 

उक्त अवधिमा भ्रष्टाचार विभिन्न राजनीतिक क्षेत्रमा र तल तलसम्म विस्तारित हुँदै गएको तथ्य पनि उल्लेखनीय छ । संसद र संसदीय निर्वाचनको ‘क्रान्तिकारी’ उपयोग गर्ने भनी संसदमा पुगेका कैयन्जना राजनीतिक पतन र निजी स्वार्थको धरापमा परे । यहाँ कुन तथ्य ध्यानयोग्य छ भने संसदमा जितेर जानु सफलता हो भने त्यस सफलतको आफ्नो नकारात्मक पक्ष पनि छ । सो नकारात्मक पक्ष कुन कुरामा देखिने गर्छ भने त्यसले गैरसंसदीय, क्रान्तिकारी संघर्ष र क्रियाकलापप्रति उदासीनता पैदा गर्ने, क्रान्तिविरोधी शक्तिहरुसित सम्झौता गर्ने, संकीर्ण व्यक्तिगत स्वार्थका लागि विद्यमान सत्ताको पक्षमा लाग्ने र अवसरवादतर्पm लाग्ने प्रवृत्तिलाई हुर्काउने काम गर्छ । यो प्रवृत्ति हाम्रो यहाँ त्यसबेला हुर्केको कुरा चर्चाको विषय रहेको छ । शासकवर्गहरुको हातमा कम्युनिष्टहरुलाई भ्रष्ट पार्ने साधन र अवसरहरुको वृद्धि सँगसँगै तिनले थाप्ने धरापमा फस्दै जाने गरेका कम्युनिष्टहरुको संख्यामा वृद्धि भएको छ । 

यस्तो प्रवृत्ति तलतल पनि पाइएको छ । त्यसबेला स्थानीय प्रतिनिधि संस्थाहरुमा पुगेका कैयौजना कम्युनिष्ट कार्यकर्ताहरुमा प्राप्त विकासको रकम र प्राप्त पदलाई आफ्नै वा आप्mनो गुटको स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति पाइएको थियो । त्यसलाई  घुसको माध्यमबाट कम्युनिष्टलाई पथभ्रष्ट बनाउने शासकवर्गको नीति र प्रयासको एउटा सफलता मान्नु पर्दछ । आपूmलाई ‘क्रान्तिकारी’, ‘माक्र्सवादी–लेनिनवादी’ ठान्ने कतिपय सांसद र स्थानीय निकायमा निर्वाचित भएकाहरु आफ्नै संकीर्ण स्वार्थका लागि क्रान्तिकारी कामबाट झन्झन् पर हुँदै शासकवर्गको हितको सेराफेरोभित्रका क्रियाकलापमा झन्झन् सीमित हुँदै गएको त्यसबेला देखिएको एउटा तथ्य थियो । 

पुँजीवादी समाज– जहाँ पैसा, सामाजिक सत्ता, मान र प्रतिष्ठाको एटा साधन रहन्छ, त्यहाँ त्यसको एउटा विशेषता रहेको पुँजीवादी–लोकतान्त्रिक व्यवस्थाअन्तर्गत भ्रष्टाचार एउटा ठूलो रोगको रुपमा जहाँ पनि रहेको पाइन्छ । हाम्रोजस्तो मुलुकमा यो खुल्ला रुपमा एकदमै दण्डहीनताको स्थितिमा रहने गरेको छ । कथित लोकतान्त्रिक शासनमा हामीले भ्रष्टाचार ‘अनैतिकता’ राष्ट्रिय सम्पदाको लुट, आदि निर्लज्ज तथा बेलगाम रुपमा चलिरहेको तथ्यलाई स्पष्टसित देखिसकेका छौं । साँचो भन्ने हो भने भ्रष्टाचार पुँजीवादी शासनको एउटा खम्बाको रुपमा रहन्छ र त्यसले सम्पूर्ण सामाजिक जीवनलाई भ्रष्ट पारेर नै आपूmलाई कायम राख्न खोजेको हुन्छ । 

धेरै पहिले नै एञ्जेल्सले उपर्युक्त शासनको वास्तविक चरित्रको सम्बन्धमा निम्न विचार व्यक्त गरेका थिए ः ‘सरकारी सत्ताको यो अन्तिम रुप त्यसको सबभन्दा पातर्नी एक जमात दुस्साहसीहरुद्वारा राज्यका संशाधनहरुको निर्लज्ज लुट, विशाल, राजकीय ऋणको दूराचाराश्रय, वेश्यावृत्तिको गौरव, झुटो लोकाचारको कृत्रिम जीवन पनि थियो । माथिदेखि तलसम्म आफ्ना सारा बाह्य आडम्बरसहितको सरकारी सत्ता हिलोमा चुर्लुसम्म डुब्यो ।’ (माक्र्स–एञ्जेल्स, पेरिस कम्युनबारे, पृष्ठ २०५)

पैसा ‘सामाजिक शक्तिको मुख्य लिवर’ को रुपमा झन्झन् विकसित भइरहेको हाम्रो समाजमा भ्रष्टाचारले हाम्रो सामाजिक जीवनका सबैजसो क्षेत्रहरुमा आफ्नो प्रभाव फैलाउँदैछ । हाम्रो राजनीतिक, आर्थिक, सांस्कृतिक, बौद्धिक आदि क्षेत्र झन्झन् नराम्रोसित, झन्झन् गन्हाउने किसिमबाट र झन्झन् गहिरो रुपमा भ्रष्टाचारमा चुर्लुसम्म डुब्दै गएका छन् । विदेशी (साम्राज्यवादी तथा विस्तारवादीहरु) र स्वदेशी शोषक–शासकवर्गहरु नेपाली समाजलाई भ्रष्ट पारेर र विभिन्न क्षेत्रका भ्रष्टाचारीलाई फैलाएर आप्mनो निहित स्वार्थ पूरा गर्न खोजिरहेका छन् । अनि मुलुकका विभिन्न क्षेत्र– आर्थिक, राजनीतिक र सांस्कृतिक– क्षेत्रमा स्वार्थी, लालची, पदलोलुप तथा जनविरोधी तत्वहरु ती निहित स्वार्थको हितमा आपूmलाई बेचिरहेका छन् ।

भ्रष्टाचारप्रति जनतामा आमविरोध र रोष छ । धेरैजना भ्रष्टाचारविरोधी आन्दोलन चलाइनुपर्ने कुरा गर्छन् । भ्रष्टाचारलाई निर्मूल पार्नुपर्ने भन्छन् । र, सबै कुरामा पारदर्शिता हुनुपर्ने माग गर्छन् । तर, सामाजिक–आर्थिक व्यवस्थाबाट छुट्टै रुपमा गरिएको तिनीहरुको प्रचार, आवाज तथा माग विल्कुल प्रभावहीन र परिणामहीन भइरहेको छ । किनभने तिनको प्रचार र मागका वाबजुद भ्रष्टाचार र भ्रष्टीकरण झन्झन् बढ्दै गइरहेको छ । एकप्रकारले त्यो निरर्थकजस्तो देखिएको छ । यो सामाजिक परिघटना मुलुकको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थासित गाँसिएको हुनाले यदि भ्रष्टाचारविरोधी आन्दोलनलाई साँच्चिकै चलाउने हो भने त्यसलाई पर्दाफासको रुपमा प्रयोग गर्दै त्यसलाई उपर्युक्त सामाजिक स्थितिलाई अन्त्य गर्ने संघर्ष र आन्दोलनको अधीनस्थ राखेर त्यसको एउटा अंगको रुपमा चलाउनु आवश्यक छ । 

यसमा सबभन्दा आधारभूत कुरा के छ भने भ्रष्टाचारको उन्मूलनतर्पmको पहिलो र प्राथमिक पाइलो श्रमिक जनसत्ताको स्थापना हुनुपर्छ । त्यसको स्थापनाले सो उन्मूलनको लागि जनताको हातमा एक सशक्त तथा प्रभावकारी साधन प्रदान गर्नेछ । त्यसपछि भ्रष्टाचारविरुद्ध कठोर कानुनहरुको निर्माण, लड्ने संस्थाहरुको गठन, मानसिकता परिवर्तनको अभियान आदि सम्बन्धी पाइलाहरु चालिनु पर्छ । समयबद्ध साप्ताहिकबाट
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive